Thursday, April 30

समाज

शिक्षकले नै गरे छात्रामाथि बलात्कार, बच्चा जन्मेपछि सार्वजनिक
समाचार, समाज, हाइलाइट-समाचार

शिक्षकले नै गरे छात्रामाथि बलात्कार, बच्चा जन्मेपछि सार्वजनिक

नेपमल अखबार, बैतडी ।  बैतडीका दुई शिक्षकमाथि आफ्नै विद्यालयमा अध्ययनरत एक छात्रालाई बलात्कार गरी गर्भवती बनाएको आरोप लागेको छ । जिल्लाको दुुर्गम सिगास गाउँपालिकाका शिक्षकले नै आफ्नै विद्यालयकी छात्रालाई बलात्कार गरेको आरोप लागेको हो । पीडित किशोरी बलात्कर भएपछि अर्कैसँग भागेर बिहे गरेको र छ महिनामै छोरी जन्मिएपछि बलात्कार गरेको कुरा बाहिर आएको हो । सिगासको एक विद्यालयमा कक्षा ८ मा अध्ययन गर्ने १७ वर्षीया ती छात्रालाई सोही विद्यालयमा पढाउने शिक्षक खडक बोहरा, केशव बोहरा र स्थानीय रामबहादुर बोहराले बलात्कार गरेको आरोप लागेको हो । केशव अहिले विद्यालय छोडेर गाउँपालिकामा कार्यरत रहेको बुझिएको छ । तीनै जनाले ती छात्रामाथि पटकपटक बलात्कार गरेपछि भागेर बिहे गर्न बाध्य बनाएको छात्राका आफन्तले आरोप लगाएका छन् । छ महिनामै छोरी जन्मिएपछि किशोरीलाई घरका मानिसले सोधपुछ गर्दा आफूलाई ती व्यक्तिहरुले बलात...
’कोरोनाले दीर्घरोगी मात्र होइन कसैलाई छोड्दैन ’
समाचार, समाज, स्वास्थ्य

’कोरोनाले दीर्घरोगी मात्र होइन कसैलाई छोड्दैन ’

नेपाल अखबार,  काठमाडौँ। कोभिड–१९ बाट सङ्क्रमणमुक्त भएका विराट मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले यसलाई केही होइन भन्ने रुपमा लिनु नहुने बताएका छन् । आफू मृत्युको मुखमा पुगेर पनि फर्किएर आएको भन्दै उनले यसबाट सजग रहन सबैलाई अनुरोध गरे । अहिले पनि धेरैले कोभिड भनेको केही होइन भन्ने सोचेर यसलाई वेवास्ता गरिरहेको उनको भनाइ छ । कतिपय चिकित्सकले पनि बेसार पानी वा कागती पानी खाए केही केही हुँदैन भन्दै पूर्वसावधानी अपनाउन ध्यान नदिएको उनले बताए । उनले भने,, “सजग हुँदा डराउनुपर्ने अवस्था नहोला तर यसलाई केही होइन भनेर वेवास्ता गर्ने भूल गर्नु हुँदैन ।” कतिपयमा व्यक्तिमा कोभिडले जवान व्यक्तिलाई असर गर्दैन र दीर्घरोगी, ज्येष्ठ नागरिक र बालबालिकालाई मात्रै असर गर्छ भन्ने भ्रम रहेको पाइन्छ । तर यो रोगले कसैलाई नछाड्ने उनको भनाइ छ । आफू कोभिड बिरुद्ध अभियन्ता भएर सिकाउँदै हिँडेको भएपन...
बाग्लुङ बाढीः मृतकको सङ्ख्या १७ पुग्यो, २१ अझै बेपत्ता
प्रदेश ४, समाचार, समाज, हाइलाइट-समाचार

बाग्लुङ बाढीः मृतकको सङ्ख्या १७ पुग्यो, २१ अझै बेपत्ता

नेपाल अखबार, बाग्लुङ ।बाग्लुङको ढोरपाटन नगरपालिकाको भुजीखोलामा आएको बाढीले तटीय क्षेत्रका घर बगाउँदा अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या १७ पुगेको भने २१ जना बेपत्ता छन् ।  बुधबार राती साढे ११ बजेतिर आएको बाढीले खोलाको तटीय क्षेत्रका आधा दर्जन घर बगाएको थियो । बेपत्ता खोज्ने क्रममा आज अन्दाजी ३४ वर्षीय पुरुषको शव बडीगाड गाउँपालिका–७ स्थित बढीगाड खोलामा फेला परेको उद्धारमा खटिएका इलका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार मृतक १७ जनामध्ये १५ जनाको मात्रै सनाखत हुन सकेको छ । सनाखत भएका शवको अन्तिम संस्कारका लागि आफन्तको जिम्मा लगाइसकिएको छ । पहिचान हुन बाँकी दुई जनाको शव बुर्तिवाङ स्वास्थ्य केन्द्रमा राखिएको प्रहरी निरीक्षक भण्डारीले जानकारी दिए । अधिकांश शव बाढीले बगाएको गाउँभन्दा धेरै तल बडीगाड खोलामा फेला परेको उन...
रातो मच्छिन्द्रनाथको रथ तान्न गलत साइत दिइएको भन्दै ज्योतिषीको आपत्ति
धर्म/संस्कृति, समाचार, समाज, हाइलाइट-समाचार

रातो मच्छिन्द्रनाथको रथ तान्न गलत साइत दिइएको भन्दै ज्योतिषीको आपत्ति

नेपाल अखबार, काठमाडाैं। कोरोना भाइरसको सङ्क्रमणका कारण यस वर्ष ढिला गरी तानिएको रातो मच्छिन्द्रनाथको रथ यात्राको साइत नमिलेको भन्दै ज्योतिषीहरुले आपत्ति जनाएका छ्न । साइत हेर्दा तिथि र नक्षत्रको शुद्धाशुद्धिमा ध्यान दिइनुपर्नेमा आइतबार चतुर्थी तिथिका दिनको साइत दिइनु गलत भएको तोयनाथ पन्तको पात्रो (पञ्चाङ्ग) का सम्पादक सूर्यनाथ पन्तले बताए । आइतबार नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख भएअनुसार रिक्ता समूहमा पर्ने चौथी तिथि परेको छ । यसैगरी अश्विनी नक्षत्र पनि परेकाले पनि शुभ कामका लागि साइत दिन नहुने उनको भनाइ छ । रिक्ता तिथि र अश्विनी नक्षत्रलाई सूर्यले भेद गरेकाले पनि यस्तो साइत दिनु ठिक नभएको ज्योतिषीहरुको भनाइ छ । “पितृपक्ष समेत परेका बेलामा कसरी साइत दिन मिल्छ ? कोरोनाको त्रास फैलिरहेका बेला उपत्यकामा चैत्र शुक्ल पक्षमा मनाइने सेतो मच्छिन्द्रनाथ, भक्तपुरमा वैश...
निषेधाज्ञाको विकल्प खोज्न व्यवसायीको माग
अर्थ, समाचार, समाज

निषेधाज्ञाको विकल्प खोज्न व्यवसायीको माग

नेपाल अखबार, काठमाडौँ । राष्ट्रिय व्यापार सङ्घले निषेधाज्ञाको विकल्प खोजेर व्यवसायको वातावरण मिलाउन माग गरेको छ । सङ्घको टोलीले आज काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी जीवन दुलाललाई भेटेर कोभिड–१९ को बढ्दो सङ्क्रमणसँगै निषेधाज्ञा लम्ँिबदै जाँदा व्यापारी व्यवसायीहरु समस्यामा परेको जनाउँदै निषेधाज्ञाको विकल्प खोजेर व्यापार व्यवसायको वातावरण मिलाउन माग गरेको हो । सङ्घका महासचिव बैकुण्ठ दाहालले कोरोना सङ्क्रमणका कारण निरन्तर भएको बन्दाबन्दी र निषेधाज्ञाले हजारौँ व्यवसायी आफ्नो व्यापार व्यवसाय छोड्न बाध्य भएको भन्दै यस क्षेत्रमा भएको पलायन रोक्न निषेधाज्ञाको विकल्प खोज्नुपर्ने बताउनुभयो । “व्यापार व्यवसाय सञ्चालन गर्न नपाउँदा घरभाडा, वित्तीय संस्थाको ऋण, व्याज, कर, तलबलगायत कुराहरुले व्यवसायी मानसिक तनावमा परेका छन्, व्यापार व्यवसायको वातावरण मिलाउन आग्रह गर्दछौँ”, उहाँले भन्नुभयो । सङ्घले वि...
गाउँमै पोलिटेक्निक इन्स्टिच्युट सञ्चालन हुने
प्रविधि, समाचार, समाज

गाउँमै पोलिटेक्निक इन्स्टिच्युट सञ्चालन हुने

नेपाल अखबार, गोरखा । बारपाक सुलिकोट गाउँपालिकाको सौरपानीमा बाली विज्ञानअन्र्तगतको आंगिक क्याम्पस सञ्चालनमा ल्याइने भएको छ । गाउँपालिकाको वडा नं ४ स्थित सौरपानीमा यसै शैक्षिक सत्रदेखि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) अन्र्तगतको बारपाक पोलिटेक्निक इन्स्टिच्युट सञ्चालनमा ल्याउन लागिएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो । तत्कालका लागि सौरपानीमा रहेको हिमालय माध्यमिक विद्यालयमा प्रयोगशाला कक्षा सञ्चालन गर्ने र मूलदेवी आधारभूत विद्यालयमा अन्य कक्षासहितका प्रशासनिक कार्य सञ्चालन गर्ने तयारी भएको उहाँले बताउनुभयो । पोलिटेक्निक सञ्चालनका लागि गाउँपालिकाले करीब ८० रोपनी जग्गा खरिद गरिसकेको छ । इन्स्टिच्युट सञ्चालक समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्र्टराईको अध्यक्षतामा हालै बसेको सञ्चालक समितिको बैठकले इन्स्टिच्युटको शुल्क, विद्यार्थीक...
आज दिउँसो मच्छिन्द्रनाथको रथ तान्ने तयारी
धर्म/संस्कृति, समाचार, समाज

आज दिउँसो मच्छिन्द्रनाथको रथ तान्ने तयारी

नेपाल अखबार, काठमाडाैं। ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथ आज दिउँसो तीन बजे तानिने भएको छ। यसवर्ष मच्छिन्द्रनाथ रथयात्रा गरेर विगतका वर्षझैँ गाःबहाल हुँदै मङ्गलबजार, सुन्धारा, लगनखेल र अन्त्यमा जावलाखेल पुर्याउन सम्भव नदेखिएसँगै रथलाई आज ललितपुर महानगरपालिका अगाडिको सोह्रखुट्टे पाटीसम्म पुर्याएर राख्ने तयारी भएको हो। १८ भदौमा स्थानीय युवाले निषेधाको अवज्ञा गर्दै जबर्जस्ती रथ तान्दा ललितपुरको पुल्चोक क्षेत्र दिनभर तनावग्रस्त भएको थियो। तनाव मत्थर पार्न १९ भदौमा स्थानीय प्रशासनले ललितपुरको चत्रपथ क्षेत्रमा कफ्र्यु लगाएको थियो। आज बिहानैदेखि १९ औँ जातीय खलः पुचःका ५०१ स्वयं सेवक खटाएर रथको मर्मत सम्भार गराउनुका साथै रथ तान्ने व्यवस्थापनसमेत गराइरहेको पुचःका संयोजक चन्द्र महर्जनले बताए । ‘मुलुकमा दिनानुदिन फैलिरहेको कोरोना महामारीका कारण यसपटक लोकनाथलाई टोलटोलमा लगेर रथयात्रा तथा...
भारतमा एक वर्षका बच्चाले खेल्दाखेल्दै जब जिउँदै करेत सर्प निले…
विदेश, समाज

भारतमा एक वर्षका बच्चाले खेल्दाखेल्दै जब जिउँदै करेत सर्प निले…

नेपाल अखबार, एजेन्सि। भारतमा एक वर्षका बच्चाले खेल्दाखेल्दै जिउँदै सर्प निलेका छन्। भारतको उत्तर प्रदेशको बरेली जिल्लामा यो अचम्मको घटना भएको हो। टाइम्स अफ इन्डियामा प्रकाशित खबरअनुसार धर्मपाल नाम गरेका किसानका एक वर्षीय छाेराले ६ इन्च लामाे करेत सर्पकाे बच्चा निलेका हुन्। खेलिरहेका ती बच्चाकाे मुखमा उनकी आमाले जब केही वस्तु देखिन् तब हतपत तानिन्। निकालेर हेर्दा त्यो वस्तु जिउँदो सर्प पाइन् । त्यसपछि उनका बुबा ती बच्चा र सर्प लिएर अस्पताल पुगे। इमर्जेन्सी स्वास्थ्य अधिकारी डा‍. हरिश चन्द्रलाई छोराले सर्प निलेको जानकारी लिँदै मरेको सर्पको बच्चा टेबलमा राखे।त्यसपछि हतपत ती बालकलाई इमर्जेन्सी वार्डमा भर्ना गरियो। डाक्टरले त्यो सानो सर्प करेतको बच्चा भएकाे बताए। तर समयमै उपचार गरिएका कारण बच्चा खतरामुक्त भएकाे अस्पतालले जनाएकाे छ।...
एकै दिन तीन बालिकालाई बलात्कार गर्ने लमजुङका एक युवक पक्राउ
समाचार, समाज

एकै दिन तीन बालिकालाई बलात्कार गर्ने लमजुङका एक युवक पक्राउ

नेपाल अखबार, लमजुङ। एकै दिन तीन बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा क्व्होलासोंथर गाउँपालिका–३ बगुमका ४३ वर्षीय नन्दमान गुरुङ रहेका छन् । गुरुङले ११र११ वर्षीय दुईजना र नौ वर्षीया एक बालिकालाई कोही नबस्ने गरेको एक घरमा लगेर जबर्जस्ती करणी गरेको अभियोग प्रहरीले शुक्रबार पक्राउ गरेको प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले बताए । थापाका अनुसार गुरुङले गत ६ गते तीन जनालाई एकै ठाउँमा बोलाएर ललाईफकाई गरी जबर्जस्ती करणी गरेको र शुक्रबार परिवारको लिखित उजुरीका आधारमा सोही दिन पक्राउ गरिएको हो । सोभन्दा अघि पनि ती बालिकामाथि पटकपटक जबर्जस्ती करणी गर्ने गरेको र परिवारलाई बालिकाले शुक्रबारमात्र जानकारी गराएपछि थाहा भएको प्रहरीले जनाएको छ ।...
बेगनाश तालमा राना मगर मृत फेला
समाचार, समाज

बेगनाश तालमा राना मगर मृत फेला

नेपाल अखबार, कास्की । बेगनाश तालमा बिनोद राना मगर मृत फेला परेका छन् ।  जिल्ला चितवन कल्याणपुर घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका-३० शिशुवा स्थित मजदुर काम गरी बस्दै आएका थिए ।  अन्दाजी वर्ष ३१ को बिनोद राना मगर बेगनाश तालमा पौडी खेल्न जान्छु भनी गएको थिए । मगर घरमा फिर्ता नआएपछी खोजतलाश गर्दै जाने क्रममा अन्दाजी ११:३० बजेको समयमा बेगनाश तालमा निजको शव पानीमा तैरिएको अवस्थामा फेला परेको फेला परेकाे प्रहरीले जनाएकाे छ । घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएकाे छ ।...