Thursday, May 7

समाज

मेलम्ची आसपासका बासिन्दालाई सतर्क रहन सूचना
समाचार, समाज

मेलम्ची आसपासका बासिन्दालाई सतर्क रहन सूचना

नेपालअखबार, मेलम्ची। मेलम्ची खानेपानी विकास समितिले मेलम्ची नदी किनारका स्थानीयलाई सतर्कता अपनाउन सूचना जारी गरेको छ। सोमबार एक सूचना जारी गर्दै समितिले मेलम्चीको पानी पथान्तरणको कार्य सोमबारदेखि सुरू गरिएकाले उक्त पानी पथान्तरणका क्रममा मेलम्ची नदीमा पानीको बहाव घटबढ हुनसक्ने भएकाले सतर्क रहन सूचित गरेको हो। सुरूङ प्रवेश मार्गहरू सिन्धु, ग्यालथुम, अम्बाथानबाट जुनसुकै समयमा पनि पानी झर्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ। माछा मार्न, वस्तु भाउ चराउन, खेतीपाती गर्न तथा अन्य जुनसुकै काम गर्न जाँदा विशेष सावधानी अपनाउन सो सूचनामार्फत् अनुरोध गरिएको छ गत जेठको दोस्रो सातादेखि बन्द गरिएको मेलम्चीको पानी पथान्तरणको कार्य सोमबारदेखि पुनः सुरू गरिएको छ। रासस...
किसानले अझै पाएनन् मल
कृषि, समाचार, समाज

किसानले अझै पाएनन् मल

नेपालअखबार, कैलाली। कैलालीको टीकापुर नगरपालिका–६ का रामकृष्ण चौधरी एकाबिहानै सहकारी संस्थाको कार्यालय अगाडि लाइनमा बसेका थिए । हिउँदे खेतीको समय भएका कारण सहजरूपमा रासायनिक मल नपाउँदा उनी मलका लागि लाइनमा बसेका हुन् । किसान मल पाइन्छ कि भनेर लाइनमा हुँदा सहकारीको कार्यालय भने बन्द थियो । “खेती लगाउने समयमा सबैभन्दा बढी पीडा मलको हुन्छ । सहजरूपमा मल नपाउँदा समयमा खेती गर्न सकिएको  छैन”, उनले भने, “बजारमा मल पाइँदैन । सहकारीहरूले पनि आफ्ना सेयर सदस्यलाई मात्रै मल उपलब्ध गराउँछन् । मल नहालेर उब्जनी हुँदैन ।” सोही ठाउँका लक्ष्मण चौधरीले खेत जोतेर छाडेका छन् । उनी मल नपाएपछि गहुँ छर्ने काम हुन नसकेको बताउँछन् । “खेत जोतेको हप्ता दिनभन्दा बढी भइसक्यो । मल नपाएर गहुँ छर्न पाएको छैन”, उनले भने, “बर्सेनिको समस्या मल अभावको कहिल्यै समाधान हुन सकेन । यस्तो भए खेती गर्ने जाँगर पनि लाग्दैन ।” भजन...
मर्निङ वाकमा निस्केका व्यापारीको गाडीको ठक्करबाट मृत्यु
समाचार, समाज

मर्निङ वाकमा निस्केका व्यापारीको गाडीको ठक्करबाट मृत्यु

नेपालअखबार, राैतहट। रौतहटको गौर चन्द्रनिगाहपुर सडक खण्डमा सवारी दुर्घटनामा परेर एक जना व्यापारीको ज्यान गएको छ। मर्निङवाकमा गएका गरुडाका स्थानीय व्यापारी ४० वर्षीय राजनारायण साहको सोमबार बिहान साढे ५ बजे जिंगडियामा सवारीको ठक्करबाट मृत्यु भएको हो । साहलाई कुन गाडीले ठक्कर हान्यो थाहा हुन सकेको छैन।  पीडित परिवार र गरुडाका स्थानीय व्यापारी मिलेर झन्डै २ घण्टा  गौर चन्द्रपुर सडक अवरुद्ध गरेका थिए । गरुडा नगरप्रमुख कन्थमणि  जैसवालले दुर्घटना भएको ८ घण्टा बित्दा पनि ठक्कर दिएर भागेको सवारीसाधनको बारेमा यकिन नहुनुमा प्रहरीको कमजोरी रहेको बताए । यसैबीच ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख सन्तु जैसवार, जिल्ला ट्राफिक प्रमुख इन्स्पेक्टर विमला कठायत सहितको टोली पुगेर बाटो खुलाएको छ। अहिले पीडित परिवार,व्यापारी तथा मेयर जैसवाल र प्रहरीबीच इलाका प्रहरी कार्यालय गरुडाको प्राङ्गणमा छलफल...
थापाथलीको सुकुम्वासी बस्तीमा डोजर चलाउँदा तनाव
समाचार, समाज

थापाथलीको सुकुम्वासी बस्तीमा डोजर चलाउँदा तनाव

नेपालअखबार, काठमाडाैं । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित सुकुम्वासी बस्तीमा डोजर चलाएपछि स्थानीयले अवरोध गरेका छन् । महानगरपालिकाले सोमबार बस्ती हटाउन डोजर लिएर गएपछि स्थानीयहरु विरोधमा उत्रेका हुन् । त्यसक्रममा उनीहरूले टायर बालेर प्रदर्शनसहित ढुंगामुढा गर्नुका साथै मेयर बालेन शाहविरुद्ध चर्को नाराबाजी गरेका छन् । उनीहरूले ‘बालेन शाह होस् गर, हाम्रो भोट फिर्ता गर । मरे चिहान बाँचे घर, एकता नै हाम्रो भर, गरिब मार्न पाइँदैन । गृहमन्त्री मुर्दावाद, काठमाडौं महानगरपालिका मुर्दावाद’जस्ता नारा लगाउँदै विरोध गरिरहेका छन् ।...
बझाङमा विद्यालय जाँदा आउँदा दैनिक छ घण्टा बिताउनुपर्छ
शिक्षा, समाचार, समाज, हाइलाइट-समाचार

बझाङमा विद्यालय जाँदा आउँदा दैनिक छ घण्टा बिताउनुपर्छ

नेपालअखबार, बझाङ। दोगडाकेदार गाउँपालिका–१ बैतडीका प्रकाश विष्ट भर्खर किशोरावस्थामा प्रवेश गरे । गोरङ घर भएका उनलाई विद्यालय जान ‘निल्नु न ओकेल्नु’ जस्तै भएको छ । बिहान पढाइ हुने बेलामा साढे ३ बजे नै ‘आलराम’ लगाउनुपर्छ । ४ बजे पोसाक, जुत्ता, टोपी कसेर झोला बोक्दै बाटो लाग्नुपर्छ र बल्ल ७ बजे ‘स्कुल’ पुगिन्छ । उनलाई आधारभूतसम्म पढ्न केही असजिलो थिएन । जब उहाँले ८ कक्षा उत्तीर्ण गर्नुभयो त्यसपछि उनको दौडाइ सुरू भयो । गत वैशाखमा पञ्चदेव महानन्द मावि रिममा भर्ना भएका विष्टले विद्यालय जाँदा आउँदा मात्रै दैनिक छ घण्टाको हाराहारीमा बाटोमै बिताउनुपर्छ । “२४ घण्टामध्ये छ घण्टा स्कुल र छ घण्टा बाटोमै बिताउनुपर्छ”, उनले भने, “रिममा पढ्न गएपछि समय तालिका निकै पेचिलो भयो । सुत्न र घरायसी काम गर्नै समय बाँड्नुपर्छ । पढ्ने समय त त्यस्तै हो ।”गोरङका प्रकाश मात्रै छैन, उनजस्तै धेरै विद्यार्थीको दैनिकी...
आज विवाह पञ्चमी मनाइँदै
धर्म/संस्कृति, समाचार, समाज

आज विवाह पञ्चमी मनाइँदै

नेपालअखबार, जनकपुर। प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रुपमा विवाह गरिदिएर देशभर मनाइँदैछ। त्रेता युगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी यो पर्व मनाउन लागिएको हो। मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव विधिपूर्वक हुँदैछ। गोस्वामी तुलसीदासले रामायणमा वर्णन गरेअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन्। त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पारे। शिवधनुषलाई भाँचेपछि मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको भव्य समारोहबीच विवाह सम्पन्न भए...
१५१ किलोको माला किसान र सोनललाई
समाचार, समाज

१५१ किलोको माला किसान र सोनललाई

नेपालअखबार, वीरगञ्ज । बारा क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यलाई १५१ किलोको माला लगाएर सममान गरिएको छ । नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनबाट निर्वाचित प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ किसान र प्रदेशसभा सदस्य जितेन्द्र सोनललाई स्थानीयबासिन्दाले १५१ किलोको माला लगाएर स्वागत गरेका हुन् । निर्वाचित भएपछि मतदातालाई धन्यवाद दिन गएका उनीहरुलाई विश्रामपुर गाउँपालिका वडा नम्बर ४ को बलिरामपुरका बासिन्दाले १५१ किलोको माला लगाइदिएका थिए । ४ मंसिरमा मा भएको निर्वाचनमा गठबन्धनबाट नेकपा एसका उम्मेदवार श्रेष्ठ, बारा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा लोसपा नेता सोनल बारा क्षेत्र नम्बर ४(ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । यसअघि नै अन्तिम मतपरिणाम आएको भए पनि मधेस प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार मन्त्री सोनलको स्वास्थ्य अवस्...
मतदान गर्न घोडा चढेर एक दिनको बाटो
समाचार, समाज

मतदान गर्न घोडा चढेर एक दिनको बाटो

नेपालअखबार, गलेश्वर । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा स्थायी घर भई काठमाडौँ बसोबास गर्ने दीपबहादुर छन्त्यालसहित आठजनाको एक टोली शनिबार धवलागिरि गाउँपालिका–२ मा पर्ने लुलाङदेखि घोडामा चढेर आफ्नो मतदान केन्द्र गुर्जातर्फ लाग्यो । म्याग्दी सदरमुकाम बेनीबाट २६ कोष टाढा धवलागिरि गाउँपालिका–१, गुर्जामा रहेको जनकल्याण माविको मतदानस्थलमा भोट खसाल्न छन्त्याल र उनको परिवारसहितको टोली काठमाडौँदेखि बेनीआएर गुर्जा जान थालेको हो । सडक सञ्जालले नछोएको गुर्जा म्याग्दी जिल्लाकै अत्यन्त विकट ठाउँ हो । जनकल्याण माविको मतदान केन्द्रमा सात सय ५४ मतदाता छन् । तीमध्ये करिब एक सय मतदाता गाउँबाहिर नै रहेकाले यसरी नै घोडा चढेर वा पैदल नै एक दिनको बाटो हिँडेर लुलाङदेखि गुर्जा पुग्न बाध्य भएका गुर्जाका वडाअध्यक्ष झक छन्त्यालले बताए । मतदानका लागि गाउँबाहिर रहेकाहरु गाउँ आउन सुरु भएको उनले जानकारी दिए...
नुवाकोटमा आमनिर्वाचन : मतदानस्थल कर्मचारी र सुरक्षाकर्मीको पहुँचमा
समाचार, समाज

नुवाकोटमा आमनिर्वाचन : मतदानस्थल कर्मचारी र सुरक्षाकर्मीको पहुँचमा

नेपालअखबार, नुवाकाेट। यही आइतबार हुन लागिरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनको तयारी नुवाकोटमा निरन्तर अघि बढेको छ । निर्वाचन आयोगले बनाएको तालिकाअनुसार अहिलेसम्म कुनै समस्या नभइ आवश्यक तयारी तीव्र गतिमा अघि बढिरहेको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिए । उनका अनुसार आयोगबाट प्राप्त कार्यादेशबमोजिम शुक्रबारसम्म मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित कर्मचारीहरू पुगिसकेका छन् भने मतदान स्थलमा गर्नुपर्ने तयारीको कामहरू सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ । “मतदान केन्द्रमा खटिएका कर्मचारीले चारकिल्ला निर्धारण गर्ने, मतदान केन्द्रको तीन सय मिटर वरपर चुनावी प्रचारका सामग्री हटाउने, मादक पदार्थ निषेधित क्षेत्र भएको सूचित गर्ने, मतदान केन्द्रका लागि छेकाबार निर्माण, लाइन बस्ने डोरी टाँग्ने, एक ढोकाबाट भित्र पसेर मतदान गर्ने र अर्को ढोकाबाट बाहिर निस्कने प्रबन्ध...
हुम्ला पठाउने ३५०० क्विन्टल चामल नेपालगञ्जमा थन्कियो
समाचार, समाज

हुम्ला पठाउने ३५०० क्विन्टल चामल नेपालगञ्जमा थन्कियो

नेपालअखबार, खजुरा (बाँके) । नेपालगञ्जबाट कर्णालीको हिमाली जिल्ला हुम्ला पठाउने चामल नेपालगञ्जमै थन्किएको छ । हवाई मार्गबाट ढुवानीका लागि टेण्डर आह्वान गर्दा मापदण्डअनुसारको बोलपत्र नपरेको र स्थलमार्गबाट ढुवानी गर्न समस्या भएकाले हुम्ला जिल्लामा चामल ढुवानी हुन नसकेको हो । सरकारले यस वर्ष नेपालगञ्जबाट हुम्लामा ३५०० क्विन्टल चामल पुर्‍याउने कोटा तोकेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट पुर्‍याउने भनिएको उक्त चामल भने ढुवानी हुन नसकी नेपालगञ्जमै थन्किएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जका प्रमुख रामशरण लामिछानेले बताए  । उनका अनुसार सम्झौता गरिएको फर्मले चामल ढुवानी गरेको छैन । ३५०० क्विन्टलमध्ये २००० क्विन्टल चामल हवाई मार्गबाट पुर्‍याउने लक्ष्य रहेको छ । त्यसका लागि भदौ १ गते खोलिएको टेण्डरमा कुनै पनि हवाई सेवा प्रदायकले मापदण्डअनुसार बोलपत्र नहालेको ...