मान्छे र हात्तीबीचको द्वन्द्व घटाउन ७६ किलोमिटर सौर्य तारबार
नेपालअखबार, झापा। मानव–हात्ती द्वन्द्व घटाउन झापाका विभिन्न स्थानमा ७६ किलोमिटर अफसेट सोलार फेन्स (सौर्य तारबार) निर्माण गरिएको छ।
झापामा पहिलोपटक बाहुनडाँगीमा २०७३ सालमा रु एक करोड २० लाखको लागतमा १८ किलोमिटर विद्युतीय तारबार निर्माण गरिएको थियो। त्यसपछि २०७६ साल चैतमा जलथल वन क्षेत्रमा पहिलो चरणमा ३५ किलोमिटर सौर्य तारबार लगाइको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जानकारी दिए।
हल्दिबारी, कचनकवल, बाह्रदशी र भद्रपुरसँग जोडिएको वन क्षेत्रअन्तर्गत निर्माण गरिएको सौर्य तारबारको लागत पाँच करोड ६५ लाख २७ हजार छ। २०७८ चैतमा जलथल वन क्षेत्रमा दोस्रो चरणमा भद्रपुरमा एक करोड एक लाख ४४ हजार लागतमा ६.३९ किलोमिटर सौर्य तारबार उक्त गरिएको कार्यालयले जनाएको छ।
मेचीनगर नगरपालिकाको चारआली–मागुरमाडी खण्डअन्तर्गत १६.९८ किलोमिटर सौर्य तारबार लगाइएको छ। गत असारमा दुई करोड ५३ लाख ९५ हजारको ल...










