Saturday, August 15

समाज

पानीको मुहान संरक्षण गर्न १५ वटा सामुदायिक वनमा ‘रिचार्ज’ पोखरी
समाचार, समाज

पानीको मुहान संरक्षण गर्न १५ वटा सामुदायिक वनमा ‘रिचार्ज’ पोखरी

नेपालअखबार ,खोटाङ । पानीको मुहान संरक्षण गर्न खोटाङका विभिन्न १५ सामुदायिक वनमा धमाधम ‘रिचार्ज’ पोखरी निर्माण हुँदैछन् । जलवायु परिवर्तनका असरले मुहान सुक्न थालेपछि संरक्षण गर्न जिल्ला डिभिजन वन कार्यालयले १५ वटा सामुदायिक वनमा रिचार्ज पोखरी निर्माण सुरु गरेको हो । हलेसी तुवाचुङ नगरपालिकाका चार, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र केपिलासगढी गाउँपालिकाका दुई–दुई, जन्तेढुङ्गा गाउँपालिकाका तीन तथा रावाबेँसी गाउँपालिका र ऐसेलुखर्क गाउँपालिकाका तीनवटा सामुदायिक वनमा रिचार्ज पोखरी निर्माणको थालिएको डिभिजन प्रमुख पशुपति दाहालले बताए । “मुहानको शिरमा वर्षाको पानी जमाउने र जमिनलाई रिचार्ज गरेर मुहान सुक्नबाट जोगाउन रिचार्ज पोखरी उपयोगी हुन्छ । वर्षाको पानीबाट हुने जमिन कटान रोकथाम गर्दै  मुहान संरक्षण गर्न रिचार्ज पोखरी निर्माणको काम सुरु गरिएको हो”, उनले भने, “रिचार्ज पोखरी निर्माणका लागि ज...
नेपाली मुस्लिम हजयात्रीहरुलाई हज समितिले असहयोग गरेको भन्दै असन्तुष्टि
धर्म/संस्कृति, समाचार, समाज

नेपाली मुस्लिम हजयात्रीहरुलाई हज समितिले असहयोग गरेको भन्दै असन्तुष्टि

नेपालअखबार ,काठमाडौं ।  साउदी अरबको मक्कामा हज गर्न गत जेष्ठ २ गते नेपाली हजयात्री पुगेका  थिए । नेपाली हजयात्रीलाई संम्झौता अनुसार तोकिएको सेवासुविधा समेत नदिइएको र गुनासो सुन्ने तथा समस्या समाधान गर्न कुनै जिम्मेवार व्यक्ति उपस्थित नभएको गुनासो हजयात्रीहरुले गरेका छन् । हजका लागि नेपालबाट ७५४ जना साउदी अरब गएका छन् । साउदी रहेका एक हजयात्रीले  भने, यहाँको अवस्था बिजोग छ, हज कमिटीका कोही व्यक्तिहरु पनि देखिँदैनन् केही गुनासो गरे बंगाली र बर्मेली दलालहरु प्रयोग गरी थर्काउने काम भै रहेको छ । त्यसैले जेष्ठ नागरिक, महिला तथा अन्य व्यक्तिहरु निरीह भएर बस्नु परेको छ । पैसा तिरेरै गएको हो तर पैसा तिरेबापत सुविधा पाइएन । हजयात्रीहरुका लागि भनेर व्यवस्था गरेका चिकित्सक साउदीमै भएपनि औषधी तथा आवश्यक अन्य सामग्री गुणस्तरहीन भएको भन्दै असन्तुष्टि जनाएका छन् । हजयात्रीले आफूहरुले पाएको दु:खका...
देवदह खयरडाँडामा भेटियो प्राचीन इनार
समाचार, समाज, हाइलाइट-समाचार

देवदह खयरडाँडामा भेटियो प्राचीन इनार

नेपालअखबार,रुपन्देही। गौतमबुद्धको मावली कोलीय गणराज्यको दरबार क्षेत्र दाबी गर्दै आइएको रुपन्देहीको देवदहस्थित खयरडाँडामा प्राचीन इनार फेला परेको छ। देवदह नगरपालिकाको आर्थिक सहयोगमा लुम्बिनी विकास कोष, पुरातत्व विभागले यही जेठ १६ गतेदेखि उत्खननका क्रममा इँटाबाट निर्मित दुई मिटर चौडाइ र साढे तीन मिटर गहिराइ भएको प्राचीन इनार भेटिएको लुम्बिनी विकास कोषका वरिष्ठ पुरातत्व अधिकृत हिमालकुमार उप्रेतीले जानकारी दिए। गत वर्ष लुम्बिनी विकास कोषले उत्खनन गर्दा इँटाको माथिल्लो भाग मात्रै देखा परेको थियो। ‘गत वर्ष इनारको माथिल्लो भाग मात्रै भेटिएको थियो, यस वर्ष इनारको बेस(तल्लो भाग)सम्म जाने योजनाअनुसार उत्खनन गर्दा इनारको पूर्ण आकार भेटिएको छ,’ उप्रेतीले भने। उनका अनुसार सो इनार कुन समयको भन्ने कार्बन डेटिङपछि मात्रै यकीन हुनेछ। इनारको दक्षिणतर्फ पर्खालका भग्नावशेष पनि भेटिएको उप्रेतीले बत...
बन्द भए चितवनका इँटा उद्योग
समाचार, समाज

बन्द भए चितवनका इँटा उद्योग

नेपालअखबार, चितवन । जिल्लामा सञ्चालित इँटा उद्योग बन्द भएका छन् । विगतमा ४४ वटासम्म रहेको इँटा उद्योग अहिले पूर्ण रूपमा बन्द भएका हुन् । इँटा उद्योग सङ्घ चितवनका अध्यक्ष नारायण सापकोटाका अनुसार केही वर्ष अघिसम्म जिल्लाका विभिन्न ठाउँमा ४४ वटा इँटा उद्योग सञ्चालनमा थिए । ती उद्योग क्रमशः घट्दै अहिले पूर्ण रूपमा बन्द भएका हुन् । सापकोटाले भने, “विगत डेढ वर्षभित्र जिल्लाका सबै इँटा उद्योग बन्द भएका छन् ।” उनका अनुसार आर्थिक मन्दीका कारण इँटाको माग घट्नु र अस्वस्थ प्रतिस्पर्धाले उद्योग बन्द भएका हुन् । यससँगै बाहिरी जिल्लाबाट कम गुणस्तरका इँटा आउने र त्यस्ता इँटा सस्तो मूल्यमा दिँदा उपभोक्ता झुक्किएर यहाँको उच्च गुणस्तरको इँटा खपत हुन नसकेको उनको भनाइ छ । उद्योग बन्द भएसँगै रु एक अर्बभन्दा बढी नोक्सान भएको सापकोटाले जानकारी दिए । उद्योग बन्द हुँदा हजारौँले रोजगारी गुमाएका छन् । बाहिरी...
धनुषामा आँपको उत्पादन २३ हजार मेट्रिक टन हाराहारी
कृषि, समाचार, समाज

धनुषामा आँपको उत्पादन २३ हजार मेट्रिक टन हाराहारी

नेपालअखबार, जनकपुरधाम । धनुषामा यस वर्ष अर्थात् चालु आर्थिक वर्षमा आँपको उत्पादन गत वर्षको तुलनामा अधिक भएको छ । आँपको उत्पादन राम्रो रहकाले आर्थिक समस्याबाट गुज्रिरहेका किसानलाई धेरै राहत भएको बताइएको छ । जिल्लाका विभिन्न ग्रामीण तथा शहरी क्षेत्रमा गरिएको आँप खेतीबाट चालु आर्थिक वर्षमा २३ हजार १०० मेट्रिक टन आँप उत्पादन भएको एक तथ्याङ्कले जनाएको छ । विभिन्न प्रजातिका रु २३ करोड १० लाख मूल्य बराबरको आँप उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र धनुषाका अनुसार यस जिल्लामा चार हजार हेक्टर जमिनमा आँपको रूख रहेकामा दुई हजार तीन सय हेक्टर जमिनमा उपरोक्त परिमाणमा आँप उत्पादन भएको जनाइएको छ । गत आर्थिक वर्षमा पनि किसानले सोही अनुपातमा आँपको खेती गरेको थियो । एक वर्ष आँप फल्ने र अर्को वर्ष आँप नफल्ने प्राकृतिक कारणले गत वर्ष आँपको उत्पादन अत्यन्त कम भएको थियो । त्यस कारण आँपको उत्पादन कम हुँदा ...
हल्ट प्राइजमा सहभागी हुने नेकका विद्यार्थीलाई विदाई
समाचार, समाज

हल्ट प्राइजमा सहभागी हुने नेकका विद्यार्थीलाई विदाई

नेपालअखबार,काठमाडौं । विद्यार्थीहरूको लागि नोबेल पुरस्कारका रूपमा परिचित हल्ट प्राइजको सेमिफाइनल प्रतिष्पर्धामा भाग लिन नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीहरु मुम्बई प्रस्थान गरेका छन् । विद्यार्थीहरूलाई रचनात्मक र सामाजिक उद्यमहरू विकास गर्न प्रोत्साहित गर्ने विश्वकै प्रतिष्ठित हल्ट प्राइजको नयाँ संस्करणमा कलेजका तीन जना विद्यार्थीहरु छनौट भएका थिए । एक लाख अमेरिकी डलर पुरस्कार राशी भएको हल्ट प्राइजको अन्तराष्ट्रिय प्रतिष्पर्धामा भाग लिन कलेजका लजिता भट्ट, लिजा तामाङ र साइम मानन्धर जुन ७ र ८ मा भारतको मुम्बईमा हुने प्रतिष्पर्धामा भाग लिने मौका पाएका हुन् । उनीहरुलाई बुधबार कलेजले खादा तथा अविर लगाएर विदाईसमेत गरेको छ । प्रतिष्पर्धामा भाग लिन जाने विद्यार्थीहरुलाई विदाई गर्दै कलेजका कार्यवाहक प्रिन्सिपल दुर्गाप्रसाद भण्डारीले नेपालको तथा कलेजको नाम उच्च राख्ने गरी प्रतिष्पर्धामा भाग लि...
जाजरकोटमा भूकम्पको धक्का
समाचार, समाज

जाजरकोटमा भूकम्पको धक्का

नेपालअखबार,  जारकोट। जारकोटको बारेकोटमा भूकम्पको धक्का महसुस गरिएको छ। बिहीबार बिहान ७ बजेर ३८ मिनेटमा ३.८ म्याग्नेच्युडको भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ। गत कात्तिक १७ गते जाजरकोकोटको रामीडाँडा केन्द्र गरी ५.७ म्याग्नेच्युडको भूकम्प गएको थियो। जसमा परी १५७ जनाको मृत्यु भएको थियो। ३७५ जना घाइते भएका थिए।...
कर्णाली नदीमा एक जना बेपत्ता
समाचार, समाज

कर्णाली नदीमा एक जना बेपत्ता

नेपालअखबार, धनगढी । कर्णाली नदीमा डुबेर एक जना बेपत्ता भएका छन् । बुधबार साँझ करिब पौने ५ बजेको समयमा मोहन्याल गाउँपालिका-४ स्थित कर्णाली नदीमा नुहाउने क्रममा ४१ वर्षीय धनबहादुर पुन डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ । प्युठानको स्वर्गद्वारी नगरपालिका-१ जिमरी घर भएका पुन मोहन्याल सामुदायिक वनमा खोटो निकाल्ने काम गर्दै आएका थिए । बुधबार उनी कर्णाली नदीमा नुहाउने पुगेका थिए तर नुहाउने क्रममा डुबेर बेपत्ता भएका हुन् ।अहिले इलाका प्रहरी कार्यालय पण्डौनको टोलीले उनको खोजी जारी राखेको छ ।...
सेनाको सहयोगमा गलकोट कोतघर जीर्णोद्धार
प्रशासन, समाचार, समाज

सेनाको सहयोगमा गलकोट कोतघर जीर्णोद्धार

नेपालअखबार, बागलुङ । नेपाली सेनाको सहयोगमा यहाँस्थित कोतघर धमाधम जीर्णोद्धार भइरहेको छ । यसको  मौलिक स्वरुप कायम गरिएको छ । गलकोट नगरपालिका–३ स्थित उक्त कोतघर चौबिसे राज्यका पालाको हो । गलकोट नगरपालिका–३ का वडा अध्यक्ष फमबहादुर खत्रीले नेपाली सेनाको सहयोगमा गलकोट कोतघरको पुनःनिर्माण चलिरहेको र अहिले पुनःनिर्माणको ५० प्रतिशत काम सम्पन्न भएको जानकारी दिए । कोतघरलाई पुरानै शैलीमा नयाँ काठको प्रयोग, झ्याल ढोका नयाँ राख्ने र छाना पुरानै स्वरुपमा छाउने काम चलिरहेको छ । गलकोट राज्य सञ्चालन गरिएको दरबारको भग्नावशेष नजिकै रहेको कोतघर विसं २०४० मा पुनःनिर्माण गरी ढुङ्गाले छाइएको थियो । त्यसयता गलकोट नगरपालिकाले मर्मतसम्भार गर्दै आए पनि भत्काएर पुनःनिर्माण भने गरिएको थिएन । “बाहिरबाट रङ्गरोगन गरिए पनि भित्र काठ कुँहिएको रहेछ, ढुङ्गाको छाना चुँहिएर कोतघर जीर्ण भएको थियो, नगरपालिकाले विस्तृत प...
सफा हिमाल अभियान : ५ वर्षमा १०८ मेट्रिक टन फोहोर र १२ शव झिकियो
प्रशासन, समाचार, समाज

सफा हिमाल अभियान : ५ वर्षमा १०८ मेट्रिक टन फोहोर र १२ शव झिकियो

नेपालअखबार, काठमाडौं । नेपाली सेनाको अगुवाइमा सञ्चालित ‘सफा हिमाल अभियान’बाट पाँच वर्षको अवधिमा सर्वोच्च शिखर सगरमाथा सहित प्रमुख हिमालबाट १२ शव र १०८ मेट्रिक टन फोहोर सङ्कलन गरिएको छ । नेपालमा रहेका हिमालको स्वच्छता कायम राख्ने उद्देश्यले सन् २०१९ देखि सुरु भएको अभियानका क्रममा हालसम्म चारवटा अस्थिरपञ्जर सङ्कलन गरिएको सेनाले जनाएको छ ।  सन् २०२४ मा सञ्चालित अभियानअन्तर्गत विभिन्न हिमालबाट ११ मेट्रिक टन फोहोर, चारवटा शव तथा एउटा अस्थिरपञ्जर सङ्कलन तथा व्यवस्थापन गरिएको छ । सगरमाथा, ल्होत्से र नुप्से हिमालका विभिन्न स्थानबाट २ हजार २२६ किलो कुहिने र ८ हजार ७७४ किलो नकुहिने गरी कुल ११ हजार किलोग्राम फोहोर सङ्कलन गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका निर्देशक सहायक रथी सञ्जय देउजाले जानकारी दिए । कुहिने फोहोरलाई स्थानीय तहसँगको सहकार्यमा नाम्चे इलाकामा सगरमाथा प्...