Tuesday, May 5

समाज

विषालु च्याउ खाँदा पाँचजना बिरामी
समाचार, समाज

विषालु च्याउ खाँदा पाँचजना बिरामी

नेपाल अखबार, बैतडी । विषालु च्याउ खाँदा मङ्गलबार बैतडीमा पाँचजना बिरामी परेका छन् । मेलौली नगरपालिका–५ खलीगाडमा एकै घरका उनीहरु बिरामी परेका हुन् । बिरामी पर्नेमहा स्थानीय १४ वर्षीया सुनिता जोशी, १२ वर्षीया सविता जोशी, १० वर्षीय किरन जोशी, आठ वर्षीया सोनिया जोशी र चार वर्षीया दिव्या जोशी छन् । उनीहरुको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको निमित्त प्रमुख जनस्वास्थ्य निरीक्षक मुकेशकान्त दयालले जानकारी दिए । च्याउ खाएर बिरामी भएपछि उनीहरूलाई तत्काल स्वास्थ्य केन्द्रमा भर्ना गरिएको हो । मङ्गलबार बिहान जङ्गलबाट टिपेर ल्याएको च्याउ उनीहरु सबैले खाएका थिए । च्याउ खाएको केहीबेरपछि उनीहरुले बान्ता गर्न थालेपछि स्वास्थ्य केन्द्र लगिएको थियो । रासस...
खोलाले बगाएर नुवाकोटमा वडा सदस्यको मृत्यु
समाचार, समाज

खोलाले बगाएर नुवाकोटमा वडा सदस्यको मृत्यु

नेपालअखबार, नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ का निर्वाचित महिला वडा सदस्य सुकुमई तामाङको खोलाले बगाएर मृत्यु भएको छ। बेलकोटगढीको वडा नम्बर १० र १२ हुँदै बगेको बेलकोट खोलाले मंगलबार साँझ बगाउँदा ५४ वर्षीया तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताए। खेतमा काम गरेर फर्कने क्रममा वडा नम्बर १० स्थित द्धारिका टहरोमा खोला तर्ने क्रममा उनलाई बगाएको हो। तामाङको शव करिब एक किलोमिटर तल वडा नम्बर १२ को रैकरे चौतीसमा भेटिएको खड्काले बताए। गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) बाट उनी महिला सदस्यमा निर्वाचित भएकी थिइन्।...
आज काठमाडौं उपत्यकासहित मुलुकभर बिहानैबाट वर्षा
समाचार, समाज

आज काठमाडौं उपत्यकासहित मुलुकभर बिहानैबाट वर्षा

नेपालअखबार, काठमाडाैं । काठमाडौं उपत्यकासहित मुलुकभर आज बिहानैबाट वर्षा भइरहेको छ। देशभर मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै लुम्बिनी प्रदेशको एक दुई स्थानमा भारी वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर मेघ गर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती र मधेश प्रदेशका केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ । आज राति देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ । महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही दक्षिण तिर अवस्थित छ भने पूर्वमा सरदर स्थानको आसपासमा रहेक...
अवरुद्ध डुम्रे–आँबुखैरेनी सडकखण्ड पाँच घण्टापछि खुल्यो
समाचार, समाज

अवरुद्ध डुम्रे–आँबुखैरेनी सडकखण्ड पाँच घण्टापछि खुल्यो

नेपालअखबार, तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको डुम्रे–आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको पाँच घण्टापछि पुन: सञ्चालनमा आएको छ। आज बिहान करिब ३ बजेदेखि पहिरोले यो सडकखण्ड अवरूद्ध भएको थियो। बन्दीपुर गाउँपालिका–५ याम्पा नजिक माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो। सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्दा कयौँ सवारीसाधान राजमार्गमा रोकिन पुगेको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए। लामो समय सवारीसाधन रोकिँदा यात्रुले सास्ती भोग्नुपरेको थियो। डोजरको सहायताले पहिरो पन्छाएपछि अहिले दुवैतर्फी सवारी साधन निर्वाधरूपमा सञ्चालन भएको छ। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको अन्य सडक खण्डमा भने कुनै अवरोध नभएको उनले बताए।...
बाँकेमा एक नव विवाहिता दम्पती मृत फेला
समाचार, समाज

बाँकेमा एक नव विवाहिता दम्पती मृत फेला

नेपालअखबार, बाँके। बाँकेमा एक दम्पती मृत अवस्थामा फेला परेका छन्। बाँकेको कोहलपुर नगरपालिका- १४ पावतीपुरका २५ वर्षीय कृष्ण गडरिया र २३ वर्षीया उनकी श्रीमती मञ्जु गडरिया मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौंपानेले  जानकारी दिए। यो जोडीले हालसालै बिहे गरेको खुल्न आएको डिएसपी न्यौंपानेले बताए। ‘घरको माथिल्लो तलामा दाइ भाउजु बस्दा रहेछन्,’ डिएसपी न्यौंपानेले भने, ‘आफ्नै घरको तल्लो तलामा बसेका नब विवाहित दम्पत्ति मृत फेला परेका हुन्।’ आफू घटनास्थलमै रहेको तथा घटना संकास्पद रहेको डिएसपी न्यौंपानेले जानकारी दिए। कृष्णको शव घर बाहिर र मञ्जुको शव घरभित्र फेला परेको थियो। ‘पोष्टमार्टम नहुँदासम्म घटनाबारे भन्न सक्ने अवस्था छैन,’ डिएसपी न्यौंपानेले भने, ‘ सरसर्ती नियाल्दा विषादी सेवन गरी आत्महत्या गरेको जस्तो घटना देखिदैन।’ शब पोष्टमार्टमका लागि अस्पताल ...
महत बस्ती पहिरोको जोखिममा
समाचार, समाज

महत बस्ती पहिरोको जोखिममा

नेपालअखबार, काभ्रे । काभ्रेको कोसीपारिस्थित भुम्लु गाउँपालिका–१ सापिङमा अविरल वर्षाका कारण महत बस्ती जोखिममा परेको छ । आइतबार परेको वर्षाले बस्ती नजिकै पहिरो जाँदा जमिन धाँजा फाटेर बस्ती जोखिममा परेको हो भने विद्यालय भवन पहिराले पुरेको छ । भुम्लु गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर भुजेलले वर्षाका कारण वडा नं १ को सापिङस्थित महत बस्तीको करिब १२–१४ घरधुरी जोखिममा परेको जानकारी दिनुभयो । “बस्ती नजिकै पहिरो गएका कारण त्यसको असरले नजिकैका घर तथा शौचालय भएको ठाउँमा नै धाँजा फाट्दै गएकाले जोखिममा परेको छ”, उनले भने, “त्यस्तो अवस्थामा त्यहाँका बासिन्दा घरमा बस्न सक्ने अवस्थामा छैनन् ।” बस्ती अन्यत्र सार्न आवश्यक देखिएकाले विकल्प खोज्नुपर्ने अवस्था सिर्जना भएको उनले बताए । वर्षाकै कारण भुम्लु –१ स्थित कालीदेवी प्राथमिक विद्यालयको भवन माथिबाट खसेको पहिराले पुरिएर क्षति पुगेको छ भने वडा नं ६ कोला...
पहिराले पृथ्वी राजमार्गको याम्पा–आँबुखैरेनी सडक अवरुद्ध
समाचार, समाज

पहिराले पृथ्वी राजमार्गको याम्पा–आँबुखैरेनी सडक अवरुद्ध

नेपालअखबार , तनहुँ। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको छ। वर्षाका कारण आज बिहान बन्दीपुर गाउँपालिका–५ याम्पास्थित सडकमा पहिरो खस्दा उक्त खण्ड अवरुद्ध भएको हो। सडकमाथिबाट खसेको पहिराका कारण उक्त खण्ड दुईतर्फीरूपमा अवरुद्ध भएकामा अहिले एकतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए। पहिरो हटाएर राजमार्ग दुईतर्फी सञ्चालन गराउने काम भइरहेको उनले बताए। पृथ्वीराजमार्ग विस्तारका लागि उक्त ठाउँमा भित्ता काट्ने काम भइरहँदा बेला–बेलामा पहिरो खसेर राजमार्ग अवरुद्ध हुने गरेको छ। रासस...
भाइरल ज्वरोका बिरामी बढेपछि इलामका विद्यालय बन्द
समाचार, समाज, स्वास्थ्य

भाइरल ज्वरोका बिरामी बढेपछि इलामका विद्यालय बन्द

नेपालअखबार, इलाम।  मङ्गलबारे रुघाखोकी र ज्वरो बढेपछि इलाममा विद्यालय बन्द गर्न थालिएको छ । पछिल्ला दिन जिल्लाभरि नै रुघाखोकीसहित ज्वरोका बिरामी बढ्न थालेका छन् । केही समयअघि इलाम नगरपालिकाभित्रका निजी सबै विद्यालय बन्द गरिएको थियो । पछिल्लो समय सूर्योदय नगरपालिकामा सञ्चालित पञ्चकन्या अङ्ग्रेजी विद्यालय र एभरल्यान्ड इन्टरनेशनल एकेडेमीमा बन्द गरिएको छ । एक साताका लागि विद्यालय बन्द गरिएको हो । परीक्षा सञ्चालन भइरहेका अवस्थामा पनि बिद्यालय बन्द गर्नुपरेको बताइएको छ । चिकित्सकहरूले यसलाई भाइरल समस्या भएको जनाएका छन् ।...
करेन्ट लागेर सप्तरीमा एक जनाको मृत्यु
समाचार, समाज

करेन्ट लागेर सप्तरीमा एक जनाको मृत्यु

नेपालअखबार, राजविराज । सप्तरीको खडक नगरपालिकास्थित लालपुरमा सोमबार साँझ करेन्ट लागेर एक जना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा खड्क नगरपालिका वडा नं ११ बस्ने ६० वर्षका शत्रुहन खङ्ग (मण्डल) रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । खेतमा सिँचाइ गर्नका लागि जडान गरिएको पानी तान्ने मोटर खोल्ने क्रममा उनलाई करेन्ट लागेको थियो । लामो खडेरीले धानबाली सुक्न थालेपछि खेत सिँचाइ गर्नका लागि मानिस पानीका लागि, मोटर, पम्पसेटलगायतबाट सिँचाइ गर्ने गरेका छन् ।  ...
पहिरोले घर पुरिँदा एकै घरका तीन जनाको मृत्यु, एक घाइते
समाचार, समाज

पहिरोले घर पुरिँदा एकै घरका तीन जनाको मृत्यु, एक घाइते

नेपालअखबार, अछाम । पहिरोले घर पुरिँदा अछाममा तीन जनाको मृत्यु भएको छ । तुर्माखाँद गाउँपालिका २ भुलुका अमर विष्टको घर पुरिँदा घरमै सुतिरहेका तीन जनाको मृत्यु भएको हो । अमरका भाइ वीरेन्द्र विष्ट ,छोरा संविधान विष्ट र बुहारी हरिकला विष्टको घटनास्थलमै मृत्यु भएको हो । नैना विष्ट गम्भीर घाइते भएको घटनास्थलमा रहेका स्थानीय निरक शाहीले जानकारी दिए । अहिले स्थानीय जनप्रतिनिधि, प्रहरीको सक्रियतामा उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ ।...