Tuesday, August 18

समाज

वीरगन्ज विवादबारे सर्वदलीय बैठकको ५ बुँदे निर्णय
प्रशासन, समाचार, समाज

वीरगन्ज विवादबारे सर्वदलीय बैठकको ५ बुँदे निर्णय

नेपालअखबार, वीरगन्ज । वीरगन्जमा दुई समुदायबिच उत्पन्न भएको विवाद सुल्झाउन बसेको सर्वदलीय बैठक सकिएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले डाकेको सर्वदलीय बैठक ५ बुँदे सहमति गर्दै सकिएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जनाए । सहमतिअनुसार पहिलो बुँदमा सयौँ वर्षदेखि कायम रहेको दुई समुदायबिचको एकतालाई अझ मजबुत गराइ, एकतालाई विखण्डन गर्न खोज्ने जुनसुकै दुष्प्रयासलाई निष्फल पर्ने प्रतिबद्धता जनाइएको छ । दोस्रो बुँदामा एक अर्काको आस्था केन्द्र तथा धार्मिक स्थलहरुको सम्मान गर्दै त्यस्ता स्थानहरूमा नाराबाजी, जुलुस लगायतका विरोधका कार्यक्रम नगर्ने/नगराउने, यस किसिमको गतिविधि गर्ने जोसुकैलाई कानुनी कारबाहीको दायरामा ल्याउने सहमति भएको छ ।  यस्तै तेस्रो नम्बरमा  जिल्लाभित्र खुलारुपमा डिजे बजाउने र चर्को माइक बजाउने कार्य रोक्ने, लाठी, भाला, राँके जुलुस निकाल्ने लगायतका क्रियाकलाप गर्ने व...
मृत फेला परे ५ वटा गिद्ध, ७ वटा बिरामी
समाचार, समाज

मृत फेला परे ५ वटा गिद्ध, ७ वटा बिरामी

नेपालअखबार, नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–११ लोकाहा खोला किनारमा सोमबार पाँचवटा गिद्ध मृत फेला परेका छन्। चारवटा डंगर प्रजाति र एउटा हिमाली प्रजातिको गिद्ध मृत फेला परेको हो। जटायु रेस्टुरेन्टका अध्यक्ष डिबी चौधरीका अनुसार सोही स्थानमा एउटा सुन गिद्ध र ६ डंगर प्रजातिका गिद्ध बिरामी अवस्थामा फेला परेका छन्। गिद्ध मरेको स्थानमा दुइटा स्याल पनि मृत फेला परेकाले त्यही सिनो खाएर गिद्ध मरेको आशंका गरिएको छ। खोला किनारमा गिद्ध मृत देखेपछि स्थानीयले जटायु रेस्टुरेन्टमा खबर गरेका थिए। यो गिद्ध संरक्षणका लागि यसको आहारा जुटाउने उद्देश्यले खोलिएको रेस्टुरेन्ट हो। मरेका गिद्धको मंगलबार परीक्षण गरिने तथा बिरामी गिद्धको प्राथमिक उपचार गरिएको अध्यक्ष चौधरीले जानकारी दिए।...
दोलखा केन्द्रविन्दु भएर भूकम्पको धक्का
समाचार, समाज

दोलखा केन्द्रविन्दु भएर भूकम्पको धक्का

नेपालअखबार, दाेलखा ।  दोलखा जिल्लाको हाटडाँडा केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ४ बजेर ५८ मिनेट जाँदा दोलखा जिल्लाको हाटडाँडा आसपास केन्द्रविन्दु भएर चार दशमलव एक रेक्टरस्केलको भूकम्प गएको हो। यही फागुन ४ गते बझाङ जिल्लाको परकाट्ने केन्द्रविन्दु भएर चार दशमलव चार रेक्टरस्केलको भूकम्प गएको थियो।...
विद्यार्थीहरूलाई यौन तथा प्रजनन स्वास्थ्य स्वास्थ्य सिकाउँदै सुरुवात
शिक्षा, समाचार, समाज, स्वास्थ्य

विद्यार्थीहरूलाई यौन तथा प्रजनन स्वास्थ्य स्वास्थ्य सिकाउँदै सुरुवात

राजेश दिदिया, भक्तपुर । सुरुवातले विद्यार्थीलाई विद्यालयमा नै गएर यौन तथा प्रजनन स्वास्थ्य किशोर किशोरीको अवस्था परिवर्तन सुरक्षित यौन व्यवहारका विषयमा कक्षा सञ्चालन गरेको छ । चाँगुनारायण नगरपालिका वडा नम्वर ३ मा अवस्थित सुरुवात नामक संस्थाले मध्यपुर थिमीको नालान्द विद्यलयका कक्षा ९ र १०मा अध्ययन गर्ने बालबालिकाहरूलाई यौन तथा प्रजनन स्वास्थ्य किशोर किशोरी अवस्थामा आउने परिवर्तन सुरक्षित यौन व्यवहार र कन्डमको महत्त्व र उपयोगिताको विषयमा अन्तरक्रिया गरेको हो । विद्यालयका कक्षा ९ र १० का ४० विद्यार्थीहरूसँग संस्थाले कन्डम दिवसका अवसरमा यसको महत्वको विषयमा अन्तरक्रिया गरेको सुरुवातका अनुसन्धान संयोजक अनुप अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार कन्डमको विषय आयो भने शिक्षक शिक्षिकाले पनि पठाउन हिचकिचाउने अवस्था अझ पनि छ अव पनि यौन तथा प्रजनन स्वास्थ्य किशोर किशोरी अवस्थामा आउने परिवर्तनको व...
टीम पोखरा मल्टिपर्पोजको रक्तदानमा १ सय ५ युनिट रगत संकलन
समाचार, समाज

टीम पोखरा मल्टिपर्पोजको रक्तदानमा १ सय ५ युनिट रगत संकलन

नेपालअखबार,पोखरा । टीम पोखरा मल्टिपर्पोज प्रा.लि.ले आयोजना गरेको रक्तदानमा १ सय ५ युनिट रगत संकलन भएको छ । युवा ब्यवशायीहरुद्धारा स्थापित टीम पोखरा मल्टि पर्पोेज प्रा.लि.को दोश्रो वार्षिकोत्सवको अवसरमा आयोजित बृहत रक्तदान कार्यक्रममा १ सय ५ जनाले रक्तदान गरेका हुन । कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्बर ८ का अध्यक्ष रुद्रनाथ बरालले रक्तदान कार्यक्रमका संयोजक प्रालिका सदस्य दिनेश कुमार जिसीलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए । रक्तदान कार्यक्रममा बोल्दै वडा अध्यक्ष बरालले युवाहरु विदेश पलायन भइरहेको परिप्रेक्षमा युवा ब्यवशायीहरुद्धारा स्थापित टीम पोखरा मल्टि पर्पोेज प्रालिले ब्यवशाय संगै सामाजिक कामलाई अनुसरण गरेर अगाडी बढेकोमा धन्यवाद ब्यक्त गरे । टीम पोखरा मल्टिपर्पोज प्रालिले आगामी दिनमा आयोजना गर्ने सामाजिक तथा ब्यवशायीक क्रियाकलामा सहकार्य ...
वीरगन्ज महानगरपालिका क्षेत्रमा कर्फ्यु लागेपछि सुरक्षा व्यवस्था कडा
प्रशासन, समाचार, समाज

वीरगन्ज महानगरपालिका क्षेत्रमा कर्फ्यु लागेपछि सुरक्षा व्यवस्था कडा

नेपालअखबार, वीरगन्ज । वीरगन्ज महानगरपालिका क्षेत्रमा साँझ ५ बजेपछि कर्फ्यु लागेपछि सुरक्षा व्यवस्था कडा गरिएको छ । दुई समुदायबिच द्वन्द्व हुनसक्ने भन्दै स्थिति सामान्य बनाउनका लागि जिल्ला प्रशासन कार्यालय पर्साले  कर्फ्यु आदेश जारी गरेपछि सुरक्षा व्यवस्था कडा गरिएको हो । वीरगन्जमा सुरक्षा व्यवस्था कडा पार्नका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताए । प्रशासनले  कर्फ्यु आदेश पालना गराउनका लागि नेपाल प्रहरीबाट ५ सय र सशस्त्र प्रहरीबाट ५ सय गरी एक हजार प्रहरी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । वीरगन्ज महानगरको पावरहाउस, मुर्ली, घण्टाघर, ठाकुरराम बहुमुखी क्याम्पस, इदगाह चोक, माइस्थान, आदर्शनगर, भन्सार एरिया लगायतका मुख्य चोक तथा गल्लीमा सुरक्षाकर्मी खटाइएको पर्सा प्रहरी प्रवक्ता कुमारविक्रम थापाले बताए । उनले भने,...
सेवाग्राहिको माग सम्बोधन गर्दै इनरुवा अस्पताल सार्वजनिक शाैचालय निर्माण
समाचार, समाज, स्वास्थ्य

सेवाग्राहिको माग सम्बोधन गर्दै इनरुवा अस्पताल सार्वजनिक शाैचालय निर्माण

नेपालअखबार, इनरुवा । सेवा सुविधा बिस्तारमा प्रार्थ्मिक्ता दिदै विभिन्न सेवाको बिस्तारमा सफल इनरुवा अस्पतालले सेवाग्राहिको गुनासाेलाई  सम्बोधन गर्दै  सार्वजनिक शाैचालय निर्माण थालेको छ । सेवा बिस्तारमा फडको मारे पछी सेवाग्राहिको चाप बढेको इनरुवा अस्पतालमा शोचसुविधामा अन्योलतासंगै स्थान अन्भिग्यताको समस्या बढे पछी सेवाग्राहिबाट आएको सुझाव र माग अनुसार अस्पतालको छेत्रमा सबैले देख्ने गरि शाैचालय निर्माण थाल्नि भएकोछ । अस्पतालको शाैचालय सेवा केन्द्र भित्र रहेको र त्याहा पुग्न कतिपय सेवाग्राहिलाई  अन्योउल्ता र असह्ज्ता भएको गुनासो आएपछि खुल्ला र सबैले देख्ने स्थानमा शाैचालय निर्माण थालेको मेसु डा. पङेनिले बताइन । उनले अस्पताल हाताको बिचमा शाैचालय निर्माणका लागि विभिन्न सुझाव दाता र सेवाग्राहीबाट आएको सल्लाह सुझावको कार्यन्वयन गर्दै पार्दर्शि स्थानमा शाैचालय निर्माण गरेको बताइन । हाल  अस्पताल...
हङकङको कमाइले गाउँमा एम्बुलेन्स सेवा
समाचार, समाज

हङकङको कमाइले गाउँमा एम्बुलेन्स सेवा

नेपालअखबार,मोरङ । रोजगारीका लागि हङकङ पुगेका मोरङको उर्लाबारीका युवाले आफू हुर्केको गाउँका बासिन्दालाई निःशुल्क सेवा दिन एम्बुलेन्स उपलब्ध गराएका छन्। रोजगारीका लागि हङकङ पुगेका उर्लाबारीका ९४ युवाले एम्बुलेन्स खरिदका लागि उर्लाबारी नगरपालिका हङकङ परिवारका नाममा २५ लाख ५० उपलब्ध गराएका थिए। सो रकमले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिएको छ। उक्त एम्बुलेन्स उर्लाबारी नगरपालिका–९ स्थित   राजघाट उपस्वास्थ्य चौकी मातहतमा सञ्चालन गरिएको छ। कार्यविधि बनाएर वडाका विपन्न परिवारलाई परिचयपत्र वितरण गरेर निःशुल्क तथा अन्यलाई २० प्रतिशत छुटमा एम्बुलेन्स सेवा उपलब्ध गर्ने तयारी गरिएको वडाध्यक्ष नरवहादुर मोक्तानले जानकारी दिए। विपन्न परिवारलाई निःशुल्क एम्बुलेन्स सेवा दिँदा नगरपालिकाले इन्धनको प्रबन्ध गर्ने उनले बताए। एम्बुलेन्स खरिदका लागि हङकङमा रहेका याम सेम्बु एक्लैले रु पाँच लाख ३० हजा...
काठमाडौँमा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी २०८०’ आयोजना गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका
समाचार, समाज

काठमाडौँमा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी २०८०’ आयोजना गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका

नेपालअखबार, काठमाडौँ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ‘नगरको शान दिक्तेलको स्वाभीमान, मुन्दुम अन्तर्राष्ट्रिय चित्रकता संस्कृतिको सम्मान’ भन्ने मूल नाराका साथ ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी २०८०’ आयोजना गर्ने भएको छ । नेपाल कला परिषद ९नेपाल आर्ट काउन्सिल० बबरमहल काठमाडौँमा यही फागुन ५ गतेदेखि १७ गतेसम्म आयोजना गरिने ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी २०८०’ राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने तय भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले बताए । प्रदर्शनीमा ५० देशका चित्रकारले बनाएका १७० भन्दा बढी चित्रहरु राखिनेछन् । जसमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका लगायत खोटाङ जिल्लाका समग्र सांस्कृतिक, धार्मिक र पर्यटकीय क्षेत्र भल्किने आयोजकको विश्वास रहेको छ । गत असोज १७ देखि २१ गते १९ जना विदेशी र २४ जना स्वदेशी गरी ४३ जना च...
१७वर्षिया रेजिनाको बलत्कारपछि हत्याको विरुद्ध न्यायखोज्नबुबा पुगे काठमाडौं
समाचार, समाज

१७वर्षिया रेजिनाको बलत्कारपछि हत्याको विरुद्ध न्यायखोज्नबुबा पुगे काठमाडौं

नेपालअखबार, काठमाडौं ।गतपुषमाबलत्कारपछि हत्यागरिएकीबाजुराकी१७वर्षिय रेजिना नेपालीकाबुबाबुदे सनाईले वडादेखि प्रहरी प्रशासन दोषिउम्काउनलागेपछि आफू न्यायको निम्ति काठमाडौं आउनबाध्यभएको बताएका छन् ।शुक्रबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनगरिपीडित पक्षले तयारी गरेको जाहेरी उल्ट्याई आत्महत्या दुरुत्सहानको जाहेरी बनाई ३२ दिनपछि मात्रै दर्ता गरेको जानकारी दिएका छन् । सनाईलेहत्या जस्तो घटनालाईप्रहरी प्रशासनलेवास्तानगर्नेमात्रै नभई दोषीलाई उम्काउनसमेत षड्यन्त्र गरेको बताउँदै भने,“मलाई मेरो गाउँघरमान्यायकालागि साथदिने कोहीनभएर यति टाढा आएको छु, मलाई छोरीको न्यायबाहेक अरु केहीचाहिन्न, दोषीलाई हदैसम्मको कारबाहीको मागगर्दछु ।” मृतक रेजिना नेपालीको ठूलो बुबा सुरेन्द्र नेपालीलेआत्महत्या दुरुत्सहाननभई जबरजस्तिकरणी र हत्या नै भएको दाबि गरेका छन् ।ठूलो बा नेपालीले २ नम्बर वडाको अध्यक्षपदमभण्डारीको ग...