Saturday, August 15

समाज

तीन महिनामा मरे तीन पाटेबाघ
समाचार, समाज

तीन महिनामा मरे तीन पाटेबाघ

नेपालअखबार,चितवन । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रसँग नजिक रहेका नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का राष्ट्रिय तथा सामुदायिक वनमा दुलर्भ पाटेबाघको गतिविधि बढेसँगै मृत्यु हुनेक्रम बढेको छ। जिल्लामा गएको फागुनदेखि यही जेठ ९ गतेसम्म तीन पाटेबाघ मृत फेला परेका छन्। निकुञ्ज र मध्यवर्ती सामुदायिक वनभन्दा बाहिर रहेका जनावरको निकुञ्जले संरक्षणमा ध्यान नदिने र डिभिजन वन कार्यालयले आफ्नो इलाकामा रहेका वन्यजन्तुको गणना नगर्ने गरेका कारण यो क्षेत्र अहिले पाटेबाघका लागि असुरक्षित बन्दै गएको छ। यसअघि दुई भाले पाटेबाघ मृत फेला परेका थिए भने अहिले फेरि पोथी पाटेबाघ मृत फेला परेको हो। विनयी त्रिवेणी गाउँपालिका–२ दुम्किबासको विनयी खोला बगरमा पाटेबाघ देखेपछि स्थानीयले शव डिजिभन वन कार्यालय दुम्किबासलाई खबर गरेको थियो। खोला किनारमा चार र पाँच दिनदेखि स्थानीयले पाटेबाघ देखे पनि मानवीय क्षति हुन...
दीक्षित भए आधारभूत तालिम लिएका १४९ प्रहरी निरीक्षक
प्रशासन, समाचार, समाज

दीक्षित भए आधारभूत तालिम लिएका १४९ प्रहरी निरीक्षक

नेपालअखबार,काठमाडौं । नेपाल प्रहरीका प्रहरी निरीक्षक आधारभूत तालिम १-१८२ औं समूहको दीक्षान्त समारोह सम्पन्न भएको छ। शुक्रबार बिहान काठमाडौंको महाराजगन्जस्थित तालिम केन्द्रमा आयोजित एक कार्यक्रमबीच १८२औं समूह दीक्षित भएको हो। उक्त समूहमा एकैपटक १४९ जना दीक्षित भएका छन्। जसमा १३१ जना पुरूष र १८ जना महिला प्रहरी निरीक्षक छन्। तीमध्ये प्रशिक्षार्थी प्रहरी निरीक्षक पवनकुमार परियार सर्वप्रथम भएका छन्। उनी कवाजमा पनि प्रथम भएका छन्। त्यस्तै सगुन खड्का सर्वद्वितीय भएका छन्। उनी प्रहरी युक्त तथा कारबाहीमा समेत प्रथम भए। आयुष ढुंगाना सर्वतृतीय र अध्ययनमा प्रथम भएका छन्। त्यसैगरी गोकुलकुमार धानुक शारिरिक व्यायाम, मस्केट्री तथा चाँदमारीमा प्रथम भएका हुन्। उनीहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुरस्कार समेत प्रदान गरेका थिए। प्रधानमन्त्री प्रचण्डले कार्यक्रममा सम्बोधन गर...
सिद्धबाबा सुरुङ निर्माण गर्न १३ जेठदेखि विस्फोट गराइँदै
समाचार, समाज

सिद्धबाबा सुरुङ निर्माण गर्न १३ जेठदेखि विस्फोट गराइँदै

नेपालअखबार,काठमाडौं । सिद्धबाबा सुरुङ मार्ग निर्माण गर्न १३ जेठदेखि विस्फोट गराउने काम सुरु गरिने भएको छ । यो सुरुङमार्ग चाइना स्टेट इन्जिनियरिङले बनाइरहेको छ । नेपाली सेना र नेपाल प्रहरीको उपस्थितिमा आवश्यकता अनुसार विस्फोट गराइने र विस्फोटका समयमा सीमित अवधिका लागि सवारी आवगमन रोकिने आयोजनाले सूचना प्रकाशित गर्दै जानकारी गराएको छ । आयोजनाका अनुसार २ जेठमा जिल्ला सुरक्षा समिति रुपन्देही र १० जेठको सुरक्षा समिति पाल्पाको निर्णय अनुसार १३ जेठदेखि विस्फोटको काम सुरु गर्ने निर्णय भएको हो । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडक खण्डमा सुरुङ बन्दैछ । विस्फोटको पूर्वाभ्यास शुक्रबार गरिएको छ । शुक्रबार निर्माण स्थलमा नेपाली सेना र नेपाल प्रहरीको उपस्थितिमा विस्फोटको पूर्वाभ्यासको काम गरिएको सिद्धबाबा टनेल प्रोजेक्ट अफिसले जानकारी गराएको छ । आयोजनाले पछिल्लो समय सार्वजनिक ...
कोरोनाको नयाँ भेरियन्ट केपी.१ र केपी.२ नेपालमा पनि देखियो
समाचार, समाज, स्वास्थ्य

कोरोनाको नयाँ भेरियन्ट केपी.१ र केपी.२ नेपालमा पनि देखियो

नेपालअखबार,काठमाडौं । नेपालमा कोरोनाभाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार गएको दुई महिनायता देशभर गरिएको परीक्षणमा ४२ जनामा कोरोना संक्रमण देखिएको थियो। ती ४२ पोजेटिभ नमूनाको जिन सिक्वेन्सिङ गर्दा १२ जनालाई ओमिक्रोन भेरियन्टको सबभेरियन्ट केपी.१ र १७ जनामा केपी.२ पुष्टि भएको हो। यसैगरि एक/एक जनामा केपी.३ र केपी.४ भेरियन्ट देखिएको छ। यसअघि पनि ओमिक्रोन भेरियन्टको जेएन.१ लगायत सबभेरियन्ट पुष्टि भएको थियो। पछिल्लो समय देखिएको केपी भेरियन्ट भने सिंगापुरलगायत केहि देशहरूमा देखिएको प्रयोगशालाले जनाएको छ।...
नेपाल रिटर्नी एशोसिएशन (समाजबादी)को मुस्ताङ  जिल्ला कमिटी गठन
समाचार, समाज

नेपाल रिटर्नी एशोसिएशन (समाजबादी)को मुस्ताङ जिल्ला कमिटी गठन

नेपालअखबार, मुस्ताङ ।नेपाल रिटर्नी एशसिएसन (समाजबादी)को मुस्ताङ जिल्ला कमिटी गठन भएको छ । नेकपा (एकीकृत समाजवादी) मुस्ताङ जिल्ला कमिटी कार्यालयहलमा भएको हो। कार्यक्रममा जिल्ला कमिटी अध्यक्षको भिम रसाइलीकोअध्यक्षता तथा एशोसिएसनका केन्द्रीय अध्यक्ष प्रविन पौडलको प्रमुख आतिथ्य र जिल्ला कमिटी सचीवको संचालनमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा केन्द्रिय परिषद सदस्य, रिटर्नी एशोसियसनका केन्द्रिय सदस्य लगायतका नेताहरुको उपस्थितमा खडकलाल विश्वकर्माको अध्यक्षतामा ७ सदस्यीय मुस्ताङ जिल्ला कमिटि गठन भएको छ । उक्त कार्यक्रममा एशसिएसनका अध्यक्ष पौडेलले विदेशबाट फर्कदा युवाहरुले ज्ञान शिप पुँजी साथै लगनका साथ आएका हुन्छन् उनीहरुमा देशमा केही गरौं र रोजगार सिर्जना गर्ने हैसियतमा फर्किएका हुन्छन् रिटर्नीहरु देशको लागि बलियो खम्बा हुन । एशोसियसनले पार्टी र देशलाई सही मार्गमा अघि बढाउन आवाज बुलन्द गर्ने छ ...
सिंगापुर एयरलाइन्सको एक विमानमा भयङ्कर आँधीमा फस्दा विमानभित्र सवार २० जना यात्रीको मेरुदण्डमा चोट
Uncategorized, विश्व, समाचार, समाज

सिंगापुर एयरलाइन्सको एक विमानमा भयङ्कर आँधीमा फस्दा विमानभित्र सवार २० जना यात्रीको मेरुदण्डमा चोट

नेपालअखबार, बैंकक । सिंगापुर एयरलाइन्सको एक विमानमा भयङ्कर आँधीमा फस्दा विमानभित्र सवार २० जना यात्रीको मेरुदण्डमा चोट लागेको छ । घाइतेहरूको सघन उपचार कक्षमा उपचार भइरहेको बैंककको अस्पतालका प्रमुखले भनेका छन् । अस्पतालमा भर्ना हुनेमा दुई वर्षीय बालक पनि छन् । लन्डनबाट उडेको सो विमानले मंगलबार थाइल्यान्डमा आपत्कालीन अवतरण गरेको थियो । ४६ यात्रु र चालक दलका दुई सदस्यको अझै पनि बैंककमा उपचार भइरहेको एयरलाइन्सले बताएको छ । आँधीका कारण विमान अचानक तल झर्दा सिट बेल्ट नलगाएका मानिसहरू छतमा ठोक्किएको बताइएको छ । अस्पतालका निर्देशक समितेज श्रीनाकरिनका अनुसार ४१ जना यात्रु अझै अस्पतालमै छन् । करिब आधालाई सघन उपचार कक्षमा राखिएको छ । मेरुदण्डमा चोट लागेका २२ जना भएको र ६ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । सिंगापुर एयरलाइन्सको विमान एसक्यू३२१ लन्डनबाट सिंगापुर आइरहँदा आकाशमा भयानक आँधीमा फस्य...
भिरमा मह काढेको छायाङ्कन गर्न नेशनल जियोग्राफी टोली म्याग्दीमा
समाचार, समाज

भिरमा मह काढेको छायाङ्कन गर्न नेशनल जियोग्राफी टोली म्याग्दीमा

नेपालअखबार, म्याग्दी । भिर महको निकालेको दृश्य छायाङ्कन गर्न नेशनल जियोग्राफीको टोलीसहित स्पेन र जर्मनीका नागरिक गरी १६ जना विदेशी पर्यटक म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङको खबाङ भिर पुगेका छन्। देख्दा आङ नै सिरिङ्ग हुने कहालीलाग्दो पहरामा भिर मह निकालिरहेको दृश्यको छायाङ्कनसँगै नेपालीको सौर्य प्रचारप्रसार गर्ने उद्देश्यका साथ विदेशीको टोली आएको धवलागिरि गाउँपालिका–२ का वडाध्यक्ष अकप्रसाद विकले बताए। टोलीले हत्केलामा जउन राखेर डोरी (परङ) मा झुन्डिएर मौरीको चाका नजिक पुगेर मह निकाल्ने मह सिकारीको अनुभवसँगै स्थानीयवासी र गाउँपालिकाको टोलीसँग छलफल गरेका वडाध्यक्ष विकले बताए। लुलाङका स्थानीयवासी थमबहादुर सिर्पालीको समन्वयमा आएका विदेशीले धवलागिरि गाउँपालिका उपाध्यक्ष रेशम पुनमगरसँग भिर महको संरक्षण र निकाल्ने क्रममा हुने दुर्घटनाको जोखिम न्यूनीकरणका बारेमा चासो देखाएका थिए। भि...
सदरमुकाममा नै छैन पक्की पुल
समाचार, समाज

सदरमुकाममा नै छैन पक्की पुल

नेपालअखबार, मनाङ । विकट जिल्ला मनाङको सदरमुकाम चामेमा पक्की पुल नहुँदा आवागमनका लागि काठको पुल निर्माण गरिएको छ। जिल्लाको मुटुमा मानिएको चामेमा आवतजावत सहज बनाउने उद्देश्यले चामे गाउँपालिका र स्थानीय युवाको सहयोगमा काठेपुल निर्माण गरिएको हो। सडक विस्तारको काम भइरहेको अवस्थामा चामेका चार ठाउँमा काठेपुल निर्माण गरी सञ्चालन भइरहेका छन्। दीर्घकालीन हुनेगरी पक्की पुल नहुँदा वर्षा लाग्ने समयमा अझ जोखिम बढ्ने स्थानीय बताउँछन्। चामे–१ तिमाङस्थित तिमाङखोलामा, चामे–२ स्थित स्यार्कुखोला, चामे–४ स्थित दुईवटा घट्टेखोलामा काठेपुलले मात्रै आवतजावत गर्न सकिन्छ। चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बेसीसहर चामे सडक आयोजनासँग पटकपटक समन्वय गर्दा पनि दीर्घकालीन रूपमा पक्की पुल निर्माण हुन नसकिएको बताए। ‘वर्षा लाग्न थालेको छ, यससँगै काठका पुल बाढीले बगाउँछ, आवतजावत नै रोकिने समस्य...
जहाजको पंखाले लाग्दा ताल्चा विमानस्थलमा कर्मचारी घाइते
समाचार, समाज

जहाजको पंखाले लाग्दा ताल्चा विमानस्थलमा कर्मचारी घाइते

नेपालअखबार, मुगु। मुगुको ताल्चा विमानस्थलमा जहाजको पंखाले लागेर एक कर्मचारी घाइते भएका छन्। बिहीबार मध्यान्ह १२ बजेतिर विमानस्थलबाट नेपालगन्ज उड्न लागेको सीता एयरको जहाजको पंखाले लागेर कर्मचारी घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय मुगुका सूचना अधिकारी प्रहरी निरीक्षक प्रकाश कार्कीका अनुसार पाइलटले सीता एयरका स्टेशन म्यानेजर धिरेन्द्र भामलाई बोलाएका थिए। त्यसबेला भाम विमाननजिकै जाँदा उनको टाउकोमा पंखाले लागेको प्रहरीले जनाएको छ। ‘नेपालगन्जतर्फ उड्न जहाज स्टार्ट हुँदै थियो। त्यसक्रममा म्यानेजरलाई पाइलटले बोलाएका रहेछन्। नजिक पुग्दा पंखा लागेर टाउकोमा चोट लागेको हो,’ उनले भने। घाइतेलाई नेपालगन्ज पठाइएको छ। उनको अवस्था सामान्य नै रहेको उनको भनाइ छ।...
दुई विद्यार्थीलाई पढाउन तीन शिक्षक
शिक्षा, समाचार, समाज

दुई विद्यार्थीलाई पढाउन तीन शिक्षक

नेपालअखबार,सिमकोट (हुम्ला) । हुम्लाको उत्तरी भेगको नाम्खा गाउँपालिका–५ यारीगाउँस्थित अरनिको प्राथमिक विद्यालयमा दुई विद्यार्थी र तीन शिक्षक छन् । विद्यालयका प्रधानाध्यापक हरिनारायण चौधरीले प्राथमिक तहको विद्यालयमा बालविकासमा दुईजना विद्यार्थीले अध्ययन गर्दै आएका बताउँदै आफूसहित तीनजना शिक्षकले पठनपाठन गर्ने गरेको जानकारी दिए । उनका अनुसार तीन जनामध्ये दुई प्रावि तहको दरबन्दीका र एक बालविकास सहजकर्ता छन् । कक्षा ५ सम्म पठनपाठन हुने उक्त प्राविमा कक्षा १ देखि ५ मा अध्ययन गर्ने विद्यार्थी अहिलेसम्म भर्ना नभएका प्रअ चौधरीले बताए । बालविकासको पढाइ सकिएलगत्तै अभिभावकले ती विद्यार्थीलाई अन्यत्रै पठाउने गरेकाले अन्य कक्षामा विद्यार्थी भर्ना नभएका उनको भनाइ छ । गत वर्षसम्म सातजना विद्यार्थीले विद्यालयमा अध्ययन गरेका भन्दै प्रअ चौधरीले बालविकासमा अध्ययनरत विद्यार्थी पनि नियमित नआउने भएकाले ...