Thursday, September 10

समाज

तिब्बतियन उच्च पठारमा क्लोनबाट ‘सुपर याक’ बनाउँदै वैज्ञानिक
समाचार, समाज

तिब्बतियन उच्च पठारमा क्लोनबाट ‘सुपर याक’ बनाउँदै वैज्ञानिक

नेपालअखबार, हङकङ । तिब्बतका उच्च हिमाली मैदानहरूमा, जहाँ चारैतिर हिउँले ढाकिएका हिमाल छन् र कठोर हावाले निरन्तर प्रहार गरिरहन्छ, त्यहाँ वैज्ञानिकहरू सिङ भएका, बाक्लो रौँ भएका याकका क्लोन तयार गर्न व्यस्त छन् । यी तिब्बती याकहरू समुद्री सतहबाट ४,००० मिटरभन्दा बढी उचाइमा रहेका गोप्य प्रयोगशालाहरूमा क्लोन गरिएका हुन् । अनुसन्धानकर्ताहरूको लक्ष्य पहिलेका याकभन्दा अझ स्वस्थ, बढी प्रजनन क्षमता भएका र उत्कृष्ट गुण भएका ‘सुपर याक’ को एउटा विशेष बथान तयार गर्नु हो । वैज्ञानिकहरूको विश्वास छ, यो परियोजनाले तिब्बती समुदायले भूमिदेवताको प्रिय जनावरका रूपमा सम्मान गर्ने दुर्लभ जंगली याकको एउटा प्रजातिलाई पुनर्जीवित गर्ने सम्भावना पनि खोल्न सक्छ । लामा रौँ भएका यी हिमाली गाई वर्गका जनावर तिब्बतको अर्थतन्त्र र संस्कृतिको अभिन्न हिस्सा हुन् । तर घरेलु याक र तिनका जंगली नातेदार दुवै वर्षौंदेखि विभिन्...
फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
प्रशासन, समाचार, समाज

फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

नेपालअखबार, चितवन । गत भदौमा भएको जेनजी प्रदर्शनका क्रममा कारागार कार्यालय भरतपुरबाट भागेका कैदीबन्दीमध्ये ९७ जना अझै फर्किएका छैनन्। ९ भारतीयसहित ९७ जना कैदीबन्दी अझै कारागारको सम्पर्कमा आएका छैनन् । यस कारागारबाट गत भदौँ २५ गते ७३९ जना कैदीबन्दी भागेका थिए । तीमध्ये ६४१ जना फर्किएका छन् । एक जनाको भने परिवारको सम्पर्कमा पुगेपछि मृत्यु भएको कार्यालयका निमित्त प्रमुख चेतनाथ ढुङ्गानाले जानकारी दिए। उनका अनुसार तत्कालीन समयमा चार नाबालकसहित ७४३ जना कैदी भागेकामा नाबालकलाई कैदीबन्दीको सूचीमा नराखिने भएकाले ७३९ को विवरण मात्र उल्लेख गरिएको हो। यसरी सम्पर्कविहीन भएकाहरूमध्ये लागुऔषध र जबरजस्ती करणीका कैदी बढी रहेका कार्यालयका निमित्त प्रमुख ढुङ्गानाले जानकारी दिए। उनका अनुसार फरार भएकामध्ये दुर्लभ एकसिङ्गे गैँडा चोरीशिकारीमा संलग्न छन् । कारागार कार्यालयले गत असोज २० गतेसम्म कारागार कार्य...
बैतडीमा घाँस काट्ने क्रममा ढुंगा लागेर महिलाको मृत्यु
समाचार, समाज

बैतडीमा घाँस काट्ने क्रममा ढुंगा लागेर महिलाको मृत्यु

नेपालअखबार, बैतडी । बैतडीमा घाँस काट्ने क्रममा ढुंगा लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दशरथचन्द नगरपालिका–१ कि २२ वर्षीया अस्मिता भट्ट रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए। उनका अनुसार आज बिहान करिब ९ः३० बजे सुर्नया गाउँपालिका–२ कैलडाँडा क्षेत्रमा घाँस काटिरहेका बेला माथिबाट खसेको ढुङ्गा लागेर भट्टको घटनास्थलमै मृत्यु भएको थियो। घटनाबारे अनुसन्धान भइरहेको प्रवक्ता सिंहले बताए।...
नागढुङ्गा सिस्ने खोला सुरुङमार्ग आज उद्घाटन गरिँदै
समाचार, समाज

नागढुङ्गा सिस्ने खोला सुरुङमार्ग आज उद्घाटन गरिँदै

नेपालअखबार, काठमाडौँ । नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदैछ । यसलाई मुलुकको पहिलो व्यवस्थित यातायात सुरुङमार्गका रूपमा लिइएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, यहाँस्थित जापानी राजदूत मायदा तोरु, जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्षलगायतका वरिष्ठ अधिकारीको उपस्थितिमा सुरुङमार्ग उद्घाटन गर्न लागिएको हो । उद्घाटनपछि निर्माणपक्षले सुरुङमार्ग नेपाल सरकारलाई हस्तान्तरण गर्ने बताइएको छ । पूर्वाधार विकासमन्त्रीको प्रमुख आतिथ्यमा आज बिहान १०:२५ बजे सुरुङमार्गको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ । कार्यक्रमअनुसार मन्त्री लम्साल, जापानी राजदूत र जाइकाका अध्यक्षले सुरुङभित्र गाडी चलाएर सवारी आवागमनको उद्घाटन गर्नेछन् । विवरणअनुसार एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधन र अन्य अत्यावश्यक सवारीसाधनलाई पहिलो चरणमा प्रवेश दिइनेछ ।केही दिन सुरुङमार्ग...
भानुभक्त र घाँसीको सालिक तोडफोड गर्ने एक जना पक्राउ
समाचार, समाज

भानुभक्त र घाँसीको सालिक तोडफोड गर्ने एक जना पक्राउ

नेपालअखबार, लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिकामा आदिकवि भानुभक्त आचार्य र प्रेरणादायि घाँसी खड्क बहादुर ठाडा मगरको सालिक तोडफोड गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा तनहुँको व्यास नगरपालिका वडा नं. ०७ स्थायी घर भएका ३४ वर्षीय रोशन कुँवर रहेका छन्। गत साउन ०७ गते राती करिब २२:३० बजेको समयमा मध्यनेपाल नगरपालिका वडा नं. ०४ दुईपिप्ले बगैँचा रिस्ति खोलापुल नजिकै रहेको भानु घाँसी संवाद पार्कभित्रका सालिकहरूमा अज्ञात व्यक्तिहरूले तोडफोड गरी क्षति पुर्‍याएका थिए। घटनाको अनुसन्धान गर्ने क्रममा ईलाका प्रहरी कार्यालय भोर्लेटारका प्रहरी निरीक्षक ध्रुव प्रसाद शर्माको कमाण्डमा खटिएको टोलीले साउन ०८ गते कुँवरलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर क्षेत्रीका अनुसार पक्राउ परेका कुँवरलाई जिल्ला अदालतबाट आपराधिक उ...
धनगढीमा शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका युवकको मृत्यु
समाचार, समाज

धनगढीमा शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका युवकको मृत्यु

नेपालअखबार, धनगढी । धनगढीमा शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका युवकको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका-७ का ३५ वर्षीय ज्योति चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश विष्टका अनुसार चौधरीले शनिबार साँझ आफ्नै घरभित्र शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । उनलाई आफन्तले तत्काल उद्धार गरी सेती प्रादेशिक अस्पताल पुर्‍याएका थिए । उपचारका क्रममा चिकित्सकले उनको शरीरको करिब ६० प्रतिशत भाग जलेको बताएका थिए । गम्भीर अवस्थाका चौधरीलाई उपचारका लागि भेरी अस्पताल, नेपालगञ्ज पठाइएको थियो तर आफन्तले उनलाई काठमाडौंतर्फ लिएर गएका थिए । उनको आइतबार राति नै बाटोमा मृत्यु भएको र आफन्तले सोमबार बिहान ७ बजेतिर प्रहरीलाई खबर गरेको प्रहरी निरीक्षक विष्टले बताए । उनको शव धनगढीको सेती प्रादेशिक अस्पतालमा राखिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेक...
सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु
प्रशासन, समाचार, समाज

सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु

नेपालअखबार, विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका(३, कप्तानगन्जमा दुई समूहबीचको विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले सुनसरीको दक्षिण क्षेत्रमा रहेका पाँच बजारमा अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु जारी गरेका हुन् । कर्फ्यू बिहान ७ बजेदेखि लागू भएको छ । कर्फ्यु जारी भएको समयमा हिँडडुल गर्न भेला, जुलुस, सभा गर्न रोक लगाइएको छ । आइतबार राति दुई समूहबीच विवाद हुँदा प्रहरीले चलाएको थियो । प्रहरीले चलाएको गोली लागेर देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो । प्रहरीको गोली लागेर ८ जना प्रदर्शनकारी घाइते भएका छन् । तीमध्ये केहीको अवस्था गम्भीर छ । सोमबार बिहान कप्तानगन्जको अवस्था सामान्य छ । थप दुर्घटना हुननद...
बाटुली पोखरीमा तीन प्रजाति जलचरका ४४० गुँड
समाचार, समाज

बाटुली पोखरीमा तीन प्रजाति जलचरका ४४० गुँड

नेपालअखबार, चितवन । चितवनको बाटुली पोखरी मध्यवर्ती सामुदायिक वनअन्तर्गतको बाटुली पोखरी र कुमाल तालमा जलचर प्रजातीका चराको गुँड गणना गरिएको छ । गणनाका क्रममा बाटुली पोखरीमा ४४० वटा र कुमाल तालमा १५ वटा गुँड भेटिएका छन् । नेपाल पन्छीविद् संघ बागमती प्रदेशका संयोजक वासु बिडारीका अनुसार बाटुली पोखरीमा डाटर जातका पाँच वटा, स्वेतकण्ठ गरुडका दुई वटा र घुँङ्गीफोर गरुडका ४३३ गुँड भेटिएको छ । यस्तै कुमाल तालमा भेटिएका सबै गुँड घुँङ्गीफोर गरुडको रहेका छन् । उनका अनुसार पाटुली पोखरीमा पानीको सतह भन्दा तीन मिटरमाथि देखि ३० मिटर माथिसम्म गुँडहरु अवस्थामा भेटिएको हो । उनले भने, ‘बाटुली पोखरीमा रहेका ९७ वटा रुखमा गरिएको गुँड गणनामा ती गुँड देखिएका हुन् ।’ भरतपुर महानगरपालिका–१३ स्थित बाटुली पोखरीमा गुँड गणनाका लागि वर्ड एजुकेसन सोसाइटी, नेपाल पन्छीविद् सङ्घ र नेचर गाइड एसोसियसनका ४२ जना परिचालन ग...
बैतडीमा मलामी नपाएपछि शव गाडियो, भलले निकाल्यो
समाचार, समाज

बैतडीमा मलामी नपाएपछि शव गाडियो, भलले निकाल्यो

नेपालअखबार, बैतडी । बैतडीमा मलामी नहुँदा जलाउन नसकेपछि गाडिएको शव ५ दिनपछी नदी किनारमा फेला परेको छ । जिल्लाको पाटन नगरपालिका–५ स्याडीखोलामा शनिबार अपराह्न शव फेला परेको थियो । खोलाको किनारमा फेला परेको शव सोही वडाको सिमपानीकी ६२ वर्षीया लालमती कोलीको रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए । लालमतीको साउन ५ गते बिहान घरमै मृत्यु भएको थियो। अन्तिम संस्कारका लागि आवश्यक जनशक्ति नभएपछि शव जलाउन सम्भव भएन। अन्ततः सामान्य दागबत्ती दिएर शव गाडियो। केही दिनपछि आएको वर्षासँगैको बाढीले त्यही शव बगायो । मृतकका आफन्त नरेश कोलीका अनुसार गाउँमा कोली समुदायका थोरै घरधुरी मात्रै छन्। रोजगारीका लागि स्थानीयहरू अधिकांश भारतमा रहेकाले अन्त्यष्टिका लागि मान्छेको अभाव भयो । शव बोक्ने चार जना मात्रै भएकाले दाउरा संकलन गर्ने र चिता तयार गर्ने जनशक्ति जुटाउन नस...
लमजुङमा भानुभक्तको शालिक तोडफोड गर्ने व्यक्ति पक्राउ
समाचार, समाज

लमजुङमा भानुभक्तको शालिक तोडफोड गर्ने व्यक्ति पक्राउ

नेपालअखबार, गोरखा । लमजुङमा आदिकवि भानुभक्त आचार्य र घाँसी खड्कबहादुर ठाडा मगरको शालिक तोडफोड गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँको व्यास नगरपालिका-७ का ३४ वर्षीय रोशन कुँवर रहेको प्रहरीले जनाएको छ । गत बुधबार मध्यनेपाल नगरपालिका-४ दुई पिप्ले बगैंचास्थित भानु घाँसी संवाद पार्कभित्र रहेको उक्त शालिकहरु तोडफोड भएको थियो । इलाका प्रहरी कार्यालय भोर्लेटारका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माको कमाण्डमा खटिएको टोलिले कुँवरलाई शुक्रबार पक्राउ गरेको हो । कुँवरविरुद्ध अपराधिक उपद्रव शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुका सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर क्षेत्रीले बताए ।...