नेपालअखबार,काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले अझै दुई दिन वर्षाको प्रक्षेपण गरेको छ। अहिले नेपालको मौसममा विभिन्न पानी पार्ने प्रणाली सक्रिय छन्।
पछिल्लो समय बंगालको खाडीबाट उच्च जलवाष्पयुक्त हावा आइरहेको छ। त्यस्तै अरब सागरबाट पनि जलवाष्पयुक्त हावा आइरहेको मौसमविद् गोविन्द झाले जानकारी दिए। त्यसका अतिरिक्त पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु पनि सक्रिय छन्।
त्यसैको प्रभावले ६–७ घन्टादेखि देशका पूर्वी र मध्य भागमा वर्षा भइरहेको छ। विशेषतः कोशी र मधेस प्रदेशमा उल्लेख्य वर्षा भयो। अहिले पनि कोशी, मधेस र लुम्बिनी प्रदेशका विभिन्न भागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
पछिल्लो एक घन्टामा दाङको पदमपुर क्षेत्रमा ८.२ मिलिमिटर वर्षा भएको छ। आज देशका अधिकांश भूभागमा वर्षा हुने प्रक्षेपण मौसम विभागले गरेको छ। मौसमविद् गोविन्द झाले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका के...