Sunday, August 9

समाज

म्यान्मारमा भूकम्पमा परी मृत्यु हुनेको संख्या १६ सय नाघ्यो
विदेश, समाचार, समाज

म्यान्मारमा भूकम्पमा परी मृत्यु हुनेको संख्या १६ सय नाघ्यो

नेपालअखबार, काठमाडौं ।म्यानमारमा भूकम्पमा मृत्यु हुनेको संख्या एक हजार ६ सय नाघेको छ। शुक्रबार दिउँसो राजधानी नेपिडो आसपास केन्द्रबिन्दु भएर गएको ७.७ म्याग्नेच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या १ हजार ६४४ पुगेको बिबिसीले जनाएको छ। ३ हजार ४०८ जना गम्भीर घाइते भएका छन्। धेरै मानिसहरू बेपत्ता भएका छन्। भूकम्पले भत्काएका घरहरूले मानिसहरू पुरिएको बताइएको छ। उनीहरुलाई भग्नावशेषबाट उद्धार प्रयास भइरहेको बताइएको छ।  यद्यपि उद्धारका लागि आवश्यक उपकरण अभावका कारण धेरै मानिसहरूको उद्धार कुर्दाकुर्दै मृत्यु भएको बिबिसीले जनाएको छ। मानिसहरू हातैले भग्नावशेष पन्छाएर पुरिएकाहरूको उद्धार गर्न बाध्य भएका छन्। त्यसरी पनि केही मानिसहरूलाई जिवितै निकालिएको थियो। मन्डालेका एक स्थानीयले नागरिकहरू नै उद्धारमा जुटेको बताएका छन्। 'सरकारी उद्धार टोली समयमा आउँदैनन्। उनीहरुबीच समन्वय पनि छैन।...
अराजकता र हिंसालाई निरुत्साहित गर्न माग गर्दै नागरिक समाजको धर्ना
समाचार, समाज

अराजकता र हिंसालाई निरुत्साहित गर्न माग गर्दै नागरिक समाजको धर्ना

नेपालअखबार,काठमाडौँ । अराजकता र हिंसालाई निरुत्साहित गर्न माग गर्दै नागरिक समाजले धर्ना दिएको छ । आज बिहान काठमाडौँको माइतीघर मण्डलामा नागरिक समाजले लोकतन्त्र, मानव अधिकार र शान्तिका पक्षमा अभिमत प्रकट गर्दै अराजकता र हिंसालाई निरुत्साहित गर्न माग गर्दै धर्ना दिएको हो । उनीहरुले गणतन्त्रको जग सबल बनाऔँ, अराजकतालाई नियन्त्रण गर, आर्थिक अनियमितता र कालोबजारी रोक, समानता, न्याय र समावेशिता सुनिश्चित गर, लोकतन्त्रको रक्षा गर, नागरिक अधिकारको संरक्षण गर,  निहित सत्ता स्वार्थको द्वन्द्व अन्त्य गर, मिडियामाथिको हमला बन्द गर, प्रेस स्वतन्त्रता कायम गर, जनताको सुरक्षामा कुनै सम्झौता नगर लगायतका प्लेकार्ड र नारा लगाइ धर्ना दिएका हुन् । धर्ना कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै गैरसरकारी संस्था महासङ्घका अध्यक्ष एवं वृहत् नागरिक धर्ना अभियानका संयोजक समेत रहेका अर्जुन भट्टराईले नेपाली जनतालाई...
ढोरपाटनमा सिकार याम सुरु भयो
समाचार, समाज

ढोरपाटनमा सिकार याम सुरु भयो

नेपालअखबार,ढोरपाटन (बागलुङ) । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो सिकार याम सुरु भएको छ । दोस्रो याममा १३ नाउर, १० झारल र १२ बँदेल गरी ३५ वन्यजन्तुको सिकार हुने भएको हो । वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागले गत माघ १५ गते सिकार गर्नका लागि बोलपत्र आह्वान गरेको थियो । दोस्रो याममा सिकार खेल्न हिमालयन वाइल्डलाइफ आउटफिर्टस प्रालि, ट्रयाक्स एण्ड ट्रेल्स प्रालि, हिमालयन सफारिज प्रालि, ग्लोबल सफारिज नेपाल, नेपाल ट्राभल एक्सपिडिसन र ओपन नेपाल वाइल्डलाइफ सफारिज गरी छवटा कम्पनीले अनुमति पाएका छन् । वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागबाट अनुमति पाएका सिकारी ढोरपाटन सिकार आरक्षको विभिन्न ब्लकमा सिकार खेल्न आउन थालेका छन् । यही चैत २६ देखि सिकारी ढोरपाटन आउन थालेका ढोरपाटन सिकार आरक्ष कार्यालयका रेन्जर सागर सुवेदीले जानकारी दिनुभयो । दोस्रो याम (फागुन–वैशाख) का लागि...
म्यानमारको भूकम्पमा १४४ जनाको मृत्यु, थाइल्याण्डमा सय जना बेपत्ता
विश्व, समाचार, समाज

म्यानमारको भूकम्पमा १४४ जनाको मृत्यु, थाइल्याण्डमा सय जना बेपत्ता

नेपालअखबार, काठमाडौं । म्यानमारमा शक्तिशाली भूकम्पमा परी १४४ जनाको मृत्यु भएको छ। शुक्रबार दिउँसो तीन बजे म्यानमारको राजधानी नेपिडो आसपास केन्द्रबिन्दु भएर ७.७ म्याग्नेच्युडको भूकम्प गएको थियो। प्रारम्भिक रिपोर्टहरूका अनुसार भूकम्पमा परी १४४ जनाको मृत्यु भएको बिबिसीले जनाएको छ। भूकम्पले राजधानीमा सयौं घरहरू ढलेको र त्यसको भग्नावशेषमा सयौं मानिसहरू पुरिएको हुनसक्ने भएकाले मृत्यु हुनेको संख्या धेरै बढ्न सक्ने बताइएको छ। म्यानमारको दोस्रो ठूलो सहर मन्डालेमा पनि भूकम्पले अग्ला अग्ला भवनहरूमा क्षति पुगेको छ। त्यहाँ पनि मानिसहरूको मृत्यु भएको हुनसक्ने बताइएको छ। भूकम्पको धक्का थाइल्याण्डको बैंकक, चीन र भारतमा समेत महशुस भएको थियो। थाइल्याण्डको बैंककमा रहेको एउटा गगनचुम्बी भवन गर्ल्यामगुर्लुम्म ढलेको थियो। त्यहाँ काम गर्ने सय जना भन्दा बढी मजदुर बेपत्ता रहेको बिबिसीले जनाएको छ। ...
आन्दोलनका नाममा व्यवसायी र व्यक्तिगत तथा सार्वजनिक सम्पत्तिमा भएको नोक्सानीको राष्ट्रिय व्यवसायी महासङ्घद्वारा क्षतिपूर्तिको माग
समाचार, समाज

आन्दोलनका नाममा व्यवसायी र व्यक्तिगत तथा सार्वजनिक सम्पत्तिमा भएको नोक्सानीको राष्ट्रिय व्यवसायी महासङ्घद्वारा क्षतिपूर्तिको माग

नेपालअखबार,काठमाडौँ । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले आन्दोलनका नाममा व्यवसायी र व्यक्तिगत तथा सार्वजनिक सम्पत्तिमा भएको नोक्सानीको क्षतिपूर्ति माग गरेको छ। शुक्रवार काठमाडौँमा भएको प्रदर्शनका क्रममा निजी र सार्वजनिक सम्पत्तिमाथि भएको आक्रमण, लुटपाट, आगजनी लगायत गतिविधिहरूबाट भएको क्षतिपूर्ति पाउनुपर्ने माग महासङ्घले गरेको हो। आन्दोलनका क्रममा भएको आक्रमण, लुटपाट, आगजनी लगायत गतिविधिहरूबाट व्यावसायिक वातावरण र व्यवसाय गर्न पाउने नैसर्गिक अधिकार हनन् हुन पुगेको महासङ्घका संस्थापक अध्यक्ष नरेश कटुवालले बताए। उनले  निजी तथा सार्वजनिक सम्पत्तिमाथि भएको आक्रमण, लुटपाट, आगजनी लगायतका गतिविधिहरूबाट भएको क्षतिपूर्ति  सरकारले व्यवसायीलाई दिलाउनु पर्नेमा जोड दिए। उनले भने, ‘हरेक पटकका आन्दोलन हडताल हुँदा व्यवसायीहरू नै मारमा पर्ने गरेका छन्। यसले व्यावसायिक वातावरण बिग्रन्छ। सधैँ व्यवसायी मारम...
माइतीघरमा पत्रकार हत्या र मिडियामाथिको आक्रमणविरुद्ध प्रदर्शन
समाचार, समाज, हाइलाइट-समाचार

माइतीघरमा पत्रकार हत्या र मिडियामाथिको आक्रमणविरुद्ध प्रदर्शन

नेपालअखबार, काठमाडौं । समाचार संकलनकै क्रममा पत्रकारको हत्या भएको र आमसञ्चार माध्यममा आक्रमण गरिएको विरोधमा पत्रकारहरू आन्दोलित भएका छन् । शुक्रबार भएको राजावादीहरुको आन्दोलनमा एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजकको मृत्यु भएको थियो । रजकले भिडियो खिचिरहेको घरमा राजावादी प्रदर्शनकारीहरूले आगो लगाएका थिए । उनको त्यही जलेर मृत्यु भएको थियो । उनको हत्याको विरोधमा आज बिहान नेपाल पत्रकार महासंघले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । आज पत्रकार महासंघको स्थापना दिवससमेत हो तर यही समयमा पत्रकार र मिडियामाथि आक्रमण भएपछि महासंघले पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेर विरोध प्रदर्शन गरेको हो ।...
तीनकुनेको भवनमा लागेको आगोमा जलेर एभिन्युज टिभीका पत्रकारको मृत्यु
समाचार, समाज

तीनकुनेको भवनमा लागेको आगोमा जलेर एभिन्युज टिभीका पत्रकारको मृत्यु

नेपालअखबार, काठमाडौं । तीनकुनेको भवनमा लागेको आगोमा जलेर एक जना पत्रकारको मृत्यु भएको छ । सो भवनको छतमा चढेर टेलिभिजनका लागि दृष्य खिचिरहेका सुरेश रजकको मृत्यु भएको हो । राजावादीहरुले तीनकुनेमा गरेको प्रदर्शनमा प्रहरीसँग झडप भएपछि एक भवनमा आगजनी भएको थियो । सो घटनालगत्तै रजक सम्पर्कविहीन भएका थिए ।...
तीनकुने क्षेत्रमा कर्फ्यु आदेश
प्रशासन, समाचार, समाज

तीनकुने क्षेत्रमा कर्फ्यु आदेश

नेपालअखबार,काठमाडौँ  । काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंको शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्म कर्फ्यु आदेश जारी गरेको हो । आजै राति १० बजेसम्म कर्फ्यु आदेश जारी भएको प्रशासनले जनाएको छ । राजावादी प्रदर्शन उग्र भएपछि काठमाडौं प्रशासनले कर्फ्यु आदेश गरेको हो । कर्फ्यु आदेश जारी गर्नुअघि प्रहरीले माइकिङ गरेको थियो ।...
भूकम्पपछि बैंककको ३० तले भवन ढल्दा ४३ जना फसे
विश्व, समाचार, समाज

भूकम्पपछि बैंककको ३० तले भवन ढल्दा ४३ जना फसे

नेपालअखबार,काठमाडौँ  । म्यानमारमा केन्द्रविन्दु बनाएर शुक्रबार गएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पबाट बैंककमा एक सरकारी कार्यालयका लागि निर्माणाधीन ३० तले भवन ढल्दा ४३ श्रमिक फसेको प्रहरी र चिकित्सकहरूले जानकारी दिएका छन् । थाई राजधानीको उत्तरी भेगमा रहेको यो भवन केही सेकेन्डमा भग्नावशेष र धातुको घुमाउरो गुच्छामा परिवर्तन भएको थियो । शुक्रबार दिउँसो सागिङ सहरको उत्तरपश्चिममा ७.७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षणले जनाएको छ । केही मिनेटपछि सोही क्षेत्रमा ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । आपत्कालीन अवस्था घोषणा यसैबीच थाइ अधिकारीहरूले बैंककमा आपत्कालीन अवस्था घोषणा गरेका छन् । म्यानमारमा केन्द्रीत भूकम्पले बैंकक सहरलाई आक्रान्त पारेपछि प्रधानमन्त्री सिनावात्राले शुक्रबार आपत्कालीन अवस्था घोषणा गरिएको बताइन् । भूकम्पपछि बैंककका विभिन्न भवनहरूमा क...
आगो निभाउन आएको दमकलमाथि प्रदर्शनकारीले ढुंगा प्रहार गरे
समाचार, समाज

आगो निभाउन आएको दमकलमाथि प्रदर्शनकारीले ढुंगा प्रहार गरे

नेपालअखबार, काठमाडौं । आगो निभाउन आएको दमकलमाथि प्रदर्शनकारीले ढुंगा प्रहार गरेका छन् । प्रहरीसँगको झडपपछि प्रदर्शनकारीले स्थानीयको एक घरमा आगो लगाएका थिए । आगो दन्दनी बलेपछि निभाउन दमकल आएको हो । प्रदर्शनकारीहरूले दमकललाई लक्षित गरेर लगातार ढुंगा प्रहार गरिरहेका छन् ।