Thursday, May 7

समाज

समयमै प्रसूति सेवा नपाउँदा कपिलवस्तुमा वडा सदस्यको मृत्यु
समाचार, समाज

समयमै प्रसूति सेवा नपाउँदा कपिलवस्तुमा वडा सदस्यको मृत्यु

नेपालअखबार , कपिलवस्तु। समयमै प्रसूति सेवा नपाउँदा कपिलवस्तुमा एक जना जनप्रतिनिधिको निधन भएको छ ।  जिल्लाको विजयनगर गाउँपालिका वडा नं. ३ की वडा सदस्य माधुरी लोहारको समयमै प्रसूति सेवा नपाउँदा ज्यान गएको हो । जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा वडा सदस्यमा निर्वाचित लोहोरको सुत्केरी व्यथाले च्यापे पनि समयमा उपचार नपाउँदा निधन भएको जसपा लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले बताए । यादवले सामाजिक सन्जालमा जानकारी दिँदै प्रसूति सेवाकै अभावमा महिला जनप्रतिनिधिले ज्यान गुमाउनु परेको उल्लेख गरेका छन् । मृतक लोहारलाई उपचारका लागि बुटवल लगिए पनि उपचार सम्भव नभएको उनले बताएका छन् । गाउँपालिकाका अध्यक्ष गोपाल थापाले लोहारको निधनले आफू दुःखी भएको बताए ।...
अलैँचीमा ढुसीको प्रकोप, फल नलागेपछि कृषक चिन्तित
कृषि, समाचार, समाज

अलैँचीमा ढुसीको प्रकोप, फल नलागेपछि कृषक चिन्तित

नेपालअखबार, पर्वत। पर्वतको मोदी गाउँपालिका–४ क्याङको खुइजरीकी धनमाया पुर्जाको धेरै समय अलैँचीका बोटको सरसफाइमा बित्न थालेको छ । स्थानीय मजुवापाखा कबुलियती वनमा २०७४ सालमा लगाएका अलैँचीका बिरुवा अब फल्ने क्रममा छन् । तर अलैँची लगाएको क्षेत्रमा पुग्दा उहाँ सुस्केरा हाल्नुहुन्छ । कारण हो, दिनहुँ सुक्दै गएका अलैँचीका बिरुवा । मजुवापाखा कबुलियती वन तथा कृषक समूहमा आबद्ध रहेका कृषकले २०७४ सालदेखि अलैँची खेती गर्न सुरु गरेका हुन् । उनीहरूले हालसम्म झन्डै ३० हजार बिरुवा रोपेका छन् । यस वर्ष अलैँचीले उत्पादन दिने कुरामा उनीहरू ढुक्क थिए तर विगत दुई वर्षदेखि अलैँचीको बोटका पात सुक्दै जाने र बोट नै मर्ने समस्याले उनीहरू निराश छन् । उनीहरूले नयाँ बिरुवा रोप्दै गरेको भए पनि हुर्किएर फल लाग्नुपर्ने बोट रोगको सिकार हुँदै गएपछि उनीहरूको पाँच वर्षदेखिको मेहनत र लगानी खेर जाने अवस्थामा पुगेको छ । “लगभ...
मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष भट्टराई होटेलमा मृत भेटिए
समाचार, समाज

मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष भट्टराई होटेलमा मृत भेटिए

नेपालअखबार, जनकपुरधाम । मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराई होटलमा मृत भेटिएका छन् । भट्टराई सर्लाहीको लालबन्दी १३ पत्थरकोटास्थित होलिडे रिसोर्टमा शनिबार मृत भेटिएका हुन् । शनिबार हुने भनिएको नेपाल पत्रकार महासंघ सर्लाही शाखाको साधारणसभामा भाग लिन उनी शुक्रबार सर्लाही पुगेका थिए । राति खान खाएर सुतेका उनलाई आज बिहान साधारण सभा सुरु भएपछि खोज्दा आफ्नो कोठामै मृत भेटिएको मिडिया काउन्सिलका प्रशासकीय प्रमुख मुनेश्वर यादवले बताए । कोठामा उनले वान्ता गरेको पाइएको छ । उनको हातमा र कोठामा औषधि भेटिएको छ।  उनी मधुमेह, उच्च रक्तचापका विरामी थिए । भट्टराई नेपाल पत्रकार महासंघ सप्तरी शाखा संस्थापक सभापति र नेपाल पत्रकार महासंघ पूर्व केन्द्रीय उपसभापति समेत थिए। घटना विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।...
खाद्य कार्यालय काभ्रेका प्रमुख मृत फेला
समाचार, समाज

खाद्य कार्यालय काभ्रेका प्रमुख मृत फेला

नेपालअखबार, काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काभ्रेका प्रमुख दीपेन्द्र घिमिरे मृत फेला परेका छन् । शुक्रबार दिउँसो सवा १२ बजे कार्यालय भवनको चौथो तलामा झुण्डिएको अवस्थामा उनलाई मृत फेला पारेको प्रहरी निरीक्षक रजोश घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार मुचुल्का तयार गरेर शवलाई पोष्टमार्टमको लागि धुलिखेल अस्पताल लगिएको छ । उनको मृत्युका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
भेडाबाख्रा पाल्न चरन क्षेत्रको अभाव
समाचार, समाज

भेडाबाख्रा पाल्न चरन क्षेत्रको अभाव

नेपालअखबार, टङ्कीसिनवारी। जमिनलाई टुक्रा–टुक्रा गरेर घडेरीमा बिक्री वितरण गर्ने चलन बढेपछि भेडाबाख्रा पालनका लागि चरन क्षेत्रको अभाव भएको छ। कृषियोग्य जमिन कम हुँदै गएपछि भेडा चराउने ठाउँको कमी भएको हो। चरन क्षेत्रको अभावका कारण भेडापालकलाई भेडा चराउन र भेडा बचाउन सकस पर्न थालेको छ। सुनसरीको हरिनगरा गाउँपालिका–४ का दयानन्द पाल, सदानन्द पाल र खिलानन्द पाल भेडा चराउन सयौं भेडा लिएर महिनौं घर छाडेर हिँड्ने गरेका छन्। उनीहरूको दिनचर्या भेडा चराउनमै बित्ने गरेको छ। घरका परिवारसँगको सम्पर्क कमै हुने गर्छ। भेडा चराउनैका लागि घाँस भएको क्षेत्र खोज्दै दैनिक १० देखि २० किलोमिटरको यात्रा भेडा लिएर पैदल तय गर्नुपर्ने बाध्यता छ। 'भेडालाई बाँधेर राख्न गाह्रो छ। खुलामा चराउनु पर्छ। खुलामा चराउँदा खेतमा पसेर अरूको बाली खाइदेला भन्ने पीर हुन्छ', दयानन्द पालले भने, 'राति बास बस्दा पनि जङ्गली ...
भक्तपुरमा चार तला माथिबाट खसेर किशोरको मृत्यु
समाचार, समाज

भक्तपुरमा चार तला माथिबाट खसेर किशोरको मृत्यु

नेपालअखबार, भक्तपुर। घरको चार तलामाथिबाट खस्दा भक्तपुरमा एक जनाको मृत्यु भएको छ। बिहीबार साँझ मध्यपुरठिमी नगरपालिका-६ मिलरोडस्थित एक घरको चौथो तलाबाट खसेर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले जानकारी दिए। उक्त घर भुवन श्रेष्ठको हो। उनका १७ वर्षीय छोरा भूमिनलाल खसेर गम्भीर घाइते भएका थिए। उनको उपचारको लागि नागरिक अस्पताल ठिमी लगिएको थियो। त्यहाँ उपचारको क्रममा राति नै मृत्यु भएको हो। यसको अनुसन्धान प्रहरी वृत्त ठिमीबाट भइरहेको छ।...
युवा व्यवसाय दीपक कार्की : मानवसेवाका सारथी
समाचार, समाज

युवा व्यवसाय दीपक कार्की : मानवसेवाका सारथी

नेपालअखबार, पोखरा । सामाजसेवी तथा पोखराका युवा व्यवसायी दीपक कार्की मानवीय सेवाका लागि अग्रणी व्यक्ति हुनुहुन्छ । सिटिजन फर्निचरका सञ्चालक कार्की समाजसेवामा हरदम तयार हुनुहुन्छ । त्यसैले उहाँले स्थापनाकालदेखि मानवसेवा आश्रमका लागि तन, मन, धनले सहयोग गर्दै आउनुभएको छ । उहाँले यसपटक पनि आश्रमको एक कोठा निर्माणका लागि रु पाँच लाख ५५ हजार ५५५ सहयोग गर्ने घोषणा गर्नुभएको छ । मानवाता प्रवद्र्धन अभियानमा समेत सक्रिय हुँदै आउनुभएका कार्की जन्मदिन होस् या देउसी भैलो आश्रमका हरेक कार्यक्रमहरुमा सरिक हुने र सहयोग गर्नै गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “आश्रमले जुन काम गरिरहेको छ, त्यो हामी कसैले चाहेर पनि गर्न सक्दैन, हामीले उहाँहरुको अभियानमा बाहिरबाट सहयोग मात्रै गर्न सक्छौँ ।” उहाँ जस्तै परोपकारी व्यक्तिहरुको साथ र सहयोगले पोखराको आश्रमको सेवा सञ्चालनमा सहयोग पुगेको आश्रमका केन्द्रिय कोषाध्य...
डोटीमा वडाध्यक्षको निधन
समाचार, समाज

डोटीमा वडाध्यक्षको निधन

नेपालअखबार, डोटी । डोटीको पूर्वीचौकी गाउँपालिका–६ का वडाध्यक्ष पुष्पराज जोशीको निधन भएको छ । बुधबार गाउँकार्यपालिकाको बैठक सकेर सानागाउँबाट घर फर्किने क्रममा जोशीको बाटोमै निधन भएको हो । उनी एक्लै घर गइरहेका बेला एक्कासी बाटोमा ढलेका थिए । उच्च रक्तचापका बिरामी रहेका जोशीको हृदयघातबाट मृत्यु भएको हुन सक्ने गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले जानकारी दिए । जोशीलाई जिल्ला अस्पताल डोटीमा ल्याउँदासम्म मृत्यु भइसकेको अस्पतालका डाक्टर सोहन शाहले जानकारी दिए । ६५ वर्षीय जोशी ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।...
पत्रकार बञ्जारालाई सुशासन पत्रकारिता पुरस्कार
समाचार, समाज

पत्रकार बञ्जारालाई सुशासन पत्रकारिता पुरस्कार

नेपालअखबार, पाेखरा। भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवस डिसेम्वर ९ का दिन प्रदान गरिदै आएको सुसाशन पत्रकारिता पुरस्कार–२०७८ पत्रकार यदुनाथ बञ्जारालाई दिने निर्णय भएको छ । ई. स्वर्गिय लेख बहादुर गुरुङले अक्षयकोषबाट स्थापित सुसाशन पत्रकारिता पुरस्कार सुसाशनका लागि नागरिक समाज (सुनास) ले सञ्चालन गर्दै आएको छ । हरेक वर्ष प्रदान गर्दै आएको सुसाशन पत्रकारिता पुरस्कार प्रतिमा छनोटका लागि सुनासका पूर्व अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यको संयोजकत्वमा सदस्यहरु पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी र अग्रज पत्रकार श्याम कुँवर रहेको छनोट समितिले सराङकोट साप्ताहिक पत्रिकाका सम्पादक यदुनाथ बञ्जारालाई पुरस्कृत गर्न छनोट गरी सुनास समक्ष सिफारिस गरेकामा सुनासको वैठकले अनुमोदन गरेको सुसाशनका लागि नागरिक समाज (सुनास) का अध्क्ष रविन्द्रनाथ बास्तोलाले जानकारी दिनुभयो । पत्रकार बञ्जारा लामो समय द...
झोलुंगे पुलको जिल्लामा म्याग्दी जोड्ने अर्को पुल
समाचार, समाज

झोलुंगे पुलको जिल्लामा म्याग्दी जोड्ने अर्को पुल

नेपालअखबार, बागलुङ। बागलुङ र म्याग्दी जोड्ने तीन सय ८८ मिटर लामो झोलुंगे पुल निर्माण भएको छ। बागलुङ नगरपालिका–४ कुडुँले फाँटदेखि म्याग्दी जिल्लाको बेनी नगरपालिका-१ रत्नेचौर जोड्ने झोलुंगे पुल निर्माण भएसँगै यात्रा सहज भएको छ। झोलुंगे पुलको जिल्लाका रूपमा परिचित बागलुङमा पछिल्लो समय लामा र अग्ला झोलुंगे पुल थपिने क्रम जारी छ। बागलुङ र पर्वत जोड्ने नेपालकै लामो झोलुंगे पुल थपिएको एक वर्षभित्रै बागलुङ नगरपालिका–४ कुडुँले फेदीबाट म्याग्दी जिल्लाको बेनी नगरपालिका–१ रत्नेचौर जोड्नेगरी झोलुंगे पुल निर्माण सुरू भएको थियो। कुडुँलेदेखि रत्नेचौर जोड्ने पुल निर्माण सम्पन्न भइसकेर हस्तान्तरणको मात्रै काम बाँकी रहेको पुल निर्माणको जिम्मा पाएको थानी हिमशिखर जेभी निर्माण कम्पनीका आधिकारिक प्रतिनिधि नरहरि खड्काले जानकारी दिए। ‘बागलुङ र म्याग्दी जिल्ला जोड्ने झोलुंगे पुलको  निर्माण सकिएको छ’,...