Thursday, September 10

समाज

संखुवासभामा खोलाले बगाउँदा हाइड्रोपावरका सुपरभाइजर बेपत्ता
समाचार, समाज

संखुवासभामा खोलाले बगाउँदा हाइड्रोपावरका सुपरभाइजर बेपत्ता

नेपालअखबार,काठमाडौं । संखुवासभामा खोलाले बगाएर इदुवा हाइड्रोपावरका एकजना कर्मचारी बेपत्ता भएका छन् । संखुवासभाको मकालु गाउँपालिका ५ फाकफुकस्थित सिमली खोला तर्ने क्रममा खाँदबारी–१० बस्ने २८ वर्षीय स्वागत निरौला बेपत्ता भएका हुन् । इदुवा हाइड्रोपावरमा सुपरभाइजरको रुपमा काम गर्ने निरौला साथीहरु सँगै खाना खाई हाइड्रोको आवासमा फर्कने क्रममा गएराति ११ बजे खोलामा बगेका थिए । प्रहरी र स्थानीयको सहयोगमा उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । यसैगरी सुनसरीको दुहबी नगरपालिका–११ मिल टोलमा हिजो साँझ धनसुना खोला तर्ने क्रममा ६० वर्षीय रविलाल उराव बेपत्ता भएका छन् । बाँसको अस्थायी पुल तर्ने क्रममा हिजो साँझ साढे पाँच बजे उनी चिप्लिएर खोलामा खसेका थिए । उनको खोजी भइरहेको अस्थायी प्रहरी चौकी तनमुना सुनसरीले जनाएको छ ।...
पेट्रोल बोकेको ट्याङ्करमा आगलागी
कर्पोरेट, समाचार, समाज

पेट्रोल बोकेको ट्याङ्करमा आगलागी

नेपालअखबार,रौतहट । रौतहटको गुजरा नगरपालिका-३ धनसार पुल नजिक पूर्व-पश्चिम राजमार्गमा पेट्रोल बोकेको ट्याङ्करमा आगलागी भएको छ । दुर्घटनापछि आगलागी हुँदा ट्याङ्कर पूर्ण रूपमा जलेर नष्ट भएको छ। आज बिहान करिब साढे ५ बजे बाराको अमलेखगञ्ज बाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३-००१ ख ७८११ नम्बरको पेट्रोल ट्याङ्कर सडकमा आएको मृगलाई बचाउने क्रममा अनियन्त्रित भई सडकको दाहिनेपट्टि पल्टिएको थियो । पेट्रोल बोकेको सो ट्याङ्कर पल्टिएलगत्तै आगलागी भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । घटनाको खबर पाएपछि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय चपुरबाट खटिएको प्रहरी टोली तथा चन्द्रपुर नगरपालिका र निजगढ नगरपालिकाको दमकलको सहयोगमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आगलागीबाट ट्याङ्कर पूर्ण रूपमा क्षति भए पनि मानवीय क्षति भने नभएको जिल्ला...
मर्दी पदयात्रामा गएका तीन युवक सम्पर्कविहीन
समाचार, समाज

मर्दी पदयात्रामा गएका तीन युवक सम्पर्कविहीन

नेपालअखबार,गण्डकी । मर्दी हिमाल पदयात्रामा रहेका तीन जना सम्पर्कविहीन भएका छन् । पदयात्राबाट फर्कने क्रममा कास्कीको पोखरा महानगरपालिका-१४ का अजित जिसी, युकेश गुरुङ र दीपेश गुरुङ सम्पर्कविहीन भएका हुन्। माछापुच्छ्रे गाउँपालिका-९ बादलडाँडा नजिकको जङ्गलमा बाटो बिराएर अलपत्र परेको हुन सक्ने आशङ्का गरी प्रहरीले खोजी कार्य तीव्र पारेको जनाएको छ । युवकहरुको मोबाइल बन्द रहेको माछापुच्छ्रे-६ भेँडाबारीस्थित अस्थायी प्रहरी पोष्टका प्रहरी हवल्दार जीवन बरालले जानकारी दिए । ‘मर्दी हिमालको हाइ क्याम्पबाट फर्कने क्रममा बाटो बिराएर जङ्गलमा अलपत्र परेको भन्ने सूचनापछि बिहानैदेखि खोजीकार्य भइरहेको छ’, उनले भने।...
सौराहाको मध्यवर्ती क्षेत्रमा नयाँ जङ्गली हात्ती
समाचार, समाज

सौराहाको मध्यवर्ती क्षेत्रमा नयाँ जङ्गली हात्ती

नेपालअखबार,चितवन । चितवन राष्ट्रिय निकुञ्जको सौराहा क्षेत्रमा नयाँ जङ्गली हात्ती देखिन थालेको छ । झन्डै दुई सातादेखि अन्दाजी १८–१९ वर्षको जङ्गली हात्ती देखिन सुरु गरेको हो । निकुञ्जका सहायक संरक्षण अधिकृत प्रविन पौडेलका अनुसार हात्ती सौराहाको मध्यवर्ती वन क्षेत्रमा रहने गरेको छ । केही दिनअघि हात्ती प्रजनन केन्द्र पुगेको यस हात्तीलाई त्यहाँ आउने अन्य जङ्गली हात्तीबाट लखेटिएको जनाइएको छ । अहिले सौराहास्थित निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका हात्ती भएका ठाउँमा आउने गरेको उनले बताए । यस हात्तीले अहिलेसम्म मानव बस्तीमा पसेर दुःख दिएको छैन । संरक्षण अधिकृत पौडेलका अनुसार यस्ता हात्ती बथानबाट लखेटिएर एक्लिने गर्दछन् । बथानको नेतृत्व पोथी हात्तीले सम्हाल्ने गर्दछ । अल्लारे उमेरका यस्ता भाले हात्तीले उपद्रो मच्चाएमा बथानका कमाण्डरले लखेट्ने गरेको अध्ययनहरूले देखाएको उनले जानकारी दिए । ...
बेनी–जोमसोम सडक रातिमा बन्द
समाचार, समाज

बेनी–जोमसोम सडक रातिमा बन्द

नेपालअखबार, म्याग्दी । म्याग्दी सदरमुकाम बेनीदेखि मुस्ताङको जोमसोम जोड्ने सडकखण्डमा रातको समयमा सवारी आवागमन बन्द गरिएको छ । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार बिहीबार बिहान ५ः०० बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मङ्गलबार र बुधबार भारी वर्षा हुने प्रक्षेपण गरेपछि उक्त सडकखण्डमा सवारी आवागमन बन्द गरिएको हो । बेनी–जोमसोम सडक कालीगण्डकी करिडोरअन्तर्गत पर्छ । सो सडक भएर यात्रु मुक्तिनाथदेखि कोरला नाकासम्मको यात्रा गर्छन् । सम्भावित विपद् जोखिमलाई दृष्टिगत गरी रातिको समयमा यातायात सेवा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए ।...
म्याग्दीमा खोलाले बगाएर एकजना बेपत्ता
समाचार, समाज

म्याग्दीमा खोलाले बगाएर एकजना बेपत्ता

नेपालअखबार,म्याग्दी। म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता भएका छन् । रघुगङ्गा–८ चौरखानीबाट किनेर ल्याएको भैँसीसहित खोला तर्ने क्रममा उहाँ बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घर्तीलाई खोलाले बगाएको सूचना गाउँलेले दिएपछि सोमबार साँझदेखि नै खोजी सुरू गरिए पनि उनको अवस्था पत्ता नलागेको कार्यालयका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले बताए । आज बिहानैदेखि पुनः खोजी कार्य सुरू गरिएको उनको भनाइ छ ।...
सार्वजनिक निकायमा आदिवासी जनजातिको प्रतिनिधित्व बढाउन सिफारिस
समाचार, समाज

सार्वजनिक निकायमा आदिवासी जनजातिको प्रतिनिधित्व बढाउन सिफारिस

नेपालअखबार,काठमाडौं । आदिवासी जनजाति आयोगले सार्वजनिक निकायमा आदिवासी जनजातिको प्रतिनिधित्व बढाउन नेपाल सरकारसमक्ष सिफारिस गरेको छ । यस्तो सिफारिस समेटिएको आयोगको आर्थिक वर्ष २०८१/८२ को छैटौँ वार्षिक प्रतिवेदन आज प्रतिनिधिसभामा पेस हुँदैछ । प्रधानमन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले पेस गर्ने प्रतिवेदनमा नेपाल सरकारलाई सातबुँदे सिफारिस गरिएको छ । सिफारिसको पहिलो बुँदामा सार्वजनिक निकायमा आदिवासी जनजातिको प्रतिनिधित्वको अवस्थाबारे उल्लेख गरिएको छ । आयोगको अध्ययनअनुसार नेपालको सार्वजनिक निकायमा आदिवासी जनजातिको प्रतिनिधित्व अत्यन्त न्यून रहेको देखिएको छ । सिफारिसमा भनिएको छ, ‘शिक्षक सेवामा ११.३ प्रतिशत र निजामती सेवामा १६.९ प्रतिशत मात्र आदिवासी जनजातिको प्रतिनिधित्व रहेको छ । जनगणना २०७८ अनुसार कुल जनसंख्यामा ३४.८७ प्रतिशत आदिवासी जनजातिको ह...
मुग्लिन-नारायणगढ सडकमा पहिरो, यातायात एकतर्फी
समाचार, समाज

मुग्लिन-नारायणगढ सडकमा पहिरो, यातायात एकतर्फी

नेपालअखबार,चितवन । नारायणगढ-मुग्लिन सडक खण्डको मुग्लिन बजार नजिकै पहिरो खस्दा सडक आवागमन प्रभावित भएको छ। आज  बिहान १०:१२ बजे खसेको पहिरोका कारण हाल सडक एकतर्फी रूपमा मात्र सञ्चालन भइरहेको छ। सडक डिभिजन भरतपुरका अनुसार पहिरो हटाउनका लागि डिभिजनका उपकरणहरू तत्काल परिचालन गरिएको छ।  पहिरो सफा गर्ने कार्य तीव्र गतिमा भइरहेको छ।गन्तव्यतर्फ प्रस्थान गर्नुअघि सडकको अवस्था बुझेर मात्र यात्रा गर्न र सवारी चालकहरूलाई धैर्यता अपनाउन सडक डिभिजनले अनुरोध गरेको छ।...
फेरि आन्दोलनको तयारीमा शिक्षक महासंघ
शिक्षा, समाचार, समाज

फेरि आन्दोलनको तयारीमा शिक्षक महासंघ

नेपालअखबार,काठमाडौँ । पटक-पटक आन्दोलन गरी सरकारसँग सहमति गरे पनि विद्यालय शिक्षा ऐन जारी हुन नसकेको भन्दै नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले फेरि आन्दोलन गर्ने तयारी गरेको छ। विगतमा धेरै आन्दोलन गरे पनि शिक्षकहरूको हातमा परिणाम नआएको निष्कर्षमा पुगेको शिक्षक महासंघले छिट्टै आन्दोलन गर्ने गरी तयारी गरेको हो। नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले अब आन्दोलन गरिने बताए। नेपाल शिक्षक महासंघ तेस्रो राष्ट्रिय परिषदको काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले परिणाम आउने गरी आन्दोलन गर्नुपर्नेमा जोड दिएका हुन्। आफू भदौ १८ देखि निवृत्त हुन लागेको सुनाएका उनले त्यसअघि नै आन्दोलन गर्ने संकेत गरेका छन्। ‘आन्दोलन अब एक मात्र विकल्प भएको छ। साथीहरू आन्दोलनले के परिणाम दियो भन्नुहुन्छ- हाम्रो हातमा आन्दोलन मात्र छ, परिणाम हाम्रो हातमा छैन, परिणाम राज्य र त्यस...
दुर्गा प्रसाईको पक्राउको धवलशम्सेर राणाद्वारा निन्दा, तत्काल रिहाइको माग
समाचार, समाज

दुर्गा प्रसाईको पक्राउको धवलशम्सेर राणाद्वारा निन्दा, तत्काल रिहाइको माग

नेपालअखबार,काठमाडौं । राजावादी नेता डा. धवलशम्सेर राणाले आफ्ना सहकर्मी दुर्गा प्रसाईको पक्राउको निन्दा गर्दै तत्काल रिहाइको माग गरेका छन्। सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै राणाले आलोचना, फरक मत तथा मत–अभिमत लोकतान्त्रिक पद्धतिका आधारस्तम्भ भएको उल्लेख गरेका छन्। नागरिकप्रति सरकारको जवाफदेहिता, प्रजातान्त्रिक सन्तुलन तथा समाजको उन्नति–प्रगतिका लागि विचार तथा अभिव्यक्ति स्वतन्त्रता आधारभूत अधिकार भएको उनको भनाइ छ। ‘सरकारको आलोचना गर्नै नपाइने हो भने त्यस्तो शासन प्रणाली लोकतान्त्रिक रहन सक्दैन,’ विज्ञप्तिमा उल्लेख छ। राणाले विविध आस्था, धर्म, संस्कृति र परम्पराबीचको सद्भाव, सम्मान र सहअस्तित्व नेपाली समाजको मौलिक विशेषता भएको उल्लेख गर्दै पछिल्ला दिन देशका केही क्षेत्रमा देखिएको आपसी द्वन्द्व, झडप, आगजनी र जनधनको क्षतिप्रति चिन्ता व्यक्त गरेका छन्। उनले यस्तो संवेदनशील अवस्था...