Friday, August 7

समाज

कैलालीमा बाढीले बगाएका २ जना महिलाको शव फेला, एक जना अझै बेपत्ता
समाचार, समाज

कैलालीमा बाढीले बगाएका २ जना महिलाको शव फेला, एक जना अझै बेपत्ता

नेपालअखबार,धनगढी । कैलालीमा बाढीले बगाएका दुई महिलाको शव फेला परेको छ । कान्द्रा र गोदावरी नदीमा आएको बाढीले बगाएका महिलाका शव फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार दाउरा संकलन गर्न कान्द्रा नदीमा गएका बेला बाढीले बगाएर बेपत्ता भएकी घोडाघोडी नगरपालिका–४ माघी बस्ने ७० वर्षीया चुनबुदिया चौधरीको शव भेटिएको छ । वेवारिसे अवस्थामा नदी किनारमा भेटिएको शव सनाखतपछि उनकै भएको खुलेको हो । यस्तै, गोदावरी नगरपालिका–२ को महराकटानमा गोदावरी नदी किनारमा अन्दाजी ५६ वर्षीया महिलाको शव भेटिएको छ । विभत्स अवस्थामा रहेको शवको सनाखत हुन सकेको छैन । शवलाई सेती प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । गौरीगंगा नगरपालिका–२ को पूरानो चौमाला बजार नजिकैबाट नदी तर्ने क्रममा बगेका अन्दाजी ५० वर्षका पुरुष भने बेपत्ता छन् । उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ...
मुस्ताङ भेलबाढी: बगे सात पुल
समाचार, समाज

मुस्ताङ भेलबाढी: बगे सात पुल

नेपालअखबार,मुस्ताङ । उपल्लो मुस्ताङमा अकल्पनीय बाढीले पुर्‍याएको क्षतिको प्रारम्भिक अनुगमनका लागि अनुगमन सुरु भएको छ। लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङ, उपाध्यक्ष छ्युमी बिष्ट, प्रमुख प्रशासकीय अधिकृत विकास केसी, गाउँपालिकाका प्राविधिक टोली, पाँचवटै वडाका वडाध्यक्ष तथा सदस्यलगायत नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षा प्रतिनिधिहरूले संयुक्त रूपमा बाढीले त्यहाँ पुर्‍याएको क्षति यकिन गर्न बुधबार अनुगमन गरेका छन्। बाढीले तीनवटा पक्की पुलसहित गाउँपालिकाको शाखा सडकमा कुल सातवटा पुलमा क्षति पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत  केसीले जानकारी दिए। यसबाट डेढ करोडभन्दा बढी नोक्सान भएको अनुमान गरिएको उनले बताए। प्रमुख प्रशासकीय अधिकृत केसीका अनुसार मंगलबार साँझ लोमान्थाङ—४ चुम्जुङस्थित छुआमा खोलाको बाढीले आर्का—भार्सा जोड्ने पक्की पुलसहित तीनवटा पक्की मोटरेबल पुल, एक फलाम...
पहिरोले थुनिएको म्याग्दी नदीमा बग्न थाल्यो पानी
समाचार, समाज

पहिरोले थुनिएको म्याग्दी नदीमा बग्न थाल्यो पानी

नेपालअखबार,काठमाडौँ । बुधबार दिउँसो पहिरो आउँदा थुनिएको म्याग्दी नदीमा पानी बग्न थालेको छ ।आज दिउँसो म्याग्दीको धवलागिरि गाउँपालिका वडा नम्बर ४ बाँसबोटको भीरबाट खसेको पहिरो थुप्रिदा करिब एक घण्टा आंशिक रुपमा म्याग्दी नदी थुनिएको थियो ।
बागलुङमा बाढीले बगायो कालुङखोला जलविद्युत आयोजना
समाचार, समाज

बागलुङमा बाढीले बगायो कालुङखोला जलविद्युत आयोजना

नेपालअखबार,बागलुङ। बागलुङमा बाढीले कालुङखोला जलविद्युत आयोजना बगाएको छ। बुधबार जैमिनी नगरपालिका-९ पैयुथन्थाप बिजुवामा रहेको कालुङखोला जलविद्युत आयोजना बगाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त पाण्डेले जानकारी दिए। उनका अनुसार कालुङखोला आयोजनाको विद्युतगृह र त्यहाँ रहेका तीन वटा झुलुङ्गे पुलमा पनि पूर्ण रूपमा क्षति पुगेको छ। बाढीले एउटा गोरूलाई पनि बगाएको छ। त्यहाँ रहेका करिब १० वटा घर जोखिममा छन्।...
शुक्रबारसम्म देशका यी क्षेत्रमा छ आकस्मिक बाढीको सम्भावना
समाचार, समाज

शुक्रबारसम्म देशका यी क्षेत्रमा छ आकस्मिक बाढीको सम्भावना

नेपालअखबार,काठमाडौँ ।  जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले देशका विभिन्न नदीहरूमा आकस्मिक बाढीको सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ । मौसम पूर्वानुमान महाशाखाले मुलुकका केही भेगमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार वाग्मती, गण्डकी र लुम्बिनीलगायत अन्य प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । साथै उच्चपहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ । त्यसैगरी आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थान तथा अन्य प्रदेशका केही भागका मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्...
गम्भीर ८ रोगका बिरामीलाई २ लाखसम्मको उपचार सुविधा
समाचार, समाज, स्वास्थ्य

गम्भीर ८ रोगका बिरामीलाई २ लाखसम्मको उपचार सुविधा

नेपालअखबार,काठमाडौं । अब क्यान्सर, मुटु,मिर्गौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया,पार्किन्सोनिजम र अल्जाइमरका बिरामीले दुई लाखसम्मको उपचार सेवा पाउने भएका छन् । स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएकाले पहिलेभन्दा दोब्बर उपचार सहायता प्राप्त गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले आठ जटिल रोगका बिरामीले हाल पाइरहेको एक लाख उपचारमा थप एक लाख गरी दुई लाख सुविधा प्राप्त गर्न बताए । ममन्त्री पौडेलले भने, ‘कडा रोग लागेर स्वास्थ्य उपचारका लागि खर्च जुटाउन नसकेर समस्या भोगिरहेका नागरिकको पीडामा राहत दिने सोचका साथ साउन १ गतेबाट ८ प्रकारका बिरामीले हाम्रो पूर्वप्रतिबद्धता अनुसार स्वास्थ्य बीमा कार्यक्रममार्फत दुई लाखको उपचार प्राप्त गर्ने व्यवस्था गरेका छौं ।’ आठ जटिल रोगका बिरामीलाई राहत हुने हिसाबले रकम वृद्धि गर्ने घोषणा गरेका थिए । सोहीअनुसार...
दाउन्नेमा सडक भासियो, बाटो अवरुद्ध
समाचार, समाज

दाउन्नेमा सडक भासियो, बाटो अवरुद्ध

नेपालअखबार,नवलपरासी  । महेन्द्रराजमार्ग अन्तर्गत दाउन्नेमा सडक भासिएका कारण अहिले बिहान साढे ५ बजेदेखि बाटो अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय परासीका अनुसार बर्दघाटबाट पूर्व खुर्सानी खोला नजिक राजमार्ग केही भासिएको हो । सडक भासिएको स्थानमा लु १ ख ५८२७ नम्बरको ट्रक फसेको परासीका डिएसपी वीरदत्त पन्तले बताए । घटनास्थलमा उद्धारका लागि घटनास्थलमा प्रहरी पठाइएको छ । महेन्द्र राजमार्गको बर्दघाटतर्फको खण्डमा सडक भासिएको हो । त्यहाँ पूर्वपश्चिम हिँडेका सैयौं सवारी साधन रोकिएका छन् ।...
वीपी राजमार्गमा सवारी जामले यात्रु हैरान
समाचार, समाज

वीपी राजमार्गमा सवारी जामले यात्रु हैरान

नेपालअखबार,काभ्रेपलाञ्चोक । बीपी राजमार्ग अन्तर्गत काभ्रेका पिन्थलीबेसी र चारसयबेसीमा खहरेखोलाबाट आएको लेदो पन्छाएपछि यातायातका साधन सन्चालनमा आएको प्रहरीले जनाएको छ । तर ठाउँ–ठाउँमा सवारी साधन जामको समस्या पनि देखिएको छ । याक्राको त्रममा पटक–पटक रोकिनुपर्दा यात्रु र सवारी चालक तथा सहचालकहरु हैरान छन् । कच्ची बाटोमा गाडीहरु फस्ने र बिग्रिने गर्नाले सवारी जाम हुने र समयमै गन्तव्यमा पुग्न नपाउने उनीहरुको भनाइ छ । इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार मंगलबार राति १ बजेदेखि अवरुद्ध सडक लेदो पन्छाएपश्चात दुईतर्फी नै सन्चालनमा ल्याइए पनि कुनै–कुनै ठाउँमा केहीबेर रोकिँदै हिँड्नुपर्ने अवस्था छ । २०८१ साल असोजमा आएको बाढीले बीपी राजमार्ग क्षतविक्षत भएको थियो । सडक पुनर्निर्माणको काम सम्पन्न नभएकाले यात्रा कष्टकर हुने गरेको छ ।...
स्याङ्जाको आँधीखोलामा जलसतहले सतर्कता तह पार गर्‍यो
समाचार, समाज

स्याङ्जाको आँधीखोलामा जलसतहले सतर्कता तह पार गर्‍यो

नेपालअखबार,स्याङ्जा। स्याङ्जा जिल्ला भएर बग्ने आँधीखोलामा पानीको सतह बढेर सतर्कता तह पार गरेको छ। जल तथा मौसम विज्ञान विभागले आज बिहान अध्यावधिक गरेको सूचना अनुसार, आधिँखोलाको बोर्लाङ् पुलस्थित जलमापन केन्द्रमा जलसतह बढ्दो क्रममा रहेको छ। विभागका अनुसार गएरातिदेखि भइरहेको  वर्षाका कारण खोलामा पानीको बहाव ह्वात्तै बढेको हो। जलसतहले सतर्कता तह पार गरिसकेको र अझै बढ्ने क्रममा रहेकाले नदी तटीय क्षेत्रमा बाढी तथा कटानको जोखिम बढेको छ। विभागले एक विशेष सूचना जारी गर्दै नदी तटीय क्षेत्र तथा आसपासमा बसोबास गर्ने स्थानीय बासिन्दा र नदी किनार भएर यात्रा गर्नेहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।...
उपल्लो मुस्ताङमा बाढीले २ पुल बगायो, अरु ४ वटामा क्षति
समाचार, समाज

उपल्लो मुस्ताङमा बाढीले २ पुल बगायो, अरु ४ वटामा क्षति

नेपालअखबार,मुस्ताङ । उपल्लो मुस्ताङमा मङ्गलबार साँझ लेदोसहितको बाढीले ६ वटा पुलमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । नेपाल-चीन उत्तरी सीमावर्ती गाउँ लोमान्थाङ गाउँपालिका-४ छोसेरस्थित चुम्जुङ खोलामा करिब तीन घण्टा भीषण बाढी आएको थियो । बाढीले लोमान्थाङ-४ स्थित चुम्जुङ खोलामा एक पुल र लोमान्थाङ-२ साम्जुङस्थित निर्माणाधीन अर्को एक गरी दुई वटा पक्की मोटरेबल पुलमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले सूचना संम्प्रेषण गरेको छ । यसैगरी बाढीले त्यसक्षेत्रमा रहेको फलामे पुल र तीन वटा काठेपुल बाढीले बगाएर क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले उल्लेख गरेको छ । उपल्लो मुस्ताङको बाढीका कारण जोखिमा रहेको खोलाको बीचमा सञ्चालनमा रहेको एक होटल र लोमन्थाङ-४ स्थित अन्दाजी चार सय मिटर दूरीमा रहेको न्याम्डो गाउँका दुई वटा घरका नागरिकहरुलाई सुरक्षित स्...