Sunday, April 26

समाज

आयोगले गरेका सिफारिसहरु सरकारबाट कार्यान्वयन भएनन् : अध्यक्ष मगर
समाचार, समाज

आयोगले गरेका सिफारिसहरु सरकारबाट कार्यान्वयन भएनन् : अध्यक्ष मगर

नेपालअखबार, काठमाडाैँ । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगहरुले गरेका सिफारिसहरु सरकारबाट कार्यान्वयन हुन नसकेको गुनासो गरेका छन् । शुक्रबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आयोगहरुले विभिन्न सिफारिसहरु गरे पनि कार्यान्वयन हुन नसकेको उनको भनाइ छ । सबै आयोगहरुले गरेका सिफारिसहरु कार्यान्वयन हुनुपर्ने उनको माग छ । उनले आदिवासी जनजातिहरुलाई बसिरहेको स्थानबाट हटाउन राम्रो नरहेको पनि बताए । उनले भने, ‘आदिवासीहरुले जुन लाइनमा बसिरहेको छ, त्यो लाइनबाट हटाउनु हुँदैन । उनीहरुलाई हटाउनुपर्यो भने उनीहरुले पाउने सुविधान दिनुपर्छ । सन्धी ऐनले हाम्रो कानूनमा व्यवस्था नभएपनि अन्तर्राष्ट्रिय कानूनमा व्यवस्था छ, त्यो अनुसार हामी अघि बढ्नुपर्छ । हाम्रो सिफारिस कार्यान्वयन भइरहेको छैन । हामीले गरेको सबै आयोगबाट गरिएका सिफारिसहरु कार्यान्वयन ...
एक वर्षमै १ अर्ब ३२ करोडको सुन्तला उत्पादन, कसरी भयो सम्भव?
अर्थ, कृषि, समाचार, समाज

एक वर्षमै १ अर्ब ३२ करोडको सुन्तला उत्पादन, कसरी भयो सम्भव?

नेपालअखबार,स्याङ्जा । स्याङ्जाबाट यस वर्ष एक अर्ब ३२ करोडभन्दा बढी मूल्यको सुन्तला उत्पादन भएको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यान्वयन एकाइ स्याङ्जाका सूचना अधिकारी प्रतिभा बुढाथोकी क्षेत्रीका अनुसार स्याङ्जामा यस वर्ष कुल २३ हजार २३८ मेट्रिक टन सुन्तला उत्पादन भएको छ। यहाँ उत्पादन भएको सुन्लता थोकमा प्रतिकिलो ५७ का दरले बिक्री भएको छ। गत वर्षको तुलनामा यस वर्ष २० करोड बढी मूल्यको सुन्तला उत्पादन भएको हो। गत वर्ष २० हजार ८४ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो। यस वर्ष गत वर्षको तुलनामा उत्पादकत्वसमेत बढेको छ। यस वर्ष १६.३७ टन प्रतिहेक्टर उत्पादन भएको छभने गत वर्ष १४.६६ टन प्रतिहेक्टर उत्पादन भएको थियो। स्याङ्जा जिल्लामा उत्पादन भएको कुल परिमाणको सुन्तलामध्ये ९० प्रतिशत बिक्री हुने गरेको छ भने बाँकी रहेको १० प्रतिशत सुन्तला कोसेली, उपहार तथा घरघरमै खपत हुने गरेक...
छेकम्पारमा आगलागी हुँदा एकजना घाइते
समाचार, समाज

छेकम्पारमा आगलागी हुँदा एकजना घाइते

नेपालअखबार,गोरखा। उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७ छेकम्पारस्थित लेरु गाउँमा आज आगलागी हुँदा एक जना गम्भीर घाइते भएका छन्। आगलागी हुँदा स्थानीय ५४ वर्षीय तेन्जिङवाङगेल लामा घाइते भएका स्थानीय अटु लामाले बताए। आगलागीका कारण लामाको अनुहार, घाँटी र दुवै हात जलेको चुमनुब्री स्वास्थ्य केन्द्रका स्वास्थ्य संयोजक प्रेम गुरुङले जानकारी दिए। 'घाइतेको छेकम्पारमै प्राथमिक उपचार भइरहेको छ । आजै बोकेर सिर्दिबास लैजाने  तयारी छ,' उनले भने। छेकम्पारबाट सिर्दिबास पुग्न एक दिन पैदल हिँड्नुपर्छ। आगलागीबाट घाइते तेन्जिङको धन्सारभित्र रहेको लत्ताकपडा, अन्नपात, काठदाउरा, जस्तापातालगायत सामग्री पूर्ण रुपमा नष्ट भएको उनले जानकारी दिए। चुल्होको आगो सल्केर आगलागी भएको बताइएको छ।...
१० मुद्दामा १ करोड  ठगीका अभियुक्त समातिए
प्रशासन, समाचार, समाज

१० मुद्दामा १ करोड ठगीका अभियुक्त समातिए

नेपालअखबार,काठमाडौं । विभिन्न १० मुद्दाका करिब एक करोड रुपैयाँ ठगी अभियुक्तका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको मेची नगरपालिका–२ का ४६ वर्षीय नवीन रिजाल छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौं–१० बाट उनलाई पक्राउ गरेको हो । पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त सिंहदरबार पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी काजिकुमार आचार्यले बताए । उनीविरुद्ध वैदेशिक ठगीका ७ र बैंकिङ कसुरका ३ गरी १० मुद्दा दर्ता भएको पाइएको प्रहरीले बताएको छ । वैदेशिक ठगीका ७ मुद्दामा ५४ लाख ५४ हजार बिगो रहेको प्रहरीले बताएको छ । उनले फ्रान्स पठाउने भन्दै ठगेको प्रहरीले बताएको छ ।त्यस्तै जिल्ला प्रहरी परिसर काठमाडौंमा २४ लाख ४ हनार बिगोको एक थान बैंकिङ कसुरको मुद्दा दायर भएको छ । प्रहरी वृत्त गौशालामा ८ लाख र सिंहदरबारमा ६ लाख बिगोको बैंकिङ कसुर मुद्दा ...
हुल्म–मान्म सडक धमाधम कालोपत्र गरिँदै
समाचार, समाज

हुल्म–मान्म सडक धमाधम कालोपत्र गरिँदै

नेपालअखबार, कालीकोट । कर्णाली राजमार्गअन्तर्गत हुल्म–मान्म सडक धमाधम कालोपत्र भइरहेको छ । सडक चौडा गर्ने, घुम्ती फराकिलो पार्ने र वर्षा यामको पानी व्यवस्थित ढङ्गले निकासको प्रबन्धका साथ सडक कालोपत्र भइरहेको जुम्लास्थित सडक डिभिजन कार्यालयका सूचना अधिकारी सौरभकुमार यादवले बताए । हुल्मदेखि अस्पतालसम्मको चार किलोमिटर र अस्पतालदेखि मान्म ‘जिरो पइन्ट’सम्मकोे साढे एक किलोमिटर कालोपत्र प्रायः पूरा भएको उनले जानकारी दिए। सडक स्तरोन्नतिका निम्ति रु पाँच करोड ५० लाखमा ठेक्का सम्झौता भएको हो ।...
२६० भन्दा बढी कर्मचारी पदपूर्ति गर्दै विद्युत् प्राधिकरण, खुल्यो आवेदन
प्रशासन, समाचार, समाज

२६० भन्दा बढी कर्मचारी पदपूर्ति गर्दै विद्युत् प्राधिकरण, खुल्यो आवेदन

नेपालअखबार, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले २६० भन्दा बढी कर्मचारी भर्नाका लागि आवेदन फाराम खुलाएको छ । प्राधिकरणले अधिकृतदेखि सहायकस्तरसम्मका पदहरुमा दरखास्त आह्वान गरेको हो । अधिकृतस्तरका सहनिर्देशकदेखि वातावरणविदसम्म १३२ जना र सहायकस्तरका मिटररिडिङ सुपरभाइजर, सुपरभाइजर र लेखापाल पदहरुमा १३० जनाका लागि विज्ञापन खुलेको छ । योग्यता पुगेका इच्छुक उम्मेदवारहरुले माघ १० गतेभित्र अनलाइनमार्फत् आवेदन दिन सक्नेछन् । नेपाल विद्युत् प्राधिकरणले ज्येष्ठता र कार्यसम्पादन मूल्यांकन तथा कार्यक्षमता मूल्यांकनबाट हुने बढुवाका लागि पनि विभिन्न पदहरुमा आवेदन फाराम खुलाएको छ ।...
बाक्लो हुस्सु र कुहिरोले पश्चिम तराईको जनजीवन प्रभावित
समाचार, समाज

बाक्लो हुस्सु र कुहिरोले पश्चिम तराईको जनजीवन प्रभावित

नेपालअखबार, बाँके । बाक्लो हुस्सु र कुहिरोले बाँकेलगायत पश्चिम तराईको जननीवन प्रभावित भएको छ । चिसोले बालबालिका, विद्यार्थी, मजदुर, गरिब, असहाह र ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन् । स्थानीय घरबाहिर निस्कन सकेका छैनन् । बिहान खुल्ने पसल र बजार पनि ढिलो गरी खुलिरहेका छन् । साँझपख पनि चिसो बढ्न थालेपछि बजार सम्साझैँ सुनसान हुन थालेका छन् । कठ्याङ्ग्रिँदो चिसोसँगै हुस्सु लाग्दा सवारीसाधन चलाउन पनि समस्या भएको सवारी चालक नेपालगन्ज १६ का रामप्रसाद थारु बताउछन् । चिसोले दम, निमोनिया, रुघाखोकी, ज्वरोलगायत रोगका बिरामी पनि बढेका भेरी अस्पतालका सूचना अधिकारी सङ्केत रिसालले बताए। हिजोआज अस्पतालमा १०० बढी निमोनिया र रुघाखोकीका बिरामी आउने गरेका जानकारी उनले  दिए ।...
जेनजी आन्दोलनमा नख्खु कारागारबाट भागेका ८४ कैदीबन्दी सम्पर्कविहीन
प्रशासन, समाचार, समाज

जेनजी आन्दोलनमा नख्खु कारागारबाट भागेका ८४ कैदीबन्दी सम्पर्कविहीन

नेपालअखबार, ललितपुर । ललितपुरस्थित नख्खु कारागारबाट जेनजी आन्दोलनको क्रममा फरार भएका कैदीबन्दीमध्ये ८४ जना अझै सम्पर्कमा आएका छैनन् । गत भदौ २४ गते नख्खु कारागारमा भएको घटनापछि विभिन्न मुद्दामा दोषी ठहर भई सजाय भोगिरहेका एक हजार २८० जना कैदीबन्दी फरार भएका थिए । कारागार प्रशासनका अनुसार हालसम्म तीमध्ये ७० प्रतिशत कैदीबन्दी स्वेच्छाले वा सुरक्षा निकायको समन्वयमा कारागार फर्किसकेका छन् भने बाँकी ३० प्रतिशत अझै फरार अवस्थामा छन् । नख्खु कारागारका प्रमुख दीर्घराज उपाध्यायका अनुसार फरार कैदीबन्दीको खोजीकार्य निरन्तर जारी छ । उनले भने, ‘फरार कैदीबन्दीको खोजी नेपालभित्र मात्र नभई मुलुक बाहिरसम्म पनि भइरहेको छ । कानुनअनुसार सबै फरार कैदीबन्दीलाई कारागार फर्काउने अभियानमा हामी सक्रिय छौँ ।’ कारागार विभागले तोकेको समयसीमा अनुसार गत असोज २० गतेसम्म कारागारमा नफर्कने कैदीबन्दीलाई कारागार ऐन, ...
खोलाको मापदण्डको विरोधमा माइतीघरमा प्रदर्शन
समाचार, समाज

खोलाको मापदण्डको विरोधमा माइतीघरमा प्रदर्शन

नेपालअखबार, काठमाडौं । उपत्यकाका खोला किनारको मापदण्डविरुद्ध माइतीघरमा प्रदर्शन भएको छ । थप २० मिटर छाड्नुपर्ने भनी सर्वोच्च अदालतले गरेको फैसला र सोही फैसला कार्यान्वयन गर्ने काठमाडौं महानगरपालिकाको निर्णयको विरोधमा सरोकारवालाले पुन: प्रदर्शन गरेका हुन् । यसअघि नै सरोकारवालाहरूले उक्त निर्णय पुनरावलोकनको माग गर्दै आएका छन् । हाल कायम २० मिटरको छाड्नुपर्ने मापदण्डमा थप २० मिटर पनि छाड्नुपर्ने भनेर सर्वोच्चले फैसला गरेको थियो । सरोकार समितिले यो फैसला गर्ने न्यायाधीशद्वय आनन्द मोहन भट्टराई र विनोद शर्मालाई महाअभियोग लगाउन समेत माग गर्दै आएको थियो ।सरोकारवालाहरुले समाजको मनोविज्ञान नबुझी धर्म, संस्कृति, सभ्यता र पहिचान माथि कठोर र निर्मम तरिकाबाट प्रहार भएको आरोप लगाउँदै आएका छन् ।...
मुस्ताङ पुगे साढे २५ हजार विदेशी पर्यटक, १९ प्रतिशत वृद्धि
पर्यटन, समाचार, समाज

मुस्ताङ पुगे साढे २५ हजार विदेशी पर्यटक, १९ प्रतिशत वृद्धि

नेपालअखबार,  मुस्ताङ । धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४०३ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले जनाएको छ । सन् २०२५ मा समग्रमा गत वर्षभन्दा १८.७१ प्रतिशतले पर्यटकको आवागमन वृद्धि भएको जनाइएको छ । उक्त वर्षको जनवरीदेखि डिसेम्बर ३१ तारिखसम्म यहाँ कुल एक लाख ६१ हजार १२२ जना विदेशी पर्यटक भित्रिएको एक्याप जोमसोम कार्यालय प्रमुख राजेश गुप्ताले जानकारी दिए । उनका अनुसार सन् २०२४ मा एक लाख ३५ हजार ७१९ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए । गत वर्ष यहाँ आउने पर्यटकमध्ये सार्क राष्ट्रबाट एक लाख ३२ हजार ८४७ र अन्य राष्ट्रबाट २८ हजार २७५ जना रहेका छन् । त्यसअघि सार्क राष्ट्रबाट एक लाख नौ हजार ५४९ र अन्य राष्ट्रबा...