Friday, August 14

समाज

किसानलाई हल गोरु वितरण
प्रशासन, समाचार, समाज

किसानलाई हल गोरु वितरण

नेपालअखबार, भोजपुर ।  भोजपुरको हतुवागढी गाउँपालिकाले किसानलाई प्रोत्साहन गर्न हल गोरु वितरण कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसअघि फैलिएको लम्की स्किन रोगका कारण गोरु मरेपछि किसानलाई प्रोत्साहन स्वरूप हल गोरु वितरणको कार्यक्रम ल्याएको हो । पशुपन्छी तथा कृषि विकासका लागि रु ५६ लाख २० हजार बराबरको कार्यक्रम सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले बताए । किसानको मागको आधारमा आगामी आर्थिक वर्षमा नौ हल गोरु वितरण गरिने प्रमुख प्रशासकीय अधिकृत निरौलाले जानकारी दिए । किसानलाई गोरु वितरणको लागि रु तीन लाख ६० हजार बजेटसमेत विनियोजन गरिएको उनको भनाइ छ  । “हामीले किसानलाई प्रोत्साहन गर्नको लागि हल गोरु वितरण कार्यक्रमअघि सारेका छौँ”, प्रशासकीय अधिकृत निरौलाले भने, “लम्की स्किन रोगले धेरै किसानका गोरु मरेका कारण उनीहरू समस्यामा छन् । यो कार्यक्रममार्फत उनीहरूलाई केही राहत पुग्नेछ ।” ...
च्याउ खोज्न जंगल गएका तीन महिलामाथि बाघको आक्रमण
समाचार, समाज

च्याउ खोज्न जंगल गएका तीन महिलामाथि बाघको आक्रमण

नेपालअखबार, दाङ। दाङमा बाघको आक्रमणमा परी तीन जना घाइते भएका छन्। सोमबार बिहान साढे ६ बजेतिर तुलसीपुर – ९ स्थित नव दुर्गा सामुदायिक वनमा च्याउ खोज्न गएका तीन महिला घाइते भएका हुन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार घाइतेहरूमा तुलसीपुर उपमहानगरपालिका– ९ बेलुवाका ४५ वर्षीया कमला केसी, ५२ वर्षीया सीताकुमारी भण्डारी र १८ वर्षीया सरिता भण्डारी छन्। केसीको दुवै हात, सीताको ढाड र पेट तथा सरिताको दायाँ हातमा चोट लागेको छ। उनीहरु तीनै जनाको तुलसीपुरस्थित राप्ति प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। तीनै जनाको स्वास्थ्य सामान्य छ। घाइतेहरूले च्याउ खोज्ने क्रममा आफूहरूमाथि बाघले आक्रमण गरेको बताएका छन्। आक्रमण गर्ने बाघ नै हो कि चितुवा हो भन्नेबारेमा थप सोधखोज र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस...
पुरानै शैलीमा पुनर्निर्माण हुँदै लमजुङ दरबार
प्रशासन, समाचार, समाज

पुरानै शैलीमा पुनर्निर्माण हुँदै लमजुङ दरबार

नेपालअखबार, लमजुङ । चौबिसे राज्यका पालाको लमजुङ दरबार पुनर्निर्माण भइरहेको छ । सोह्रौँ शताब्दीमा बनेको जिकिर गरिएको उक्त दरबार जीर्ण भएपछि पुरातत्त्व विभागले दुई वर्षअघि पुनर्निर्माण थालेको थियो । विभागका इन्जिनियर गोविन्द अधिकारीका अनुसार दरबार पुनर्निर्माणमा झण्डै ७० प्रतिशत भौतिक प्रगति भएको छ । “स्रोतको कमी भएन भने आगामी आर्थिक वर्षभित्रमा काम पूरा गर्ने लक्ष्य लिइएको छ”, उनले भने, “यो वर्ष बजेट कम भएकाले सोचे जति काम हुन सकेन ।” गत आवमा रु एक करोड ३३ लाख बजेटबाट पुनर्निर्माण सुरु गरिएकामा चालु आवमा सरकारले जम्मा रु ५० लाख बजेट छुट्टाएको थियो । पहिलो वर्ष भक्तपुरको निर्माण कम्पनी ‘एनपीएस’ र यो वर्ष भक्तपुरकै ‘आरजिएस/विष्णु जेभी’ले दरबार पुनर्निर्माणको जिम्मा पाएको हो । इन्जिनियर अधिकारीले पुरानै शैली र स्वरूपमा दरबारको पुनर्निर्माण भइरहेको बताए । दरबारसहित ऐतिहासिक कालिका मन्दि...
नारायणगढ–बुटवल सडक खण्ड विस्तारको काम रोकियो
समाचार, समाज

नारायणगढ–बुटवल सडक खण्ड विस्तारको काम रोकियो

नेपालअखबार,  नवलपुर । निरन्तर परेको वर्षाको कारण नारायणगढ बुटवल सडक खण्ड विस्तारको काम ठप्प भएको छ । नारायणगढ बुटवल सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापा मगरकाअनुसार अहिले सडक विस्तारको काम भन्दा पनि यातायात सहज रुपमा सञ्चालन गराउनका लागि पहल भइरहेको छ। ‘वर्षातमा सडक विस्तारको काम गर्न सकिने अवस्था नभएपछि अहिले यातायात सहज बनाउनेतर्फ हामीले ध्यान दिएका छौँ,’ उनले भने, ‘निर्माण कम्पनीले आफ्नो जनशक्ति र उपकरण सडक अवरुद्ध भएको ठाउँमा यातायात सहज बनाउन लगाएको छ ।’ सडकमा भएका खाल्डाखुल्डी पुर्ने, वर्षातले बाटो चिप्लो भएको ठाउँमा गिटी राख्ने, पहिरो हटाउनेलगायतको काममा निर्माण व्यवसायीलाई खटाइएको उनले बताए । ‘यस वर्षको मनसुन सुरु भएपछि एक हप्ता अगाडिदेखि नै निर्माण कम्पनीले आफ्नो स्रोतहरु घटाउँदै लगेको थियो,’ उनले भने, ‘पानी परेपछि सडक विस्तारको काम गर्न नमिल्ने भएकाले काम ...
बाढी, पहिरो र डुबानमा देशभर १४ जनाको मृत्यु
समाचार, समाज

बाढी, पहिरो र डुबानमा देशभर १४ जनाको मृत्यु

नेपालअखबार, काठमाडौँ । शुक्रबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानमा परी हालसम्म देशभर १४ जनाको मृत्यु भएको छ। बाढी पहिरालगायतका विपद्जन्य घटनामा परेर अन्य तीन जना बेपत्ता भएका छन्। १८ जना घाइते भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार बाढी, पहिरो तथा विपद्जन्य घटनामा पुरिएर काठमाडौंमा एक, स्याङ्जामा तीन, पर्वतमा दुई, उदयपुरमा एक, काभ्रेमा दुई, पाल्पामा एक, तनहुँमा तीन तथा दाङमा एक जना गरी १४ जनाको मृत्यु भएको छ। काठमाडौंस्थित नागार्जुन नगरपालिका–३ को पहिरोमा पुरिएर गोरखा लखन थापा गाउँपालिका–६ का मनोज विकको मृत्यु भएको थियो। पहिरोमा परी उदयपुरको रौतामाई गाउँपालिका–५ का राज राई, काभ्रेको रोशी गाउँपालिका–११ बस्ने जालमाया रुजालमगर र सेतीमाया रुजालको मृत्यु भएको छ। त्यसैगरी पहिरोमा पुरिएर तनहुँको शुक्लाग...
महाकालीमा पानीको बहाव बढ्यो, सवारीसाधन चलाउन बन्देज
समाचार, समाज

महाकालीमा पानीको बहाव बढ्यो, सवारीसाधन चलाउन बन्देज

नेपालअखबार, महेन्द्रनगर । महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेज (बनबासा पुल) मा सवारीसाधन चलाउन बन्देज  लगाइएको छ । महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि पुलमा चारपाङ्ग्रे ठूला सवारीसाधन चलाउन रोक लगाइएको हो । साना सवारीसाधन र पैदलयात्रुलाई भने ओहोरदोहोर गर्न दिइएको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायब निरीक्षक राधाकृष्ण नाथले जानकारी दिए । आज बिहान ७ बजे महाकाली नदीमा गरिएको मापनअनुसार अहिले पानीको बहाव एक लाख ६४ हजार ६ सय ६० क्युसेक रहेको छ । “शनिबार बेलुकी ४ बजेदेखि नै पानीको बहाव बढेपछि बनबासा पुलमा ठूला सवारीसाधन चलाउन रोक लगाइएको छ”, उनले भने । शनिबार साँझ महाकालीमा एक लाख पाँच हजार क्युसेक पानी मापन गरिएको थियो । बनबासा पुलमा ठूला सवारीसाधन चलाउन रोक लगाउपछि पश्चिमीनाका गड्डाचौकी हुँदै नेपाल–भारत आवतजावत गर्ने यात्रु मर्कामा परेका छन् । क...
सप्तकोशी ब्यारेजका ४६ वटा ढोका खोलिए
समाचार, समाज

सप्तकोशी ब्यारेजका ४६ वटा ढोका खोलिए

नेपालअखबार, काठमाडौँ । सप्तकोशी नदीको जलसतह बढ्दै गएको छ। आइतबार ६ बजेसम्म सप्तकोशीमा जल सतह ३ लाख ४२ हजार ६५ क्यूसेक पुगेको सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्र कुमार यादवले जानकारी दिए। सप्तकोशीमा आइतबार बिहानको जलसतह यसपालिकै उच्च हो। जलसहत बढेपछि ४६ वटा ढोका खोलिएको सहायक प्रजिअ यादवले जानकारी दिए। साथै तटीय क्षेत्रमा रहेकाहरूलाई सतर्क गराइएको र प्रहरीबाट निरन्तर निगरानी गरिएको उनले बताए। बराहक्षेत्र नगरपालिका र कोशी गाउँपालिकामा नदी आसपासका वस्तीहरुमा सुरक्षित रहन भनिएको र अहिलेसम्म कुनै क्षति नभएको सहायक प्रजिअ यादवले बताए। सप्तरीका प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्रातीले कोशी ब्यारेजका ५६ मध्ये ४६ वटा ढोका खोलिएको जानकारी दिए। ‘रेडलाइटहरू बलिसकेका छन्। जोखिमयुक्त छ। प्रभावित क्षेत्रमा सुरक्षा सतर्कता अपनाउन स्थानीयलाई खबर पनि गरिसकेका छौं,’ प्रजिअ ...
२ दिनदेखि कर्णाली राजमार्गअवरुद्ध हुँदा यात्रु अलपत्र
समाचार, समाज

२ दिनदेखि कर्णाली राजमार्गअवरुद्ध हुँदा यात्रु अलपत्र

नेपालअखबार,सुर्खेत । कर्णाली राजमार्ग दुई दिनदेखि अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा अवरुद्ध राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन । राजमार्गको कालीकोट खण्डमा तीन ठाउँमा गएको पहिरो पन्छाउन बाँकी रहेकाले आइतबार बिहानसम्म पनि राजमार्ग सञ्चालन हुन नसकेको हो । राजमार्गको दैलेख खण्डमा अवरुद्ध भएको सड्क भने सञ्चालनमा आइसकेको कर्णाली प्रदेश प्रहरीले जनाएको छ । कालीकोटको शुभकालिका गाउँपालिका-१, गगने खोला, खाँडाचक्र नगरपालिका-२, उम्ल बजार र तिलगुफा नगरपालिका -६, टिमुरेमा पहिरो जाँदा सडक अवरुद्ध भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी विनोद शर्माले जानकारी दिए । ‘अहिलेसम्म कर्णालीमा मानवीय क्षति भएको छैन । कर्णाली राजमार्गको तीन ठाउँमा अवरुद्ध छ,’ एसपी शर्माले अनलाइनखबरसँग भने, ‘अवरुद्ध सड्कको पहिरो हटाउने काम भइरहेको छ ।’राजमार्ग अव...
तनहुँको शेराटारमा पृथ्वीराजमार्गको कल्भर्ट बाढीले बगायो
समाचार, समाज

तनहुँको शेराटारमा पृथ्वीराजमार्गको कल्भर्ट बाढीले बगायो

नेपालअखबार, तनहुँ। पृथ्वीराजमार्ग अन्तर्गत जिल्लाको शुक्लागण्डकी–७ शेराटारमा रहेको अस्थायी कल्भर्ट बाढीले बगाएपछि सवारी आवतजावत पूर्ण रुपमा बन्द भएको छ ।शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण खोलामा आएको बाढीले कल्भर्ट बगाउँदा राजमार्ग भएर गुड्ने सयौँ सवारीसाधन ठप्प भएका छन् । सूचनाको जानकारी पाएलगत्तै घटनास्थलतर्फ प्रहरी टोली पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले बताउनुभयो । उहाँले भन्नुभयो, “कल्भर्ट बगाएपछि राजमार्गमा सवारीसाधन सञ्चालन गर्न समय लाग्ने देखिएको छ ।” म्याग्दे गाउँपालिका–६ मौरी ओढारमा आज पहिरो खस्दा सडक अवरुद्ध भएको छ । वर्षासँगै पहिरो खसिरहेकाले पानी नरोकिएसम्म पहिरो पन्छाउन कठिनाइ देखिएको उपरीक्षक रायले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सडक माथिबाट निरन्तर पहिरो खसिरहेकाले पन्छाउन समस्या भइरहेको छ । पानी पर्न रोकिएपछि पहिरो पन्छा...
स्याङ्जामा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु
समाचार, समाज

स्याङ्जामा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु

नेपालअखबार,स्याङ्जा । स्याङ्जाको बिरुवा गाउँपालिकामा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । बिरुवा गाउँपालिका वडा ६ लामाखेतका ईश्वरी लम्सालको घर पहिरोले पुरेको हो ।पहिरोमा परी बिरुवा-६ माझकोटकी ६५ वर्षीया गुहेश्वरी शर्मा मरासिनी र ६७ वर्षीया हरिमाया शर्माको ज्यान गएको हो । माझकोटकै ७१ वर्षीय माधव शर्मा बेपत्ता छन् । उनको खोजी भइरहेको स्याङ्जा प्रहरीका सूचना अधिकारी डिएसपी इन्द्रबहादुर रानाले जानकारी दिए ।...