Tuesday, August 11

समाज

म्याग्दीका ६ सय घरमा विद्युत् विद्युतीकरण
प्रविधि, समाचार, समाज

म्याग्दीका ६ सय घरमा विद्युत् विद्युतीकरण

नेपालअखबार,म्याग्दी । मालिका गाउँपालिकाको छ सय बढी घरमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको छ। नेपाल विद्युत् प्राधिकरणले मालिकाको वडा नम्बर १ छिस, रिठेचौर, २ को रुम, बेली, जेम, घाङ्लेपानी, वडा नम्बर ३ को लुप्सीपार, पात्ले, खतेन र ४ नम्बर वडाको ओखरबोटमा विद्युतीकरण गरेको हो। मालिका–२ रुम, बेली, जेम, घ्याङ्लेपानीमा दुई ५६, मालिका–३ खतेनमा ५०, लुप्सीपारमा ५४, पात्लेका एक सय २०, मालिका–४ ओखरबोटमा एक सय दुई घरमा बिजुली बलेको नेपाल विद्युत् प्राधिकरणको म्याग्दी वितरण केन्द्रका सूचना अधिकारी प्रकाश झाले जानकारी दिए। प्राधिकरणको विद्युतीकरण कार्यक्रमअन्तर्गत पहिलो चरणमा मालिकाका चारवटा वडामा बत्ती बलेको हो। म्याग्दीका १४ स्थानका दुई हजार एक ८३ घरधुरीमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् सुविधा विस्तारका लागि रु २२ करोड बजेटको योजना सञ्चालन भएको छ । घ्याङलेपानी बाहे...
म्याग्दीको पर्यटकीयस्थल मोहरेडाँडामा ड्रोनबाट सामान ढुवानी
प्रविधि, समाचार, समाज

म्याग्दीको पर्यटकीयस्थल मोहरेडाँडामा ड्रोनबाट सामान ढुवानी

नेपालअखबार,म्याग्दी । अन्नपूर्ण गाउँपालिकाको पर्यटकीयस्थल मोहरेडाँडामा पाँचकिलोभन्दा कम तौलका दैनिक उपभोग्य हलुका सामान ढुवानी गर्न ड्रोन प्रयोग भएको छ । ड्रोन प्रयोग गरेर अन्नपूर्ण गाउँपालिका-८ नागीबाट सोही वडाको पर्यटकीयस्थल मोहरेडाँडामा सामान ढुवानी गरिएको सो गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए । राष्ट्रिय आविष्कार केन्द्रले बनाएको ड्रोन प्रयोग गरिएको हो । ‘केन्द्रका प्राविधिक टोलीले शुक्रबार र शनिबार नागीबाट मोहरेडाँडामा ड्रोनमा झुण्ड्याएर सामान पठाएर परीक्षण गर्नुभएको थियो’, उनले भने, ‘पहाडी र विपद् प्रभावित क्षेत्रमा औषधि र उपभोग्य अत्यावश्यक सामान ढुवानी गर्न ड्रोन उपयोगी देखिए ।’ मोहरेडाँडालगायत पर्यटकीयस्थलमा सामान ढुवानीका लागि ड्रोनको प्रयोगलाई निरन्तरता दिन आविष्कार केन्द्रका अध्यक्ष डा महावीर पुनसँग समन्वय भएको अध्यक्ष पुनले बताए ।...
विपद्जन्य घटना: तीन अर्ब ४४ करोड मूल्य बराबरको क्षति
अर्थ, समाचार, समाज

विपद्जन्य घटना: तीन अर्ब ४४ करोड मूल्य बराबरको क्षति

नेपालअखबार,काठमाडौं ।  बाढी, पहिरो, डुबान, आगलागीजस्ता विपद्बाट चालु आर्थिक वर्ष २०८१/८२ को तीन महिनाको अवधिमा बागमती प्रदेशको उपत्यकाबाहेक १० जिल्लामा एक सय ९१ जनाको मृत्यु भएको छ। सबैभन्दा बढी यही असोज ११/१२ गतेको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी एक सय ७७ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय मकवानपुर हेटौडाले जनाएको छ। बागमती प्रदेश प्रहरी कार्यालय मकवानपुर हेटौँडा प्रवक्ता प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार चालु आव २०८१/०८२ को साउनदेखि असोजसम्ममा पहिरोबाट १५७ जना, बाढीमा बगाएर ११ जना र डुबेर नौ जनाको मृत्यु भएको छ। यस्तै सो अवधिमा करेन्ट लागेर आठ जना, चट्याङ लागेर चार जना र आगलागी तथा जनावरको आक्रमणबाट एक/एक जनाको मृत्यु भएको प्रहरी उपरीक्षक रेग्मीले बताए। सो अवधिमा विपद्का घटनामा परी १७३ जना घाइते र ११ जना अझै बेपत्ता रहेको उनको भनाइ छ। घाइतेको ...
वर्षाले १५ करोड बराबरको फूलखेतीमा नोक्सान, तिहारमा मालाको भाउ बढ्न सक्ने
अर्थ, कृषि, समाचार, समाज

वर्षाले १५ करोड बराबरको फूलखेतीमा नोक्सान, तिहारमा मालाको भाउ बढ्न सक्ने

गत असोज ११ र १२ गते परेको अविरल वर्षाको कारण पुष्पखेतीमा समेत क्षति पुगेको छ।  यसबाट सयपत्री फूलको मूल्य बढ्ने भएको छ। फुल्न थालिसकेको फूल वर्षाकै कारण नोक्सान भएपछि तिहारमा भारतबाट १५ लाख माला आयात गर्ने तयारी रहेको फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष दिलीप बादेले जानकारी दिए। गत वर्ष ६५ देखि ७० सम्म एउटा मालालाई परेको भए पनि यस वर्ष प्रतिगोटा ८० देखि ८५ सम्म होलसेल मूल्य पर्ने उनले बताए। अविरल वर्षाले कारण करिब रु १५ करोडको फूल नोक्सान भएको थियो। अध्यक्ष बादेका अनुसार बजार मागअनुरुपनै गत वर्षको तुलनामा यस वर्ष सात लाख बढी सयपत्री फूल मालाको  माग छ। गत वर्षको तिहारमा ३३ लाख माला खपत भएको थियो। बजार मागको ६० प्रतिशत फूल काठमाडौँ उपत्यकामा प्रयोग हुने गरेको छ। यस वर्षको तिहारका लागि ४० लाख सयपत्री फूलमालाको बजार माग रहेको छ। फ्लोरिकल्चर एसोसिएसनका अनुसार यस वर्षको तिहारमा बज...
पर्यटकको रोजाइमा खोटाङको ‘मुन्दुम ट्रेल’
पर्यटन, समाचार, समाज

पर्यटकको रोजाइमा खोटाङको ‘मुन्दुम ट्रेल’

नेपालअखबार,खोटाङ । साकेला गाउँपालिका-३ खिदिमास्थित तावाभञ्ज्याङबाट सुरु भएको ‘मुन्दुम ट्रेल’ पदमार्ग जिल्लाको प्रमुख पर्यटकीय गन्तव्यस्थलका रुपमा पर्दछ । नेपाल सरकारको सयवटा पर्यटकीय गन्तव्य सूचीमा पर्ने ‘मुन्दुम ट्रेल’ पदमार्ग करिब एक सय सात किलोमिटर लामो दूरीको छ । प्राकृतिक रुपमै पर्यटकीयस्थल रहेको ‘मुन्दुम ट्रेल’ पदमार्गको स्तरोन्नतिमा तीनवटै तहका सरकारको करोडौं लगानीसमेत भइरहेको छ । प्रकृतिप्रेमी अर्थात् सौन्दर्यमा रमाउन चाहने तथा किराती संस्कार, संस्कृति अध्ययन एवम् अनुसन्धान गर्न आउने पर्यटकका लागि ‘मुन्दुम ट्रेल’ रोजाइमा पर्ने गरेको छ । शरद ऋतु सुरु भएसँगै अध्ययन तथा जागिरको सिलसिलामा राजधानी काठमाडौंलगायत सहरमा बस्दै आएका जिल्लावासी तथा बाह्य पर्यटकहरु मुन्दुम ट्रेल घुम्न र अध्ययन गर्न आउने गरेको केपिलासगढी गाउँपालिका-१ फेदीका भेडापालक लक्ष्मण राई ‘समीप’ले बताए । ...
यो हो शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा भेटिएको दुर्लभ जङ्गली याक
समाचार, समाज

यो हो शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा भेटिएको दुर्लभ जङ्गली याक

नेपालअखबार, काठमाडौं । शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा दुर्लभ जङ्गली याक फेला परेको छ । सो क्षेत्रमा गरिएको अध्ययनका क्रममा निकुञ्जमा भाले जङ्गली याक भेटिएको हालै खुलासा गरिएको हो । वन तथा वातावरण मन्त्रालयको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सो जङ्गली याकको ‘फोटो फ्रेम’ अनावरण गरेको छ । स्थानीय नागरिक वैज्ञानिक सोनाम वाङ्दीले तस्वीर लिएको जङ्गली याक शे-फोक्सुन्डो गाउँपालिका-१ सल्दाङस्थित क्षेत्रमा भेटिएको हो । चार हजार ६ सय २३ मिटरदेखि चार हजार नौ सय ३५ मिटर उचाइ रहेको सो स्थानमा उक्त जङ्गली याक गत जुलाई २३ देखि २६ सम्म देखिएको विभागको तथ्याङ्क छ । यो अध्ययन स्थानीय समुदायको पूर्व जानकारीपश्चात् निकुञ्ज विभागको अगुवाइमा शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्ज र विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालको सहकार्यमा सम्पन्न भएको थियो । विगतमा तथ्याङ्क अभाव तथा स्थानीय समुदायका ...
छठ नजिकिँएसँगै नाङलो बनाउन भ्याइनभ्याइ
समाचार, समाज

छठ नजिकिँएसँगै नाङलो बनाउन भ्याइनभ्याइ

नेपालअखबार,सिरहा। छठपर्व नजिकिएसँगै लहानका सदाय समुदायका मानिसहरूलाई बाँसको नाङ्लो बनाउन भ्याइनभ्याइ छ। बिहान झिसमिसेदेखि साँझ झमक्क हुँदासम्मको दिनचर्या बाँसका सामग्री बनाउँदै बित्छ लहान–१७ वलानसेरका सदाय समुदायको । 'कात्तिक लाग्नेबित्तिकै  बिहानदेखि बेलुकासम्म नाङ्ला बनाउँदै दिन बित्छ। यतिबेला बजारमा नाङ्लाको माग बढी भएकाले आम्दानी पनि हुन्छ,' नाङ्लो बुन्दै गरेका छोटकुन सदायले भने, 'यो उल्लासको समय होे । जीवनका हरेक दुःख बिर्सेर मिठोमसिनो खाने र राम्रो लगाउने पर्व हो । त्यसका लागि पैसाको जोहो गर्नुपर्‍यो।' बाँसका सामग्री बेचेर परिवारको जोहो टरेको उनले बताए। छोटकुनका अनुसार पाँच दिनमा झण्डै १८ वटा नाङ्लो तयार हुन्छ। उमेरले ४५ वर्ष टेकेकी उनी यही पेसामा रमाइरहेका छन्। उनले भने, 'बाउबाजेले यही काम गर्दै आएकाले आफूलाई पनि यही काम सजिलो लाग्छ । विदेशमा पसिना बगाउनुभन्दा परिवारसँगै...
मुस्ताङको घरपझोङ चक्रपथ कालोपत्र सुरु
समाचार, समाज

मुस्ताङको घरपझोङ चक्रपथ कालोपत्र सुरु

नेपालअखबार,म्याग्दी । मुस्ताङको सदरमुकाम जोमसोम बजारसहित घरपझोङ गाउँपालिकाका पाँचवटा वडालाई समेट्ने चक्रपथ सडक कालोपत्र गर्न थालिएको छ । गण्डकी प्रदेश सरकारले प्राथमिकताका साथ सञ्चालन गरेको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रममार्फत पूर्वाधार विकास कार्यालयले घरपझोङ चक्रपथको जोमसोम– ठिनी– ढुम्बा खण्डमा कालोपत्र गर्न थालेको हो । कार्यालयका प्रमुख अजय श्रेष्ठका अनुसार निर्माण व्यवसायीले बिहीबारदेखि जोमसोमतर्फबाट प्रिमिक्स प्रविधिको कालोपत्र गर्न थालेका हुन् । पहिलो दिन एकतर्फी तीन सय मिटर कालोपत्र भएको छ । जोमसोम–ठिनी–ढुम्बा–छैरो खण्डको १२ किलोमिटरमध्ये पहिलो चरणमा पाँच किलोमिटर कालोपत्र गरिने छ । छ किलोमिटर कालोपत्र र छ किलोमिटर ग्राभेल गर्न २०७६ साल असार २६ गते निर्माण कम्पनीसँग रु २१ करोड ४३ लाख १३ हजारमा निर्माण कम्पनीसँग सम्झौता भएको जनाउँदै उक्त  कार्यालयले हालसम्म ६५ प्रति...
तटीय क्षेत्रमा आइपुग्यो चक्रवात दाना, लाखौँ सर्वसाधारणलाई सुरक्षित स्थानमा सारियो
विदेश, समाचार, समाज

तटीय क्षेत्रमा आइपुग्यो चक्रवात दाना, लाखौँ सर्वसाधारणलाई सुरक्षित स्थानमा सारियो

नेपालअखबार,नयाँ दिल्ली । भारतको ओडिशा राज्यको तटीय क्षेत्रमा चक्रवात ‘दाना’ टक्राउने प्रक्रिया सुरु भएको छ । भारतीय मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार यो प्रक्रिया शुक्रबार बिहानसम्म जारी रहने छ। ओडिशाको झण्डै आधा जनसङ्ख्या यस चक्रवाती आँधीबाट प्रभावित हुने सम्भावना छ। आईएमडीका एक वरिष्ठ अधिकारीका अनुसार आँधी ‘दाना’ पछिल्लो छ घण्टामा सुरुवातमा पन्ध्र किलोमिटर प्रतिघण्टाको गतिमा उत्तर–उत्तरपश्चिममा सरेको थियो । त्यसपछि केन्द्रपारा जिल्लाको भिटकर्णिका र भद्रक जिल्लाको धामराको बिचमा पुग्यो। यस अवधिमा हावाको गति करिब ११० किलोमिटर प्रतिघण्टा पुगिसकेको थियो।’ ‘दाना’ आँधीको प्रभाव ओडिशामा मात्र नभई पश्चिम बंगालमा पनि देखिएको छ । यस आँधीका कारण पश्चिम बंगालको तटीय क्षेत्रमा तीव्र हावा चलिरहेको छ र लगातार पानी परिरहेको छ । समाचार एजेन्सी एएनआईका अनुसार चक्रवाती आँधी ‘दाना’ लाई ध्यानमा ...
बङ्गलादेशमा डेंगुका बिरामीको संख्या ५० हजार नाघ्यो, २६४ जनाको मृत्यु
विदेश, समाचार, समाज, स्वास्थ्य

बङ्गलादेशमा डेंगुका बिरामीको संख्या ५० हजार नाघ्यो, २६४ जनाको मृत्यु

नेपालअखबार,काठमाडौँ । बङ्गलादेशी स्वास्थ्य प्राधिकरणले बङ्गलादेशमा डेंगुका कारण हालसम्म २६४ जनाको मृत्यु भएको छ । यस वर्ष देशमा डेंगु पुष्टि भएको कुल सङ्ख्या ५३ हजार १९६ पुगेको छ । लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोगले टाउको दुख्ने, उच्च ज्वरो आउने, थकान महसुस हुने, मांसपेशी र जोर्नी दुख्ने, ग्रन्थिहरू सुन्निने, बान्ता हुनेजस्ता लक्षणसहितको गम्भीर समस्या निम्त्याउँछ ।...