Sunday, August 9

समाज

आज विश्व रेडियो दिवस
समाचार, समाज

आज विश्व रेडियो दिवस

नेपालअखबार,काठमाडौं । आज विश्व रेडियो दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्रसंघीयउ शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक संगठन (युनेस्को) को आह्वानमा द्रूत गतिमा परिवर्तनशील विश्वमा जलवायु परिवर्तनका कारण उत्पन्न समस्या र अनुकूलनबारे सचेतना फैलाउने रेडियो कार्यक्रम प्रसारण गरेर आज यो दिवस मनाइँदै छ । सन् २०११ मा युनेस्काका सदस्य राष्ट्रले फेब्रुअरी १३ लाई अन्तरराष्ट्रिय रेडियो दिवसका रूपमा मनाउन प्रस्ताव गरे पनि राष्ट्रसंघीय महासभाले त्यसलाई २०१२ मा अनुमोदन गरेपछि यो दिवस मनाउन प्रारम्भ भएको हो । लोकतान्त्रिक बहसका निम्ति शक्तिशाली माध्यम मानिने रेडियो आमसञ्चारको सशक्त माध्यम हो । रेडियो धेरैभन्दा धेरै श्रोतासम्म पुग्ने र विश्वव्यापी स्तरमा सबैभन्दा बढी सुनिने माध्यम हो । रेडियोले समाजको विविधताका साथै एकता कायम गर्न, आवाजविहीनका आवज बोल्न, प्रतिनिधित्व गर्न तथा सु...
आजको तरकारी र फलफूलको मूल्य
समाचार, समाज

आजको तरकारी र फलफूलको मूल्य

नेपालअखबार,काठमाडौँ । कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ६०, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु २५, आलु रातो प्रतिकेजी रु ३६, आलु रातो (भारतीय) प्रतिकेजी रु ३४, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ७२, गाजर (लोकल) प्रतिकेजी रु ४०, गाजर (तराई) प्रतिकेजी रु ३०, बन्दा (लोकल) प्रतिकेजी रु १५, बन्दा (तराई) प्रतिकेजी रु १५, बन्दा (नरिवल) प्रतिकेजी रु १५, काउली स्थानीय प्रतिकेजी रु १५, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रु २०, काउली (तराई) प्रतिकेजी रु १५, मूला रातो प्रतिकेजी रु ३०, मूला सेतो (लोकल) प्रतिकेजी रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकेजी रु ३०, भन्टा लाम्चो प्रतिकेजी रु ३०, भन्टा डल्लो प्रतिकेजी रु ५० कायम भएको छ ।यसैगरी, म...
छोरीको शव ल्याउन भौंतारिरहेकी ७० वर्षीया आमा
समाचार, समाज

छोरीको शव ल्याउन भौंतारिरहेकी ७० वर्षीया आमा

नेपालअखबार,नवलपरासी। नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–४ की ७० वर्षीया धनमाया सार्कीको आँखा विगत १० महिनादेखि ओभानो भएको छैन। रोजगारीका लागि मलेसिया गएकी छोरीको हत्या भएको खबर सुनेदेखि धनमायाको आँसु रोकिएको छैन। गत वैशाख २६ गते मातातीर्थ औंसीको दिन आमाको मुख हेर्ने भन्दै मलेसियाबाट छोरी तिलमाया सार्कीले गरेको फोन नै अन्तिम फोन थियो। त्यसको एक हप्तापछि अर्को फोन आयो र थाहा भयो २५ वर्षीया छोरी तिलमायाको हत्या भयो। त्यसयता उनी बेचैन छिन्। श्रीमानसँग सम्बन्धविच्छेदपछि छ वर्षीया छोरी आमाको जिम्मा लगाएर मलेसिया उडेकी तिलमायाको हत्या भएको १० महिना बितिसकेको छ। तर हालसम्म न शव आएको छ, न त राहत रकम नै।  लामो समयसम्म अनेक प्रयास गर्दा पनि शव नेपाल ल्याउन नसक्दा वृद्धा आमा र नाबालिग छोरी बेचैनी थप बढेको छ। छोरीको शव ल्याउन आमा धनमाया १० महिनादेखि वडा कार्यालय र नगरपालिका धाइर...
म्याग्दे गाउँपालिकामा हल गोरु पाल्ने कृषकलाई अनुदान
प्रशासन, समाचार, समाज

म्याग्दे गाउँपालिकामा हल गोरु पाल्ने कृषकलाई अनुदान

नेपालअखबार,तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले गत आर्थिक वर्ष झैँ यसवर्ष पनि हल गोरु पाल्ने कृषकलाई अनुदानको व्यवस्था गरेको छ । चालु आवका लागि हल गोरु पाल्ने कृषकलाई अनुदान वितरण गर्न रु १० लाख विनियोजन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । गोरु पाल्ने क्रम घट्दा बाँझो जग्गा बढेपछि कृषकलाई प्रोत्साहनका लागि अनुदान उपलब्ध गराउने नीति लिइएको अधिकारीको भनाइ छ । हलगोरु पाल्ने किसानलाई प्रति हल बढीमा रु चार हजारसम्म अनुदान दिइने छ । अनुदान लिन कम्तीमा तीन वर्ष हल गोरु पाल्ने र आफैँ खेत जोत्ने प्रतिबद्धतापत्र, निवेदक र हल गोरुको फोटोसहित निवेदन दिनुपर्ने प्रावधान छ । भिमाद नगरपालिकाले चालु आवको वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत विभिन्न शीर्षकमा कृषकलाई अनुदान वितरण गर्ने तयारी गरेको छ । कृषकलाई कृषि सामग्री वितरणका लागि अनुदान दिइने प्रमुख ...
ग्यास उद्योगीको आन्दोलन स्थगित
समाचार, समाज

ग्यास उद्योगीको आन्दोलन स्थगित

नेपालअखबार,काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघले विभिन्न माग राखेर बिहीबारदेखि गर्ने भनेको आन्दोलन स्थगित गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बुधबार भएको छलफलपछि संघले आन्दोलन स्थगित गरेको हो। उद्योगमन्त्री दामोदर भण्डारीसहित नेपाल आयल निगमका सञ्चालक समिति पदाधिकारी तथा कर्मचारी र संघका पदाधिकारीबीच भएको छलफलमा संघले राखेका जायज माग सम्बोधन गर्ने सहमति भएपछि आन्दोलन स्थगित गरिएको नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ। संघले आन्दोलन घोषणा गरेपछि मन्त्री भण्डारीले निगम र संघका पदाधिकारीलाई छलफलका लागि बोलाएका थिए। संघले राखेकामध्ये जायज माग सम्बोधन गर्ने उनले बताए। संघले लागतअनुसार बजार मूल्य वृद्धि गर्नुपर्नेलगायत विभिन्न माग राखेर आन्दोलनको घोषणा गरेको थियो। संघले छ वर्षअघि समायोजन गरिएको मूल्यमा अहिले पनि ग्यास वितरण भइरहेकाले घाटा बेहोर्नुपरिरहेको भन्दै मू...
५ सय रोपनी बाँझो जमिनमा व्यवसायिक ओखर खेती
कृषि, समाचार, समाज

५ सय रोपनी बाँझो जमिनमा व्यवसायिक ओखर खेती

नेपालअखबार,गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा वर्षौदेखि बाँझो रहेको ५ सय रोपनी जमिनमा व्यावसायिक ओखर खेती सुरुवात गरिएको छ । किसानको आर्थिक आयआर्जन वृद्धि गर्नका लागि सुलिकोट ३ स्वाँरा र ४ को सौरपानीमा अनुदान कार्यक्रममार्फत ओखरखेती सुरु गरिएको गाउँपालिका कृषि शाखाका प्रमुख सन्तोष ढकालले जानकारी दिए । ‘करिब २ हजार २ सयमिटरको उचाईमा रहेको ती दुई क्षेत्रमा जग्गा भएका किसानहरुलाई समेटेर कागतेखर्क बहुउद्देशीय कृषक समुह गठन गरिएको छ’, उनले भने, ‘सोही समुहमा आवद्ध किसानलाई प्राविधिकको सुझाव अनुसार जसको जमिनमा जति वटा बेर्ना लगाउन मिल्छ सोही अनुसार बेर्ना अनुदानमा उपलब्ध गराइएको हो।’ मुख्यमन्त्री नवप्रर्वद्धन कार्यक्रम र गाउँपालिकाको लागत साझेदारीमा किसानलाई २ हजार २ सयवटा ओखरका बेर्ना वितरण गरिएको उनले बताए ।  गाउँपालिकाले नै जुम्लाबाट कलमी गरिएको ओखरका विरुवा खरिद गरेर ल्याई क...
देशभर १० लाखभन्दा बढीले एचपीभी खोप लगाए
समाचार, समाज, स्वास्थ्य

देशभर १० लाखभन्दा बढीले एचपीभी खोप लगाए

नेपालअखबार,काठमाडौँ । देशभर एचपीभी खोप १० लाखभन्दा बढीले लगाएका छन् । सरकारले माघ २२ गतेदेखि देशभर एचपीभी खोप अभियान सुरु गरेको थियो । अभियानमार्फत ६० प्रतिशत किशोरीले खोप लगाएको स्वास्थ्य सेवा विभाग अन्तर्गतका बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ । अभियान फागुन ६ गतेसम्म जारी रहने छ । देशभरका विद्यालयका कक्षा ६ देखि १० सम्मका र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८ हजार ७६ किशोरीलाई खोप लगाउने सरकारको लक्ष्य छ । एचपीभी खोप भनेको पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाउने खोप हो । यो क्यान्सर नेपाली महिलामा सबैभन्दा धेरै देखिएको छ । सबैभन्दा बढी मृत्युको कारक पनि यही क्यान्सर हो । औसतमा दैनिक ६ जनामा यो क्यान्सर पत्ता लाग्ने गरेको छ । यसमध्ये ४ जनाको मृत्यु हुने गरेको छ । यो अवस्थालाई निवारण गर्न खोप अपरिहार्य रहेकाले सरकारले एचपीभी खोप अभियान अघि सारेका हो ।...
अझै निभेन मनाङ तिमाङको डढेलो अझै निभेन
समाचार, समाज

अझै निभेन मनाङ तिमाङको डढेलो अझै निभेन

नेपालअखबार,काठमाडौं । मनाङको चामे गाउँपालिका-१, तिमाङ जंगलमा लागेको डढेलो अझै निभ्न सकेको छैन । माघ १८ गतेदेखि लागेको आगो भौगोलिक जटिलताका कारण नियन्त्रणमा आउन नसकेको हो । जिल्ला प्रशासन कार्यालय, मनाङका प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले सोमबार हल्का वर्षा भएकाले आगलागी केही कमी भए पनि पूर्ण रुपमा निभ्न नसकेको जानकारी दिए । ‘ठूलो वर्षा भएन, हल्का वर्षाले केही कम त भएको छ । तर अझै नियन्त्रणमा आएको छैन’, उनले भने । आचार्यका अनुसार बस्तीभन्दा माथिल्लो भेगको जंगलमा आगलागी भएकाले नियन्त्रणमा ल्याउन असहज भएको हो । उनले करिब १० हेक्टर क्षेत्रफलमा आगलागी भएको अनुमान गरिएको बताए । ‘हामी आगो निभाउन निरन्तर रुपमा प्रयासरत नै छौं । तर भिरालो जंगलमा आगलागी भएकाले कठिन भइरहेको छ’, उनले भने । जिल्ला प्रशासन कार्यालय मनाङले डढेलो नियन्त्रणका लागि जिल्लाका सबै सुरक्षा संयन्त्रदेखि स्थानीयलाई प...
बझाङका पत्रकार ललित सिंहमाथि चक्कु प्रहार
समाचार, समाज

बझाङका पत्रकार ललित सिंहमाथि चक्कु प्रहार

नेपालअखबार,काठमाडौं। नेपाल पत्रकार महासंघ बझाङ शाखाका अध्यक्ष ललितबहादुर सिंहलाई होटलमा बोलाएर चक्कु प्रहार भएको छ । सोमबार राति १० बजे बझाङको जयपृथ्वी नगरपालिका-१० स्थित चैनपुरमा रहेको देवीस्थान होटलमा खाना खाएर कोठा फर्कने क्रममा उनीमाथि चक्क प्रहार भएको हो । पत्रकार सिंहका अनुसार आफू खाना खाएर कोठा फर्कने क्रममा आफूलाई बोलाएर केही कुरा गर्नु छ भन्दै मस्टा गाउँपालिका-४ का विनोद कठायतको समूहले होटलमै चक्क प्रहार गरेका हुन् । उनले भोलि कुरा गरौंला भन्दा पनि जबर्जस्ती अपहरण शैलीमा कोठामा लगेर चुकुल लगाएर अन्धाधुन्ध रुपमा चक्कु प्रहार र कुटपिट गरेको बताएका छन् । चक्कु प्रहार र कुटपिटबाट पत्रकार सिंह घाइते भएका छन् भने उनको निधारमा ३ वटा टाँका लगाइएको छ । पत्रकार सिंहमाथि भएको सांघातिक आक्रमणप्रति नेपाल पत्रकार महासंघले विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। म...
४७ जना उखु किसान सम्मानित
समाचार, समाज

४७ जना उखु किसान सम्मानित

नेपालअखबार,सर्लाही । इन्दु शङ्कर चिनी उद्योगले आधुनिक प्रविधिको प्रयोग गरी उन्नत जातका उखु उत्पादन गर्ने ४७ जना किसानलाई सम्मान गरेको छ। उद्योगका महाप्रबन्धक योग नारायण रजकका अनुसार किसानलाई उखु उत्पादनमा प्रोत्साहन दिन उक्त सम्मान प्रदान गरिएको हो।बिष्णुपुर निवासी किसान पवनदेवी शर्माले उद्योगबाट प्राप्त उन्नत बीउको प्रयोगले उत्पादनमा वृद्धि हुनुका साथै लागत घटेको बताइन्। अर्का किसान माधव थापाका अनुसार विगतमा प्रति कठ्ठा २० क्विन्टल उत्पादन हुने खेतमा अहिले ६० क्विन्टलसम्म उखु फल्न थालेको छ। इन्दु शङ्कर चिनी उद्योगका अध्यक्ष राजेश केडियाले उखु खेतीको गुणस्तर सुधार गर्न किसानलाई प्रेरित गर्दै सरकारले उखु ‘जोन’ कायम गर्नुपर्ने आवश्यकता औँल्याए। हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकीले उद्योगसँग सहकार्य गर्दै किसानलाई सिँचाइ, प्रविधि र उन्नत बीउविजन उपलब्ध गराउने योजना रहेको जानकारी दिए। ...