Tuesday, August 11

समाज

‘जेठोबुढो’ धानसहित कास्कीका कृषि उपज खाद्य कम्पनीले किन्ने
कृषि, समाचार, समाज

‘जेठोबुढो’ धानसहित कास्कीका कृषि उपज खाद्य कम्पनीले किन्ने

नेपालअखबार,पोखरा । पोखरेली जेठोबुढो धान संरक्षण तथा प्रवद्र्धनमा किसानसँगै कृषिसम्बन्धी निकाय पनि निकाय जुटेका छन् । पोखराको परिचय बनेको लोपोन्मुख जेठोबुढोको उत्पादन र बजारीकरणमा पोखरा महानगरपालिका लागिपरेको छ । जेठोबुढो रोप्ने किसानलाई बिउ अनुदान तथा प्रोत्साहनका अन्य कार्यक्रम सञ्चालन गर्दै आएको महानगरले खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग  कृषि उपज खरिद गरेको छ । यसले जेठोबुढो बिक्रीको बाटो खुलेको छ । सम्झौताअनुसार महानगर क्षेत्रका किसानले उत्पादन गरेको धान खाद्य कम्पनीले खरिद गर्नेछ । जेठोबुढो न्यूनतम समर्थत मूल्य प्रतिक्विन्टल रु नौ हजार पाँच सय तोकिएको  महानगरको कृषि महाशाखा प्रमुख मनोहर कडरियाले बताए ।  आगामी असार मसान्तसम्म उक्त कम्पनीले जेठोबुढोसँगै अन्य स्थानीय उपज पनि खरिद गर्नेछ । किसानले आफूले चोहेको समय र तोकिएको मूल्यमा कम्पनीलाई जेठोबुढो बेच्न सक्नेछन् । यसअघि पनि...
४० रोपनी जग्गामा तरकारी खेती गरिरहेका ९० वर्षीय तारादत्त
कृषि, समाचार, समाज

४० रोपनी जग्गामा तरकारी खेती गरिरहेका ९० वर्षीय तारादत्त

नेपालअखबार, डडेल्धुरा। सामान्यतया ९० वर्षको उमेरमा अधिकांशलाई हिँडडुल गर्न गाह्रो हुन्छ। तर, डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भात्काँडाका तारादत्त भट्ट ९० वर्षको उमेरमा पनि शारीरिक रुपमा सक्रिय छन्। यो उमेरमा पुगिसक्दा उनले व्यावसायिक कृषि र पशुपालन गरेर वार्षिक २० लाखसम्म आम्दानी गर्दै आएका छन्। ‍भट्टले ४० रोपनी जग्गामा तरकारीखेती गरेका छन्। तरकारीबाटै  वार्षिक १० लाख आम्दानी लिने गरेको उनी बताउँछन्। विगत ३० वर्षदेखि भट्टले खसीबाख्रा र भैँसीपालन पनि गर्दै आएका छन्। हाल उनको गोठमा ५० वटा खसीबाख्रा छन्। तीन वटा उन्नत जातका भैँसी छन्। घरका भित्ताभरी माहुरीका आधुनिक तथा परम्परागत घार छन्। आँगनको कुनामा खरायोका खोर छन् । कृषि पेसामै सक्रिय भएकाले आफू निरोगी भएको उहाँ बताउँछन्। 'सानैदेखि हजुरबुबा र बुबासँग खेतीपाती गर्न सिकेँ । जिन्दगीमा जेजे गरे पनि कृषिलाई छाड्न सकिँन,' उ...
क्षमताभन्दा बढी भएको मेलम्चीको पानी बागमती नदीमा पठाउन थालियो
प्रशासन, समाचार, समाज

क्षमताभन्दा बढी भएको मेलम्चीको पानी बागमती नदीमा पठाउन थालियो

नेपालअखबार,काठमाडौँ । मेलम्ची नदीबाट काठमाडौँको सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रमा आइरहेको प्रशोधन क्षमताभन्दा बढी भएको पानी बागमती नदीमा पठाउन थालिएको छ । अहिले मेलम्ची नदीबाट दैनिक २५ करोड लिटरभन्दा बढी पानी काठमाडौंमा आइरहेको भए पनि करिब १८ करोड लिटर पानी प्रशोधन गरी काठमाडौँ उपत्यकामा वितरण गरिन थालिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी प्रमुख रत्न लामिछानेले राससलाई जानकारी दिए । उनले भने, ‘मेलम्चीबाट दैनिक २५ करोड लिटरभन्दा बढी पानी आइरहेको छ, १८ करोड लिटर पानी प्रशोधन गरी पठाउन थालिएको छ, प्रशोधन क्षमताभन्दा बढी रहेको बाँकी पानी वागमती नदीमा छाडिएको छ ।’ सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रको क्षमताभन्दा बढी पानी वागमती नदीमा पठाइएका कारण अहिले वागमती नदीको बहाव पनि बढ्दै गइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । मेलम्चीबाट आएको बढी पानी बागमती नदीमा पठाइएका ...
एकीकृत बस्तीका ११ वटा भवन उपयोगविहीन
समाचार, समाज

एकीकृत बस्तीका ११ वटा भवन उपयोगविहीन

नेपालअखबार,खोटाङ।  खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कस्थित बसेरीमा निर्माण गरिएका एकीकृत बस्तीमा १९ वटा ट्रस भवन ठडिएका छन्। बीस घर भूकम्पपीडित र चार घर अन्य गरी २४ घर स्थानीय बासिन्दाका लागि भनेर निर्माण सुरु गरिएको ‘रामनाथ बहुउद्देश्यीय एकीकृत बस्ती’ नामकरण गरिएको एकीकृत बस्तीका ट्रस भवन अहिले अलपत्र अवस्थामा छन्। झ्यालढोका थुन्न तथा ट्रस भवनभित्रको भूइँ ढलान गर्न बाँकी रहेको यो बस्तीको दुईवटा ट्रस भवनमा मात्र अहिले मानिस बसेका छन्। ‘रामनाथ बहुउद्देश्य एकीकृत नमूना बस्ती’ नाम दिइएको एकीकृत बस्तीमा शौचालय र खानेपानीको व्यवस्था छैन,' उनले भने। विसं २०७७ मा उद्घाटन गर्नेगरी निर्माण सुरु गरिएको एकीकृत बस्तीमा दुई करोडभन्दा बढी रकम खर्च भएको छ। सिङ्गल वाल (एउटामात्र इँटा प्रयोग गरिएको गाह्रो) लगाइएको आठ फिट अग्लो भवनमा फलामे ट्रस अड्याएर कमसल किसिमको (२७ एमएमको...
हाटबजारमा जताततै माटाका भाँडा
समाचार, समाज

हाटबजारमा जताततै माटाका भाँडा

नेपालअखबार, महोत्तरी। दीपावली र छठको आगमनसँगै महोत्तरीसहित मधेशकाका हटियामा जताततै माटाका भाँडा देखिन्छन्। सामान राख्ने तौला, दही जमाउने छ्याँची, पानी राख्ने घडा, बत्ती बाल्ने दियो, छ्याँची छोप्ने ढकन, र कलशका रूपमा प्रयोग हुने अम्खोरा र छठ पर्व लगत्तै सुरु हुने सामाचकेवा तथा त्यसबेला खेलिने हात्ती र खेलौनासहितका माटाका भाँडा हाटका आकर्षण बनेका छन्। मिथिला परम्परामा माटाका भाँडावर्तन शुद्ध हुने विश्वास तथा प्रयोग गरिने प्रचलनले यी पर्वमा बस्तीपिच्छेका बजारमा उत्साहपूर्वक क्रयबिक्रय जारी छ। अन्य पर्वका  बेला प्रायः नदेखिने कुम्भकारहरू पनि छैटका बेला नयाँ उमंगका साथ बजारमा भेटिन्छन्। उनीहरूका हात साँझबिहान निरन्तर चक्रमा व्यस्त छन्। कतिपय ग्राहकले पेस्की दिएर  भाँडा बनाइ दिन माग गरेका छन्। यस्ता ग्राहकको फर्माइस र बजारमा भाँडाको माग बढेपछि अहिले कुम्हाललाई दोमट माटो खोजेर ल्याउने...
कृषि फार्मबाट वार्षिक १२ लाख आम्दानी
अर्थ, कृषि, समाचार, समाज

कृषि फार्मबाट वार्षिक १२ लाख आम्दानी

नेपालअखबार,पर्वत । कुश्मा नगरपालिका–८ चुवाकी देवीकुमारी क्षेत्रीले व्यावसायिक कृषि फार्म सञ्चालन गरेर वार्षिक रु १२ लाख बढी आम्दानी गर्दै आएकी छिन् । सुन्दरेखोला कृषि तथा पशुपालन फार्म सञ्चालन गरेकी क्षेत्रीले माछा, कुखुरा, बाख्रा तथा हाँसपालन गर्दै आएकी हुन् । दश रोपनी क्षेत्रफलमा पाँचवटा पोखरी निर्माण गरेर व्यावसायिक रूपमा माछा पालन गर्दै आएकी क्षेत्रीले वार्षिक १५ हजार किलोग्राम भन्दाबढी माछा बिक्री गर्ने गरेको बताइन् । माछाका साथै उनको फार्ममा गाईभैँसीसहित, स्थानीय जातका कुखुरा, बाख्रा तथा हाँस पनि छन् । दैनिक ३० देखि ४० लिटर दूध बिक्री गर्दै आएको उनले बताइन् । रु २५ लाख लगानी गरेर सात वर्षदेखि सञ्चालनमा आएको उक्त फार्मबाट सबै खर्च कटाएर वार्षिक रु १२ लाखसम्म आम्दानी हुने गरेको क्षेत्रीले जानकारी दिइन् । फार्ममा उत्पादित माछा, दूध, बाख्रा तथा बोका, कुखुरा, हाँस बिक्री गर्न बजार ज...
छिमेकीका जुत्ता सुँघेको आरोपमा युवकलाई जेल सजाय
प्रशासन, विदेश, समाचार, समाज

छिमेकीका जुत्ता सुँघेको आरोपमा युवकलाई जेल सजाय

नेपालअखबार,ग्रीस । कतिपय मानिसको आनीबानी यस्तो अनौठो र अपत्यारिलो हुन्छ कि त्यसले उनीहरुलाई जेलको हावा खुवाउँछ । ग्रीसमा एकजना २८ वर्षीय युवक छिमेकीको जुत्ता सुँघ्ने बानीका कारण जेल जानु परेको छ। जुत्ता सुँघ्नका लागि पटक-पटक छिमेकीको घर परिसरमा छिरेर दिक्क पारेको अभियोगमा उनी दोषी ठहर भएका हुन् । ग्रीसको सिन्दोस सहरमा गत अक्टोबर ८ मा एक युवक पक्राउ परे । बिहान सबेरै छिमेकीको घर परिसरमा छिरेर बाहिर राखिएका जुत्ताहरु सुँघिरहेको अवस्थामा उनलाई देखेपछि छिमेकीले प्रहरीलाई खरब गरेका थिए र पुलिसले उनलाई पक्रिएको थियो । नाम नखुलाइएका ती युवक यसअघि पनि जुत्ता सुँघ्नका लागि आफ्नो घर परिसरमा पटक-पटक लुसुक्क छिर्ने गरेको र उनको त्यस्तो बानीले दिक्क पारेको भन्दै उनीविरुद्ध छिमेकीले प्रहरीमा खबर गरे । पक्राउ गरेर स्थानीय अदालतमा उपस्थित गराइएका ती युवकको बयान तथा प्रमाणहरुका आधारमा अदालतले...
प्रतिदिन १० लाख डलर पुरस्कार दिने मस्कको योजनाविरुद्ध ​​सरकारको चेतावनीसहितको पत्र
विदेश, समाचार, समाज

प्रतिदिन १० लाख डलर पुरस्कार दिने मस्कको योजनाविरुद्ध ​​सरकारको चेतावनीसहितको पत्र

नेपालअखबार,वासिङ्टन । अमेरिकी न्याय विभागले एलोन मस्कको अभियान अमेरिका पीएसीलाई चेतावनीसहितको पत्र पठाएको छ। विभागले ट्रम्पको समर्थनमा रहेको मस्कको चुनावी अभियान संगठनलाई पत्र लेखेको हो । मतदातालाई प्रतिदिन १० लाख अमेरिकी डलर दिने मस्कको योजना कानुन उल्लंघनको दायरामा आउन सक्ने पत्रमा भनिएको छ । विभागले पत्र पठाएको बीबीसी सम्बद्ध सीबीएस न्युजले पुष्टि गरेको छ। मस्कको चुनावी अभियानलाई पठाइएको पत्रको जानकारी पहिलो पटक सीएनएनले साझा गरेको थियो। मस्कको अभियानले अमेरिका पीएसीको यो पुरस्कार योजनामा ​​सात स्विङ राज्यमा दर्ता भएका मतदाताहरूलाई एउटा याचिकामा हस्ताक्षर गर्न अपिल गरेको छ। चुनाव नहुँदासम्म प्रत्येक दिन उक्त याचिकामा हस्ताक्षर गर्ने एक व्यक्तिलाई एक मिलियन अमेरिकी डलर दिइनेछ। केही कानुनविद्हरूले यो पुरस्कार योजना गैरकानूनी हुनसक्ने पहिल्यै बताएका थिए। अक्टोबर १९ मा, चिट्ठाको पह...
चक्रवाती आँधी ‘दाना’ पश्चिम बंगाल र ओडिशाको तटीय क्षेत्रमा आइपुग्ने
प्रशासन, विदेश, समाचार, समाज

चक्रवाती आँधी ‘दाना’ पश्चिम बंगाल र ओडिशाको तटीय क्षेत्रमा आइपुग्ने

नेपालअखबार,नयाँ दिल्ली । चक्रवाती आँधी दाना आज भारतको पश्चिम बंगाल र ओडिशाको तटीय क्षेत्रमा पुग्न सक्ने बताइएको छ। यसैबिच पश्चिम बंगाल र ओडिशाका सरकारले चक्रवात दानासँग लड्नका लागि तयारी पूरा भएको बताएको छ । ‘दाना’ आँधीका कारण रेलवेले ‘वन्दे भारत’, राजधानी एक्सप्रेसलगायत दुई सयभन्दा बढी रेल सञ्चालनमा रोक लगाइएको छ । सावधानीका रूपमा पश्चिम बंगाल र ओडिशाका सरकारले तटीय क्षेत्रबाट करिब तीन लाख मानिसलाई सुरक्षित स्थानमा सारिसकेको छ। दुवै राज्यमा तटीय जिल्लाका सबै विद्यालय अक्टोबर २५ सम्म बन्द गरिएको छ भने चिकित्सकसहित सबै सरकारी कर्मचारीको बिदा रद्द गरिएको छ । दाना आँधी बुधबार रातिदेखि बिहीबार बिहानसम्म पुरी र सागर द्वीपको बिचको तटमा पुग्न सक्छ। जसका कारण बिहीबार र शुक्रबार भारी वर्षाको सम्भावना रहेको छ । पश्चिम बङ्गालका मुख्यमन्त्री ममता बनर्जीले सम्भावित रूपमा दानाबाट प्रभावित ...
तिहारमा काठमाडौँमा प्लास्टिकको मालामा प्रतिबन्ध
प्रशासन, समाचार, समाज

तिहारमा काठमाडौँमा प्लास्टिकको मालामा प्रतिबन्ध

नेपालअखबार,काठमाडौँ । काठमाडौँ महानगरपालिकाले प्लास्टिकका पुष्प गुच्छा तथा माला बिक्री वितरण र प्रयोगमा प्रतिबन्ध लगाएको छ । महानगरले आज एक सूचना प्रकाशित गर्दै आफ्नो वार्षिक नीति तथा कार्यक्रममा नै एकल प्रयोगको प्लास्टिक, प्लास्टिकको फूल गुच्छा, माला बिक्री, वितरण, भण्डारण, ओसार–पसार र प्रयोग तथा ४० माइक्रोनभन्दा पातला झोलाको बिक्री, वितरण, भण्डारण र प्रयोगमा पूर्ण रूपमा निषेध गरिएको स्मरण गराएको हो । प्लास्टिकको झोलाको विकल्पमा कागज वा कपडाको झोला प्रयोग गर्नुपर्ने व्यवस्था गर्न सबै प्रकारका उत्पादक, वितरक, बिक्रेता तथा सर्वसाधारणको अनुरोध गरिएको छ । महानगरपालिकाको अनुगमन टोलीले निरीक्षणको क्रममा उक्त निषेध गरिएका कार्य भए गरेको पाइएमा काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ बमोजिम कारबाही गर्ने चेतावनी समेत महानगरले दिएको छ ।...