Tuesday, August 18

समाज

भत्ता लिन आएका वृद्धको बाटोमै मृत्यु
समाचार, समाज

भत्ता लिन आएका वृद्धको बाटोमै मृत्यु

नेपालअखबार, सोलुखुम्बु। सोलुखुम्बुमा वृद्धभत्ता लिन आएका एक वृद्धको बाटोमै मृत्यु भएको छ । वृद्धभत्ता लिन सल्लेरी आएर घर फर्कने क्रममा सोलुदूधकुण्ड नगरपालिका–१० टाप्टिङका ८५ वर्षीय सिद्धिबहादुर मगरको बुधबार सिसाखोला पुग्दा जीपमै ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिल मिश्रका अनुसार सोलुदूधकुण्ड–९ सिसाखोलामा खाजा खाने क्रममा मगर नआएपछि हेर्न जाँदा उनी जीपमै मृत भेटिएका थिए । उनको शव परीक्षणका लागि जिल्ला अस्पताल फाप्लु ल्याइएको छ।...
जरोटुप्पोमा बालकृष्ण समको स्मरण पूर्वाग्रहले वाङ्मयको श्रीवृद्धि हुँदैन
समाचार, समाज, साहित्य \कला

जरोटुप्पोमा बालकृष्ण समको स्मरण पूर्वाग्रहले वाङ्मयको श्रीवृद्धि हुँदैन

नेपालअखबार, पाेखरा । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले नाट्यसम्राट बालकृष्ण समको १२२ औं सम जयन्ती विविध कार्यक्रमका साथ मनाइएको छ । कार्यक्रममा विद्वत् प्रवचन दिँदै विद्वान् डा. नारायणप्रसाद अधिकारीले बालकृष्ण समले साहित्यका सबै क्षेत्रमा अतुलनीय योगदान दिएर पनि राणा परिवारमा जन्मेकै कारण राज्यबाट उपेक्षित हुनु दुःखको कुरा रहेको बताए । उनले थपे–भक्ति, दर्शन, ज्ञान र विज्ञान मात्र नभएर साहित्यका सबै क्षेत्रका परम्पराको क्रमभंग गरेर कोशेढुंगा जस्ता नयाँ मानक सिर्जना गर्न सक्ने अभूतपूर्व प्रतिभाप्रति राखिएको पूर्वाग्रहले नेपाली वाङ्मयको श्रीवृद्धि हुँदैन । आफूलाई समाजवादी भन्नेहरूले समको समाजवाद बुझ्न नसकेकोमा चिन्ता व्यक्त गर्दै अधिकारीले भने– आर्मीको उच्च तहमा पुगेर, सम्पन्न परिवारमा जन्मेर पनि मलाई उच्च सम्बोधन नगर भनेर साधारण जीवन बिताउने समको समाजवादबाट आफूलाई समाजवाद र लोकतन्त्र...
कल्याण शेरचन स्मृति दिवसमा कुमार र राजनलाई सम्मान अर्पण
समाचार, समाज, साहित्य \कला

कल्याण शेरचन स्मृति दिवसमा कुमार र राजनलाई सम्मान अर्पण

राजाराम पौडेल, पोखरा ।कल्याण शेरचन स्मृति प्रतिष्ठानले वरिष्ठ लोक गायक कुमार बस्नेतलाई श्रष्टा सम्मान अर्पण गरेको छ । ‘उनकै छोरी तरुनी’, ‘कटर कटरमा’, ‘लैबरी लै’, ‘छोरी भन्दा आमा तरुनी’ लगायतका चर्चित गीतका स्रष्टा बस्नेतलाई ३३ हजार ३ सय ३३ रुपैयाँ नगद सहित सम्मान अर्पण गरेको हो । प्रतिष्ठानले लोक स्रष्टा, साधक तथा शिल्पी स्व. कल्याण शेरचनको १३ औं स्मृति दिवसको सन्दर्भ पारेर बुधबार आयोजना गरेको कार्यक्रममा स्व.चेतन कार्की नव प्रतिभा प्रोत्साहन सम्मान पुरस्कार राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश कार्यसमितिका अध्यक्ष रहेका राजन कार्कीलाई अर्पण ग¥यो । यो पुरस्कारको राशी ११ हजार १ सय ११ रुपैयाँ नगद रहेको थियो । उनीहरुलाई वरिष्ठ संस्कृतिविद् डा.जगमान गुरुङ, प्रतिष्ठानका अध्यक्ष क्या.पूर्णबहादुर गुरुङ ह्योल्मो, गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का विखर्ची, ...
सुत्केरीको पेटभित्र कपडा
समाचार, समाज, स्वास्थ्य

सुत्केरीको पेटभित्र कपडा

नेपालअखबार, संखुवासभा । जिल्ला अस्पताल संखुवासभाको लापरबाहीले एक सुत्केरीको पेटभित्र गज (कपडा) भेटिएको छ । गत १३ माघमा जिल्ला अस्पताल संखुवासभामा शल्यक्रिया गरिएकी पाँचपखपन नगरपालिका–६ की सुत्केरी ३१ वर्षीया तारा भण्डारीको पेटभित्र गज भेटिएको हो । सुत्केरी भएको एक सातापछि उनको पेटभित्र एक पिस गज भेटिएको हो। शल्यक्रिया गरेर बच्चा जन्मेको चार(पाँच दिनपछि भण्डारीलाई औषधि दिएर अस्पतालले डिस्चार्ज गरेको थियो। तर, घर फर्केको दुई दिनमै सुत्केरी भण्डारीलाई पेट पोल्ने, ढाडिने समस्या भएपछि प्राथमिक स्वास्थ्य केन्द्र वाना भर्ना गरिएको थियो । भण्डारीको पेटबाट गज निकाएपछि उनी पुनः २० माघमा जिल्ला अस्पताल भर्ना भएकी छन् । चिकित्सकले शल्यक्रिया गर्दा पेटभित्रै कपडा छोडर सिलाई गरिदिएको पीडित भण्डारीले बताइन् । चिकित्सकको लापरबाहीले पुनः अस्पताल भर्ना हुँदासमेत आफैँले खर्च बेहोर्नुपरेको उनले गुनासो ग...
वैदेशिक रोजगारीमा जानेमा चितवनका बढी
समाचार, समाज

वैदेशिक रोजगारीमा जानेमा चितवनका बढी

नेपालअखबार, चितवन। श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जाने जिल्लाहरु मध्ये चितवन पहिलो रहेको छ। बागमती प्रदेशका १३ जिल्लामध्ये चितवनमा यसवर्षमा १५ हजार आठ सय २३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृत लिएका छन्। श्रम स्वीकृत नलिई विदेश जानेको सङ्ख्या पनि उच्च रहेको वैदेशिक रोजगार एवं आप्रवासन र समी कार्यक्रमका कार्यक्रम संयोजक सूर्यप्रसाद पौडेले बताए। ‘चितवनबाट उच्च शिक्षाका लागि अष्ट्रेलिया, अमेरिया, बेलायतलगायतका यूरोपका देशमा जानेको सङ्ख्या बढी छ,’ उनले भने, ‘विदेश नजाने घर भेट्नै मुस्किल हुन लागिसक्यो।’ उनका अनुसार भरतपुर महानगरपालिकामा मात्रै ३४ हजार पाँच सय घरधुरीका कुनै न कुनै व्यक्ति वैदेशिक रोजगारीमा गएका छन्। आर्थिक वर्ष २०७९/२०८० मा नेपालबाट सात लाख ७१ हजार तीन सय २७ जनाले श्रम स्वीकृत लिएको श्रम तथा रोजगार विभागको तथ्याङ्क छ। यसमध्ये बागमती प्रदेशबाट मात्रै एक...
निसीखोलामा चार वर्षमा बन्यो १८ झोलुंगे पुल
समाचार, समाज

निसीखोलामा चार वर्षमा बन्यो १८ झोलुंगे पुल

नेपालअखबार, बागलुङ।  निसीखोला गाउँपालिका–९ की ममता घर्ती मगरको घर नजिकै खोला छ। खोला पारि गोठ र बारी छन्। दैनिक खोला पार गरेर पशुचौपायालाई घाँस पानी खुवाउन गोठमा पुग्नुपर्छ। तीन वर्षअगाडि खोलामा पुल थिएन। काठको साँघुको भरमा गोठ–घर गर्थे। बर्खामा निसीखोला उर्लेर आउँदा समस्या हुन्थ्यो। तर अहिले निसीखोलामाथि झोलुङ्गे पुल निर्माण भएपछि वारपारमा सहज भएको छ। पुल निर्माण भएपछि वारपारका लागि मात्रै नभएर स्थानीयवासीको  दैनिकी नै सहज बनेको छ । अधिकांश समय बारी र गोठामा बिताउने उनी दिनमा १०/१२ पटक खोला वारपार गर्छन्। पुल नबन्दा खोलामा खसेर छिमेकीले ज्यान गुमाएको पीडा उनीमा अझै छ । तर झोलुङ्गे पुल निर्माण भएपछि यहाँका स्थानीयले खोलामा परेर ज्यान गुमाउनु परेको छैन । खोला तर्दा बगाउँछ कि भन्ने पीरले पनि सताउन छोडेको छ। पुल बनेपछि मान्छेसँग पशुचौपायालाई समेत वारपार गर्न सहज भएको उनी बताउँछ...
पानी अभावले पर्वत अस्पतालमा उपचार सेवा नै प्रभावित
समाचार, समाज

पानी अभावले पर्वत अस्पतालमा उपचार सेवा नै प्रभावित

नेपालअखबार, पर्वत । पर्वतको एकमात्र सरकारी सुविधा सम्पन्न पर्वत अस्पतालमा दैनिक उपभोग गर्ने पानीको अभावले उपचार सेवा प्रभावित बनेको छ । नियमित स्रोतबाट आउने पानीले अस्पतालका बिरामीको उपचार, उपकरणलगायत अस्पतालको सरसफाइ र बिरामीका लागि समेत अपुग भएपछि समस्या परेको हो । अस्पतालमा दैनिक ३० देखि ४५ हजार लिटरसम्म पानीको आवश्यकता पर्ने भएपनि दैनिक १५ देखि १८ हजार लिटरमात्र उपलब्ध हुँदै आएको छ । आवश्यकताभन्दा ५० प्रतिशत कम पानीले दैनिक उपचार सेवा प्रभावित हुने गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शङ्कर गिरीले जानकारी दिए । अध्यक्ष गिरीका अनुसार अस्पतालमा हेमोडायलाइसिस सेवा सुरु भएपछि खानेपानीको सङ्कट गहिरिँदै गएको हो । दैनिकजसो सातवटा श्ययामा मिर्गौलाका बिरामीको हेमोडायलायसिस हुँदै आएको छ । हेमोडायलायसिस गर्न मात्र झण्डै १० हजार लिटर पानी दैनिक खर्च गर्नुपर्ने भए पनि पानीको अभावले समस्या...
चुरोटको ठुटाबाट सल्किएको आगोले खरानी भयो घर
समाचार, समाज

चुरोटको ठुटाबाट सल्किएको आगोले खरानी भयो घर

नेपालअखबार,सोलुखुम्बु। सोलुखुम्बुको सोताङ गाउँपालिका–५ शिवटार बजारमा चुरोटको ठुटाबाट सल्किएको आगोले घर जलेर नष्ट भएको छ। सोमबार राति अज्ञात व्यक्तिले फालेको चुरोटको ठुटाबाट सल्किएको आगोले खड्गबहादुर राईको घर जलेर नष्ट भएको हो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक अनिल मिश्रका अनुसार अज्ञात व्यक्तिले फालेको चुरोटको ठुटा भुइँमा पोखिएको पेट्रोलमा पर्दा आगलागी भएको हो। उक्त आगोले दुईतले घर जलेर नष्ट हुँदा तीन लाख ५० हजार रूपैयाँ बराबरको क्षति भएको उनले बताए। आगलागीपछि हामफालेर भाग्ने क्रममा सोही घरमा भाडामा बस्दै आएका ओखलढुंगाको सुनकोशी गाउँपालिका–३ का काजीमान कटवाल घाइते भएका छन्। कटवालको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरी निरीक्षक मिश्रले बताए। रासस  ...
अधुरै रह्यो रञ्जुको बेहुली बन्ने सपना
समाचार, समाज

अधुरै रह्यो रञ्जुको बेहुली बन्ने सपना

नेपालअखबार, इनरूवा। सुनसरीको कोसी गाउँपालिका–३ का गुलाबी मुखियाले छोरीको बिहेका लागि सबै तयारी गरिसकेका थिए। मुखिया परिवारले छोरी रञ्जुकुमारीको विवाहका लागि घर सिँगारेर चिटिक्क पार्नुका साथै आफन्त र गाउँले दाजुभाइलाई निम्ता पनि गरिसकेको थियो। सोमबारको बिहेका लागि आइतबारदेखि नै निम्तालुहरू आउनेक्रम सुरू भइसकेको थियो। छरछिमेकीहरू पनि विवाहको अन्तिम तयारीमा जुटेका थिए भने आगन्तुक एवं जन्तीलाई भोजभतेरका लागि आवश्यक सबै सामग्रीको जोहो भइसकेको थियो। गुलाबी विपन्न परिवारको भए पनि छोरीलाई धुमधामका साथ अन्माउने तयारीमा थिए। तर गुलाबीको परिवारमा अकस्मात परेको बज्रपातले अहिले उनको परिवारमात्र होइन गाउँ नै स्तब्ध भएको छ। गुलाबीकी २१ वर्षीया छोरीलाई कोसीटप्पु वन्यजन्तु आरक्षबाट आएको जंगली अर्नाले आक्रमण गरी ज्यान लिएपछि गुलाबीको परिवारमा बज्रपात परेको हो। रञ्जुको मृत्युको खबर सुनेपछि गुलाबी मु...
बुटवलमा ‘बाआमासँग नगरप्रमुख स्वास्थ्य कार्यक्रम’
प्रशासन, समाचार, समाज

बुटवलमा ‘बाआमासँग नगरप्रमुख स्वास्थ्य कार्यक्रम’

नेपालअखबार, लुम्बिनी । बुटवल उपमहानगरपालिकामा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षणका लागि ‘बाआमासँग नगरप्रमुख निःशुल्क स्वास्थ्य परीक्षण र उपचार’ कार्यक्रम सुरु भएको छ । बुटवल–१२ तामनगर प्रगति टोलकी एक सय १० वर्षीया ऐरावती बरईको स्वास्थ्य सोमबार परीक्षण गरेर कार्यक्रमको सुरुआत गरिएको छ । बरईको घरमै पुगेर नगरप्रमुख खेलराज पाण्डेयले फलफूल र स्वास्थ्यवद्र्धक सामग्री दिएर अभियानको सुरुआत गरे । ज्येष्ठ नागरिक बरईको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका वरिष्ठ फिजिसियन डा नन्दु पाठकले स्वास्थ्य परीक्षण गरेका थिए । नगरप्रमुख पाण्डेयले बुटवललाई स्वास्थ्य क्षेत्रमा अब्बल बनाउनेगरी योजना बनाएको र कार्यान्वयन गर्दै लग्ने बताए। चालु आर्थिक वर्षको बजेटमा बाआमासँग नगरप्रमुखका साथसाथै उपप्रमुख सुत्केरी स्वास्थ्यवद्र्धक कार्यक्रम, शिशु पोषण कार्यक्रम र जटिल रोगका बिर...