Tuesday, August 11

समाज

सत्य निरूपण तथा बेपत्ता छानबिन आयोगमा सिफारिस भएका ४० जनामाथि उजुरी आह्वान
प्रशासन, समाचार, समाज

सत्य निरूपण तथा बेपत्ता छानबिन आयोगमा सिफारिस भएका ४० जनामाथि उजुरी आह्वान

नेपालअखबार,काठमाडौँ । संक्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोगहरू सत्य निरूपण तथा मेलमिला र बेपत्ता छानबिन आयोगको पदाधिकारी र सदस्यमा सिफारिसि भएका ४० जनामाथि उजुरी आह्वान भएको छ। पदाधिकारी सिफारिस समितिले सिफारिस भएका पदाधिकारी र सदस्यमाथि कुनै प्रतिक्रिया भए पाँच दिनभित्र सम्पर्क गर्न आह्वान गर्दै शनिबार सूचना जारी गरेको हो। त्यस्तो प्रतिक्रिया हुनेहरूले आफ्नो विषय पुष्टी हुने आधार र प्रमाणसहित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा प्रमाणसहित लिखित रूपमा दिन सक्नेछन्। दुई आयोगको अध्यक्षका लागि ८ जना र सदस्यका लागि ३२ जनाको नाम छनोट गरेको थियो। अध्यक्ष पदका लागि डिल्लीराज आचार्य, अच्युतप्रसाद भण्डारी, विजय सिजापती, विश्वराज कोइराला, सुदीप पाठक, महेश थापा, शेरबहादुर केसी र काशीराज दाहाल छनोट भएका छन्।  सरकारले गत कात्तिक २ गते पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षत...
कालीगण्डकी करिडोर : काभ्रेभिरमा सडक विस्तार
समाचार, समाज

कालीगण्डकी करिडोर : काभ्रेभिरमा सडक विस्तार

नेपालअखबार,म्याग्दी । भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत सबैभन्दा जोखिमयुक्त र साघुरो काभ्रे, बादरजुङ र घोप्टेभिर क्षेत्रको सडक विस्तार, पहिरो र कटान रोकथामका लागि ‘रक एंकरिङ’ गरिएको छ । साँघुरो अवस्थामा रहेको काभ्रेभिरको सडकलाई ‘रक एंकरिङ/रक नेलिङ’ प्रविधिको प्रयोग गरेर फराकिलो र ग्रेड सुधार गरिएको बेनी–जोमसोम–कोरला सडक योजनाले जनाएको छ । तल बग्ने कालीगण्डकीले बनाएको खोच र बिस्फोटक पदार्थको प्रयोग गरी भित्ता काटेर सडक फराकिलो बनाउदाँ पहाड थर्किएर कमजोर भई थप पहिरो खस्ने जोखिम देखिएपछि रक एंकरिङ गरिएको आयोजनाका इञ्जिनियर बिष्णु चापागाईले बताए । उनका अनुसार सडक मुनीको पहाडमा ड्रिलिङ गरेर रड राखी, कंक्रिट गरेर बेस बनाएर पक्कि पर्खाल निर्माण गरेर डिलतर्फ सडक फराकिलो बनाइएको हो । रक एंकरिङ गर्न एक सय मिटर लम्बाईको दुरीमा ड्रिलिङ गरेर ...
पत्रकार महासंघमा चौतारी र युनियनबीच भागबण्डा
समाचार, समाज

पत्रकार महासंघमा चौतारी र युनियनबीच भागबण्डा

नेपालअखबार,काठमाडौं । नेपाल पत्रकार महासंघको नेतृत्वमा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालबीच भागबण्डा भएको छ । सहमति अनुसार चौतारीले अध्यक्ष, महिला उपाध्यक्ष, आदिवासी जनजाति सचिव, कोषाध्यक्ष र लेखा संयोजक सहित २२ सदस्यमा पाएको छ । बाँकी पदाधिकारीहरूमा युनियनबाट उम्मेदवारी हुनेछ । प्रदेशको नेतृत्वमा पनि भागबण्डा भएको छ । चौतारीका उपाध्यक्ष राजेश राईका अनुसार कोशी, मधेश, कर्णाली र उपत्यकाको अध्यक्ष चौतारीले लिएको छ । बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम, एसोसियट र प्रतिष्ठानको अध्यक्ष युनियनले लिएको छ । जिल्ला अध्यक्षहरुमा पनि भागबण्डा भएको छ । ४५ युनियन जिल्ला अध्यक्ष युनियन र ३२ जिल्ला अध्यक्ष चौतारीले लिएको छ । जिल्लाहरुको संख्या टुंगिएपनि कसले कुन जिल्ला लिने भन्ने टुंगिन बाँकी छ । २८ मंसिरमा हुने महाधिवेशनका लागि आज मनोनयन दर्ता हुँदैछ ।...
अमेरिकाको क्यालिफोर्नियामा ७ म्याग्नेच्युडको भूकम्प
विदेश, समाचार, समाज

अमेरिकाको क्यालिफोर्नियामा ७ म्याग्नेच्युडको भूकम्प

नेपालअखबार,काठमाडौँ । अमेरिकामा शक्तिशाली भूकम्प गएको छ। क्यालिफोर्निया राज्यको फेर्नडेल सहरलाई केन्द्रबिन्दु बनाएर स्थानीय समयअनुसार बिहीबार बिहान १०:४४ बजे ७ म्याग्नेच्युडको भूकम्प गएको हो। भूकम्पबाट मानवीय र भौतिक क्षति भएको विवरण नआएको समाचार संस्था एशोसियटेड प्रेसले उल्लेख गरेको छ। पसल र मार्टहरूमा भने सामानहरू छरपस्ट भएका थिए। क्षति नभएपनि त्यहाँका नागरिकहरूले धेरै सेकन्डसम्म जमिन हल्लिएको महशुस गरेका थिए भनेर एपीले लेखेको छ। ७.१ म्याग्नेच्युडको भूकम्पपछि स-साना कम्पनहरू गएका थिए। बिहीबारको भूकम्पलाई सन् २०१९ पछिकै शक्तिशाली भनिएको छ। त्यतिबेला ७.१ म्याग्नेच्युडको भूकम्प गएको थियो। भूकम्पपछि फर्नडेलको तटीय क्षेत्रमा सुनामीको चेतावनी दिइएको थियो।...
मुस्ताङको गुरुसाङ्वो गुफामा पर्यटकको चहलपहल बढ्‍यो
समाचार, समाज

मुस्ताङको गुरुसाङ्वो गुफामा पर्यटकको चहलपहल बढ्‍यो

नेपालअखबार,म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका–२ मा रहेको गुरुसाङ्वो गुफा नयाँ धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ । विभिन्न आकृतिका दृश्य अवलोकन गर्न सकिने गुरुसाङ्वो गुफा बौद्ध धर्म गुरुहरूको तपस्यास्थलका रूपमा परिचित छ । थासाङ गाउँपालिकाले गुफामा पुग्ने पदमार्ग, सार्वजनिक शौचालय, आश्रयस्थललगायत पूर्वाधार निर्माण गरेपछि पर्यटक र भक्तजनको चहलपहल बढेको हो। थासाङ–२ का वडाध्यक्ष गौतम शेरचनले पर्यटक र भक्तजनको आकर्षण बढेसँगै गुफामा पूर्वाधार निर्माण गरी पर्यटन प्रवर्द्धनमा जोड दिइएको बताए । गत आर्थिक वर्षमा गाउँपालिकाको रु पाँच लाख बजेटबाट एक सय २५ मिटर ढुङ्गाको सिढीसहित पदमार्ग निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष सकेन्द्र गौचनले जानकारी दिए । वडाध्यक्ष शेरचनका अनुसार गुरुसाङ्वो गुफामा पूर्वाधार निर्माणका लागि चालु आवमा गण्डकी प्रदेश सरकारले रु २० लाख र गाउँपालिकाले रु १० ...
सुख्खायाममा पनि रोकिएन सोलुखुम्बुमा पहिरो, सयभन्दा बढी घर जोखिममा
समाचार, समाज

सुख्खायाममा पनि रोकिएन सोलुखुम्बुमा पहिरो, सयभन्दा बढी घर जोखिममा

नेपालअखबार,सोलुखुम्बु। सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११ तिङ्लाको सारेलुकीचौर बस्ती अहिले पहिराको जोखिममा परेको छ। वर्षायाममा मात्र नभई सुख्खायाममा समेत पहिरो खस्न नरोकिएपछि गाउँ नै जोखिममा परेको हो। सोलुखोलाको माथिल्लो भागबाट सुरु भएको करिब पाँच सय मिटर लामो पहिरो बस्तीतर्फ सर्दैछ, जसले स्थानीयवासी त्रसित छन्।  स्थानीय चित्रकुमारी कार्कीले जलविद्युत् आयोजना निर्माणका क्रममा निस्किएको माटो अनियन्त्रित रूपमा थुपारिँदा पहिरोको जोखिम थप बढेको बताइन्। यसले बस्ती र जग्गा दुवै जोखिममा पारेको उनले बताइन्। स्थानीय तेजबहादुर कार्कीले यस क्षेत्रमा ३० वर्षअघि पनि यहाँ पहिरो गएकामा उस्तै अवस्था दोहोरिन लागेको भन्दै फेरि स्थानीय त्रासमा रहेको बताए। ‘वर्षायाममा त समस्या हुन्छ नै, यहाँ त सुख्खायाममा पनि पहिरो जाने गरेकाले समस्या भएको छ। यसको उचित व्यवस्थापन नभए बस्ती नै विस्थापित हुने जोखिम...
‘ठमेलमा पर्यटक बढे, व्यापार बढेन’
पर्यटन, समाचार, समाज

‘ठमेलमा पर्यटक बढे, व्यापार बढेन’

नेपालअखबार,काठमाडौँ । ठमेल भन्नासाथ विदेशी पर्यटकको जमघट  हुने महत्वपूर्ण गन्तव्यका रूपमा चिन्ने गरिन्छ । हुन पनि नेपाल घुम्न आउने प्रायः पर्यटक सकेसम्म यहाँ पुगेकै हुन्छन् । विशेष गरी यहाँ पर्यटकीय ‘सिजन’ असोज(मङ्सिरमा पर्यटकको चहलपहल बाक्लै हुने गरेको छ । यसपटक पनि त्यस्तै देखियो तर यहाँका व्यापारी, व्यवसायीहरूले भने यसपटक ठमेलमा विदेशी पर्यटकको उत्साहजनक उपस्थिति देखिए पनि आर्थिक गतिविधि भने नबढेको बताएका छन् । ठमेल क्षेत्रका व्यवसायीको भनाइमा यो सिजनमा सङ्ख्यात्मक रूपमा बढी नै आए पनि खर्चालु (हाइन्ड) पर्यटक भने आएनन् । अर्थात् मुख्य पर्यटकीय सिजनमा ठमेल क्षेत्रमा विदेशी पर्यटक धेरै सङ्ख्यामा आए पनि उनीहरूबाट हुने आर्थिक गतिविधि विगतको तुलनामा सन्तोषजनक रहेन । ठमेलको सुस्मिता क्रियसन इन्टरप्राइजेजका प्रबन्ध निर्देशक नवराज थापा अघिल्ला वर्षको तुलनामा यो वर्ष खर्चालु पर्यटक नआएकाले ...
कात्तिकमा ७० हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गए
समाचार, समाज

कात्तिकमा ७० हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गए

नेपालअखबार,काठमाडौँ । कात्तिक महिनामा वैदेशिक रोजगारीका लागि ७० हजारभन्दा बढी नेपाली बिदेसिएका छन् । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार कात्तिकमा ७० हजार ९९० जनाले श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका छन् । जसमा ६२ हजार ८९० पुरुष र आठ हजार १०० महिला रहेका छन् । व्यक्तिगत श्रम स्वीकृति लिएर जानेको सङ्ख्या १२ हजार ५९८ रहेको छ । जसमा १० हजार २६८ पुरुष र दुई हजार ३३० महिला रहेका छन् । त्यस्तै संस्थागत (मेनपावर) मार्फत श्रम स्वीकृति लिएर २३ हजार ५५६ जना वैदेशिक रोजगारीका लागि विभिन्न देश गएका छन् । कात्तिकमा ६७० जना मात्रै जी टु जी मार्फत गएका छन् । चालु आर्थिक वर्षको चार महिनामा करिब साढे २ लाख नेपाली वैदेशिक रोजगारीमा गएका छन् । साउनदेखि कात्तिक मसान्तसम्ममा दुई लाख २७ हजार ८३ जना श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका हुन् । व्यक्तिगत श्रम स्वीकृति लिएर जानेहरूको सङ...
माङसेबुङमा धार्मिक पर्यटकको घुँइचो
धर्म/संस्कृति, समाचार, समाज

माङसेबुङमा धार्मिक पर्यटकको घुँइचो

नेपालअखबार,इलाम । माङसेबुङमा धार्मिक पर्यटकको घुँइचो लागेको छ । किराँत धर्मावलम्बीहरूको आस्थाको केन्द्रका रूपमा परिचित माङसेबुङ गाउँपालिका–५ स्थित माङसेबुङ (लारुम्बा)मा धार्मिक पर्यटकको घुँइचो लागेको हो । किराँत धर्मगुरु आत्मानन्द लिङ्देनको ७१औँ जन्मोत्सवका अवसरमा किराँत धर्मावलम्बी माङसेबुङ उपस्थित भएका छन् । धर्मगुरुको जन्मोत्सवलाई धार्मिक उत्सवका रूपमा मनाउँदै आएका किराँत धर्मावलम्बीहरू हरेक वर्ष मङ्सिर तेस्रो साता माङसेबुङमा भेला हुने गर्छन् । सोमबारदेखि नै देश तथा विदेशबाट आएका धार्मिक पर्यटकले माङसेबुङ यतिबेला भरिभराउ भएको छ । यहाँका सबै होटल र घरबास (होमस्टे) भरिभराउ छ । होटल र होमस्टेमा नअटाएका धार्मिक पर्यटकलाई स्थानीयको घरमा बस्ने व्यवस्था गरिएको माङसेबुङ सामुदायिक होमस्टेकी अध्यक्ष कल्पना लिङ्देनले बताए । ‘यहाँ दर्ता भएका करिब एक दर्जन होटल र १५ वटा होमस्टे तथा दर्ता नभ...
धान काट्न मजदुरको सट्टा रिपर मेसिन !
कृषि, समाचार, समाज

धान काट्न मजदुरको सट्टा रिपर मेसिन !

नेपालअखबार,जलेश्वर  । सदरमुकाम जलेश्वरसँग जोडिएको दक्षिणवर्ती क्षेत्रका किसानका लागि (धान काट्ने) रिपर मेसिन उपयोगी  सावित भएको छ । धान  भित्र्याउन आफैँले सञ्चालन गर्न सकिने हातेट्र्याक्टरजस्तो सानो मेसिन अहिले जलेश्वर र वरपरका किसानका लागि उपयोगी सिद्ध भएको जलेश्वर नगरपालिका–९ का किसान जितेन्द्र सिंहले बताए । चिनियाँ कम्पनीद्वारा आविष्कार गरी बजारमा ल्याइएको रिपर मेसिन डिजलबाट सञ्चालन हुने उनले बताए । उक्त मेसिनले एक घण्टामा १० कठ्ठामा लगाइएको धानबाली काट्ने गरेको जलेश्वर नगरपालिका–८ का अर्का किसान अरुण पाण्डेले बताए । रिपर मेसिन आउनुभन्दा अगाडि किसानले उक्त खेतमा लगाएको धान काट्न दुई–तीन लाग्ने गरेको बताए । रिपर मेसिन प्रयोग हुनुअघि धान भित्र्याउन धेरै जनशक्ति आवश्यकता पर्ने गरेकामा हाल एक जना मेसिन चलाउने र एक जना काटिएको धान जम्मा गर्ने श्रमिक भए पुग्ने मेसिन प्रयोग गर्नुभएका जले...