Tuesday, August 11

समाज

पशुपतिनाथमा घुमाइयो श्रीचन्द्रविनायक तथा श्रीभैरवनाथ जात्रा
धर्म/संस्कृति, समाचार, समाज

पशुपतिनाथमा घुमाइयो श्रीचन्द्रविनायक तथा श्रीभैरवनाथ जात्रा

नेपालअखबार,काठमाडौँ । श्री चन्द्रविनायक तथा श्री भैरवनाथ रथलाई पशुपतिनाथ मूल मन्दिर क्षेत्रमा घुमाइएको छ । चन्द्रविनायकलाई पशुपतिनाथको छोरा हो भन्ने धार्मिक मान्यता पनि छ । यसै मान्यताका आधारमा चन्द्रविनायक जात्रालाई पशुपतिनाथ मन्दिर घुमाउने परम्परा बसेको काठमाडौँ महानगरपालिका–७ का अध्यक्ष विमलकुमार होडाले जानकारी दिए । चन्द्रविनायकलाई पिता अर्थात् भगवान् पशुपतिनाथको दर्शन गराएपछि पशुपतिबाट चुच्चेपाटीसम्मका मूल चोकमा घुमाइएको जात्रा समन्वय समिति सदस्य राजु भारतीले जानकारी दिए । यो जात्रा पशुपतिनाथबाट चुच्चेपाटीसम्म महत्वकासाथ मनाइन्छ । पशुपतिनाथ अमालकोट कचहरीकाद्वारे रामकृष्ण डङ्गोलले कार्तिक शुक्ल पूर्णिमाका दिन शुक्रबार बिहान चन्द्रविनायक मन्दिरमा विशेष पूजा गरेपछि जात्रा सुरु भएको हो । त्यस दिन बेलुकी मन्दिर परिसरमा धुनी जगाइयो । धुनी जगाउन पशुपतिनाथ अमालकोट कचहरीले दाउरा उप...
दाङमा ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
समाचार, समाज

दाङमा ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

नेपालअखबार,दाङ। दाङमा ब्राउन सुगरसहित तीन युवक पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा भारतको रूपौडिया घर भइ अहले दाङको तुलसीपुर बस्दै आएका ३४ वर्षीय इरफान राई, तुलसीपुर – ६ का २८ वर्षीय मनोज सुनार र १९ वर्षीय रञ्जित बुढाथोकी छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार इरफान राइ शनिबार नै पक्राउ परेका थिए। नेपालगञ्जबाट तुलसीपुरतर्फ आउँदै गरेको लु १ ख ४६०१ नम्बरको गाडी तुलसीपुरको दमारगाउँ चेकपोस्टमा चेकजाँचका क्रममा इरफानको साथबाट ३ ग्राम ८१२ मिलिग्राम ब्राउन सुगर बरामद फेला परेको थियो। अनुसन्धान र सोधपुछको क्रममा प्रहरीले आइतबार मनोज र रञ्जितलाई पनि पक्राउ गरेको हो। पक्राउ परेका तीनैजनामाथि थप अनुसन्धान भइरहेको इन्स्पेक्टर थापाले जानकारी दिए।...
आजदेखि पृथ्वी राजमार्गको छिर्कने-देउराली खण्ड दैनिक साढे चार घण्टा बन्द
समाचार, समाज

आजदेखि पृथ्वी राजमार्गको छिर्कने-देउराली खण्ड दैनिक साढे चार घण्टा बन्द

नेपालअखबार,तनहुँ। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेदेखि देउरालीसडकखण्ड आजदेखि २० दिनसम्म दैनिक साढे चार घण्टा बन्द हुने भएको छ। निर्माणाधीन मुग्लिन-पोखरा सडकअन्तर्गत छिर्कने देउराली सडकखण्डमा कामलाई तीव्रता दिन यही मङ्सिर २३ गतेसम्म दैनिक साढे चार घण्टा सडकमा सवारी आवगमन बन्द गर्न लागिएको हो। उक्त सडकखण्ड दुई चरणमा बन्द गरी काम गरिने मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) का इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए। पाण्डेका अनुसार आज राति ११ बजेदेखि बिहान १ बजेसम्म सडक पूर्ण रुपमा बन्द गरी सडक निर्माण गरिनेछ। राति १ बजेदेखि १:३० बजेसम्म सडकमा सवारी आवागमन खुला गरिनेछ भने दोस्रो चरणमा राति १:३० बजेबाट विहान ४ बजेसम्म सडक बन्द गरी निर्माण कार्य गरिने पाण्डेले बताए। आकस्मिक अवस्थामा विशेष व्यवस्था गरी सवारी पास गराइने पाण्डेले जानकारी दिए। 'मुग्लि...
पूर्वसभामुख ढुङ्गानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने, सोमबार सार्वजनिक बिदा
प्रशासन, समाचार, समाज

पूर्वसभामुख ढुङ्गानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने, सोमबार सार्वजनिक बिदा

नेपालअखबार,काठमाडौँ । पूर्व सभामुख स्व. दमननाथ ढुङ्गानाको अन्तिम बिदाइ राष्ट्रिय सम्मानका साथ गरिने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पूर्व सभामुख ढुङ्गाना बिदाइ राष्ट्रिय सम्मान प्रदान गर्ने निर्णय गरेको हो । साथै बैठकले ढुङ्गानाको शोकमा सोमबार सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ । बैठकले ढुंगानाको निधनमा गहिरो शोक र भावपूर्ण श्रद्धाञ्जली तथा परिवारमा समवेदना व्यक्त गरेको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । बैठकले स्वदेश र विदेशस्थित सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाउने पनि निर्णय गरेको गुरुङको भनाई छ । ढुङ्गानाको आइतबार दिउँसो ८३ वर्षको उमेरमा उपचारको क्रममा निधन भएको थियो । ढुङ्गानाको पार्थिव शरीर सोमबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म श्रद्धाञ्जलीका लागि सानो गौचरणमा राखिने पारिवारिक स्रोतले जनाएको छ । ...
पहिरो नियन्त्रणपछि गाउँ फर्किए विस्थापितहरू
समाचार, समाज

पहिरो नियन्त्रणपछि गाउँ फर्किए विस्थापितहरू

नेपालअखबार, गोरखा। गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४ स्थित खारुङगाउँ विसं २०७२ वैशाख १२ गतेको शक्तिशाली भूकम्पले तहसनहस बन्यो। गाउँका सबैजसो घर क्षतिग्रस्त भए। भूकम्पले थिलोथिलो बनाएको आफ्नो थातथलोमा खारुङवासी फेरि जसोतसो घर मर्मत र पुनःनिर्माण गरेर बसे तर भूकम्पको पीडा भुल्न नपाउँदै सोही असारमा अविरल वर्षाले सिङ्गो गाउँ नै पहिरोको जोखिममा पर्‍यो। पहिराले गाउँ नै भासिने अवस्था आएपछि खारुङका केही परिवार विस्थापित भएर कोही चितवन, कोही गोरखाबजार र कोही छेवेटारलगायतका ठाउँमा बसाइँ सरे। पहिराले सिङ्गो गाउँ नै जोखिममा परेपछि गाउँपालिकाले भू तथा जलाधार व्यवस्थापन कार्यालय र संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)को सहयोगमा पहिरो नियन्त्रणका काम अघि बढाएसँगै यहाँ पहिरो नियन्त्रणमा आएको छ। पहिरो नियन्त्रणमा आएसँगै बाध्यताले गाउँ छाडेकाहरू पुरानै थाकथलोमा फर्किन थालेको स्थान...
चीनमा एक युवकको चक्कु प्रहारबाट ८ जनाको मृत्यु
अपराध, विदेश, समाचार, समाज

चीनमा एक युवकको चक्कु प्रहारबाट ८ जनाको मृत्यु

नेपालअखबार, काठमाडौं । पूर्वी चीनमा एक युवकले चक्कु प्रहार गर्दा ८ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । सिन्हुवा समाचार एजेन्सीका अनुसार चियाङ्गसु प्रान्तको यिक्सिङ शहरस्थित उसी भोकेस्नल इन्सटिच्युट आफ आर्टस् एण्ड टेक्नोलोली कलेज परिसरमा २१ वर्षीय युवकले चक्कु प्रहार गरेका हुन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको छ । उनले आफ्नो अपराध स्वीकार समेत गरिसकेका छन् । प्रहरीका अनुसार उनी स्नातक तहको परीक्षामा फेल भएका थिए । त्यसैले इन्टर्नसिपको क्रममा कम पारिश्रमिक पाउने हुँदा उनी रिसाएका थिए । त्यही कारण उनले आक्रमण गरेको प्रारम्भिक अनुसन्धाबाट पत्ता लागेको प्रहरीले जनाएको छ । चीनमा १२ नोभेम्बरको दिन झुहाई शहरमा एक व्यक्तिले मानिसहरुको भिडमाथि कार कुदाउँदा ३५ जनाको मृत्यु भएको थियो ।...
झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
समाचार, समाज

झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

नेपालअखबार,झापा ।  हात्तीको आक्रमणमा परी झापामा एक जनाको मृत्यु भएको ५ । हात्तीले आज बिहान आक्रमण गर्दा दमक नगरपालिका–३ दिपज्योति टोलका ४५ वर्षीय मीनबहादुर भण्डारीको मृत्यु भएको  हो । जिल्ला वन कार्यालयका प्रमुख मेघराज राईका अनुसार छिमेकी सुविन भट्टराईको घर हात्तीले भत्काउन थालेपछि त्यसलाई धपाउ खोज्दा भण्डारी आक्रमणमा परेका हुन् । उनको घटनास्थलमा नै मृत्यु भएको हो ।...
मणिपुरमा फेरि भड्कियो हिंसा, इम्फाल उपत्यकामा कर्फ्यु
विदेश, समाचार, समाज

मणिपुरमा फेरि भड्कियो हिंसा, इम्फाल उपत्यकामा कर्फ्यु

नेपालअखबार,काठमाडौं। भारतको मणिपुरमा फेरि हिंसा भड्किएको छ। मणिपुर र आसामको सिमानाको जिरी नदीनजिक दुई बालबालिका र एक महिलाको शव भेटिएपछि मणिपुरमा फेरि हिंसा भड्किएको हो। शव भेटिएपछि आक्रोशित भिडले शनिबार इम्फाल उपत्यकामा विधायक र मन्त्रीहरू बस्ने घरमा समेत ढुंगामुढा गरेको बिबिसीले जनाएको छ। शनिबार गाडी तोडफोड र आगजनीका घटनाहरू पनि धेरै भएको बिबिसीले जनाएको छ। घटनापछि नेता प्रतिपक्षी राहुल गान्धीले मणिपुरमा फेरि भड्किएको हिंसाले चिन्ता पैदा गरेको बताएका छन्। एक वर्षभन्दा बढी समयसम्मको विभाजन र पीडापछि प्रत्येक भारतीय नागरिकहरू केन्द्र र राज्य सरकारले विवादको सुलुह गर्छ र समाधान गर्छ भन्ने थियो,' उनले लेखेका छन्। उनले मणिपुरमा शान्ति स्थापनाका लागि काम गर्न पनि प्रधानमन्त्री नरेन्द्र मोदीलाई आग्रह गरेका छन्।इम्फाल प्रहरीका प्रहरी उपरीक्षक मेघचंन्द्राले इम्फाल उपत्यकामा जम्मा भ...
रेडपाण्डा संरक्षणमा सघाउन किसानलाई सोलार प्यानल
समाचार, समाज

रेडपाण्डा संरक्षणमा सघाउन किसानलाई सोलार प्यानल

नेपालअखबार,फुङ्लिङ (ताप्लेजुङ) । फुङ्लिङ नगरपालिका-११ हर्कटे क्षेत्रका पशुपालक किसानलाई गोठ व्यवस्थापन गर्न ‘सोलार प्यानल’ वितरण गरिएको छ । वन्यजन्तुमैत्री वातावरण बनाउन, यहाँका पशुपालकलाई गोठ व्यवस्थापनमा सघाउन र कुकुर नियन्त्रण गर्ने उद्देश्यले रेडपाण्डा नेटर्वक र हिमाली संरक्षण मञ्चले सोलार प्यानल उपलब्ध गराएका हुन् । मञ्चका कार्यक्रम संयोजक रमेश राईका अनुसार शनिबार हर्कटे गोपाला समूहमा आबद्ध ११ घुम्ती गोठका किसानलाई १३ हजारबराबरका ११ वटा सोलार प्यानल प्रदान गरिएको हो । हर्कटे रेडपाण्डाको बासस्थान भएकाले त्यहाँका रेडपाण्डालाई राति अन्य जीवजन्तुको आक्रमणबाट जोगाउने उद्देश्यले सोलार प्यानल वितरण गरिएको हो ।लामो समयदेखि गोठमा अन्धकारमा बसेका पशुपालक किसान सोलार प्यानल पाएपछि उत्साहित भएको सन्तबहादुर विष्टले बताए । ‘६५ वर्षसम्म अन्धकारमा बसेर समय बितायौं, आज उज्यालोमा बस्न पाउँदा अ...
झाँसीमा अस्पतालको एनआइसीयुमा आगलागी हुँदा १० नवजात शिशुको मृत्यु
विदेश, समाचार, समाज

झाँसीमा अस्पतालको एनआइसीयुमा आगलागी हुँदा १० नवजात शिशुको मृत्यु

भारतको उत्तरप्रदेशको झाँसीस्थित एक अस्पतालमा आगलागी हुँदा कम्तिमा १० जना नवजात शिशुको मृत्यु भएको छ। शुक्रबार राति झाँसीको लक्ष्मीबाइ मेडिकल कलेजको नियोनेटल इन्टेन्सिभ केयर युनिट (एनआइसियु) मा आगलागी हुँदा १० जना नवजात शिशुको मृत्यु भएको हो। केहीको जलेर र केहीको निसास्सिएर मृत्यु भएको भारतीय अखबार द हिन्दुस्तान टाइम्सले जनाएको छ। घटनामा ३७ जना नवजात शिशु घाइते भएका र उनीहरूको उपचार भइरहेको युपीका उपमुख्यमन्त्री ब्रजेश पाठकले जानकारी दिएको हिन्दुस्तान टाइम्सले लेखेको छ। उनले १८ शय्या रहेको एनआइसियुमा ४९ जना नवजात शिशुलाई राखिएको पाइएको पनि बताएका छन्। झाँसीका एसएसपी सुधासिंहले अस्पतालमा ४७ जना शिशु रहेकामा ३७ जनाको उद्धार गरिएको जानकारी दिएकी छन्। उद्धार गरिएकाहरूलाई विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ। मृत्यु भएकामध्ये ७ शिशुको पहिचान खुलेको र बाँकी तीन जनाको पहिचान ...