Thursday, May 7

समाज

विहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव नेपालमा
समाचार, समाज

विहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव नेपालमा

नेपालअखबार, काठमाडाैं । विहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव नेपालमा रहेको छ। देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही तराईका थोरै स्थानहरूमा हुस्सु/कुहिरो रहेको छ। सोमबार प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य  बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ। मंगलबार  पनि देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य  बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।  प्रदेश १ को पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प...
न्यून चापीय प्रणालीको प्रभावः वर्षा र हिमपातको सम्भावना
समाचार, समाज

न्यून चापीय प्रणालीको प्रभावः वर्षा र हिमपातको सम्भावना

नेपालअखबार, काठमाडाैं । न्यून चापीय प्रणालीको प्रभावले आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा र हिमपात हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नम्बर १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नम्बर १ र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षा प्रदेश नम्बर १, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने बताइएको छ। विभागले प्रदेश नम्बर १ र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षा र प्रदेश नम्बर १, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहने तथा तराईका केही भू–भागमा बिहानीपख हुस्सु–कुहिरो लाग्ने तथा देशका अधिकांश भू–भागमा तापक्रम क्रमिकरूपमा घट्दै जाने सम्भाव...
चितवनमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु
समाचार, समाज

चितवनमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

नेपालअखबार, चितवन । चितवनको भरतपुर महानगरपालिका २८ मा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । गएराति आँगनमा आगो तापिरहेकी ७० वर्षीया भागीरथी सुवेदीको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हो । हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी सुवेदीको भरतपुर अस्पतालमा उपचारको क्रममा गएराति साढे १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए । उनको शव भरतपुर अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ ।...
२४ औं भदौरे पञ्चासे महोत्सव पुष ९ गतेदेखि
समाचार, समाज

२४ औं भदौरे पञ्चासे महोत्सव पुष ९ गतेदेखि

नेपाल अखबार, पोखरा । कास्कीको अन्नपूर्ण गाँउपालिकामा अवस्थित सुन्दर पर्यटकिय गाँउ भदौरेमा यहि पुष ९ देखि ११ गते सम्म ‘२४ औं भदौरे पञ्चासे महोत्सव’ हुने भएको छ । महोत्सवमा तमु ल्होसार तथा गाउँपालिका स्तरिय फुटबल प्रतियोगिता समेत हुनेछ । भदौरे क्लब र भदौरे आमा समूहको आयोजनामा हुने महोत्सवमा विशेष सहयोगिको भुमिका अन्नपूर्ण गाउँपालिकाले निर्वाह गरेको छ । महोत्सवलाई भव्यरुपमा सम्पन्न गर्नका लागि आन्तरिक तयारी भइरहेको संयोजक मन बहादुर गुरुङले जानकारी दिए । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न विभिन्न साँस्कृतिक कार्यक्रम राखिएको भदौरे क्लवका अध्यक्ष जिवन गुरुङले बताए । ‘महोत्सव अवलोकन गर्न आउनेलाई मनोरञ्जन गराउनका लागि साँस्कृतिक कार्यक्रमका साथमा विशेष नृत्य प्रस्तुत गर्नेछौं । सुन्दर गाँउ अवलोकन गरि यसै ठाउँमा बस्न चाहनेका लागि होमस्टेको समेत व्यवस्था रहेको छ ।’ –उनले भने । स्थानीय स्...
पोखरा –१५ ले वडावासी ज्येष्ठ नागरिकलाई १ दिने भ्रमणमा लग्यो
समाचार, समाज

पोखरा –१५ ले वडावासी ज्येष्ठ नागरिकलाई १ दिने भ्रमणमा लग्यो

नेपालअखबार, पोखरा  । पोखरा महानगरपालिका वडा नं –१५ ले ज्येष्ठ नागरिक अन्तर जिल्ला भ्रमण कार्यक्रम अन्तर्गत वडावासी एक सय वृद्ध वृद्धाहरूलाई शनिवार भ्रमणमा लगेको छ । अहिलेको व्यस्त समयमा घर परिवारले ज्येष्ठ नागरिकलाई समय दिन नभ्याउने तथा दिनभर घरमा बसिरहेका बुवा आमाहरूलाई नयाँ ठाउँको अवलोकन गराउने उद्देश्यले वडाको वार्षिक बजेटबाट भ्रमणमा लगिएको वडा अध्यक्ष तोरण बहादुर बानियाँले बताए । बानियाँले नयाँ ठाउँको विकास तथा पछिल्ला दिनमा भएका परिवर्तनबारे प्रायः वृद्ध वृद्धा बेखबर रहने र कतिपय पोखराबाट बाहिर ननिस्किएकाहरू पनि भएकाले उहाँहरूको सम्मान स्वरूप एक दिने भ्रमणमा लैजान लागिएको जानकारी दिए । उनका अनुसार भ्रमण टोलीलाई बागलुङको धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल बागलुङ कालिका मन्दिरको दर्शन गराई पर्वतको कुस्मा स्थित विभिन्न झोलुङ्गे पुल र बन्जी जम्पको अवलोकन गराइने छ । भ्रमण टोलीलाई ...
एक भारी घाँसकै लागि आधा दिन
समाचार, समाज

एक भारी घाँसकै लागि आधा दिन

नेपालअखबार, काठमाडाैं । पूर्वी नवलपरासीको कावासोती नगरपालिका–१ की गमीसरा घर्ती उमेरले ४९ वर्ष पुगिन् । काम गर्नसक्ने उमेरदेखि घरमा पलिएका गाई भैँसीलाई घाँस काट्न सुरु गरेकी उनलाई पछिल्ला केही वर्ष भने घाँसपात गरेर गाई भैँसीपालन गाह्रो हुँदै गएको छ । गमीसरालाई जस्तै लालमाया दलार्मीलाई पनि घाँसपात गरेर गाईभैँसी पाल्न निकै गाह्रो हुन लागेको छ । नजिकैको सामुदायिक वनले घाँस पात काट्नसमेत प्रतिबन्ध लगाएपछि कावासोती–१ हात्तीखोरका सुकुम्बासी बस्तीका महिलालाई दुई चार पैसा जोहो गर्न पालेका वस्तु भाउलाई कसरी पाल्ने हो भन्ने चिन्ताले सताएको छ । बिहान नौ बजे नै हतार हतार खाना खाएर घाँसपात काट्न हिँड्नेहरुलाई घाँसको भारी बोकेर फर्कन पाँच-छ घण्टा लाग्ने कावासोती–१ की लालमाया दलार्मीले बताइन् । ‘घर नजिकैको वनमा घाँसपात काटे जरिवाना तिर्नपर्छ, गाई बाख्रा पाल्नै पर्‍यो, घाँसकै लागि आधा दिन बि...
आत्महत्या रोकथामका लागि राज्यको रणनीति र जनमानसमा सचेतना आवश्यक
समाचार, समाज

आत्महत्या रोकथामका लागि राज्यको रणनीति र जनमानसमा सचेतना आवश्यक

नेपालअखबार, पोखरा । आत्महत्या न्यूनीकरण तथा रोकथामका लागि राज्यको रणनीति र जनमानसमा सचेतनाको आवश्यक रहेको पोखरामा आज आयोजित कार्यक्रममा बताइएको छ । कोशिश ९राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्वन संगठन० को आयोजना तथा सिबिएमको समन्वयमा मनोसामाजिक सुस्वास्थ्य तथा आत्महत्या रोकथाम सम्वन्धि परियोजना माथी लक्षित समूहसँग समिक्षा गरिएको कार्यक्रममा सरोकारवालाहरुले बताएका हुन् । कार्यक्रममा गण्डकी प्रदेशमा मानसिक स्वास्थ्य समस्याको अवस्था, स्थानीय निकायहरुमा आत्महत्या रोकथामका लागि भएको रणनीति तथा आत्महत्या न्यूनीकरणलाई प्रभावकारी बनाउन कस्ता कदम आवश्यक रहनेछ भन्ने विषयमा समिक्षा गरिएको छ । गण्डकी प्रदेशमा आत्महत्याको घटनाहरु दिनप्रतिदिन बढ्दै गएको हुँदा सन्तोषजनक नभएको वक्ताहरुले बताएका छन् । मानसिक स्वास्थ्य समस्या समाधान र आत्महत्या रोकथामका लागि कोशिशले दिँदै आएको गेट किप्पर तालिम प्रभावकारी भ...
अचानक चिसो बढेपछि जनजीवन प्रभावित
समाचार, समाज

अचानक चिसो बढेपछि जनजीवन प्रभावित

नेपालअखबार, सर्लाही। सर्लाहीसहित तराई क्षेत्रमा बाक्लो हुस्सु लागेर कठ्याङ्ग्रिँदो चिसो हुन थालेपछि जनजीवन प्रभावित भएको छ । यस क्षेत्रमा अचानक बिहीबारदेखि बाक्लो हुस्सु लागेर शीत झर्न सुरु भएको हो । दुई दिनअघिसम्म बिहान–बेलुका र रातको समयमा चिसो भए पनि दिनभर भने पारिलो घाम लाग्ने गरेको थियो । तर बुधबारदेखि बाक्लो हुस्सु लागेर कठ्याङ्ग्रिँदो चिसो हुन थालेपछि मधेस प्रदेशको जनजीवन प्रभावित हुन थालेको छ । चिसो बढेपछि बालबालिका, वृद्धवृद्धा र दीर्गरोगी बढी प्रभावित भएका छन् । छाप्रामा बस्ने अतिविपन्न तथा मजदुर परिवार ताता खानेकुरा र न्यानो कपडाको अभावमा कठ्याङ्ग्रिन थालेका छन् । चिसो बढेपछि विपन्न समुदायको बाहुल्यता रहेको बस्तीमा समस्या सुरु भएको स्थानीयवासी रामवली रायले बताए । चिसो छल्न स्थानीयवासीले आगो बालेर ताप्न थालेका छन् । चोक– चौतारामा मानिसको जमघट बन्द भएको छ । कठ्याङ्ग्रिँदो चि...
प्रहरी स्थानीयबीच झडप हुँदा पाँच घाइते
समाचार, समाज

प्रहरी स्थानीयबीच झडप हुँदा पाँच घाइते

नेपालअखबार, महोत्तरी। महोत्तरीको रामगोपालपुर नगरपालिकामा प्रहरी र स्थानीय बासिन्दाबीच झडप हुँदा बिहीबार पाँच जना प्रहरी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीका अनुसार झडपमा नेपाल प्रहरीका दुई, सशस्त्र प्रहरीका दुई र एक जना रामगोपालपुर नगरपालिकाका नगर प्रहरी घाइते भएका छन् । रामगोपालपुर नगरपालिका–५ बस्ने डा पङ्कज चौधरीले पत्नी नेहा चौधरीलाई घरभित्र पस्न नदिएपछि उत्पन्न भएको विवादले उग्ररुप लिँदै आन्दोलनमा परिणत भएपछि रामगोपालपुरमा प्रहरी र स्थानीयबीच झडप भएको हो । औरही नपा–१ माइती भएकी नेहाले पतिविरुद्ध घरेलु हिंसा र दाइजोविरुद्धको मुद्दा दिएकामा मङ्सिर २६ गते महोत्तरी जिल्ला अदालतले संरक्षणात्मक आदेश जारी गर्दै नेहालाई घरभित्र प्रवेश गर्न दिन भनेपछि नेहा अदालतको पत्र लिएर पतिको घर रामगोपालपुर–५ मा पुगेपछि त्यहाँ ताल्चा लागेको थियो । ताल्च...
तलब नपाएको विरोधमा १२ दिनदेखि कार्यालय ठप्प
समाचार, समाज

तलब नपाएको विरोधमा १२ दिनदेखि कार्यालय ठप्प

नेपालअखबार, धनुषा। धनुषाको नगराइन नगरपालिकाका सम्पूर्ण कार्यालय १२ दिनदेखि ठप्प छन् । नगरपालिकाभित्रका कार्यालयका कर्मचारी, विद्यालयका शिक्षकहरूले साउनदेखि तलब सुविधाहरु पाएका छैनन् । दशैँ, तिहार, छठ लगायतमा पनि कर्मचारी तथा शिक्षकले सेवा सुविधा नपाएपछि उनीहरू विरोधमा उत्रिएका हुन् । ‘विद्यार्थीले पुस्तक पाएका छैनन् । छात्रवृत्तिलगायत अन्य विषयहरूमा काम भएको छैन’ एक विद्यालयका प्राध्यापक अनुज मिश्रले भने, तलब नपाए पनि हामीले १२ महिनादेखि काम गर्यौं तर आजभोलि भन्दै तलब खुवाएन । तलब खुवाउने अझै सम्भावना नदेखेपछि विद्यार्थी तथा कर्मचारीहरू आन्दोलनमा उत्रेका हुन् ।’ विद्यार्थी र कर्मचारीले मेयर तथा उपमेयरको पुतला समेत जलाएका छन् भने गाडीमा पनि तोडफोड भएको छ ।...