Friday, April 24

समाज

जेनजी अभियानी अजय सोडारी माइतीघरमा ४ दिनदेखि आमरण अनसनमा
समाचार, समाज

जेनजी अभियानी अजय सोडारी माइतीघरमा ४ दिनदेखि आमरण अनसनमा

नेपालअखबार,काठमाडौं । जेनजी अभियानी २६ वर्षीय अजय सोडारी ४ दिनदेखि काठमाडौं माइतीघर मण्डलमा आमरण अनसन बसिरहेका छन्। ६ बुँदे माग राख्दै अजय माघ ५ गतेदेखि माइतीघरमा आमरण अनसन बसेका हुन्। माग पूरा नभएसम्म आमरण अनसनमा बसिरहने उनले जानकारी दिए। उनका अनुसार निवार्चन गतिविधि तत्काल रद्द गरी सर्वपक्षीय सरकार गठन गरि देशलाई दिगो निकास दिनुपर्ने, जेनजी बन्दी रिहाइ तथा  हत्यारालाई कारबाही, भ्रष्टाचारीलाई छानबिन र कारबाही गर्नुपर्ने माग छ। त्यस्तै, प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री, संविधान संशोधन, पुनर्लेखनको माध्यमबाट राज्यको पुनर्संरचना र विदेशबाट मताधिकार गर्न पाउनुपर्ने उनको माग छ। उनी जेनजी मिराज ढुंगाना समूहका हुन्।...
मिथिलामा वसन्तपञ्चमीसँगै कृषि नववर्षको उत्सव
कृषि, समाचार, समाज

मिथिलामा वसन्तपञ्चमीसँगै कृषि नववर्षको उत्सव

नेपालअखबार,महोत्तरी । मधेसका महोत्तरीसहित प्राचीन मिथिला क्षेत्रमा विद्याकी अधिष्ठातृ सरस्वतीको पूजनोत्सव वसन्तपञ्चमी पर्वकै दिन आज कृषि नववर्ष उत्सव मनाउने परम्परा छ । चन्द्रमास गणनाअनुसार माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्तपञ्चमीका दिन मिथिलामा कृषि नववर्ष मनाइने पुरानो प्रचलन अद्यापि कायम छ । मिथिला मुख्यतः कृषि कर्मको थलो मानिन्छ । यहाँका अधिकांश धार्मिक तथा सांस्कृतिक पर्व कृषिसँग जोडिएका छन् । श्रीपञ्चमी कृषि क्षेत्रको नयाँ वर्ष प्रारम्भ हुने दिनकै रूपमा मानिने मैथिल परम्परा रहेको मिथिला संस्कृतिका जानकारहरू बताउँछन् । “श्रीपञ्चमी किसानका लागि नववर्षको प्रारम्भ हो, यसै दिन किसान अघिल्लो एक वर्षका लागि कृषि श्रमिकको वरण गर्छन्”, जलेश्वर–५ का बासिन्दा तथा मिथिला संस्कृतिविद् ध्रुव राय बताउछन् । “यसै दिन किसानले वर्षभरि हलोफाली पिट्ने, हँसिया उभार्ने र अन्य कृषि ज्यावल मर्मत गर...
बाँकेमा  हात्तीपाइले विरुद्धको १० दिने औषधि सेवन अभियान सुरु
समाचार, समाज, स्वास्थ्य

बाँकेमा हात्तीपाइले विरुद्धको १० दिने औषधि सेवन अभियान सुरु

नेपालअखबार,बाँके  । जिल्लामा १६औँ पटक हात्तीपाइलेविरुद्धको औषधि सेवन अभियान सुरु भएको छ । आजदेखि आगामी १० दिनसम्म डुडुवा गाउँपालिकामा अभियान सञ्चालन भएको हो । अभियानलाई प्रभावकारी बनाउन दिनभर, साँझ र राति पनि स्वास्थ्यकर्मी बिरामीका घरदैलोमा पुगेर औषधि खुवाउने डुडुवाका स्वास्थ शाखा प्रमुख सीताराम चौधरीले बताए । “बिरामीका घर पुगेर औषधि खुवाइन्छ, समस्या भएका स्थानमा स्थानीय प्रबुद्धहरुलाई उभ्याएर समूहगत छलफल गरी औषधि सेवनका निम्ति उत्प्रेरित गरिन्छ”, उनले भने । यसअघि डुडुवामा पालिकास्तरीय हात्तीपाइलेविरुद्ध औषधि सेवन अभियानको अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको थियो । त्यसअवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत रामकुमार महतोले हात्तीपाइले निवारणका लागि सरकारले गरेको लगानीबारे जानकारी दिएका थिए । जिल्ला समन्वय समितिका प...
छत्तीसगढको स्टिल प्लान्टमा विस्फोट: ६ कामदारको मृत्यु, ५ गम्भीर घाइते
दुर्घटना, समाचार, समाज

छत्तीसगढको स्टिल प्लान्टमा विस्फोट: ६ कामदारको मृत्यु, ५ गम्भीर घाइते

नेपालअखबार,रायपुर । भारतको छत्तीसगढ राज्यस्थित एक स्टिल प्लान्टमा भीषण विस्फोट हुँदा ६ जना कामदारको मृत्यु भएको छ । बालोदाबजार–भाटापारा जिल्लाको बकुलाही गाउँमा रहेको प्लान्टमा भएको उक्त दुर्घटनामा अन्य ५ जना कामदार गम्भीर घाइते भएका छन् । राजधानी रायपुरबाट करिब १०१ किलोमिटर उत्तर–पूर्वमा अवस्थित उक्त उद्योगको 'डस्ट सेटलिङ च्याम्बर'मा अचानक विस्फोट भएको अधिकारीहरूले जनाएका छन् । विस्फोटपछि च्याम्बरमा रहेको अत्यधिक तातो धुलो कामदारहरूमाथि खसेको थियो । तातो धुलोले शरीर पोलेका कारण उनीहरूको अवस्था गम्भीर बनेको र उपचारका क्रममा ६ जनाले ज्यान गुमाएको बताइएको छ । प्रत्यक्षदर्शीका अनुसार विस्फोट निकै शक्तिशाली थियो । घटनालगत्तै प्लान्ट परिसरभित्र भागदौड मच्चिएको थियो भने बाक्लो धुवाँ र आगोको ज्वालाका बीच कामदारहरू ज्यान जोगाउन यत्रतत्र भागिरहेका देखिएका थिए । अधिकारीहरूले घटनाको गम्भीरतालाई ध्य...
मुस्ताङमा ८० प्रतिशत निर्वाचन प्रहरी जिल्ला बाहिरका
समाचार, समाज

मुस्ताङमा ८० प्रतिशत निर्वाचन प्रहरी जिल्ला बाहिरका

नेपालअखबार,मुस्ताङ। आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी निर्वाचन प्रहरी भर्ना आवेदन माग गरिएकामध्ये मुस्ताङमा ८० प्रतिशत जिल्ला बाहिरका रहेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार हिमाली क्षेत्रको प्रतिकूल मौसमका बाबजुद जिल्ला बाहिरबाट उल्लेख्य सङ्ख्यामा युवायुवती निर्वाचन प्रहरीमा भर्ना हुन आएका छन्। यसअघि जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपालको संयुक्त कार्यविधि २०८२ अनुसार यहाँ निर्वाचन प्रहरी छनोट, नियुक्ति तथा परिचालनका लागि योग्यता पुगेका नेपाली नागरिकबाट एकीकृत रूपमा दरखास्त आह्वान गरिएको थियो। जिल्ला प्रहरी कार्यालयमा माघ २ गतेसम्म आवेदन खुल्ला गरिएकामा आवश्यक सङ्ख्या नपुगेपछि थप दुई दिन समय थपिएको थियो। यहाँ नेपाल प्रहरीलाई २६६ जना र सशस्त्र प्रहरी बल नेपाललाई ४६ जना गरी ३१२ जना निर्वाचन प्रहरी संख्या माग गरिएकामा ३२३ जनाले आवेदन ...
उनीहरूलाई दस वर्ष लाग्यो आमाको नामबाट नागरिकता पाउन
प्रशासन, समाचार, समाज, हाइलाइट-समाचार

उनीहरूलाई दस वर्ष लाग्यो आमाको नामबाट नागरिकता पाउन

नेपालअखबार,म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–७ का समिर खान र यास्मिन बेगमले एक दशकको प्रतीक्षापछि आमाको नामबाट नागरिकता प्राप्त गरेका छन्। जिल्ला प्रशासन कार्यालयले मंगलबार समिर र यास्मिनलाई आमा मनिरजा बेगमका नामबाट नागरिकता उपलब्ध गराएको हो। नागरिकताका लागि समीरले ११ वर्ष र यास्मिनले आठ वर्षअघि प्रशासनदेखि गृह मन्त्रालयसम्म सबै प्रक्रिया पूरा गरेर आवेदन पेस गरेका थिए। नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन तथा नियमावलीको चौथो संशोधनपछि समीर र यास्मिनलाई आमाका नामबाट नागरिकता प्रदान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले बताए। समीर र यास्मिनका आमा मनिरजा नेपाली हुन् भने उनका श्रीमान् सलिम खान भारतको कलकत्ताका छन्। ३४ वर्षअघि विवाह भए पनि मनिरजा बेनीमा शृङ्गार व्यवसाय गर्दै आएकी छन्। श्रीमान् सलिमले भारतको नागरिकता त्याग गरिसकेका छन्। उनले विसं २०५२ र २०६४ मा ...
दाङका वनमा महामारी, डढेलो लागेजस्ता देखिए सालका रुख
समाचार, समाज

दाङका वनमा महामारी, डढेलो लागेजस्ता देखिए सालका रुख

नेपालअखबार,तुलसीपुर ।  दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित नमूना महिला सामुदायिक वनमा सालका रूखहरु सुकेका जस्ता देखिन्छन् । पालुवा पलाउने बेलामा सालका रूखहरू डढेला लागेका जस्ता देखिने गरेका छन् । दुई सय ६० हेक्टर क्षेत्रफलमा फैलिएको उक्त सामुदायिक वनका करिब १० प्रतिशत सालहरू पातविनाका छन् । यस्तै, बबई गाउँपालिकाको पुरन्धारा, दङ्गीशरण गाउँपालिकाका केही सामुदायिक वनमा पनि सालका रूखमा यस्तै समस्या छ । यहाँका सामुदायिक वनमा सालका रूख यसरी सुकेको जस्तो देखिँदा स्थानीयहरू चिन्तित छन् । ‘विगतका वर्षहरूमा यस्तो समस्या थिएन, यस वर्ष सालका रूख सुकेका जस्ता छन्,’ तुलसीपुर–३ का वडाध्यक्ष वीरबहादुर विकले भने,, ‘यसले हामीलाई चिन्तित बनाएको छ । किन यस्तो भयो होला भनेर बुझ्दै छौँ ।’ डिभिजन वन कार्यालय दाङका वरिष्ठ वन अधिकृत भक्तबहादुर चौधरीले यस वर्ष रूखमा यस्तो ‘महामारी’ देखिएको बताए । ‘दाङका वनमा ...
अमेरिकाबाट थप ८० जना नेपाली नागरिक डिपोर्ट
समाचार, समाज

अमेरिकाबाट थप ८० जना नेपाली नागरिक डिपोर्ट

नेपालअखबार,काठमाडाैँ । अमेरिकाले थप ८० जना नेपाली नागरिकलाई डिपोर्ट गरेको छ। मंगलबार अपराह्न साढे ५ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ८० जना नेपालीलाई फर्काइएको हो। त्यसमध्ये एक जना महिला रहेको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रमुख एसएसपी कृष्ण पंगेनीले जानकारी दिए। उनीहरूलाई फर्काइएसँगै प्रहरीले अनुसन्धान थालेको छ। फर्काइएका अधिकांशले तल्लो बाटो प्रयोग गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। एक जना अध्ययन भिसामा गएका थिए। तर बाँकीले करोडभन्दा बढी रकमसम्म तिरेको भेटिएको छ। कतिपयले एक करोड ४० लाख रुपैयाँसम्म खर्च भएको दाबी गरेका छन्। पछिल्लो सात वर्षमा सात सयभन्दा बढी नेपाली नागरिक फर्काइएका छन्। त्यसमध्ये अधिकांश व्यक्तिहरू अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि फर्काइएका हुन्।...
काठमाडौँका नदी किनारमा ‘थप २० मिटर’ छोड्नुपर्ने मापदण्ड खारेज
प्रशासन, समाचार, समाज

काठमाडौँका नदी किनारमा ‘थप २० मिटर’ छोड्नुपर्ने मापदण्ड खारेज

नेपालअखबार, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नदी किनारका जग्गामा भवन निर्माण गर्न लगाएको रोक हटाएको छ । सर्वोच्च अदालतको पछिल्लो आदेशलाई कार्यान्वयन गर्दै महानगरले नदीको दायाँ-बायाँ भवन निर्माण अनुमति (नक्सा पास) फुकुवा गरेको हो । यसअघि नदी किनारको मापदण्डमा थप २० मिटर जग्गा छोड्नुपर्ने भन्दै महानगरले निर्माण कार्य र नक्सा पास रोक्का राखेको थियो । तर, बुधबार एक सार्वजनिक सूचना जारी गर्दै महानगरपालिकाले अबदेखि निजी जग्गामा भवन निर्माण गर्न अनुमति नरोकिने स्पष्ट पारेको छ । यसअघि सर्वोच्च अदालतले २०८० मंसिरमा गरेको एक फैसलालाई आधार मान्दै महानगरपालिकाले काठमाडौँका नदी किनारमा कडाइ गरेको थियो । मन्त्रिपरिषद्ले २०६५ सालमा तोकेको मापदण्डमा 'थप २० मिटर' जग्गा छोड्नुपर्ने र उक्त क्षेत्रलाई 'निर्माण निषेधित क्षेत्र' घोषणा गरिएको थियो । यसले गर्दा नदी किनारमा जग्गा भएका हजारौँ जग्गाधनी मर्का...
कुमाल बस्तीमा पिउने पानीको समस्या
समाचार, समाज

कुमाल बस्तीमा पिउने पानीको समस्या

नेपालअखबार, भोजपुर । षडानन्द नगरपालिका–६ मोथेटारस्थित कुमाल बस्ती स्वच्छ पिउने पानीको अभावमा काकाकुल बनेको छ । लामो समयदेखि बस्तीका ५० परिवार पानीको समस्याले पीडित भएका हुन् । पानी अभावका कारण स्थानीयलाई बिहानबेलुका पानीको जोहो गर्न घण्टौँ खर्चिनुपर्ने बाध्यता छ भने पर्याप्त पानी नहुँदा सरसफाइ र स्वास्थ्यमासमेत असर परेको छ । बस्तीका कृष्णबहादुर कुमालका अनुसार पानीका लागि धेरै समय बिताउनु परेकाले कृषि, मजदुरीलगायत अन्य काम प्रभावित भएका छन् । हिउँदमा समस्या अझ बढी हुने गरेको छ । पानीको अभावमा महिला, बालबालिका र वृद्धवृद्धालाई बढी प्रभावित भएका छन् ।कुमाल बस्तीको समस्या समाधानको प्रयासमा आफूहरु क्रियाशील रहेको षडानन्द नगरपालिका–६ का वडाध्यक्ष सुमन विसुन्केले बताए ।त्यहाँ पानी व्यवस्थापनका लागि रु सात लाख ५० हजार बजेट विनियोजन भएको जानकारी उनले दिए ।...