Monday, July 6

समाचार

नाटोबाट हामीलाई धोका भयो : डोनाल्ड ट्रम्प
राजनीति, विश्व, समाचार

नाटोबाट हामीलाई धोका भयो : डोनाल्ड ट्रम्प

नेपालअखबार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्वका क्रममा नाटोमा आबद्ध युरोपेली सहयोगी राष्ट्रहरूले संयुक्त राज्य अमेरिकालाई साथ नदिएको बताएका छन्। ह्वाइट हाउसमा नाटोका महासचिव मार्क रुट्टेसँगको बैठकका क्रममा ट्रम्पले भने, ‘हामीलाई धोका भयो। वास्तवमा यस मामिलामा हामीलाई कसैको सहयोगको आवश्यकता नै थिएन ।’ उनले अगाडि थपे, ‘तर, उनीहरूले ‘हामी सहयोग गर्न चाहन्छौँ’ मात्र भनिदिएको भए पनि राम्रो हुने थियो ।’ ‘उनीहरूले त्यतिसम्म पनि भनेनन्,’ ट्रम्पले विगत सम्झिए ।...
झापामा साल्ट ट्रेडिङद्वारा मल वितरण
कृषि, प्रशासन, समाचार

झापामा साल्ट ट्रेडिङद्वारा मल वितरण

नेपालअखबार, झापा । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र कृषि सामग्री कम्पनीको झापा शाखाले जिल्लाका सहकारी र कृषि फार्महरूमार्फत किसानलाई रासायनिक मल बिक्री गरिरहेको जनाएको छ । कर्पोरेसनको झापा शाखाका प्रमुख विष्णु न्यौपानेले चालु आर्थिक वर्ष २०८२/८३ मा कूल ७०८.५ मेट्रिक टन रासायनिक मल बिक्री वितरणका लागि ल्याइएको बताए। यसमा युरिया मल १७२.५० मेट्रिक टन, डिएपी मल २२६ मेट्रिक टन र पोटास मल ४१० मेट्रिक टन रहेको छ । किसानलाई सहज रूपमा मल उपलब्ध गराउन जिल्लाका १५१ कृषि सहकारी तथा कृषि फार्म छनोट गरिएको र तिनै संस्थामार्फत किसानलाई धमाधम बिक्री वितरण गरिरहेको उनले बताए । हालसम्मको विवरण अनुसार युरिया मल ४२ मेट्रिक टन, डीएपी मल ६२.३० मेट्रिक टन र पोटास मल ५.७५ मेट्रिक टन बिक्री भइसकेको उनको भनाइ छ ।यसैबीच, साल्ट ट्रेडिङ कर्पोरेसनसँगै कृषि सामग्री कम्पनी लिमिटेड बिर्तामोड शाखाबाट पनि जिल्लाका...
सुनको भाउ घट्यो
अर्थ, समाचार

सुनको भाउ घट्यो

नेपालअखबार,काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुन-चाँदीको भाउ घटेको छ। मंगलबार तोलामा एक हजार ६ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला तीन हजार ६ सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८३ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ। मंगलबार सुन प्रतितोला दुई लाख ८७ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ। मंगलबार प्रतितोला चार हजार पाँच सय ९० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार चमर सय ८५ रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय पाँच रूपैयाँ घटेको हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार ६६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।...
तराई क्षेत्रमा निरन्तर तापक्रम वृद्धि, सतर्कता अपनाउन आग्रह
समाचार, समाज

तराई क्षेत्रमा निरन्तर तापक्रम वृद्धि, सतर्कता अपनाउन आग्रह

नेपालअखबार,काठमाडौँ । तराई क्षेत्रमा निरन्तर तापक्रम वृद्धि भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले तराई भेगका सर्वसाधारणलाई तातोबाट जोगिन र सावधानी अपनाउन आग्रह गरको छ । जल तथा मौसम विज्ञान विभागका प्रवक्ता विभूति पोखरेलले आगामी तीन दिनसम्म सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तातो हावा चल्ने पूर्वानुमान गरिएको जानकारी दिँदै बागमती र गण्डकी प्रदेशमा पनि तापक्रम बढ्ने सम्भावना भएकाले सावधानी अपनाउन अनुरोध गरे। आगामी दिनमा धनगढीमा अधिकतम तापत्रमक्रम ४० डिग्री सेल्सियस र नेपालगञ्ज र भैरहवाको तापक्रम ४१ डिग्री सेल्सियस पुग्ने विभागको पूर्वानुमान उहाँले सुनाउनुभयो । वीरेन्द्रनगर र घोराहीको तापक्रम पनि बढ्ने छ । ती क्षेत्रका सर्वसाधारणलाई अत्यावश्यक काममा बाहेक दिउँसो घरबाहिर ननिस्कन, पर्याप्त पानी पिउन तथा स्वास्थ्यमा विशेष सावधानी अपनाउन प्रवक्ता पोखरेलले आग्रह गरे ।...
दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई अनुदान
कृषि, समाचार, समाज

दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई अनुदान

नेपालअखबार, नवलपरासी । कावासोती नगरपालिकाले दूध उत्पादन बढाउने लक्ष्यका साथ किसानहरूलाई उत्पादनमा आधारित अनुदान दिने काम गरिरहेको छ। पशु विकास अधिकृत अच्युत आचार्यका भनाइअनुसार चालु आर्थिक वर्षमा यसका लागि रु २८ लाख खर्च भएको छ। नगरपालिकाले प्रतिलिटर दूधमा रु दुईका दरले अनुदान दिने व्यवस्था गरेको छ, जो नगरभित्रका पाँच सहकारीहरूमार्फत बाँडिन्छ। किसानले सहकारीमा बेचेको दूधको परिमाणअनुसार नै अनुदान निर्धारण हुन्छ। यसपालि १५ लाख ४३ हजार ११३ लिटर दूधका लागि अनुदान वितरण भएको आचार्यले जनाएका छन्। उत्पादन अघिल्लो वर्षभन्दा बढी भएकाले अनुदान दर अलिक घटाएर सबै किसानलाई समेट्ने प्रयास गरिएको पनि उनले बताए। जुन पाँच सहकारीमार्फत यो अनुदान वितरण भइरहेको छ ती हुन्: साना किसान कृषि सहकारी संस्था (कावासोती–१४), एकीकृत दुग्ध विकास सहकारी संस्था (कावासोती–८), जनकल्याण कृषि तथा दुग्ध सहकारी (कावासोती–...
प्रधानमन्त्री बालेन महाधिवेशन नसकिँदै काठमाडौं फर्किए
राजनीति, समाचार

प्रधानमन्त्री बालेन महाधिवेशन नसकिँदै काठमाडौं फर्किए

नेपालअखबार,  चितवन । प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह पार्टीको महाविधेशन नसकिँदै काठमाडौं फर्किएका छन् । ७ असारमा श्रीमती र छोरीसहित चितवन आएका शाह बुद्ध एयरमार्फत आज काठमाडौं फर्किएका हुन् । बालेनसहित उनका सचिवालयका केही सदस्य पनि काठमाडौं फर्किएका छ्न । ७ असारमा महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गरेका बालेन ८ असारमा चितवन राष्ट्रिय निकुञ्ज तथा सौराहा क्षेत्र भ्रमण गरेका थिए । उनी ९ असार साँझ मात्रै महाविधेशनको बन्दसत्रमा आएका थिए । करिब डेढ घण्टा जति महाधिवेशनस्थलमा बसेका उनी पार्टी सभापतिमा रवि लामिछानेको प्रस्तावक बसे । प्रधानमन्त्री शाह महाधिवेशन उद्घाटनस्थलबाट झन्डै १६ किलोमिटर पूर्व उत्तरतर्फ कालिका नगरपालिका-९ शक्तिखोरमा रहेको लटौली सेन्चुरी रिसोर्टमा बसेका थिए । सोही रिर्सोटमा खिचेको फोटो फेसबुकमा राखेर बालेनले लेखेक...
रास्वपा महाधिवेशन : आजै निर्वाचन प्रक्रिया सुरु हुने
राजनीति, समाचार

रास्वपा महाधिवेशन : आजै निर्वाचन प्रक्रिया सुरु हुने

नेपालअखबार,चितवन। चितवनमा जारी रास्वपा महाधिवेशन अन्तर्गत निर्वाचन प्रक्रिया आजैबाट सुरु हुने भएको छ । हिजोका लागि सुरु हुने भनिएको बन्द सत्र आजमात्रै ढिलोगरी सुरु भएको छ । बन्द सत्र सुरु भए लगत्तै निर्वाचन प्रक्रिया पनि आजबाटै सुरु गर्ने तयारी रहेको केन्द्रीय निर्वाचन आयोग स्रोतले जानकारी दिएको छ । ‘केही ढिलो होला । तर, आजबाटै निर्वाचन प्रक्रिया सुरु हुन्छ,’ स्रोतले भन्यो । रास्वपाले सभापतिमा रवि लामिछानेलाई निर्विरोध निर्वाचित गराउने तयारी गरेको छ ।...
विष्णु पौडेललाई इजलासमा पेस गरियो  म्याद थपका लागि
राजनीति, समाचार

विष्णु पौडेललाई इजलासमा पेस गरियो म्याद थपका लागि

नेपालअखबार,काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई विशेष अदालतमा पेस गरिएको छ । पूर्वउपप्रधानमन्त्री समेत रहेका पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा उपस्थित गराएको हो। सम्पत्ति शुद्धीकरण अुनसन्धान विभागको पत्रको आधारमा सोमबार पौडेललाई सुर्खेत प्रहरीले पक्राउ गरेको थियो । उनलाई आज काठमाडौं ल्याइपुर्‍याइएको हो । अदालतमा अहिले म्याद थपका लागि सरकारी वकिलहरूले र पक्राउ गर्नु नै गलत भन्दै पौडेलपक्षका वकिलहरूले बहसको तयारी गरेका छन् । उनले गरेको सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको विभाग सम्बद्ध उच्च स्रोतले अनलाइनखबरलाई बताएको छ । उनलाई नियन्त्रणमा लिनुअघि विभागको टोलीले उनकाे निवासमा पनि छापा मारेको थियो । उनलाई म्याद थपका लागि अदालत पेस गर्न लागिएको हो ।...
एमालेले बोलायो संसदीय दल र सचिवालयका छुट्टाछुट्टै बैठक
राजनीति, समाचार

एमालेले बोलायो संसदीय दल र सचिवालयका छुट्टाछुट्टै बैठक

नेपालअखबार, काठमाडौँ । नेकपा एमालेले एकै दिन संसदीय दल र सचिवालयको बैठक बोलाएको छ । सोमबार पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरणको मुद्दामा सुर्खेतबाट पक्राउ गरिएपछि त्यसबारे धारणा बनाउन छुट्टाछुट्टै बैठक बोलाइएको हो । संसदीय दलको बैठक दिउँसो २ बजे बस्ने गरी आह्वान भएको छ । च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजे समसामयिक विषयमा छलफल गर्न दलको बैठक बोलाइएको जानकारी एमाले प्रतिनिधि सभाका प्रमुख सचेतक ऐन महरले जानकारी दिए । बैठकमा उपाध्यक्ष पौडेल पक्राउ प्रकरणबारे पनि कुराकानी हुने महरले बताए । एमालेले आजै साँझ ६ बजे पार्टीको सचिवालय बैठक पनि बोलाएको छ । ओली निवास गुण्डुमा बस्ने गरी सचिवालय बैठक आह्वान भएको हो । बैठकमा समसामयिक राजनीति र उपाध्यक्ष पौडेल पक्राउ प्रकरणबारे छलफल हुनेछ ।...
विष्णु पौडैलको पक्राउ पूर्वाग्रही र प्रतिशोधपूर्ण, प्रतिवाद गर्छौं- शंकर पोखरेल
राजनीति, विचार, समाचार

विष्णु पौडैलको पक्राउ पूर्वाग्रही र प्रतिशोधपूर्ण, प्रतिवाद गर्छौं- शंकर पोखरेल

नेपालअखबार,काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी उपाध्यक्ष विष्णु पौडेललाई सरकारले प्रतिशोध र पूर्वाग्रह साँधेर पक्राउ गरेको आरोप लगाएका छन्। सोमबार प्रहरीले सुर्खेतबाट उपाध्यक्ष पौडैललाई पक्राउ गरेको थियो। महासचिव पोखरेलले फेसबुकमार्फत वक्तव्य सार्वजनिक गरी पार्टी कार्यक्रममा सुर्खेत रहेको बेला नियोजित रूपमा पक्राउ गरिएको आरोप लगाएका हुन्। सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशकले फोनमा कुराकानी गरेर काठमाडौं आएपछि सम्पर्कमा आउनू भनेको तर त्यसको केही समयपश्चात सुर्खेत प्रहरीलाई पत्राचार गरी नियन्त्रणमा लिएको महाचिव पोखरेलले बताएका छन्। 'यो घटनाले राज्यका अनुसन्धान गर्ने निकायलाई अदृष्य शक्तिकेन्द्रले संचालन गरेको देखिन्छ,' उनले भनेका छन्। महासचिव पोखरेलले राज्यका निकाय स्वतन्त्र र निष्पक्ष हुनुपर्ने र उसका निर्णयहरू राजनीतिक पूर्वाग्रह, प्रतिशोध वा सस्तो लोकप...