Saturday, August 8

समाज

पोखरा–मुग्लिङ सडक विस्तार : विद्युत् पोल एक साताभित्र हटाइँदै
समाचार, समाज

पोखरा–मुग्लिङ सडक विस्तार : विद्युत् पोल एक साताभित्र हटाइँदै

नेपालअखबार,कास्की । निर्माणाधीन पोखरा–मुग्लिङ राजमार्गको पश्चिम खण्डको सडक मापदण्डभित्र परेका विद्युत् पोल एक साताभित्र हटाइने भएको छ । राजमार्गको पश्चिम खण्डमा चार सय २४ वटा पोल हटाउन बाँकी रहेकामा कास्की जिल्लामा मात्र तीन सय ५५ छन् । विद्युत् प्राधिकरणको पोखरा तथा लेखनाथ वितरण क्षेत्रभित्र यी पोल परेका हुन् । राजमार्ग स्तरोन्नतिका क्रममा सडकभित्र परेका विद्युत् पोल हटाउन ढिलाइ हुँदा योजनाको काम प्रभावित भएको छ । विद्युत् पोलका कारणले काम प्रभावित भएपछि आइतबार जिल्ला प्रशासन कार्यालय कास्कीको समन्वयमा भएको सहजीकरण बैठकमा एक साताभित्रमा विद्युत् प्राधिकरणले पोल हटाउने सहमति भएको मुग्लिङ–पोखरा सडक योजना पश्चिम खण्डका योजना प्रमुख कृष्णबहादुर कुँवरले बताए । उनका अनुसार विद्युत् पोलका कारणले योजनाको काममा असर परेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाटसमेत यसका बारेमा चासो व्य...
२ सय पटक सर्पले टोकेपछि मान्छेको रगतमै बन्यो एन्टिभेनम
समाचार, समाज, स्वास्थ्य

२ सय पटक सर्पले टोकेपछि मान्छेको रगतमै बन्यो एन्टिभेनम

नेपालअखबार,काठमाडौँ । वैज्ञानिकहरूको एक टोलीले चाँडै नै मान्छेको रगतबाट एन्टिभेनम (सर्पको विषलाई निष्क्रिय पार्ने औषधि) तयार गर्ने दाबी गरेको छ । यो टोलीका एक जना व्यक्ति अमेरिकाका टिम फ्राइड हुन् । उनलाई पछिल्लो २० वर्षमा २ सय पटक विषालु सर्पले टोकेको छ । जसका कारण उनको रगतलाई सर्पको विषलाई निष्क्रिय पार्ने क्षमता बढाइदियो । अब उनको रगतमा पाइने यी एन्टिबडीहरू प्रयोग गरेर वैज्ञानिकहरूले औषधि बनाउँदैछन् । अहिलेका एन्टिभेनमहरूले विशेष सर्प प्रजातिहरूको विषलाई निष्क्रिय पार्न मात्र काम गर्छन् । तर फ्राइडको रगतले सबै सर्पको टोकाइको लागि प्रयोग गर्न सकिने एन्टिभेनम विकास गर्न मद्दत गर्ने दाबी गरिएको छ । जनावरहरूमा गरिएको परीक्षणले फ्राइडको रगतमा पाइने एन्टिबडीहरूले सर्पको विषका धेरै घातक प्रभावविरुद्ध सुरक्षा प्रदान गरेको पत्ता लगाएको हो । फ्राइडको १८ वर्षको मिसनले सबै प्रकारका सर्पको ...
वर्षाले नारायणघाट–बुटवल सडक र कान्ति लोकपथ अवरुद्ध
समाचार, समाज

वर्षाले नारायणघाट–बुटवल सडक र कान्ति लोकपथ अवरुद्ध

नेपालअखबार,नवलपरासी । गए रातिदेखि निरन्तर परेको वर्षाका कारण पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल सडक अवरुद्ध भएको छ । सडक विस्तारका क्रममा रहेको यस सडकको दाउन्ने क्षेत्रमा निरन्तरको वर्षाका कारण सडकमा सवारीसाधन चिप्लिन थालेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए । उनले गएरातिदेखि परेको पानीका कारण सडक चिप्लो भएर पूर्ण रूपमा अवरुद्ध हुँदा यो सडक भएर यात्रा गर्ने सम्पूर्ण यात्रुहरूलाई वैकल्पिक सडकबाट यात्रा गर्न समेत आग्रह गरे । सडक विस्तारको कामलाई तीव्र पार्न दाउन्ने खण्डमा राति ११ः०० देखि बिहान ५ः०० बजेसम्म दैनिक रूपमा सडक पूर्ण रूपमा बन्द गरिँदै आएको छ । रातिदेखि नै बन्द भएको यस सडक वर्षाका कारण आवागमन बन्द भएपछि सवारीसाधनको लाइन लामो हुँदै गएको सूचना अधिकारी नेपालले जानकारी दिए । कान्ति लोकपथ सडक अवरुद्ध त्यसैगरी...
हामीलाई नेपाली नागरिकताको निरन्तरता चाहिन्छ : ब्रिटिस गोर्खा
समाचार, समाज

हामीलाई नेपाली नागरिकताको निरन्तरता चाहिन्छ : ब्रिटिस गोर्खा

नेपालअखबार,काठमाडौँ । संसदीय समितिका सभापतिहरूले विभिन्न कारणले विदेशमा रहेका नेपाली नागरिकलाई स्वदेश फर्कन सहजता प्रदान गर्ने ढङ्गबाट कानुन निर्माण गरिने प्रतिबद्धता जनाएका छन् । ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता अभियानद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनीहरूले सन्तान भेट्न आमाबाबु विदेश जाने नभई छोराछोरी नेपाल आउने वातावरण निर्माण गर्ने गरी कानुन तर्जुमा गर्नेतर्फ ध्यान पुर्‍याइने बताए । प्रतिनिधिसभा, राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले कानुन निर्माणमा कुनै राजनीतिक गन्ध नआउने र विदेशमा रहेका नेपाली नागरिकलाई देश फर्कन सहज तुल्याउन सकियोस् भन्नेमा सम्पूर्ण  कोसिस रहने धारणा राखे । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्बरबहादुर थापाले बेलायती–गोर्खा फौजमा राज्यले सम्झौता गरेर पठाएका नागरिकलाई आफ्ना होइन भन्ने विषय नेपालका लागि सुहाउँदो नभएको जिक...
उत्तरी गोवामा भागदौड मच्चिँदा ६ जनाको मृत्यु
समाचार, समाज

उत्तरी गोवामा भागदौड मच्चिँदा ६ जनाको मृत्यु

नेपालअखबार,काठमाडौँ ।  उत्तरी गोवाको शिरगाउँस्थित लैराईदेवी मन्दिरमा भागदौड मच्चिँदा ६ जनाको मृत्यु भएको छ। शनिबार बिहान ४ देखि ५ बजेबीच एक्कासि भागदौड मच्चिँदा ६ जनाको मृत्यु भएको बिबिसीले जनाएको छ। भागदौडमा ५० जनाभन्दा बढी घाइते भएका छन्। घाइतेहरूलाई स्थानीय सामुदायिक अस्पतालहरूमा उपचारका लागि पठाइएको छ। गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले भागदौडमा १० जना गम्भीर घाइते भएको र उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको बिबिसीलाई जानकारी दिएका छन्। लैराईदेवीमा शनिवार बिशेष मेला लागेको थियो। त्यसका लागि शुक्रबारदेखि नै गोवासहित महाराष्ट्र र कर्नाटकबाट हजारौं भक्तजन मन्दिर पुगेका थिए।हजारौंको संख्या उपस्थित भिडमा अचानक भागदौड मच्चिएपछि स्थिति नियन्त्रणबाहिर पुगेको त्यहाँको प्रहरीले जनाएको छ। भागदौड मच्चिनुको कारण भने खुलिनसकेको प्रहरीले जनाएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी र...
हेटौँडामा रोकिराखेको गाडी जमिनमुनि भासिएर बेपत्ता
समाचार, समाज

हेटौँडामा रोकिराखेको गाडी जमिनमुनि भासिएर बेपत्ता

नेपालअखबार,हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१६ र १७ नम्बर वडा जोडिएको गैरीगाउँमा सडक भासिएर पिकअप भ्यान  गायब भएको छ । भित्री कच्ची सडकखण्डमा घाँस काट्ने मेसिन बोकेको ना४च ४८३३ नम्बरको माछा बोक्ने सिङ्गल क्याप बलेरो गाडी (भ्यान) सडक भासिँदा हराएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । गाडी भासिँदै गएपछि सडकमै पानीको दह बनेको छ । गाडीका चालक र सहचालकले भने गाडी धसिनुअघि नै निस्किएर  जोगिएका छन् । ‘गाडी धसिन थालेपछि डोरी लगाएर तान्न खोज्यौं । मान्छेले तानेर कहाँ हुन्थ्यो र ? डोरीसहितै गयो नि’, घटनास्थलमा रहेका सहचालकले भने, ‘हामी हाम फालेर जोगियौं ।’ घटना शुक्रबार दिउँसोको हो । गाडी भासिएको करिब ५ सेकेण्डमै गाडी हराएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । गाडी डुबेको नजिकै माछापालनका लागि भनेर खनेको बोरिङ पनि रहेको छ । बोरिङका कारण जमिन भासिन पुगेको अनुमान लगाइएको छ ...
चिलीमा ७.४ म्याग्नेच्यूडको भूकम्प, सुनामीको चेतावनी
विदेश, समाचार, समाज

चिलीमा ७.४ म्याग्नेच्यूडको भूकम्प, सुनामीको चेतावनी

नेपालअखबार,काठमाडौँ । दक्षिण अमेरिका र अन्टार्कटिकालाई छुट्याउने पानीको मुहान ड्रेक मार्गमा ७.४ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ। शुक्रबार गएको भूकम्पपछि चिलीका अधिकारीहरूले देशको दक्षिणी क्षेत्रमा सुनामीको चेतावनी जारी गरेका छन्। अमेरिकी भौगर्भिक सर्भे (यूएसजीएस) का अनुसार भूकम्प अर्जेन्टिनाको टिएरा डेल फुएगो प्रान्तको उसुइया शहरबाट २१९ किलोमिटर र चिलीको प्यूर्टो विलियम्स शहरबाट २१९ किलोमिटर को दूरीमा १० किलोमिटर गहिराइमा गएको थियो। ‘कृपया सावधान रहनुहोला ! सुनामीको खतराका कारण म्यागालेन्स क्षेत्रको तटीय क्षेत्र खाली गरी सु्रक्षित स्थलमा जानुहोला,” चिलीको विपत् व्यवस्थापन निकाय सेनाप्रेडले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा लेखेको छ। राष्ट्रपति गेब्रियल बोरिकले आफ्नो एक्स अकाउन्टमा ‘म्यागालेन्स क्षेत्रभरि समुद्र तट खाली गर्न’ आह्वान गरेका छन्। चिलीको नेसनल सिस्मोलोजिकल स...
पोखरीमा डुबेर पश्चिम नवलपरासीमा दाजुभाइको मृत्यु
समाचार, समाज

पोखरीमा डुबेर पश्चिम नवलपरासीमा दाजुभाइको मृत्यु

नेपालअखबार,बुटवल । पश्चिम नवलपरासीमा पोखरीमा डुबेर दाजुभाइको मृत्यु भएको छ । जिल्लाको सुनवल नगरपालिका–६ पुलटोलका विष्णु कुँवरका दुई छोराहरू १० वर्षका विप्सन र ८ वर्षका दिप्सनको पोखरीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय सुनवलका इन्पेक्टर सन्तोष पौडेलले जानकारी दिए । शुक्रबार साँझ पोखरीमा एक बालक तैरिहरेको स्थानीयले खबर गरेपछि खोजी गर्न जांदा अर्का बालकको पनि शव तैरिएको अवस्थामा फेला परेकोपौडेलले बताए । मृतक बालकहरु स्थानीय जनसेवा माध्यमिक विद्यालयमा कक्षा २ र कक्षा ४ मा अध्ययनरत थिए । उनीहरु पौडी खेल्न गएको बेला डुबेको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुसन्धानमा देखेको इन्स्पेक्टर पौडेलले बताए ।...
तेह्र वर्षमा पनि बनेन कमला पुल, ठेक्का तोड्ने तयारी
समाचार, समाज

तेह्र वर्षमा पनि बनेन कमला पुल, ठेक्का तोड्ने तयारी

नेपालअखबार,सिरहा । हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जोड्ने १३ वर्षदेखि निर्माणाधीन कमला पुल निर्माण कम्पनीले काम रोकेपछि ठेक्का सम्झौता तोड्ने तयारी थालिएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरले जनाएको छ । निर्माण कम्पनी ‘लुम्बिनी बिल्डर्स’ लाई आगामी असार मसान्तसम्म भासिएको पुलको पुनःनिर्माण सम्मन्न गरिसक्ने गरी अन्तिम पटकलाई ठेक्का सम्झौता भएकोमो उक्त निर्माण कम्पनीले महिनादिन अघिदेखि काम ठप्प गरेपछि ठेक्का सम्झौता रद्द गरी कारबाही प्रक्रिया अघि बढाइएको निर्देशनालयका योजना प्रमुख कृष्णकुमार महतोले बताए । “सम्झौताअनुसार असार मसान्तसम्म काम सम्पन्न हुनुपर्ने हो । तर, एक महिनाअघिदेखि निर्माण कम्पनीले काम ठप्प पारेको छ । म्याद थपको लागि निवेदन पनि दिएको छैन”, उनले भने, “सम्झौताअनुसार काम नभएपछि कारबाहीको लागि केन्द्रमा सिफारिस गरेका छौँ ।” यसअघि निर्माण कम्पनी र बिमा कम्पन...
१३ वर्षीय किशोर लिएर भागेकी शिक्षिका भन्छिन्– ऊ मेरो गर्भमा रहेको बच्चाको पिता हो
विदेश, समाचार, समाज

१३ वर्षीय किशोर लिएर भागेकी शिक्षिका भन्छिन्– ऊ मेरो गर्भमा रहेको बच्चाको पिता हो

नेपालअखबार,काठमाडौँ । १३ वर्षीय किशोरलाई लिएर भागेकी एक शिक्षिकाको बयानले शिक्षक र विद्यार्थीबिचको सम्बन्धलाई नै लज्जित तुल्याएको छ । भारतको गुजरात राज्यको सुरतमा २३ वर्षीय एक शिक्षिका आफ्नै १३ वर्षीय छात्रलाई लिएर भागेकी थिइन् । चार दिनपछि ती शिक्षिका र किशोरलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले गरेको सोधपुछमा ती शिक्षिकाले आफू पाँच महिनाको गर्भवती रहेको बताइन् । उनी यतिमा मात्र रोकिइनन् । उनले ती किशोरलाई देखाउँदै भनिन्, ‘ऊ मेरो गर्भमा रहेको बच्चाको पिता हो ।’ आफू १३ वर्षीय किशोरबाट गर्भवती भएको भन्दै ती शिक्षिकाले अर्को सहरमा बस्नका लागि आफूहरू भाग्ने निर्णयमा पुगेको बताइन् । प्रहरीले ती शिक्षिकाको बयान अनुसार किशोरको स्वास्थ्य परीक्षण गराएको छ । यस क्रममा ती किशोर पिता बन्न सक्षम रहेको रिपोर्ट आएको प्रहरीको भनाइ छ । शिक्षिकाको गर्भमा रहेको शिशु र ती किशोरको डीएनए परीक्षण गरी थप ...