पूर्वशिक्षक जगतको खेतमा लटरम्म सुन्तला
नेपालअखबार,म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कको बजारमारेका जगतबहादुर खत्रीलाई चार दशकअघि सुन्तला खेती शुरू गर्दा परिवारका सदस्य र छिमेकीले भोकै बस्नुपर्ला भनेर डर देखाएका थिए ।
‘सुन्तला मात्रै लगाएपछि अन्न खान पाइँदैन भनेर गाली पनि खाएँ, डर लाग्यो,’ खत्री भन्छन्, ‘यो वर्ष मात्रै ४० लाख रुपैयाँको सुन्तला बेचिसके । सबै बगैंचाको बिक्री गर्दा ४५ लाख रुपैयाँ पुग्ने अनुमान छ ।’
खत्रीको ३६ रोपनी क्षेत्रफलमा फैलिएको जग्गामा एक हजार पाँच सय ९३ बोट सुन्तलाका बिरूवा छन् । यस वर्ष चार सय ८० बिरूवाले ३४ हजार किलोग्राम सुन्तला उत्पादन दिएका छन् ।
सबै बोटमा फल लाग्दा वार्षिक एक करोड रुपैयाँ बढीको सुन्तला बिक्री हुने उनी बताउँछन् । प्रतिकिलो एक सय २० रुपैयाँका दरले बगैचाबाटै काठमाडौँका व्यापारीले सुन्तला किनेर लगेका छन् । यतीबेला खत्रीलाई सुन्त...









