Monday, May 4

समाज

अलपत्र भएको करिब एक वर्षपछि बन्यो गौरीघाट पुल
समाचार, समाज

अलपत्र भएको करिब एक वर्षपछि बन्यो गौरीघाट पुल

नेपालअखबार, काठमाडौं । पशुपति क्षेत्रस्थित गौरीघाटदेखि गुह्येश्वरी मन्दिर जाने पुल करिब एक वर्षपछि निर्माण भएको छ। पुल निर्माणमा आधुनिक निर्माण सामग्री प्रयोग गर्न खोजेपछि पुरातत्व विभागले रोकेर अलपत्र परेको पुलको निर्माण सम्पन्न भएको छ। काठमाडौं महानगरपालिकाले ठेक्का गरी पुनःनिर्माणका लागि भत्काइएको सात महिना बितिसक्दा पनि पुलको काम अघि नबढेपछि त्यसबेला आवतजावतमा समस्या भएको थियो। विश्वसम्पदा क्षेत्रमा निर्माण गर्दा अपनाउनुपर्ने मापदण्डविपरीत पुल पुनःनिर्माण सुरु गरेपछि पुरातत्व विभागले पुरानै स्वरुपमा बनाउनुपर्ने भन्दै रोकेको थियो। विभागका प्रवक्ता रामबहादुर कुँवरले निर्माण व्यवसायीले आधुनिक निर्माण सामग्री राखेर पुल निर्माण गर्न खोजेपछि पुरानै स्वरुपमा बनाउनुपर्ने भन्दै पुनःनिर्माण रोकेकामा प्राचीन सामग्रीकै प्रयोगबाट बनाउन सहमत भएपछि बनाउन अनुमति दिएको बताए। ‍काठमाडौँ मह...
बाढीपहिरोबाट क्षति पुगेका सडक पुनर्निर्माणमा १२ अर्ब लाग्ने अनुमान
अर्थ, समाचार, समाज

बाढीपहिरोबाट क्षति पुगेका सडक पुनर्निर्माणमा १२ अर्ब लाग्ने अनुमान

नेपालअखबार, काठमाडौं । बाढीपहिरोका कारण क्षति पुगेका सडकका संरचना पुनर्निर्माणमा करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान सरकारले गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यस वर्षको मनसुनजन्य विपदबाट क्षति पुगेका मुख्य राजमार्ग, वैकल्पिक सडक, बेलिब्रिज र स्थायी पुल पुनर्निर्माणका लागि मात्रै १० अर्ब ६८ करोड रुपैयाँ लाग्ने अनुमान गरेको हो । गत वर्षको विपदबाट क्षति पुगेका संरचना पुनर्निर्माणका लागि १ अर्ब ७० करोड रुपैयाँ बाँकी नै छ । यस वर्षको मनसुनजन्य विपदबाट सबैभन्दा बढी क्षति मेची राजमार्गमा पुगेको छ । मेची राजमार्गको पुनर्निर्माणका लागि डेढ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । क्षति भएका कोशी, मध्यपहाडी, हुलाकी, अरनिको, कान्ति, नारायणघाट—मुग्लिङलगायतका राजमार्गको पुनर्निर्माणका लागि झण्डै तीन अर्ब ७७ करोड रुपैयाँ लाग्ने अनुमान छ । त्यस्तै, क्षति पुगेका १७ वटा स्थायी पुल पुनर्निर...
कार्तिक २० सम्म नेपालबाट हज यात्रा जान चाहनेका लागि फारम भर्ने  म्याद थप :अध्यक्ष मोख्तार
समाचार, समाज, हाइलाइट-समाचार

कार्तिक २० सम्म नेपालबाट हज यात्रा जान चाहनेका लागि फारम भर्ने म्याद थप :अध्यक्ष मोख्तार

नेपालअखबार, काठमाडौं। कार्तिक २० सम्म नेपालबाट हज यात्रा जान चाहनेका लागि फारम भर्ने म्याद थप गरिएको अध्यक्ष मोख्तार अहमदले जन्कारी दिनु भएको छ। अगामी २०८३को हज यात्रा अझै व्यवस्थित, मर्यादित र हाजीहरुका निम्ति सक्दो सुविधा सहित बनाउन प्रयासरत रहने अध्यक्ष मोख्तार अहमदले बताउनु भयो । यस बर्ष हजमा जान चाहने इच्छुक नेपाली मुस्लिम समुदायको लागि अन्तिमपटक कार्तिक २० गते सम्म समय थप गरिएको छ। समयमा नै आवेदन गरि प्राप्त कोटा संख्या १२०० भित्र आफ्नो सीट सुरक्षित गर्न हुन सबैमा हार्दिक अनुरोध गर्दछौं। सूचना हेर्नुस्...
लाङटाङ क्षेत्रमा अलपत्र १२ पदयात्रीको उद्दार
समाचार, समाज

लाङटाङ क्षेत्रमा अलपत्र १२ पदयात्रीको उद्दार

नेपालअखबार, काठमाडौं। लाङ्टाङ क्षेत्रमा अलपत्र परेका १२ पदयात्रीलाई नेपाली सेनालगायत सुरक्षा निकायले सकुलशल उद्धार गरेको छ। पदयात्रामा रहेका भक्तपुरका १६ जनामध्ये चार जना बाढीमा बेपत्ता भएपछि अलपत्र परेका उनीहरूलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले सकुशल उद्धार गरी स्याफ्रुबेँसी ल्याएको हो। सबैलाई काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ। लाङ्टाङ पदयात्राका रहेका भक्तपुरका संस्कृति श्रेष्ठ, किसन श्रेष्ठ, सङ्गीता श्रेष्ठ र रवि श्रेष्ठ बेपत्ता छन्।...
प्रधानमन्त्री काकीले दिइन् पाकिस्तानका प्रधानमन्त्रीलाई धन्यवाद
समाचार, समाज

प्रधानमन्त्री काकीले दिइन् पाकिस्तानका प्रधानमन्त्रीलाई धन्यवाद

नेपालअखबार,काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले पाकिस्तान सरकार र त्यहाँको जनताको सहयोग आवश्यक रहेको बताएकी छन् । पाकिस्तानका समकक्षी शेहवाज सरिफले नेपालमा आएको बाढी र त्यसबाट भएको क्षतिप्रति दुःख र संवेदना प्रकट गरेपछि प्रधानमन्त्री कार्कीले धन्यवाद दिँदै उक्त कुरा बताएकी हुन् । कार्कीले बाढी र पहिरोको यो कठिन समयमा पाकिस्तान सरकार र त्यहाँको जनताबाट प्राप्त सहयोग सद्भावप्रति पनि धन्यवाद व्यक्त गरिन् । सरिफले हिजो आफ्नो आधिकरिक एक्सबाट नेपालमा बाढी र पहिरोबाट भएको मृत्यु र व्यापक क्षतिप्रति दुःख व्यक्त गरेका थिए । यो कठिन क्षणहरूमा पाकिस्तान सरकार र जनता नेपाल सरकार र जनताको साथमा रहेको उल्लेख गरेका थिए ।...
पहिराले बेनी–जोमसोम सडकमा यातायात सेवा  प्रभावित
समाचार, समाज

पहिराले बेनी–जोमसोम सडकमा यातायात सेवा प्रभावित

नेपालअखबार, म्याग्दी। म्याग्दीको रघुगंगा गाउँपालिका–२ सिरुवारीको पहिरोले कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकमा यातायात सेवा प्रभावित भएको छ। म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा र अन्नपूर्ण गाउँपालिका हुदै हिमालपारीको पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम चिन र भारत जोड्ने सडक पनि हो। कालीगण्डकी नदीको तिर देखि भगवतिको माझखर्कसम्मको जमिन धाँजा फाटेर पहिरो चलेपछि बिचमा रहेको सडकमा यातायात सञ्चालनमा समस्या भएको छ। यातायात ब्यवसायी भोजबहादुर थापाले सिरुवारी र खामभित्ताको पहिरोले बेनी–जोमसोम सडकमा यातायात सञ्चालनमा समस्या भएको बताए। ‘सामान्य वर्षा हुनेवित्तिकै पहिरो खसेर सडक अवरुद्ध हुनुका साथै साँघुरो र हिलाम्मे सडकमा जोखिम मोलेर सवारी साधन वारपार गर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘सवारी साधन गुडिरहेको र यात्रु हिडिरहेको अवस्थामा माथिबाट ढुंगा ख...
५७०० कैदीबन्दी अझ फरार छन्
प्रशासन, समाचार, समाज

५७०० कैदीबन्दी अझ फरार छन्

नेपालअखबार,काठमाडौं ।  जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागार र सुधारगृहबाट भागेकामध्ये झण्डै पाँच हजार ७०० कैदी अझै फरार छन्। मुलुकभर जेनजी प्रदर्शन चर्केपछि विभिन्न २८ वटा कारागारबाट १३ हजार ५८९ कैदी र नौ वटा बालसुधारगृहबाट ९६४ बालबन्दी गरी १४ हजार ५५३ बन्दी भागेका थिए। त्यसमध्ये सोमबार अपराह्नसम्म आठ हजार ५१० कैदी र ३४१ बालबन्दी गरी कूल आठ हजार ८५१ बन्दी कारागार फर्केका छन्। कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार पाँच हजार ७९ कैदी र ६१८ बालबन्दी गरी कूल पाँच हजार ६९७ बन्दी अझै फरार छन्। गृह मन्त्रालयले यही असोज १० गते फरार कैदीबन्दीलाई सोमबारसम्म कारागार फर्कन ‘अल्टिमेटम’ दिएको थियो। ठूलो संख्यामा विभिन्न कसुरमा कैद सजाय भुक्तान गरिरहेका कैदी फरार हुँदा समाजमा सुरक्षा चुनौती थपिएपछि सरकारले फरार कैदीबन्दीलाई कारागारमा फर्काउन विशेष अभियान सञ्चालन गर...
मनसुनी वायु कमजोर, पश्चिमी वायुले गराउने छ हल्कादेखि मध्यम वर्षा
समाचार, समाज

मनसुनी वायु कमजोर, पश्चिमी वायुले गराउने छ हल्कादेखि मध्यम वर्षा

नेपालअखबार,काठमाडौं । मनसुनी वायुको प्रभाव क्रमश: कमजोर हुँदै गए पनि पश्चिमी वायुको प्रभावले पश्चिम नेपालमा वर्षा भएको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी भू–भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू–भागको थोरै स्थानहरूमा पश्चिमी वायुको प्रभाव देखिन्छ । त्यसको प्रभावले हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । गत २४ घण्टामा सबैभन्दा धेरै डडेलधुराको ज्यामिर खालमा ६१.२ मिलिमिटर वर्षा भएको छ । यसैगरी सिन्धुलीको मरिनमा पनि ५४ मिलमिटर वर्षा मापन भएको छ । पश्चिमी वायुको प्रभावले आज र भोलि पनि पश्चिम नेपालमा हल्कादेखि मध्यम र अन्य ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदहरु बताउँछन् । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी । तराई भूभाग तथा बाँकी प्रदेशका प...
जेनजी आन्दोलनका ३० घाइते अझै अस्पतालमा
समाचार, समाज, स्वास्थ्य

जेनजी आन्दोलनका ३० घाइते अझै अस्पतालमा

नेपालअखबार,काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका विभिन्न अस्पतालबाट लिएको पछिल्लो विवरणअनुसार जेनजी आन्दोलनका क्रममा घाइते भएका ३० जनाको उपचार भइरहेको छ । सिभिल अस्पतालमा एक जना, राष्ट्रिय ट्रमा सेन्टरमा १० जना, काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालमा तीन जना, त्रिवि शिक्षण अस्पतालमा पाँच जना, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन जना, नेपाल प्रहरी अस्पतालमा एक जना र कीर्तिपुर अस्पतालमा एक जना उपचाररत छन् । यसैगरी बी एन्ड बी अस्पतालमा तीन जना, विराट मेडिकल शिक्षण अस्पतालमा एक जना, नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा एक जना र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना गरी कुल ३० जना उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले विभिन्न स्वास्थ्य संस्था तथा प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रहरूसँग सम्पर्क एवं समन्वय गर्दा प्राप...
बाढीपहिरो ज्यान गुमाउनको संख्या ५३,यी हुन् मृतक र बेपत्ता (नामावलीसहित)
समाचार, समाज

बाढीपहिरो ज्यान गुमाउनको संख्या ५३,यी हुन् मृतक र बेपत्ता (नामावलीसहित)

नेपालअखबार,काठमाडौं । शुक्रबार र शनिबार निरन्तर आएको वर्षाका कारण आएको पहिरो र बाढीमा परेर ज्यान गुमाउनको संख्या ५३ पुगेको छ । नेपाल प्रहरीले दिएको पछिल्लो विवरण अनुसार, देशभर ज्यान गुमाउनेको संख्या ५३ पुगेको हो । जसमध्ये सबैभन्दा कोशी प्रदेशका जिल्लाहरूमा ज्यान गुमाउनेको संख्या धेरै छ । इलाममै ३७ जनाले ज्यान गुमाएका छन् । उदयपुरमा २, खोटाङमा २ र पाँचथरमा ८ जनाले ज्यान गुमाएका छन् । त्यस्तै, रौतहटमा ३ जनाले बाढीमा परेर ज्यान गुमाएका छन् । गत शुक्रबार र शनिबार निरन्तर आएको वर्षा र त्यसपछिको बाढीपहिरोले मानवीय र भौतिक क्षति पुर्‍याएको छ । यद्यपि अहिले पनि विभिन्न जिल्लाका विवरणहरू संकलन गर्ने क्रम जारी छ । मृत्यु भएकाहरुको विवरण: सि.नं. नामथर लिङ्ग बर्ष स्थान 1. सुरेश लिम्बु पुरुष २८  फाकफोकथुम गापा ३ रातमाटे 2. मन माया क्षेत्री महिला ६५ सुर्योदय नप...