Thursday, August 6

समाज

तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत
समाचार, समाज

तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

नेपालअखबार,म्याग्दी । सडक डिभिजन कार्यालयले  १४ किलोमिटर लामो बागलुङ–बेनी सडक रु तीन करोड २१ लाखको लागतमा मर्मतसम्भार गरेको छ । मालढुङ्गा–बेनी सडकको विकल्पका रूपमा प्रयोग हुँदै आएको यो सडक पहिरो, खाल्डाखुल्डी र कालोपत्र उप्किएर जीर्ण हुँदा कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो । उक्त सडकको हुुलाके, भसभसे, ढाडेनी, सिम र पाङ्ग्रेखोलामा पहिरो पन्छाएर फराकिलो पार्ने, ढलान, ग्राभेल र कालोपत्र, वर्षाको पानी निकासका निम्ति पक्की नाला, ग्याबियन जाली, टेवा पर्खाल पनि निर्माण गरिएको उक्त कार्यालयका इञ्जिनियर विष्णुप्रसाद लामिछानेले बताए ।...
पशुपतिको घाटबाट हड्डी खरिद गरेको आरोपमा दुई जना पक्राउ
समाचार, समाज

पशुपतिको घाटबाट हड्डी खरिद गरेको आरोपमा दुई जना पक्राउ

नेपालअखबार, काठमाडौं । पशुपतिको घाटमा जलाइरहेको शवको हड्डी निकालेर बेचबिखन गरेको घटनामा खरिद गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाही घर भई कपन बस्ने ४२ वर्षीय रामनन्दन ठाकुर र सप्तरी घर भई गौरीघाट बस्ने ४१ वर्षीय मिश्रीलाल यादव रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।। ठाकुर नै हड्डी र खरानी खरिद गर्ने व्यक्ति रहेको एसपी बोहराले बताए। यादव भने सहयोगीको भूमिकामा देखिएका हुन्। उनीहरूलाई बिहीबार पक्राउ गरेको हो। साउन २३ गते पौने ३ बजेतिर पशुपति घाट २ नम्बर चितामा बनेपा नगरपालिका-९ घर भई कोटेश्वर नरेफाँट बस्ने ६५ वर्षीय राम शाहीको शव जलाइरहेको अवस्थामा हड्डी निकालेको भन्ने घटना बाहिरिएको थियो। पशुपति क्षेत्र विकास कोष आर्यघाट सेवा केन्द्रबाट खटिएका गणेशप्रसाद ढकाल भन्ने जीवनाथ ढकाल र विनायक मैनालीले जल्दै गरेको शवबाट हड्डीसहित ...
जम्मू-कश्मीरमा ‘क्लाउड ब्रस्ट’, १२ जनाको मृत्यु
विदेश, समाचार, समाज

जम्मू-कश्मीरमा ‘क्लाउड ब्रस्ट’, १२ जनाको मृत्यु

नेपालअखबार , जम्मू-कश्मीर । जम्मू-कश्मीरको किश्तवाड जिल्लाको पड्डर सब-डिभिजन अन्तर्गत पर्ने चशोटी गाउँमा बिहीबार दिउँसो १२:३० बजे ‘क्लाउड ब्रस्ट’ (बादल फाट्ने) भएको छ। पहाडबाट आएको पानी र माटोको ढिस्कोमा परी धेरै मानिसहरू फसेका छन्। समाचार एजेन्सी पीटीआईका अनुसार, यो दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । उनीहरूको शव पनि फेला परेको छ। २५ जनाभन्दा बढी मानिस घाइते भएका छन् र मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ। हजारौं तीर्थयात्री मचैल माता यात्राका लागि चशोटी गाउँमा जम्मा भएको बेला यो घटना भएको थियो। यो यात्राको पहिलो बिसौनी हो। क्लाउड ब्रस्ट भएको ठाउँबाट नै यात्रा सुरु हुनेवाला थियो। यहाँ तीर्थयात्रीहरूका बस, टेन्ट, लंगर (सामुदायिक भोजनालय) र धेरै पसलहरू थिए। बाढीको पानीले ती सबै बगाएको छ। मचैल माता तीर्थयात्रा हरेक वर्ष अगस्टमा हुन्छ र यसमा हजारौं श्रद्धालु सहभागी हुन्छन्। यो यात...
देशको पश्चिमी भेगमा मनसुन सक्रिय
समाचार, समाज

देशको पश्चिमी भेगमा मनसुन सक्रिय

नेपालअखबार,काठमाडौँ । मनसुनको न्यून चापीय रेखा तराई आसपास र पूर्वमा तराईभन्दा केही दक्षिणतिर रहेको जनाउँदै मौसम पूर्वानुमान महाशाखाले आज देशका पूर्वी भूभागभन्दा पश्चिमतर्फ मनसुन बढी सक्रिय रहने बताएको छ । आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागमा साधारणतया बदली हुने तथा बाँकी भागमा आंशिक बदली रहनेछ । महाशाखाका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईलगायत पहाडी भागका केही स्थानमा र मधेस प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । त्यसैगरी, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । आज राति देशका पहाडी भागमा साधारणतया बदली र अन्य भागमा आंशिक बदली रहनेछ । गण्डकी प्रदेशका पहाडी तथा तराईलगायत वाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भागका केही स्थानमा केही स्थानमा मध्यम वर्...
बाजुरा विछ्याको बाढीले भौतिक संरचनामा क्षति, मानवीय क्षति छैन
समाचार, समाज

बाजुरा विछ्याको बाढीले भौतिक संरचनामा क्षति, मानवीय क्षति छैन

नेपालअखबार,धनगढी । बाजुराको हिमाली गाउँपालिका-१ को विछ्यामा आएको बाढीले भौतिक संरचनामा क्षति पुर्‍याएको छ । जिल्ला प्रहरी कार्यालयले विछ्यास्थित खोलामा बुधबार साँझ एक्कासी आएको बाढीले वडा कार्यालय, विछ्या माध्यमिक विद्यालयको भवनमा क्षति पुर्‍याएको जनाएको छ । खोला वरपर रहेका निजी घर र खेत समेत बगाएको छ । तर, क्षतिको यकिन विववरण नआएको बाजुराका प्रहरी नायब उपरीक्षक (डीएसपी) इकवाल हवारीले बताए । उनकाअनुसार प्रहरी टोली विछ्यातर्फ प्रस्थान गरिसकेको छ । मानवीय क्षति भएको खबर नभएको डीएसपी हवारीले बताए ।बुधबार विछ्यामा वर्षा भएको थिएन । आज भने जिल्लाभर नै पानी परिरहेको छ ।...
पर्सा  कारागारमा दरबन्दी छ, चिकित्सक छैनन्
समाचार, समाज

पर्सा कारागारमा दरबन्दी छ, चिकित्सक छैनन्

नेपालअखबार,पर्सा । जिल्ला कारागार पर्सामा एक जना चिकित्सकको दरबन्दी भए पनि वर्षौंदेखि त्यो रिक्त  छ । कारागारमा सातौँ वा आठौँ तहको एक जना मेडिकल अधिकृतको दरबन्दी भए पनि हाल त्यहाँ  एक जना ‘हेल्थ असिस्टेन्ट’ ले मात्रै स्वास्थ्य सेवा प्रवाह गर्दै आएका छन् । वीरगञ्ज कारागारमा वीरगञ्ज महानगर–२५ का राहुल साह तुरहाको गत मङ्गलबार  व्यायाम गर्दा स्वास्थ्यमा जटिल समस्या भएर नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएपछि कारगारमा नियमित स्वास्थ्य परीक्षण एवं दरबन्दीअनुसार चिकित्सकको व्यवस्था हुनुपर्ने विषय सार्वजनिक भएको हो । जिल्ला कारागार प्रमुख खिमराज भुसालले कारागार व्यवस्थापन विभागसमक्ष दरबन्दीअनुसारको मेडिकल अधिकृतको व्यवस्था गर्न पत्राचार गरेको बताए । वीरगञ्ज कारागारमा स्वदेशी एवं विदेशी थुनुवा र कैदी गरी एक हजार ३१० जना  छन् । कारागारमा महिला कैदी पाँच जना, महिला थुनुवा ४२ जना र दुई जना आश...
नेपाली भाषामा कुरआनको अनुवाद तथा व्याख्या गरे डा. अलाउद्दीन अन्सारी फलाही
शिक्षा, समाचार, समाज, हाइलाइट-समाचार

नेपाली भाषामा कुरआनको अनुवाद तथा व्याख्या गरे डा. अलाउद्दीन अन्सारी फलाही

नेपाली भाषामा कुरआनको अनुवाद तथा व्याख्या डा. अलाउद्दीन अन्सारी फलाही गर्नु भयाे । डा. अन्सारी फलाही  भन्नु हुन्छ  नेपालीमा  कुरआनको अनुवाद गर्नको लागि प्रेण अध्ययनको क्रममा पाकिस्तान रहदा साथीभाइले के नेपाली भाषामा पनि कसैले कुरआन अुवादन गरेको छ ? भन्ने प्रश्नको उत्तर दिदै गर्दा डा. अन्सारी फलाहीले कुरआन लेख्ने  तैयारी गर्नु भएको  थियाे । नेपाली समुदायलाई अबिक भाषामा लेखिएको कुरआनको अर्थ र त्यसका  श्लोकहरुको परिभाषा जान्न  मनमा उत्सुकता रहेको छ भने  नेपाली सरल भाषामा अनुवाद कुरआन प्रकाशि भइ सकेको छ । डा. अलाउद्दीन अन्सारी फलाहीको स्थायी घर हरिनगर गाउँ पालीका वडा न ७, घुस्की सुनसरी कोशी प्रदेश रहेता पनि विगत केहि वर्ष यता देखि काठमाडौं बालुवाटारमा आस्थायी रुपमा बसोबास गर्दै आउनु भएको छ । उहाँले गाउँको सानो मक्तबमा दूइ वर्ष अध्ययन गर्नु भयो । मद्रसतुल इस्लाह रामनगर भुटाहा सुनसरीमा कक्षा ...
दाङबाट रोल्पा जाँदै गरेको जिप दुर्घटना
दुर्घटना, समाचार, समाज

दाङबाट रोल्पा जाँदै गरेको जिप दुर्घटना

नेपालअखबार,दाङ।  दाङको घोराहीबाट रोल्पा जाँदै गरेको यात्रुबाहक गाडी दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएका छन्। तीमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार रोल्पाको माडी गाँउपालिका – १ आरलनेटाका ४२ वर्षीय तिलराम खत्री, माडी–३ दारेकाटनाका ५५ वर्षीय कमल वली, सोही ठाउँकी–६० वर्षीया कौशिला वली, परिवर्तन गाउँपालिका–३ बागमाराकी २५ वर्षीया पवित्रा रोका मगरको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रोहितकुमार शाहीले बताए त्यस्तै, माडी गाउँपािलका–२ घर्ती गाउँस्थित स्मृति हस्पिटलमा माडी– ३ तालाबाङकी २६ वर्षीया रेजिना रामिजाल, सोही ठाउँकी १४ वर्षीया पूर्णकला विक, १७ वर्षीया शर्मिला विक,  १८ वर्षीया एलिशा घर्ती मगर,  १७ वर्षीय  मनोज विक, १४ वर्षीय नविन विक, माडी– ५ भावाङका २० वर्षीय  विवेक घर्ती मगर र चालक रोल्पा नगरपालिका – ७ दाङवाङका २७ व...
यी आज स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने
समाचार, समाज

यी आज स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने

नेपालअखबार,काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यूनचापीय रेखा नेपालको तराई आसपास अवस्थित रहेको बताएको छ। महाशाखाका अनुसार आगामी २४ घण्टा मनसुन सक्रिय रहनेछ। बुधबार बिहान सबै प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको छ। महाशाखाका अनुसार मधेस, ‍बागमती, कर्णाली र सुदूपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। अन्य प्रदेशका एक दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भएको छ। पछिल्लो एक घन्टामा दार्चुलाको गोकुलेश्वरमा  २३.४ मिलिमिटर वर्षा भएको छ। बाजुराको ओलेनामा १९.८ मिलिमिटर, नुवाकोटको त्रिशूलीमा १८.४ मिलिमिटर, नवलपरासीको बर्दघाटमा ११ मिलिमिटर वर्षा भएको छ। बुधबार देशभर पूर्णतया बदली रहनेछ। देशका अधिकांश स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। मधेस प्रदेशलगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूम...
लेदोसहितको पहिरोले जोमसोम–कोरला सडक अवरुद्ध
समाचार, समाज

लेदोसहितको पहिरोले जोमसोम–कोरला सडक अवरुद्ध

नेपालअखबार,मुस्ताङ । जोमसोम–कोरला सडकअन्तर्गत वारागुङ– मुक्तिक्षेत्र छुसाङ खण्ड लेदोसहितको पहिरो खसेपछि आज बिहानदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विकास क्षेत्रीका अनुसार सडक विभागसँगको समन्वयमा पहिरो पन्छाउन प्रहरी टोली परिचालन भएको छ ।