Sunday, August 9

समाज

तीनकुनेमा प्रदर्शनकारीलाई हटाउन प्रहरीले पानीको फोहोरा प्रहार
समाचार, समाज

तीनकुनेमा प्रदर्शनकारीलाई हटाउन प्रहरीले पानीको फोहोरा प्रहार

नेपालअखबार, काठमाडौँ । काठमाडौँको तीनकुनेबाट बानेश्वरतिर प्रवेश गर्न खोज्ने प्रदर्शनकारीलाई प्रहरीले पानीको फोहरा प्रहार गरेर हटाएको छ । ब्यारिकेड तोडेर बानेश्वरतर्फ प्रवेश गर्न खोजेका पूर्व राजाका समर्थकलाई प्रहरीले रोकेको हो । पुर्वराजाका समर्थकहरूलाई बानेश्वरतिर जानबाट रोक्न अश्रुग्याँस र लाठी पनि प्रहार गरिएको छ । प्रदर्शनकारीले प्रहरीलाई ढुङ्गा प्रहार गरेका छन् । झडपमा संलग्न ४ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले  बताए ।...
म्याद सकिएको दुई वर्षपछि पार्क निर्माण शुरु, ऋषिले तपस्या गरेको स्थानमा रावणको मूर्ति राख्न नहुने तर्क
समाचार, समाज

म्याद सकिएको दुई वर्षपछि पार्क निर्माण शुरु, ऋषिले तपस्या गरेको स्थानमा रावणको मूर्ति राख्न नहुने तर्क

नेपालअखबार, म्याग्दी । म्याद सकिएको दुई वर्षपछि बेनी नगरपालिका–५ पछैमा रावण पार्क निर्माणको कामले गति लिएको छ । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित २०७७ साल फागुनमा धर्म एस कास्यप जेभीले एक करोड ७६ लाखमा ठेक्का सम्झौता गरेको रावण पार्क निर्माणकार्यले पछिल्लो दुई महिनायता तीव्रता पाएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रमअन्तर्गत मन्त्रालयको ७० र बेनी नगरपालिकाको ३० प्रतिशत लागत साझेदारीमा रावणको मूर्तिसहित पार्क निर्माण गर्न थालिएको थियो । योजनाका बारेमा नगरपालिकाले नियमित प्रतिवेदन बुझाउन नसक्दा आव २०७९/८० र २०८०/८१ मा बजेट व्यवस्थापन हुन नसकेको योजनाका निर्माण व्यवसायी पनि पन्छिन खोजेपछि निर्माण ४४ महिनासम्म निर्माण रोकिएको थियो । लामो समयको प्रयासपछि बजेट व्यवस्थापन गरेर २०७८ साल असारदेखि रोकिएको रावण पार्क निर्म...
अधिकारप्राप्तको अभियानलाई दिगो बनाउन दातृ निकायको मात्र भर परेर नहुने निष्कर्ष
समाचार, समाज

अधिकारप्राप्तको अभियानलाई दिगो बनाउन दातृ निकायको मात्र भर परेर नहुने निष्कर्ष

काठमाडौँ : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकारप्राप्तको अभियान सशक्त बनाउन गम्भीर छलफल भएको छ। अधिकारप्राप्तको अभियानलाई दिगो बनाउन दातृ निकायको मात्र भर परेर नहुने निष्कर्ष छलफलले निकालेको छ। वित्तीय पहुँचको अभावमा स्वरोजगार बन्न पनि कठिन भएको गुनासो उनीहरूले गरेका छन्। मायाको पहिचान नेपालले गिभ आउट अन्तर्राष्ट्रिय संस्थाको सहयोगमा गरेको छलफल कार्यक्रममा राजनीतिक, आर्थिक र सामाजिक रूपमा आत्मनिर्भरता अभिवृद्धि गर्नुपर्नेमा जोड दिइएको छ। छलफलमा एसियाकै पहिलो समलिङ्गी सभासद् एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले संविधानमा लेखिएको समुदायको अधिकार कानुन, ऐन, नियममा समावेश नभएको बताए। कानुन निर्माण गर्ने थलो संसदमा प्रतिनिधित्व शुन्य हुँदा कानुन बन्न नसकेको उनले बताए। संस्थागत अभियान सुरु गर्नु अघि नै रत्नपार्क र पशुपति क्षेत्रबाट लैङ्गिक तथा यौनिक अल्पसङ्ख्...
दूरी १४ किलोमिटर, यात्रा अवधि दुईदेखि तीन घन्टा
अर्थ, समाचार, समाज

दूरी १४ किलोमिटर, यात्रा अवधि दुईदेखि तीन घन्टा

नेपालअखबार,नवलपरासी। नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत दाउन्ने क्षेत्रको यात्रा निकै कष्ट पूर्ण बनेको छ। सडक विस्तारका क्रममा दाउन्ने क्षेत्रको राजमार्ग भत्काइँदा अहिले यो खण्ड भएर यात्रा गर्नु निकै कठिन चुनौतीपूर्ण रहेको छ। सडक विस्तारका क्रममा भत्काइएका संरचनाहरू समयमै पुनर्निर्माण नहुँदा यात्रुहरू दिनहुँ कष्ट भोग्न बाध्य छन्। सडकखण्डको अन्य क्षेत्रमा धमाधम कालोपत्र गरिए पनि दाउन्ने क्षेत्रमा भने उबड–खाबड सडक, साँघुरा घुम्ती, निर्माणका लागि बनाइएका अस्थायी डाइभर्सन र धुलाम्मे बाटोले यात्रालाई कष्टकर बनाएको हो। यात्रु जीवन ढकालले भने, 'दुम्कीवासदेखि दाउन्ने हुँदै बर्दघाटसम्मको बाटो निकै जोखिम पूर्ण छ । धुलो, धुवासँगै दुर्घटनाको जोखिम पनि उत्तिकै छ। दाउन्नेको बाटो छिचोल्न चार घण्टा लाग्यो।' दाउन्ने खण्डमा धुलोका कारण दिउँसै ‘हेड लाइट’ बालेर हर्न बजाउँदै गाडीहरू गुडाउनुपर्ने बाध्यत...
मनाङ सदरमुकाममा पहिलो पटक पुग्यो बस
समाचार, समाज

मनाङ सदरमुकाममा पहिलो पटक पुग्यो बस

नेपालअखबार,मनाङ । बेँसीसहर–चामे खण्डमा बस सञ्चालनका लागि परीक्षण गर्न सदरमुकाम चामेसम्म पहिलो पटक बस पुगेको छ । लमजुङ सदरमुकाम बेँसीसहरबाट यात्रु लिएर बेँसीसहर-पोखरा सञ्चालन हुने ना ६ ख ९५७९ नं को बस पहिलो पटक सदरमुकाम चामे पुगेको हो । सफल रूपमा बस चामे पुगेपछि मनाङबासी खुसीले दंग परे ।  आगामी नयाँ वर्षदेखि मनाङ सदरमुकामसम्म नियमित रूपमा बस सञ्चालन गर्ने तयारी भएसँगै निजी क्षेत्रको एकल प्रयासमा चामेसम्म बस पुर्‍याइएको बस सञ्चालक सुरेश घिमिरेले बताए । उनका अनुसार अन्नपूर्ण पदयात्राका लागि आउने विदेशी पर्यटकलाई लिएर उक्त बस यही चैत ७ गते चामे पुगेर हो । घिमिरेका अनुसार चालक विनोद रिमालले सहज रूपमा बसलाई चामेसम्म पुर्‍याएर फर्किनुभएको छ । मनाङको सडक साँघुरो र अधिकांश भाग कच्ची भए पनि अनुभवी चालक भए बस सञ्चालनमा समस्या नहुने भन्दै नयाँ र कम अनुभव भएका चालक उक्त खण्डमा नखटाइने उनले बताए...
दक्षिण कोरियामा अहिलेसम्मकै ठुलो डढेलो : मृत्यु हुनेको संख्या २६ पुग्यो
विदेश, समाचार, समाज

दक्षिण कोरियामा अहिलेसम्मकै ठुलो डढेलो : मृत्यु हुनेको संख्या २६ पुग्यो

नेपालअखबार,सिओल । दक्षिण कोरियामा अहिलेसम्मकै सबैभन्दा ठुलो डढेलोमा मृत्यु हुनेको संख्या २६ पुगेको छ । यसमा ३० जना घाइते भएका छन् जसमध्ये ८ जनाको अवस्था गम्भीर रहेको छ ।अधिकारीहरूले मृत्यु हुने अधिकांशको उमेर ६० देखि ७० वर्षको बिचमा रहेको जानकारी दिएका छन् । बुधबार डढेलो नियन्त्रणका लागि परिचालन गरेको हेलिकप्टर दुर्घटना हुँदा एक जना पाइलटको निधन भएको थियो । कम्तीमा ३ जना अग्नि नियन्त्रकहरूले पनि ज्यान गुमाइसकेका छन् । डढेलो नियन्त्रण गर्नका लागि हजारौँ अग्नि नियन्त्रकहरूका साथै सैनिक परिचालन गरिएको छ । डढेलो सांस्कृतिक सम्पदाहरूमाथि ठुलो खतरा बनेको छ । उइसोङ सहरमा आगलागीका कारण सन् ६१८ मा बनेको गौन्सा मन्दिर ध्वस्त बनेको छ । यो सो प्रान्तको सबैभन्दा ठुलो मन्दिरमध्ये एक थियो । यो डढेलो गत शुक्रबार सान्चेओङ काउन्टीबाट सुरु भएको थियो । हालसम्म यो थप ६ वटा काउन्टीमा फैलिसकेको छ । ती...
काभ्रेको नालामा बाबुले चलाएको ट्रकले किचेर छोरीको मृत्यु
दुर्घटना, समाचार, समाज

काभ्रेको नालामा बाबुले चलाएको ट्रकले किचेर छोरीको मृत्यु

नेपालअखबार,काभ्रे । काभ्रेको नालामा बाबुले चलाएको ट्रकले किचेर छोरीको ज्यान गएको छ । बनेपा नगरपालिका वडा नं ४ मा बा ४ ख ८५९२ नंवाको महेन्द्र निशान ट्रकले किच्दा ३ वर्षकी समीक्षा बरालको मृत्यु भएको हो । उक्त गाडी उनका बाबू सरोज बरालले चलाइहरेका थिए । सिन्धुली गोलन्जोर गाउँपालिका वडा नं १ घर भएका बराल नालामा परिवारसहित बस्दै आएक थिए । स्थानीय शुभकामना सप्लायर्स नामक बालुवा डिपोमा बस्दै आएका बरालले खाली ट्रक ब्याक गर्ने क्रममा छोरी समीक्षालाई किचेको थियो । उनको घटनास्थलमै निधन भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख ज्ञानबहादुर खड़काले जानकारी दिए । ट्रक प्रहरीको नियन्त्रणमा रहेको छ भने चालक सम्पर्कमै रहेको प्रहरीले जनाएको छ । मृतक बालिकाको शव पोष्टमार्टमका लागि धुलिखेल अस्पताल लगिएको छ ।...
श्रीमानको अस्तु सेलाउन अमेरिकाबाट नेपाल आएकी उनी
समाचार, समाज

श्रीमानको अस्तु सेलाउन अमेरिकाबाट नेपाल आएकी उनी

नेपालअखबार,पोखरा ।  सारङकोटको डाँडामा पुग्दा उनी पहिले जति रोमाञ्चित हुन्थिन यसपालि त्यस्तो देखिएकी छैनन्। आँसुले भरिएका आँखा र पीडाले भरिएका अनुहार थियो। ७२ वर्षीया लोरेटा हुलवर्क पहिलोचोटी आएकी थिइनन् सारङकोट। पहिले पहिले श्रीमानको साथमा हुन्थे यसपालि उनको अस्तु लिएर आएकी थिइन्। डाँडामा पुगिन्। श्रीमानसँगै हिँडेका बाटोहरू नियालिन्। भाँडोमा हालेर ल्याएको आफ्नो श्रीमानको अस्तुलाई स्वतन्त्र गरिदिइन् त्यही सारङकोटको डाँडाकाडामा। छेउमै राखिएको थियो फिल हुलवर्कको तस्बिर। लोरेटाले तस्बिरमा फूल चढाइन् र आँखा स्मृतिमा पुगिन्। नेपाललाई दोस्रो घर सम्झने ७६ वर्षीय अमेरिकी नागरिक फिल हुलवर्कको नेपालप्रतिको अपार मायाले नै लोरेटालाई उनको अस्तु बोकेर नेपाल ल्याउने प्रेरणा दियो। अमेरिकाको डेल्टा एयरलाइन्समा कार्यरत फिल पहिलो पटक सन् २००७ मा नेपाल आउनुभएको थियो। थाइल्याण्ड भ्रमणका क्रममा एक...
निलबाराही जङ्गलमा मृत फेला परेका राईको हत्या भएको खुलासा
समाचार, समाज

निलबाराही जङ्गलमा मृत फेला परेका राईको हत्या भएको खुलासा

नेपालअखबार,काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नम्बर ९ बोडेस्थित निलबाराही जंगलमा चैत १० गते एक जनाको शव फेला पर्‍यो। खोटाङको केपिलाशगढी गाउँपालिका २ घर भई भक्तपुरको बोडेस्थित कमलपोखरी बस्दै आएका ६६ वर्षीय ओमप्रकाश राईको शव फेला परेको थियो। उनी प्लास्टिक, बोत्तल टिप्ने काम गर्थे। टाउकोमा चोट लागेको अवस्थामा उनको शव फेला परेको थियो।  ६६ वर्षीय राईलाई रोल्पाका ५७ वर्षीय हिमाल बुढामगरले ढुङ्गाले टाउकोमा प्रहार गरी मारेको अनुसन्धानको क्रममा खुलेको प्रहरीले बताएको छ । बुढामगरले आफूहरू दुबै मिलेर रक्सी सेवन गरेको र घर फर्किने क्रममा राईले आफ्नो सय रुपैयाँ खोसेपछि झगडा भएको बताएका छन् । सो क्रममा आफूले  ढुङ्गा प्रहार गरी हत्या गरेको बुढामगरले बयान दिएका छन् ।...
एकै दिन दुई युवतीसँग बिहे गरेपछि बेहुला फरार
विदेश, समाचार, समाज

एकै दिन दुई युवतीसँग बिहे गरेपछि बेहुला फरार

नेपालअखबार,लखनउ । एकै दिन दुई युवतीसँग बिहे गरेपछि बेहुला फरार भएका छन् । यसबारे प्रहरीमा उजुरी परेपछि उनी सम्पर्कविहीन भएको बताइएको छ ।भारतको उत्तर प्रदेश राज्यको गोरखपुरमा उक्त घटना भएको हो । हरपुर बुदहट क्षेत्रमा एक युवकले एकै दिन दुई युवतीसँग अलगअलग विवाह गरेका हुन् । बिहान प्रेमिकासँग ‘कोर्ट म्यारिज’ गरेका उनले बेलुका घर–परिवारले खोजेकी युवतीसँग धार्मिक परम्पराअनुसार विवाह गरेका हुन् । बिहान ‘कोर्ट म्यारिज’ गरेकी प्रेमिकाले यसबारे थाहा पाएपछि युवकको घरमै पुगेर आफूहरूको विवाह भइसकेको जानकारी गराएकी थिइन् । युवकका परिवारले ती युवतीलाई गालीगलौज गरेर त्यहाँबाट लखेटेका थिए । त्यसपछि ती युवती प्रहरी कार्यालयमा पुगेर घटनाबारे जानकारी गराइन् । प्रेमिकाका अनुसार उनीहरूबिच चार वर्षअघि चिनजान भएको हो । बिस्तारै आपसमा प्रेम सम्बन्ध बनेको र मन्दिरमा विवाहसमेत गरिसकेको ती युवतीको दाबी छ । ...