Monday, August 17

समाज

हिमालमा पर्यटकलाई हेलिकोप्टरको सहारा
समाचार, समाज

हिमालमा पर्यटकलाई हेलिकोप्टरको सहारा

नेपालअखबार, सोलुखुम्बु । गत आइतबार सगरमाथा क्षेत्र भ्रमणका लागि पुगेका दुई जना भारतीय पर्यटकका लागि हेलिकप्टर बरदान सावित भयो । लुक्लाबाट पदयात्रा गर्दै नाम्चे, खुम्जुङ, लोबुचे हुँदै गोरक्सेप उक्लिएका उनीहरू त्यहाँबाट अघि बढ्न सकेनन् । पाँच हजार १६४ मिटरको उचाइमा अवस्थित गोरक्सेप पुगेपछि लेक लाग्न सुरु भएकाले स्वास्थ्यमा जटिलता देखिन थालेपछि अन्ततः हेलिकप्टरको साहार लिनुपर्‍यो । सगरमाथा क्षेत्र भ्रमणमा पुगेका ती पर्यटक ‘हाइ अल्टिच्युट’का कारण सिकिस्त बनेका थिए । लेक लागेर बिरामी परेपछि उद्धारका लागि हेलिकप्टर झिकाउनुपरेको पर्यटक गाइड नाम्गेल शेर्पाले बताए । उनका अनुसार पाँच हजार एक सय ६४ मिटरको उचाइमा लेक लागेका ती पर्यटकलाई हेलिकप्टरबाट उद्धार गर्नुको विकल्प थिएन । हवाई उद्धार गरेर दुई हजार आठ सय ६० मिटरको उचाइ लुक्ला ल्याएको केही समयपछि स्वास्थ्य अवस्था सामान्य बन्दै गएको शेर्पाले ...
समुदाय जगाउँदै दलितका लागि दलित आन्दोलन
समाचार, समाज

समुदाय जगाउँदै दलितका लागि दलित आन्दोलन

नेपालअखबार, काठमाडौं । दलितका लागि दलित आन्दोलन नेपालले कर्णाली प्रदेशमा समुदाय सचेतना अभियान शुरु गरेको छ । दलित समुदायलाई सामाजिक र राजनीतिक हिसाबमा राज्यले सँधै पीँधमा पारेर विभेद गरेको ठहर गर्दै अभियन्ता खगेन्द्र सुनार नेतृत्वको आन्दोलनले समुदाय केन्द्रित सचेतना अभियान थालेको हो । दलितका लागि दलित आन्दोलनले पहिलो चरणमा कर्णाली प्रदेशका विभिन्न क्षेत्रमा यो अभियान संचालनमा आउने जानकारी दिएको छ । र, कर्णाली प्रदेशपछि देशका अन्य भागमा पनि यो अभियानलाई संचालन गर्ने तयारी भैरहेको आन्दोलनका नेतृत्व गरिरहेका अभियन्ता खगेन्द्र सुनारले जानकारी दिए । 'सबैभन्दा बढि विभेद भोग्ने र उपेक्षामा पारिएका भनेकै कर्णालीका दलितहरु हुन् । र, संख्याको हिसाबले पनि कर्णालीमा देशकै सबैभन्दा धेरै दलितहरुको जनसंख्याको बसोबास रहेको छ ।' कर्णालीबाटै अभियान शुरु गर्नुको तात्पर्य बुझाउँदै सुनारले भने, 'त्यसैले पनि...
अन्न उत्पादन घटेपछि तरकारी र फलफूल खेतीमा लागे किसानहरू
कृषि, समाचार, समाज

अन्न उत्पादन घटेपछि तरकारी र फलफूल खेतीमा लागे किसानहरू

नेपालअखबार, म्याग्दी। अन्नबाली लगाउँदा लगानीअनुसार प्रतिफल प्राप्त नभएपछि म्याग्दीका किसानले व्यावसायिक तरकारी र फलफूलखेती सुरु गरेका छन्। बेनी नगरपालिका–२ का किसान क्षेत्रबहादुर कटुवालले परम्परागत रुपमा गर्दै आएको स्थानीय जातको धान र गहुँखेतीबाट अपेक्षित उत्पादन नभएपछि सागसब्जी र फलफूलखेती प्रारम्भ गरेका छन्। धान फल्ने खेतमा केराखेती सुरू गरेका खिमबहादुर कार्की र दुर्गाबहादुर थापाले धान फल्ने खेतमा केराखेती गरेर परम्परागत खेतीबाट हुने आयभन्दा तीनगुणा बढी आम्दानी गरेका छन्। रोहोटेका हरिलाल घिमिरेले अन्नबालीको विकल्पमा मौसमी तथा बेमौसमी सागसब्जी फलाएर मनग्य आम्दानी गरेको बताउँछन्। खेतबारीमा गौरिया, गुडुरा, आँगा, जौ धानलगायत रैथाने धानको उत्पादन कम भएपछि अन्नबालीको साटो फलफूलखेती थालेको उनको भनाइ छ। ‘खाना स्वादिष्ट र पोषणयुक्त भएपनि लागतअनुसार उत्पादन नहुँदा गुजारा चलाउन धौधौ ...
चिनियाँ पर्यटकको रोजाइमा बन्दीपुर
पर्यटन, समाचार, समाज

चिनियाँ पर्यटकको रोजाइमा बन्दीपुर

नेपालअखबार, तनहुँ । बन्दीपुरमा चिनियाँ पर्यटकको चहलपहल बढेको छ । पर्यटकका लागि घुम्ने याम सुरु भएसँगै विदेशी पर्यटकको आवागमनमा वृद्धि भएको हो । गत वर्षको तुलनामा यो वर्षको भदौ यता बन्दीपुरमा चिनियाँ पर्यटकको सङ्ख्या बढेको होटल व्यवसायी बैँस गुरुङले जानकारी दिए । “हप्ताको दुई/तीन दिन चिनियाँ पर्यटक करिब पाँच/छ सयका दरले आउने गरेका छन्”, उनले भने, “जर्मनी, श्रीलङ्का, ताइवानी स्पेनलगायत देशबाट दैनिक दुई सयको हाराहारीमा पर्यटक आउने गरेका छन् ।” कोरोनाको समयपछि यहाँका होटल व्यवसायले विस्तारै गति लिन थालेकाले व्यवसायी उत्साहित भएर लागेको उनले बताए । “पछिल्लो समय विदेशी पर्यटकको तुलनामा स्वदेशी पर्यटकको सङ्ख्या केही घटेको छ”, उनले भने, “दैनिक करिब तीन सयको सङ्ख्यामा स्वदेशी पर्यटक आउने गरेका छन् ।” प्याराग्लाइडिङले पर्यटक बढे  त्यसैगरी साहसिक खेल प्याराग्लाइडिङले बन्दीपुरमा आन्तरिक एव...
बजेट अभावले रोकियो नगर अस्पताल निर्माणको काम
समाचार, समाज, स्वास्थ्य

बजेट अभावले रोकियो नगर अस्पताल निर्माणको काम

नेपालअखबार, तनहुँ। बजेट अभावका कारण  तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य केन्द्रलाई नगरस्तरीय अस्पतालका रुपमा स्तरोन्नति गरी १५ शय्याको अस्पताल बनाउने भवन निर्माण सुरु भए पनि पर्याप्त बजेट नहुँदा  काम रोकिएको नगरप्रमुख दधिराज सुवेदीले बताए। एघार करोड ५२ लाख नौ हजार नौ सय ६३ रुपैयाँको लागतमा भवन निर्माणको थालिएको थियो। अस्पताल भवन निर्माणको हालसम्म भौतिक र वित्तीय प्रगति २५.६ प्रतिशत रहेको छ । नगरपालिकाका लेखा अधिकृत अर्जुन पौडेलका अनुसार निर्माण कम्पनीलाई रु दुई करोड ९४ लाख ९३ हजार एक सय ५९ भुक्तानी गरिएको छ। भवन निर्माणका लागि नेपाल सरकार र राजेन्द्र दिवस ज्येवाडण्डा जेभी कन्ट्रक्सनबीच २०७८ असार २५ गते ठेक्का सम्झौता भएको थियो। सम्झौताअनुसार २०७९ माघभित्र निर्माण सम्पन्न गर्नुपर्ने भए पनि सो अवधिमा भौत...
१६ वर्षदेखि स्तरोन्नतिको प्रतीक्षामा बरेङ–शान्तिपुर सडक
समाचार, समाज

१६ वर्षदेखि स्तरोन्नतिको प्रतीक्षामा बरेङ–शान्तिपुर सडक

नेपालअखबार, बागलुङ। दक्षिण बागलुङलाई मुख्य सहरी क्षेत्रसँग जोड्न विसं २०६४ मा ट्रयाक खुल्यो तर बरेङ गाउँपालिका र गुल्मीको शान्तिपुरलाई जोड्न बनाइएको सडक १६ वर्ष बितिसक्दा पनि स्तरोन्नति हुनसकेको छैन । खाल्डाखुल्डी र अप्ठ्यारो सडक त्यसमाथि साँघुरो हुँदा यहाँका हजारौँ नागरिक जोखिम मोलेर यात्रा गर्न बाध्य छन्। बरेङबाट शान्तिपुरसम्मको १३ किलोमिटर सडक डेढ दशकदेखि बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने गरेको छ । दुवै याममा स्थानीयले सास्ती खेप्नुपरेको छ । राष्ट्रिय गौरवका आयोजनाअन्तर्गतका मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोर, सालझण्डी–ढोरपाटन सडक भए पनि बरेङ गाउँपालिकासँग जोडिएका छैनन् तर गाउँपालिकाले कालीगण्डकी करिडोरसँग जोड्न सडक निर्माण गरिसकेको छ । दुई जिल्लालाई जोड्ने यो सडकलाई दक्षिण बागलुङ ‘व्यापारिक सडक’का रूपमा लिइन्छ । बरेङ क्षेत्रका लागि जिल्ला सदरमुकाम बागलुङ बजार अपाय...
तनहुँ र चितवनलाई जोड्ने ठिमुरामा निर्माण भयो पक्की पुल
समाचार, समाज

तनहुँ र चितवनलाई जोड्ने ठिमुरामा निर्माण भयो पक्की पुल

नेपालअखबार, दमौली (तनहुँ) । तनहुँको देवघाट गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्न त्रिशूली नदीमा पक्की पुल निर्माण भएको छ । २१ करोड ६८ लाख ४८ हजारको लागतमा पुल निर्माण भएको हो । तनहुँको देवघाट गाउँपालिका-५ घिनाटार र भरतपुर महानगरपालिका-१ ठिमुरा जोड्ने उक्त पुल सञ्चालन सञ्चालन पनि भइसकेको छ । देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले पुलको औपचारिक उद्घाटनन गर्न भने बाँकी रहेको बताए । पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष टङ्कनाथ पौडेलले यही चैत १७ गते शनिबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उक्त पुल उद्घाटनका निम्ति अनुरोध गर्ने निर्णय भएको जानकारी दिए । उद्घाटनका निम्ति राष्ट्रपतिलाई आमन्त्रण गरिएको छ । त्यसैका लागि आज तनहुँ र चितवनका प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा प्रमुखहरुको बैठक हुने उनले बताए । विसं. २०७१ कात्तिक २० गते पुल निर्माण थालिएको थियो ।...
कर्णालीका पाँच जिल्लामा पोषणयुक्त चामल बिक्री सुरु
समाचार, समाज

कर्णालीका पाँच जिल्लामा पोषणयुक्त चामल बिक्री सुरु

नेपालअखबार, सुर्खेत । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कुपोषणको समस्या भोगिरहेका कर्णालीका डोल्पा, कालिकोट, हुम्ला, मुगु र जुम्लामा ७३ हजार क्विन्टल पोषणयुक्त चामल बिक्री थालेको छ । हालसम्म हुम्लामा एक हजार नौ सय २० क्विन्टल, मुगुमा एक हजार एक सय ७३ दशमलव ५० क्विन्टल, जुम्लामा एक सय ३०, डोल्पामा पाँच सय ३५, कालिकोटमा एक सय ५० क्विन्टल गरी  तीन हजार नौ सय आठ दशमलव पाँच क्विन्टल पोषणयुक्त चामल बिक्रीका लागि पठाइएको कम्पनीका कर्णाली प्रदेश निमित्त प्रमुख माधव मिश्रले जानकारी दिए । आठवटा पौष्टिक तत्त्व मिलाएर राजापुर मिलबाट चामल उत्पादन भइरहेको छ । हाल सम्म आठ हजार चार सय ७६ दशमलव ९० क्विन्टल चामल उत्पादन भएको छ । ७३ हजार क्विन्टल चामलमा पौष्टिक तत्त्व मिलाएर उत्पादन गरिने उनले बताए । । हुम्लामा विमानबाट चामल ढुवानी हुँदै आएको छ । निमित्त प्रमुख मिश्रका अनुसार साबिकको कर्णालीमा मात...
अछाममा ट्याक्टर दुर्घटना हुदा५ को मृत्यु
दुर्घटना, समाचार, समाज

अछाममा ट्याक्टर दुर्घटना हुदा५ को मृत्यु

नेपालअखबार, अछाम। अछाममा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी सन्तोष पाठकका अनुसार सोमबार बिहान पौने १० बजे मेल्लेख गाउँपालिका वडा नम्बर ७ मा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो। सु-प्र-०१००२ च ४९७९ नम्बरको ट्याक्टर अनियन्त्रित भएर सडकबाट ५० मिटर तल खसेको थियो। दुर्घटनामा तीन जना घाइते छन्। उनीहरूलाई उपचारका लागि बयलपाटा अस्पताल लगिएको छ। ‘पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ, तीन जनाको उपचारका लागि अस्पताल पठाइएको छ,’ उनले भने।  मृतकको सनाखत गर्ने काम भइरहेको प्रहरीले जनाएको छ। ट्याक्टर साँफेबगरतर्फ जाँदै थियो।...
विश्वकै दुर्लभ बगाले बगेडी चरा शुक्लाफाटाँमा देखियो
समाचार, समाज

विश्वकै दुर्लभ बगाले बगेडी चरा शुक्लाफाटाँमा देखियो

नेपालअखबार, कञ्चनपुर ।  विश्वकै दुर्लभ तथा सङ्कटापन्न मानिएको बगाले बगेडी चरा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा देखापरेको छ । निकुञ्जको बाह्य क्षेत्रमा बगाले बगेडी चरा पहिलो पटक देखापरेको हो । शुक्लाफाँटा नगरपालिका-२ ढकनियास्थित स्थानीय किसानको खेतमा बगाले बगेडी चरा फेला परेको संरक्षणकर्मी सुवन चौधरीले बताए । भँगेरा जस्तै तर रङ्गीन ३२ वटा बगाले बगेडी चरा आफूले देखेको उनले बताए । धेरै वर्षपछि विश्वमै दुर्लभ मानिएको चरा देखापरेपछि नियमित निरीक्षण गर्दै आएको संरक्षणकर्मी चौधरीले बताए । ‘फरक प्रजातिको चरा देखेपछि तस्वीर खिचेर नेपाल पक्षी संरक्षण सङ्घलाई पठाएँ’, उनले भने, ‘यो दुर्लभ प्रजातिको चरा भएको जानकारी प्राप्त भएको छ ।’ नेपाल पक्षी संरक्षण सङ्घका चराविज्ञ हिरुलाल डगौराका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा यस चरालाई पहिलोपटक सन् १९८० मा अभिलेखीकरण गरिएको थिय...