सम्झनाको शव उठेन
नेपाल अखबार, काठमाडाैं। मष्टा गाउँपालिका–२ खिकाला गाउँमाकी १२ वर्षीया सम्झना विक गाउँकै मष्टा आधारभुत विद्यालयमा ६ कक्षामा पढ्दै थिइन्। कोरोनाका कारण विद्यालय बन्द भएकाले सम्झना घरायसी काम सघाउँदै आएकी थिइन्। उनका आमाबुबा रोजगारीका क्रममा भारत गएको चार वर्ष भयो। सम्झनाले दुईदिनअघि मात्रै भारतमा रहेका बुबाआमासँग कुरा गरेकी थिइन्। उनले यसपालिको दसैंमा घर आउँदा आफूलाई राम्रो लुगा, मोबाइल र झोला ल्याइदिन भनेको उनकी हजुरआमा हासु कामीले बताइन्।
सम्झनाले सामान मागेको हप्तादिन नपुग्दै उनले सधैंका लागि संसार छाडेकी छन्। बुधबार दिउँसो करिब १२ बजेको थियो। परिवारका तीन बहिनी र हजुरआमा (बज्यै)सँगै बसेर दिउँसोको खाना खाए। यो खाना नै उनको परिवारसँगै बसेर खाएको अन्तिम खाना भयो। घरमा खाना खाएर सम्झना घरभन्दा आधा घण्टा टाढा रहेको गोठमा गएकी थिइन्। तर उनी गोठ नपुग्दै बीच बाटोबाटै अपहरणमा परिन। नजिकैको मन्दिर...
