Sunday, August 9

समाज

मुस्ताङको लुरी गुम्बा ओझेलमा
धर्म/संस्कृति, समाचार, समाज

मुस्ताङको लुरी गुम्बा ओझेलमा

नेपालअखबार,म्याग्दी । मुस्ताङको लोघेकर–दामोदरकुण्ड गाउँपालिका–४ मा पर्ने यारामा रहेको ऐतिहासिक महत्वको लुरी गुम्बा ओझेलमा परेको छ । धार्मिक, ऐतिहासिक महत्वका बारेमा प्रचारप्रसार अभावमा ओझेल परेको आठ सय वर्ष पुरानो गुफाभित्र रहेको गुम्बा संरक्षणको पनि पर्खाइमा छ । गुम्बाकी आनी थाक्पा ढोल्करका अनुसार तान्त्रिक बौद्ध धर्मसँग नजिक निङ्मापा सम्प्रदायको लुरीघाङ गुम्बा १२औँ शताब्दीमा बनेको हो ।समुद्री सतहबाट करिब चार हजार मिटर उचाइमा याराको पूर्वी कुनाको पहराको चेपमा रहेको लुरी गुम्बा अनौठो धार्मिक सम्पदा हो । गोरेटो र सिँढी हुँदै पहाडको बीच भागमा रहेको तीनवटा गुफामा रहेको गुम्बामा पुगिन्छ । आँगनमा पुग्ने बेलामा काठको भर्याङ राखिएको छ । गुम्बाको मुख्य भाग, लामाको तपस्यास्थल पहराभित्र छिरेको गुफामा रहेको छ । लुरी गुम्बाको छोर्तेन प्राकृतिक भएको आनी ढोल्करले बताए। आकर्षक भित्तेचित्र भएको छोर्तेन...
तरकारी र फलफूलको आजको थोक मूल्य
कृषि, समाचार, समाज

तरकारी र फलफूलको आजको थोक मूल्य

नेपालअखबार,काठमाडौं । कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी  ६०, गोलभेँडा सानो (तराई) प्रतिकेजी  २०, आलु रातो प्रतिकेजी  ३६, आलु रातो (भारतीय) प्रतिकेजी  ३४, प्याज सुकेको (भारतीय) प्रतिकेजी  ६८, गाजर (लोकल) प्रतिकेजी  ४०, गाजर (तराई) प्रतिकेजी  ३०, बन्दा (लोकल) प्रतिकेजी  १५ रहेको छ । बन्दा (तराई) प्रतिकेजी  १२, बन्दा (नरिवल) प्रतिकेजी  १२, काउली स्थानीय प्रतिकेजी  १२, स्थानीय काउली (ज्यापु) प्रतिकेजी  २०, काउली (तराई) प्रतिकेजी  १२, मूला रातो प्रतिकेजी  ३०, मूला सेतो (लोकल) प्रतिकेजी  २०, सेतो मूला (हाइब्रिड) प्रतिकेजी  ३०, भन्टा लाम्चो प्रतिकेजी  ३०, भन्टा डल्लो प्रतिकेजी  ५० कायम भएको छ । यसैगरी, मटरकोसा प्रतिकेजी ...
खुवा बेचेरै मासिक एकलाख कमाइ
अर्थ, समाचार, समाज

खुवा बेचेरै मासिक एकलाख कमाइ

नेपालअखबार, हेटौंडा। हेटौंडा १७ निवासी उत्तम श्रेष्ठले खुवा व्यवसायबाट मासिक एक लाख कमाउँदै आएका उनी यसै पेसाबाट आत्मनिर्भर बन्दै आएका छन्। उनको दैनिकी बिहान उठेदेखि राति अबेरसम्म खुवा घोटेर बित्ने गर्छ। दुई वर्षदेखि खुवा व्यवसायमा लागेका श्रेष्ठको चुच्चे खोलामा उत्तम खुवा घर सञ्चालनमा छ। खुवा व्यवसायमा लाग्नुअघि श्रेष्ठले लामो समयदेखि किराना पसल र तोरी मेल सञ्चालन गरेका थिए। गाउँघरमा उधारो धेरै हुने गरेकाले किराना पसलबाट खासै उपलब्धि हुन नसकेपछि श्रेष्ठ खुवा व्यवसायतर्फ लागेका हुन्। खुवाको हब बन्दै गएको सोही स्थानमा खुवा व्यवसायलाई सम्हाल्न पुगेका उनले हिजोआज दैनिक तीस किलो खुवा बिक्री गर्दै आएका छन्। उनको पसलमा खुवासँगै खुवाका विभिन्न मिठाइका परिकार, केराको मम, छोइला, पनि, पुष्टकारी उत्पादनसँगै बिक्री हुनेगर्दछ। खुवा व्यवसायमा मनग्य आम्दानी देख्नुभएका उनले दूधको आपूर्तिका लाग...
नानीमैयाँ दाहालको निधन
समाचार, समाज

नानीमैयाँ दाहालको निधन

नेपालअखबार, काठमाडौँ । राष्ट्रिय पञ्चायत सदस्य नानीमैयाँ दाहालको ९२ वर्षको उमेरमा निधन भएको छ । निमोनियाँ रोगले पीडित दाहालको आज दीर्घायु अस्पताल काठमाडौँमा निधन भएको गोकर्णेश्वर नगरपालिका–६ का पूर्वअध्यक्ष रमेश अर्यालले जानकारी दिए । पञ्चायतकालमा जोगमेहर श्रेष्ठलाई दोब्बर बढी मतान्तरले हराएर दाहाल राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित भएकी थिइन् । श्रेष्ठलाई हराएपछि उनी चर्चामा आएकी थिइन् । सानैदेखि विद्रोही स्वभावकी दाहाल विसं २०२९ मा उपप्रधानपञ्च निर्वाचित भएकी थिइन् ।उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।...
सिरहाको देवीदह संरक्षण गर्न आर्थिक अभाव
समाचार, समाज

सिरहाको देवीदह संरक्षण गर्न आर्थिक अभाव

नेपालअखबार,सिरहा । सिरहाको लहान नगरपालिका—१७ स्थित देवीदह संरक्षणको अभावमा कुरुप बन्दै गएको छ । पर्यटकीय स्थल समेत रहेको यस क्षेत्रमा बजेट अभावमा पोखरीको वरिपरिका भौतिक संरचना जीर्ण बन्दै गएको छ । पूर्व–पश्चिम राजमार्गस्थित लहान बजारबाट छ किलोमिटर उत्तरतर्फ चुरेका फेदमा अवस्थित यस दहको उचित संरक्षण गर्न सकिएमा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने निश्चित छ । देवीदह सामुदायिक वन भित्र पर्ने छ हेक्टर क्षेत्रफलमा फैलिएका यस सिमसार क्षेत्रको संरक्षण र सबर्द्धनका लागि निरन्तर पहल गरेतापनि उल्लेख्य प्रगति हुन नसकेको वन उपभोक्ता समुह तथा देवीदह संरक्षण समितिका अध्यक्ष कपिलेश्वर यादव बताए । ‘यस दह धार्मिक तथा ऐतिहासिक हिसाबले प्रसिद्ध छ । मेला तथा चाडबाडमा मानिसहरुको घु उनका अनुसार पोखरीमा ‘जलयात्रा’का लागि रहेका पाँच डुंगामध्ये दुई मात्रै सञ्चालनमा रहेका छन् ।  नेपालका प्रथम राष्ट...
महाकुम्भ मेला : हालसम्म ४२ करोडभन्दा बढीले गरे स्नान
धर्म/संस्कृति, विदेश, समाचार, समाज

महाकुम्भ मेला : हालसम्म ४२ करोडभन्दा बढीले गरे स्नान

नेपालअखबार, उत्तर प्रदेश । महाकुम्भमा सहभागी हुन संसारभरका भक्तहरू आउँदै छन् । यस प्राचीन तथा भव्य कार्यक्रमको आध्यात्मिक महत्वको अनुभव गर्दै त्रिवेणी सङ्गममा पवित्र स्नान गर्न भक्तजनको घुइँचो लागेको हो ।उत्तर प्रदेश सरकारले आइतबार मात्र महाकुम्भ सन् २०२५ मा करिब ८४ लाख २९ हजार भक्तजनले पवित्र स्नान गरेको बताएको छ । महाकुम्भमा हालसम्म ४२ करोडभन्दा बढी भक्तजनले आस्थाको डुब्की लिएका छन् ।महाकुम्भ सन् २०२५ विश्वको सबैभन्दा ठुलो आध्यात्मिक र सांस्कृतिक कार्यक्रम हो, जसले विश्वभरका भक्तहरूलाई आकर्षित गर्दछ । महाशिवरात्रि २६ फेब्रुअरी सम्म यो भव्य कार्यक्रम चल्नेछ । यस कार्यक्रमले देश र विश्वभरबाट लाखौँ भक्तजनहरूलाई आकर्षित गरिसकेको छ ।...
घरआँगनमै घुम्ती सेवा
समाचार, समाज, स्वास्थ्य

घरआँगनमै घुम्ती सेवा

नेपालअखबार,काठमाडौं । मटिहानी नगरपालिकाले सञ्चालन गरेको एकीकृत घुम्ती सेवा शिविरमा नगर कार्यपालिका कार्यालयको आयुर्वेद औषधालयका स्वास्थ्यकर्मीले स्वास्थ्य जाँच गरी औषधि दिएपछि ८० वर्षीय परीक्षण महरा अब शरीरको दुखाइ निको हुने विश्वासमा छन् । ‘कई दिन स सोचैछली जे डाग्डरबाबुके देखायब, आ दबाबिरो करायब (कति दिनदेखि चिकित्सकलाई देखाएर औषधिमुलो गरौँ भन्ने सोच्दै थिए)’ मटिहानी–४ बरदाहाको दलित बस्तीका महराले भने, ‘आई डाक्डरबाबु अपने आयबक दबा देलैथ, आब शरीरक दर्द स आराम मिलवाक विश्वास बनल (आज त चिकित्सक आफैँ घरआँगनमै आएर जाँच गरी औषधि दिनुभयो, अब शरीर दुख्ने पीडा कम होला भन्ने विश्वास छ) ।’ सो बस्तीकै ७० वर्षीय नाजिर नदाफले नगरको स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीबाट स्वास्थ्य जाँच गराई औषधि लिए । आफ्नै बस्तीमा पाएको उपचार सेवाले नदाफलाई आपूmलाई पर्दा हेर्ने ठाउँ रहेछन् भन्ने परेको छ । मटिहानी...
रिग्दी खोलामा असला माछा देखिन छाड्यो
समाचार, समाज

रिग्दी खोलामा असला माछा देखिन छाड्यो

नेपालअखबार,चितवन । चितवनको इच्छाकामना गाउँपालिका–१ स्थित रिग्दी खोलामा पछिल्लो समय असला माछा देखिन छाडेको छ ।  कुनै समय  खोला वरपर  बसोबास गर्ने स्थानीयले माछा मारेर जीविकोपार्जनसमेत गर्थे । तर केही वर्षयतादेखि खोलामा विष र करेन्ट प्रयोग गरेर माछा मार्नेक्रम बढेपछि यहाँका असला माछा मासिँदै गएका छन् । विषादी हाल्ने र करेन्ट लगाउनेक्रम नरोकिएपछि स्थानीय माछासहित जलचर प्राणीको संरक्षण गर्न लागिपरेका छन् । इच्छाकामना –२ का स्थानीयले शनिबार माछा संरक्षण समिति गठन गरेका छन् । संरक्षण समितिले विषादी र करेन्ट प्रयोगले पार्ने असरबारे खोला आसपास बसोबास गर्ने स्थानीयलाई जानकारी गराउने, गाउँपालिका र वडा कार्यालयसँग समन्वय गरी विषादी र करेन्ट प्रयोग गर्दा हुने कानुनी कारबाहीलगायत जनचेतनामूलक कार्यक्रम गर्ने, सूचना बोर्डहरु राख्नेलगायत काम गर्ने माछा संरक्षण समितिका अध्यक्ष शेरबहादुर प्रजाले बताए । स...
अपाङ्गता भएका व्यक्तिलाई घरमै नागरिकता
प्रशासन, समाचार, समाज

अपाङ्गता भएका व्यक्तिलाई घरमै नागरिकता

नेपालअखबार,डोटी ।  अपाङ्गता भएका यहाँका व्यक्तिलाई उनीहरूका घरमै पुगेर नागरिकता वितरण गरिएको छ ।बोगटान फुड्सिल गाउँपालिका–५ उपल्ला गाउँका सुरेश बोहरा र वडा नम्बर ७ ओजेलीका निर्मल धामीलाई प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले घरमै पुगेर नागरिकताको प्रमाणपत्र उपलब्ध गराएका हुन् । शारीरिक रूपमा पूर्ण अशक्त उनीहरू नागरिकता लिन प्रशासन कार्यालयसम्म आउन नसक्ने भएकाले घरमै पुगेर नेपाली नागरिकता प्रदान गरेको  प्रजिअ जोशीले बताए । उनले भने, ‘हामीले एक मानसिक तथा शारीरिक र एक शारीरिक रूपमा अशक्तलाई नागरिकता उपलब्ध गराएका छौँ । उहाँहरूले पहिले नाबालक परिचय पत्रबाट सामाजिक सुरक्षा भत्ता लिइरहनुभएको रहेछ ।’ जिल्लाका अन्य स्थानीय तहहरूमा पनि कोही त्यस्ता व्यक्तिहरू भएमा घरमै गएर नागरिकता उपलब्ध गराउन सकिने प्रजिअ जोशीले बताए ।  बोगटान फुड्सिल गाउँपालिका– ५ उपल्लागाउँका सुरेश बोहराले घरमै नागरिकता प...
खानेपानी मन्त्रालयका ३ कोठाका कागजात जलेर ध्वस्त
समाचार, समाज

खानेपानी मन्त्रालयका ३ कोठाका कागजात जलेर ध्वस्त

नेपालअखबार,काठमाडौं । सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा भएकोआगलागीबाट चौथो तलाका तीनवटा कोठामा क्षति भएको छ । क्षतिको पूर्ण विवरण आइनसके पनि प्रहरीका अनुसार तीनवटा कोठामा रहेको भौतिक संरचनामा क्षति भएको छ । साथै त्यहाँ रहेका कागजातसमेत जलेर ध्वस्त भएको प्रहरी स्रोतको भनाइ छ । चौथो तलामा खानेपानी मन्त्रीको कार्यकक्षसमेत थियो । अरु कुन-कुन कार्यकक्ष थियो भन्ने खुलेको छैन । सिंहदरबार प्रहरीका अनुसार खानेपानी मन्त्रालयको चौथो तलामा बिहान साढे ८ बजेको समयमा आगलागी भएको थियो । सिंहदरबार सुरक्षा गणका प्रमुख, प्रहरी नायब उपरीक्षक दिनेश घिमिरेले बारुणयन्त्रको सहायताले  आगलागी  नियन्त्रणमा  लिइएको जानकारी दिए । आगलागी १५ मिनेटको प्रयासमा नियन्त्रणमा आएको थियो । उक्त मन्त्रालयको भवनभित्र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमेत रहेको छ । आगलागी के कारण भयो भन्नेबारे खुलेको छैन ।...