Saturday, August 1

समाज

वर्षौंदेखि पालमुनि छन् घरबारविहीन परिवार
समाचार, समाज

वर्षौंदेखि पालमुनि छन् घरबारविहीन परिवार

नेपालअखबार, कैलाली । कैलालीको यहाँको चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनका परिवार विगत तीन वर्षदेखि पालमा बसिरहेका छन्। चुरे–४ स्थित मसुरी गाउँका घर्तीको परिवारलाई केही वर्ष पहिलेको भीषण पहिरोले विस्थापित बनाएपछि उनीहरुले जग्गा भाडामा लिएर घर बनाएका थिए। तर जग्गाधनीले बिचैमा जग्गा नदिने भएपछि उनीहरु त्यहाँबाट पनि विस्थापित भए । 'त्यसपछि हामी चुरे–४ कै टाँकगडा जङ्गलको बीचमा बस्न थाल्यौं,' नवलसिंहले विगत सम्झिँदै भने, 'त्यहाँ धेरै परिवार थियौं। वन अतिक्रमण गरेको भन्दै त्यहाँबाट पनि हामीलाई हटाएपछि हाम्रो कतै जाने ठाउँ थिएन। अनि यही जङ्गलको छेउमा ओत लाग्न आइपुग्यौं।' सोही स्थानमा बस्दै आउनुभएका अर्का रतन नाथको पीडा पनि उस्तै छ। डडेल्लधुरा पुख्र्यौली घर भएका रतनले सानैमा अभिभावक गुमाएपछि रोजगारीका लागि भारततिर गए। भारतमै हुँदा गाउँमा नापी टोली आएछ। आफन्त...
अत्यधिक चिसोका कारण वीरगन्जमा विद्यालय तीन दिन बन्द
शिक्षा, समाचार, समाज

अत्यधिक चिसोका कारण वीरगन्जमा विद्यालय तीन दिन बन्द

नेपालअखबार,काठमाडौं । अत्यधिक चिसो र शीतलहरका कारण वीरगञ्जका विद्यालय तीन दिनका लागि बन्द गरिएको छ। चिसोका कारण बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर पर्न सक्ने भन्दै महानगरपालिकाले पुस ७ देखि ९ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो। तीन दिन यता चिसो बढेपछि वीरगञ्ज महानगरपालिकाभित्रका विद्यालयहरूमा विद्यार्थीको उपस्थिति घट्न थालेका थियो । महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेका अनुसार बालबालिकाको स्वास्थ्य जोखिमलाई ध्यानमा राख्दै पुस ७, ८ र ९ गते विद्यालयमा पठनपाठन स्थगित गरिएको छ। उक्त बिदा वर्षे सट्टे विदाबाट कट्टा गरिने उनी बताउँछन्। महानगरपालिकाले पुस ११ गते शैक्षिक क्यालेण्डरमै सट्टा बिदा दिने तय अब गरेकोले  विद्यालयहरू पुस १३ गते आइतबारदेखि मात्रै सञ्चालनमा आउने उनले बताए । चिसो, कुहिरो र शीतलहरका कारण विशेषगरी सामुदायिक विद्यालयमा अध्यय...
सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
समाचार, समाज

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

नेपालअखबार,काठमाडौं । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानमा निर्माणाधीन सुरुङमार्गको काम ६५ प्रतिशत सकिएको छ । आयोजनाको वित्तीय प्रगति ५६ प्रतिशत छ । १ हजार १२६ मिटर लामो सुरुङ बनिसकेको छ । १५१, १६१ र १३० मिटर लम्बाइ भएका तीन वटा बाइपास सुरुङको पनि निर्माण सकिएको छ । सुरुङमार्गसम्म पुग्ने पहुँच सडक, भीर संरक्षण कार्य, रिटेनिङवाल लगायतका संरचना निर्माणाको काम जारी छ । यस आयोजना अन्तर्गत समग्रमा २ हजार ३९८ मिटर सडक स्तरोन्नति गर्नुपर्ने छ । पहिरो तथा ढुंगा झर्नबाट रोकेर हाल चालु रहेको सडकलाई सुरक्षित बनाउन ७८० मिटर लम्बाइ, ३.४३ मिटर चौडाइ र ४.४ मिटर उचाइ भएको रक सेड निर्माण गर्न भने बाँकी छ । मुख्य सुरुङबाट सवारी साधन चलाउन सुरु भएपछि मात्र रक सेड निर्माण थाल्ने आयोजनाले जनाएको छ । सुरुङमार्गसम्म पुग्ने पहुँच सडक, भीर संरक्षण कार्य, रिटेनिङवाल लगायतका संरचना निर्...
याङ्मामा ब्वाँसोको त्रास
समाचार, समाज

याङ्मामा ब्वाँसोको त्रास

नेपालअखबार,ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका– ७ ओलाङचुङगोला स्थित हिमाली बस्ती याङ्मामाका पशुपालक किसान बर्सेनि जङ्गली जनावर ब्वाँसोका कारण पीडित हुँदै आएका छन्। उनीहरूलाई याक र चौरीलाई ब्वाँसोको आक्रमणबाट मरेपछि हरेक वर्ष लाखौंको क्षति बेहोर्नु परेको छ। यसवर्ष केही दिन अघि याङ्माकालोप्साङ शेर्पा र नाम्ग्या शेर्पाको गोठमा रहेका तीन  चौरी ब्वाँसोको आक्रमणबाट मरेका छन्। अन्य पशुपालकसमेतका गरी यसवर्ष हालसम्म ९ चौरी मरेका छन्। फक्ताङलुङ गाउँपालिका– ७ ओलाङचुङगोलाका वडाअध्यक्ष छेतेन शेर्पाका अनुसार अघिल्लो वर्ष मात्र यस क्षेत्रमा ३० भन्दाबढी चौपाया ब्वाँसोको आक्रमणमा परेर मरेका थिए। बर्सेनि हुने यस्ताआक्रमणका कारण यहाँका किसानले आर्थिक क्षति बेहोर्नु परेको छ। एउटा चौरीको मूल्य कम्तीमा रू ६० हजारसम्म पर्छ भने चीनको तिब्बत लैजाँदा यसको मूल्य दोब्बर पर्न जान्छ। यसरी ब्व...
रक्सी पसलभित्र चल्यो अन्धाधुन्ध गोली, ९ जनाको मृत्यु
विदेश, समाचार, समाज

रक्सी पसलभित्र चल्यो अन्धाधुन्ध गोली, ९ जनाको मृत्यु

नेपालअखबार,काठमाडौं ।दक्षिण अफ्रिकाको जोहन्सबर्ग नजिकैको एउटा सहरमा अन्धाधुन्ध गोली चलेको छ। बेकर्सडाल टाउनसिपमा रहेको एउटा रक्सी पसलभित्रै छिरेर एक समूहले गोली चलाउँदा  ९ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। आइतबार मध्यराति १ बजे एउटा गाडीमा आएका बन्दुकधारीहरूले मदिरा पिउँदै बसेका व्यक्तिहरूमाथि गोली चलाएका थिए। घटनामा १० जना घाइते भएका छन्। गोली चलेपछि भागेका केही मानिसहरूलाई लखेटी लखेटी बन्दुकधारीहरूले गोली हानेका थिए। घाइतेहरूलाई विभिन्न स्वास्थ्य केन्द्रमा उपचारका लागि लगिएको छ। गोलीकाण्डको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। रोयटर्सका अनुसार बेकर्सडाल रहेको र्‍याण्ड वेस्ट सिटी बेरोजगारी र गरिबीले प्रभावित मानिन्छ। सो क्षेत्र सुन खानी उद्योग पतन भएपछि आर्थिक संकटले ग्रस्त बनेको स्थानीय सरकारको वेबसाइटमा उल्लेख छ। अफ्रिकाको ...
गोरखाका ३ पालिकालाई बराम स्वायत्त क्षेत्र घोषणा गर्न माग
समाचार, समाज

गोरखाका ३ पालिकालाई बराम स्वायत्त क्षेत्र घोषणा गर्न माग

नेपालअखबार,पोखरा । नेपालको अतिसीमान्तकृत आदिवासी जनजाति बराम समुदायले गोरखाको ३ पालिकालाई बराम स्वायत्त क्षेत्र घोषणाको माग गरेका छन् । गोरखाको भीमसेन थापा गाउँपालिकामा सम्पन्न बृहत् भेला मार्फत १७ बुँदे अडान पत्र– २०८२ सार्वजनिक गर्दै सर्वोच्च अदालतको परमादेश र अन्तर्राष्ट्रिय सन्धि सम्झौता कार्यान्वयनको माग गरेको हो । बराम समुदायको उद्गमस्थल आरुघाटको स्याम्राङसहित बराम बाहुल्यता भएका ती पालिकालाई ‘बराम स्वायत्त क्षेत्र’ घोषणाको माग गर्दै यसअघि नै पटक पटक ज्ञापनपत्र बुझाएका छन् । भीमसेन थापा, बारपाक सुलिकोट र आरुघाट गाउँपालिकालाई ‘बराम स्वायत्त क्षेत्र’ घोषणा गर्नुपर्ने उनीहरुको माग छ । नेपालको जनगणना २०७८ का अनुसार नेपालमा बराम जातिको जनसंख्या ७ हजार ८ सय ५९ छ । जसमध्ये ९० प्रतिशत अर्थात् ६ हजार २ सय ३३ जनाको बसोबास गोरखामा रहेको बराम संघका सल्लाहकार जगत बरामले बताए । संविधानको धार...
छाङरुमा सौर्य मिनिग्रिड सञ्चालन
प्रविधि, समाचार, समाज

छाङरुमा सौर्य मिनिग्रिड सञ्चालन

नेपालअखबार, दार्चुला । दार्चुलाको व्यास गाउँपालिका–१ छाङरुमा सौर्य ऊर्जामार्फत विद्युत् आपूर्ति सुरु गरिएको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहयोग र स्थानीय उपभोक्ताको श्रमदानमा निर्माण गरिएको ५३ किलोवाट क्षमताको सौर्य मिनिग्रिडबाट १२० परिवार लाभान्वित भएका छन् । मिनिग्रिड सञ्चालनमा आएसँगै १२० परिवार, तीन व्यावसायिक फर्म र चार वटा सरकारी कार्यालयमा विद्युत् सेवा पुगेको व्यास–१ का वडाध्यक्ष अशोकसिंह बोहराले जानकारी दिए । उक्त सौर्य मिनिग्रिड सञ्चालनमा आएपछि स्थानीयले नियमित रूपमा विद्युत् प्रयोग गर्न पाएका छन् । चिसो मौसमका कारण ब्याट्रीका लागि बेलुका ९–१० बजेदेखि राति २ बजेसम्म विद्युत् आपूर्ति बन्द गरिने वडाध्यक्ष बोहराले जानकारी दिए । मिनिग्रेडबाट उत्पादित विद्युत् वितरणका लागि एक दशमलव ११३ किलोमिटर ‘थ्रीफेज’ र ४३२ मिटर ‘सिङ्गलफेज’ प्रसारण लाइन निर्माण गरिएको छ । सशस्त्र ...
ताप्लेजुङमा पशुचौपायामाथि भालुको आक्रमण
समाचार, समाज

ताप्लेजुङमा पशुचौपायामाथि भालुको आक्रमण

नेपालअखबार, ताप्लेजुङ । जिल्लाको फुङलिङ नगरपालिका–९ हाङ्देवामा भालुले पशुचौपायामाथि आक्रमण गरी क्षति पुर्‍याएको छ । फुङलिङ–९ का वडाध्यक्ष लक्ष्मण गुरुङले पछिल्ला केही दिनयता स्थानीय किसानका चारवटा खसी र एउटा भेडा भालुको आक्रमणबाट मरेका जानकारी दिए । अध्यक्ष गुरुङका अनुसार नारायणप्रसाद गुरुङको एउटा भेडा र एउटा खसी तथा भगीमान गुरुङका तीनवटा खसी भालुको आक्रमणमा मरेका हुन् । पछिल्ला केही दिनदेखि विभिन्न स्थानमा भालु देखिन थालेपछि स्थानीयवासी त्रसित बनेका छन् । भालुले अलैँचीको टुसासमेत खाएर बगानमा पनि क्षति पुर्‍याएको स्थानीय ताइवान मादेनले बताए । अलैँची बगानमा सिँचाइ गर्न र घाँसदाउरा गर्नसमेत त्रास सृजना हुन थालेको उनको भनाइ छ । भालु नियन्त्रणका लागि वडा कार्यालयले वन कार्यालयसँग समन्वय गरिरहेको वडाध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए ।...
ललितपुरमा युवकको हत्या, बोरामा प्याक गरेर इनारमा फालियो शव
समाचार, समाज

ललितपुरमा युवकको हत्या, बोरामा प्याक गरेर इनारमा फालियो शव

नेपालअखबार,काठमाडौं । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायुलको रहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता चक्रराज जोशीले बताए । उनका अनुसार हायुल ललितपुरमा तरकारी फार्म हाउस चलाउँदै आएका थिए । पछिल्लो समय उनी बुल्गेरिया जाने तयारीमा थिए । विदेश जाने तयारीमा रहेका हायुले रोल्पाका दीपक थापा मगरलाई उक्त फार्म बेचेको समेत खुलेको छ । सोही क्रममा हायु २ पुसमा ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित शेरफाँटमा रहेको एक इनारमा मृत अवस्थामा भेटिएका थिए । इनारमा बोरा तैरिएको अवस्थामा निकालेर हेर्दा हायुको शव फेला परेको हो । २४ मंसिरदेखि हराएको भन्दै परिवारले प्रहरीमा जानकारी गराएका थिए । प्रहरीले हायुको हत्या भएको निष्कर्ष निकालेको छ । हत्या आरोपमा एक जनालाई पक्राउ समेत गरिएको एसपी जोशीले...
बागमतीमा तैरिने फोहर पदार्थ संकलन गर्न ‘ट्रास बेरियर’
प्रशासन, समाचार, समाज

बागमतीमा तैरिने फोहर पदार्थ संकलन गर्न ‘ट्रास बेरियर’

नेपालअखबार, काठमाडौं।  सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले काठमाडौँका नदीहरूमा तैरिने फोहर संकलन गर्न ‘ट्रास बेरियर’ जडान गरेको छ। गुह्येश्वरीबाट ट्रास बेरियर जडान सम्पन्न गरी वाग्मती नदीका पाँच स्थान क्रमशः गोकर्ण ब्यारेज, गुह्येश्वरी, तिलगंगा आँखा अस्पताल, वाग्मती मनहरा दोभान, युएन पार्क र मनोहरा नदीको कर्मनाशा दोभानमा एक स्थान गरी जम्मा छ स्थानमा रु ६५ लाखमा ठेक्का सम्झौता गरेर ट्रास बेरियर राख्न थालिएको हो। सहरी विकासमन्त्री कुलमान घिसिङको निजी सचिवालयका अनुसार ट्रास बेरियरले नदीको सतहमा तैरिने प्लाष्टिक, पोलिथिन, बोतल, काठका टुक्रालगायत फोहरलाई रोक्ने र एक निश्चित स्थानमा जम्मा गराउने काम गर्दछ। काठमाडौँ उपत्यकाका वाग्मती, विष्णुमती, मनोहरा र धोबीखोला नदीहरूमा सहरीकरण, अव्यवस्थित फोहर व्यवस्थापनका कारण ठूलोमात्रामा तैरिने फोहर बग्...