१७वर्षिया रेजिनाको बलत्कारपछि हत्याको विरुद्ध न्यायखोज्नबुबा पुगे काठमाडौं
नेपालअखबार, काठमाडौं ।गतपुषमाबलत्कारपछि हत्यागरिएकीबाजुराकी१७वर्षिय रेजिना नेपालीकाबुबाबुदे सनाईले वडादेखि प्रहरी प्रशासन दोषिउम्काउनलागेपछि आफू न्यायको निम्ति काठमाडौं आउनबाध्यभएको बताएका छन् ।शुक्रबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनगरिपीडित पक्षले तयारी गरेको जाहेरी उल्ट्याई आत्महत्या दुरुत्सहानको जाहेरी बनाई ३२ दिनपछि मात्रै दर्ता गरेको जानकारी दिएका छन् ।
सनाईलेहत्या जस्तो घटनालाईप्रहरी प्रशासनलेवास्तानगर्नेमात्रै नभई दोषीलाई उम्काउनसमेत षड्यन्त्र गरेको बताउँदै भने,“मलाई मेरो गाउँघरमान्यायकालागि साथदिने कोहीनभएर यति टाढा आएको छु, मलाई छोरीको न्यायबाहेक अरु केहीचाहिन्न, दोषीलाई हदैसम्मको कारबाहीको मागगर्दछु ।”
मृतक रेजिना नेपालीको ठूलो बुबा सुरेन्द्र नेपालीलेआत्महत्या दुरुत्सहाननभई जबरजस्तिकरणी र हत्या नै भएको दाबि गरेका छन् ।ठूलो बा नेपालीले २ नम्बर वडाको अध्यक्षपदमभण्डारीको ग...










