Monday, August 31

समाज

 मौसम पूर्वानुमान, आज देशका केही प्रदेशमा भारी वर्षा हुने सम्भावना
समाचार, समाज

 मौसम पूर्वानुमान, आज देशका केही प्रदेशमा भारी वर्षा हुने सम्भावना

नेपाल अखबार, पोखरा । मौसम पूर्वानुमान महाशाखाले आज देशका केही प्रदेशमा भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालभन्दा दक्षिण तर्फ अवस्थित रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रहि प्रदेश नं ५, गन्डकी प्रदेश, सुदुरपश्चिम प्रदेश र वाग्मती प्रदेशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । शुक्रबार दिउँसो देशभर सामान्यतया बदली रही देशका केही स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमानमा उल्लेख गरेको छ ।यसैगरी, प्रदेश १ नं, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेशका र प्रदेश नं ५ का एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यस्तै, राति देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । भने, गण्डक...
बागलुङको बरेङमा घर जलेर नष्ट
समाचार, समाज

बागलुङको बरेङमा घर जलेर नष्ट

नेपाल अखबार ,बलेवा । बागलुङको बरेङमा आगलागी हुँदा एक घर जलेको छ । आगलागीमा बरेङ गाउँपालिका–३ बाटाकाचौरका सरस्वती बिकको कच्ची घर जलेको हो । राति २ बजे एक्कासी भएको आगलागीमा घर जलेर नष्ट भएको प्रहरी चौकी बरेङले जनाएको छ । घरमा आगलागी भएको देखेर भागेका बिक परिवारले ज्यान बँचाएका छन् । उहाँको घरका सबै सामान जलेको प्रहरी सहायक निरीक्षक कृष्ण अधिकारीले जानकारी दिनुभयो । स्थानीयले राति नै आगो नियन्त्रणमा लिएकाले गाउँका अन्य घरमा भने क्षति हुन पाएन । घरमा रहेका अन्नपात, लत्ता कपडा सबै जलेकाले बिक परिवारलाई छिमेकीको घरमा आश्रय दिइएको उहाँले बताउनुभयो । रासस...
म्याग्दी कोरोनामुक्त जिल्ला
समाचार, समाज

म्याग्दी कोरोनामुक्त जिल्ला

नेपाल अखबार, गलेश्वर । म्याग्दी कोरोना सङ्क्रमणमुक्त जिल्ला बनेको छ । जिल्लाको क्वारेन्टिन र आइसोलेसनबाट १७ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएपछि म्याग्दी कोरोना सङ्क्रमणमुक्त जिल्ला बनेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिनुभयो । एक महिनाअघि पनि म्याग्दी कोराना सङ्क्रमणमुक्त जिल्ला बनेको थियो । तर सरुवा भएर आएका एक जना प्रहरीमा कोरोना सङ्क्रमण देखिएपछि म्याग्दीमा पुनः कोरोना सङ्क्रमणयुक्त जिल्ला भएको थियो । सङ्क्रमित प्रहरीको पिसिआर परीक्षणको नतिजा बुधवार नेगेटिभ आएपछि म्याग्दी पुनः कोरोना सङ्क्रमणमुक्त जिल्ला बनेको छ । प्रजिअ अधिकारीका अनुसार आइसोलेसनमा रहेका एक मात्र सङ्क्रमित प्रहरी जवानको पनि पिसिआर रिपोर्ट नेगेटिभ आएकाले यो जिल्ला कोरोना सङ्क्रमणमुक्त भएको हो । समुदायस्तरमा सङ्क्रमण फैलिन नदिन म्याग्दीमा उच्च सर्तकता अपनाइएको छ । रासस...
कोरोना भाइरस महामारीका कारण मानसिक समस्या बढ्दो
समाचार, समाज, हाइलाइट-समाचार

कोरोना भाइरस महामारीका कारण मानसिक समस्या बढ्दो

नेपाल अखबार, सुर्खेत ।  कोरोना सङ्क्रमणको महामारीका कारण घरभित्रै कुँजिनुपर्दा मानिसमा मानसिक समस्या बढेको छ । रोजगारी गुमाउँदा, आय आर्जनको बाटो बन्दा हुँदा, पठनपाठन स्थगितलगायतका कारणले मानिसमा छटपटी बढेको छ । छटपटीसँगैको एकान्तपनाका कारण कतिपयमा मानसिक समस्या देखापर्न गयो भने कतिपयले त सहनै नसकी आत्महत्याको बाटो अपनाएका छन् । छटपटी बढ्यो डोल्पा समाचारदाताका अनुसार बन्दाबन्दी सुरु भएदेखि डोल्पाका बासिन्दामा मानसिक समस्या बढेको देखिएको छ । जिल्ला अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. सिजन रावलले बन्दाबन्दीपछि दैनिक तीन जनासम्म मानसिक समस्या लिएर बिरामी आउने गरेको जानकारी दिए । निद्रा नलाग्ने, एकहोरिने, छटपटी लाग्ने, अत्यास लाग्ने, अल्छी हुने लगायतका लक्षण बिरामीले बताउने गरेको भन्दै उनले आफूहरूले बिरामीलाई सीधै मानसिक समस्या छ नभनी आवश्यक चेकजाँच गरी औषधि दिने गरेको बताए । डा. रावलले मान...
आजबाट काठमाडौं उपत्यकामा निषेध अझ खुकुलो
प्रशासन, समाचार, समाज

आजबाट काठमाडौं उपत्यकामा निषेध अझ खुकुलो

नेपालअखबार, काठमाडौं । काठमाडौं उपत्यकामा आज (बिहीबार) देखि निषेध अझ खुकुलो बनाइएको छ। उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरले एकसाथ आदेश जारी गरी असोज १ देखि ५ बुँदामा उल्लेख (विज्ञप्ति अन्तिममा राखिएकाे छ) बाहेक अन्य सबै गतिविधि खुला गरेका हुन्। तर यसको अर्थ कोरोना भाइरसको जोखिम कम भएको भनेर पटक्कै नबुझ्न काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) जनकराज दाहालले सुझाव दिएका छन्। जनजीविकाका लागि सहज होस् भनेर आजदेखि प्रतिबन्ध केही खुकुलो मात्र बनाइएको उल्लेख गर्दै सीडीओ दाहालले बिहीबार बिहान  भने, ‘वरिपरि भाइरस छन्, हिजोभन्दा १० गुना बढी सतर्कता अपनाउन जरुरी छ।’ उनका अनुसार सरकारले नागरिकलाई प्रमुख दुइटा कुरा भनेको छ– १.   ६ महिनामा जे सिक्यौं- कोरोना भाइरस कस्तो हो, कसरी सर्छ, यसको रोकथाम/नियन्त्रण गर्न के गर्नुपर्छ? यी कुरा जीवनशैलीमा उताराैँ। २.   भाइरस वरिपरि छन्, आँगनमा, पस...
२४ घण्टामा दुई गुणाले मूल्यवृद्धि
अर्थ, समाचार, समाज

२४ घण्टामा दुई गुणाले मूल्यवृद्धि

नेपाल अखबार, भैरहवा।  भारतले प्याज निर्यातमा रोक लगाएसँगै व्यापारीले कालोबजारी सुरु गरेका छन्। भारतले गत वर्षको असोज महिनामा पनि प्याज निर्यातमा रोक लगाएको थियो। भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत पूर्णप्रसाद लम्सालले सोमबारसम्म प्याज आयात भए पनि मंगलबारदेखि भारतबाट प्याजका गाडी नआएको बताए। उनका अनुसार यस नाकाबाट दैनिक १२(१५ वटा प्याजका गाडी भित्रिने गरेका थिए। भारतबाट प्याज आयात रोकिएपछि करिब दुई हप्ताअघि ३५ रुपैयाँ प्रतिकिलो रहेको प्याज व्यापारीले बुधबार बिहानसम्म प्रतिकिलो १ सय २० रुपैयाँसम्म पु¥याए। यो मूल्य अझै बढ्ने सम्भावना छ। भारतले निर्यातमा रोक लगाएसँगै व्यापारीले २४ घण्टाभित्र प्याजको मूल्य दुई गुणले बढाएका हुन्। कृत्रिम अभाव गराएर व्यापारीले प्याजमा कालोबजारी गरिरहेको उपभोक्ताहरू बताउँछन्। ‘एक–दुई दिनभित्र प्याज छोइनसक्नु भएको छ’, ओमसतिया गाउँपालिकाका स्थानीय अच्युत आचार्यले...
आजदेखि लामो दूरीका गाडी सञ्चालन
अर्थ, समाचार, समाज

आजदेखि लामो दूरीका गाडी सञ्चालन

नेपाल अखबार, काठमाडाैं। लकडाउन/निषेधाज्ञाका कारण झन्डै ६ महिनादेखि बन्द लामो दूरीका सवारीसाधन आज (बिहीबार) बाट खुला भएका छन्। यातायात व्यवसायी र चालक महासंघको संयुक्त कार्यदलले हिजै (बुधबार) विज्ञप्ति जारी सबैलाई आजदेखि लामो दूरीका गाडी चलाउन अनुरोध गरिसकेको छ। साथै सबै चालक, सहचालक र यात्रुलाई सवारीसाधनमा आवश्यक स्वास्थ्य सुरक्षा अपनाउन पनि आग्रह गरेको छ। चालक, सहचालकले मास्क, पञ्जा, सेनिटाइजर र सहचालकले फेस भाइजर अनिवार्य रूपमा प्रयोग गर्न भनिएको छ। यस्तै यात्रुलाई यात्रा अवधिभर मास्क लगाउनुपर्ने र सवारीसाधनमा चढ्दा, ओर्लिंदा तथा खाजा खाँदा भीड नगर्न अनुराेध गरिएकाे छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असोज १ देखि लामो दूरीका गाडी सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको हाे। तर ५० प्रतिशत अर्थात् सिट क्षमताभन्दा आधा मात्र यात्रु राख्न पाइनेछ भने यात्रुले ५० प्रतिशत बढी भाडा तिर्नुपर्नेछ।...
कालिकोट कोरोना सङ्क्रमणमुक्त
समाचार, समाज, हाइलाइट-समाचार

कालिकोट कोरोना सङ्क्रमणमुक्त

नेपाल अखबार, कालिकोट। कालिकोट कोरोना सङ्क्रमणमुक्त जिल्ला बनेको छ । बुधबार जिल्लाको तिलागुफा नगरपालिका–४ राँचुली आइसोलेसनबाट २० जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएपछि कोरोना सङ्क्रमणमुक्त जिल्ला बनेको हो । कालिकोट जिल्लाभर १०० जनामा कोरोना सङ्क्रमण देखिएकामा सबै जना निको भएर घर गएको जिल्ला स्वास्थ्य सेवा कार्यालय कालिकोटका निमित्त व्यवस्थापक कटकबहादुर महतले बताए । कालिकोटमा हालसम्म ५ हजार ६९० जनाको पिसिआर विधिबाट स्वाब परीक्षण गरिएको र दुई हजार ६६१ जनाको आरडिटी विधिबाट कोरोनाको परीक्षण गरिएकामा १०० जनामा कोरोना सङ्क्रमण देखिएको निमित्त व्यवस्थापक महतले जानकारी दिए । जिल्लाका नौ  स्थानीय तहमध्ये पचालझरना गाउँपालिकाबाहेकका सबै स्थानीय तहमा कोरोना सङ्क्रमणका बिरामी भेटिएको महतले बताए । कालिकोटमा कोभिड–१९ को उपचारका लागि १०० शय्याको अस्पताल निर्माण भएको छ ।  कोरोनाका बिरामी भेटिए अब त्यसैम...
आजको मौसम पूर्वानुमान
समाचार, समाज

आजको मौसम पूर्वानुमान

नेपाल अखबार, पाेखरा। मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । बिहीबार जारी मौसम पूर्वानुमानका अनुसार हाल मनसुनको न्यून चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ अवस्थित छ। भने, हाल देशभर सामान्य बदली रही हरेक प्रदेशका थोरै(थोरै स्थानहरु मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । यसैगरी, बिहीबार दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । भने, प्रदेश १,  बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ तथा सुदुरपश्चिम प्रदेशका एक(दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ । यस्तै, राति देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यता, प्रदेश १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक÷दुई स्थानहरुमा भारी वर्षाको सम्भाव...
बागलुङमा पनि भुकम्पले घर क्षती
समाचार, समाज

बागलुङमा पनि भुकम्पले घर क्षती

नेपाल अखबार, बागलुङ। बागलुङमा पनि भुकम्पले घर क्षती भएकाे छ ।  अन्दाजी ०५:२० बजेको समयमा आएको भुकम्पको धक्काले बागलुङ नगरपालिका-६ भिरलाकुरी बस्ने वर्ष अन्दाजी ६९ को दुर्गा बहादुर सुबेदीको ढुङगामाटोले बनेको दुईतले टिनको छानो भएको कच्चि पूर्ण रुपमा क्षती भएको बागलुङ   प्रहरीले जानकारी दिएकाे  छ । साे घटनामा मानबिय तथा पशु चौपाय क्षती नभएको जानकारी प्राप्त भएकाे छ । उत्त घर पूर्ण रुपमा बस्न नमिल्ने गरी क्षती भएकाे छ ।...