Tuesday, May 5

समाज

नेपाली सेनाले कर्फ्यु र निषेधाज्ञा खुकुलो बन्दै
प्रशासन, समाचार, समाज

नेपाली सेनाले कर्फ्यु र निषेधाज्ञा खुकुलो बन्दै

नेपालअखबार, काठमाडौं । नेपाली सेनाले कर्फ्यु र निषेधाज्ञा खुकुलो बनाएको छ । कर्फ्यु खुकुलो भएपछि हिजोको तुलनामा आज बिहान सडक तथा पसलहरुमा चहलपहल बढेको छ । नेपाली सेनाले जारी गरेको सूचना अनुसार आज भदौ २६ गते बिहान १० बजेसम्म कर्फ्यु खुला गरिएको छ । अहिले सवारी साधनहरु निर्वाध चलिरहेका छन् । किनमेल गर्ने र अत्यावश्यक कामका लागि बाहिर निस्किनेहरुको संख्या सडकमा बढेको छ । अहिले नेपाली सेना सडकमा खासै देखिएका छैनन् । हिजो सडकका चोक चोकमा हतियारधारी सेना तैनाथ थिए । बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म भने फेरि कर्फ्यु लगाइने नेपाली सेनाले जारी गरेको सूचनामा उल्लेख छ । त्यसपछि दुई घण्टा पुन: कर्फ्यु खुला हुनेछ । आज बेलुकी ७ बजेदेखि २७ गते बिहान ६ बजेसम्म पुन: कर्फ्यु लागू हुने नेपाली सेनाले जनाएको छ ।भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध युवाहरुले भदौ १९ गते गरेको प्रदर्शनमा १९ जनाको ज्या...
जेनजी आन्दोलन : तीन प्रहरीको मृत्यु
प्रशासन, समाचार, समाज

जेनजी आन्दोलन : तीन प्रहरीको मृत्यु

नेपालअखबार,काठमाडौँ । जेनजी पुस्ताका नाममा भएको हिंसात्मक प्रदर्शनमा घाइते भएका तीन जना प्रहरीको मृत्यु भएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले बुधबार उनीहरूको मृत्यु पुष्टि भएको जानकारी दिए । उनले महाराजगञ्ज प्रहरी वृत्तमा कार्यरत प्रहरी सहायक निरीक्षक मिलन राई र प्रहरी जवान उत्तम थापा तथा कोटेश्वरका प्रहरी जवान अमृत गुरुङको उपचारका क्रममा आज मृत्यु भएको राससलाई जानकारी दिए । यो सँगै उक्त आन्दोलनमा मृत्यु हुनेको सङ्ख्या २२ पुगेको छ । यसअघि यही भदौ २३ गते भएको जेनजी पुस्ताको आन्दोलनमा १९ जनाको मृत्यु भएको थियो । अन्य ४०० बढी घाइते भएका थिए । यसैबिच उनले अहिलेसम्म देशभरका विभिन्न कारागारबाट १३ हजार ५०० बढी कैदी तथा  ५०० जति थुनुवा पनि फरार भएका जानकारी दिए । ती मध्ये केहीलाई भने पक्राउ गरिएको उनले बताए ।...
जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३० पुग्‍यो
समाचार, समाज

जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३० पुग्‍यो

नेपालअखबार, काठमाडौं । जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृतकको संख्या ३० पुगेको हो ।
टोपबहादुर रायमाझी पनि कारागारबाट फरार
समाचार, समाज

टोपबहादुर रायमाझी पनि कारागारबाट फरार

नेपालअखबार,काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वउप-प्रधान तथा पूर्वऊर्जा मन्त्री टोपबहादुर रायमाझी पनि भागेका छन्। सुन्धारा कारागारको भद्र बन्दीगृहमा रहेका रायमाझी बुधबार त्यहाँबाट भागेका हुन्। कारागार स्रोतका अनुसार अहिले भद्र बन्दीगृहमा नभागेका एक सय जना कैदी छन्। त्यसबाहेक अरू बन्दीगृहमा तीन/ चार सय जना कैदीबन्दी छन्। कारागारबाट भागेका रायमाझी सम्पर्कमा छैनन्। अन्य कतिपय कैदीबन्दीहरूले भने प्रशासनमा फोन गरेर आफूहरू फर्किने बाचा गरिरहेको स्रोतले बतायो। 'हामी फर्किन्छौं, आउँछौं, हिजो त्यस्तै भयो भनेर फोन गरिरहेका छन्,' स्रोतले भन्यो। नख्खु कारागारबाट भागेका कैदीबन्दीहरूले पछि केन्द्रीय कारागार पुगेर तोडफोड गरेका थिए। डिल्लीबजार कारागारमा रहेका कैदीबन्दीहरू पनि भाग्न खोजेका थिए। तर सेनाले उनीहरूलाई केन्द्रीय कारागार स्थानान्तरण ग...
पत्रकार र सञ्चार संस्थाहरूलाई जिम्मेवारीपूर्वक काम गर्न महासंघको अपिल
समाचार, समाज

पत्रकार र सञ्चार संस्थाहरूलाई जिम्मेवारीपूर्वक काम गर्न महासंघको अपिल

नेपालअखबार, काठमाडौँ । नेपाल पत्रकार महासंघले देशभरको विषम परिस्थितिमा पत्रकार र सञ्चार संस्थाहरूलाई जिम्मेवारीपूर्वक काम गर्न अपिल गरेको छ। महासंघका महासचिव रामप्रसाद दाहालले एक विज्ञप्ति जारी गर्दै पत्रकारिताको धर्म निर्वाह गरिरहेका सबैको प्रशंसा गर्दै निर्बाध रूपमा समाचार सङ्कलन र सम्प्रेषण गर्ने वातावरण सुनिश्चित गर्न पनि आग्रह गरेका छन्। महासंघले पत्रकारहरूलाई संविधान र कानुनले दिएको प्रेस स्वतन्त्रताको उपभोग गर्दै पत्रकार आचारसंहिताको पालना गर्न र सत्य, सन्तुलित तथा विश्वसनीय समाचार मात्र प्रकाशन गर्न सुझाएको छ। यसै गरी, जनतालाई सुसूचित गर्ने दायित्व पूरा गर्न कुनै पनि पक्षबाट अवरोध नहोस् भन्नेमा महासंघ सचेत रहेको र सम्बद्ध पक्षहरूसँग समन्वय गरिरहेको पनि जनाएको छ। विज्ञप्तिमा निषेधित क्षेत्र र कर्फ्युको समयमा समाचार सङ्कलन गर्न जाँदा सुरक्षाका लागि विशेष सावधानी अपनाउन आग्रह...
सुरक्षा घेरा तोडेर भरतपुर कारागारबाट बाहिर निस्किए कैदीहरु
समाचार, समाज

सुरक्षा घेरा तोडेर भरतपुर कारागारबाट बाहिर निस्किए कैदीहरु

नेपालअखबार,भरतपुर । भरतपुर कारागारमा रहेका कैदी, बन्दीहरुलाई बाहिर निस्किएका छन्। उनीहरु पोको पुन्तरो बोकी लामबद्ध भएर सडकमा हिँडिरहेका छन्। बुधबार विहान कैदीहरुले कारागार तोडफोड गर्दै आगजनी गर्न थालेपछि उनीहरुलाई नियन्त्रण गर्न सुरक्षाकर्मीलाई हम्मे परेको थियो। आगजनी गर्न थालेपछि कारागारमा तैनाथ सुरक्षाकर्मीहरु कैदीहरुलाई छाड्न बाध्य भएका थिए। भरतपुर कारागारमा ७ सय बढी कैदी, बन्दी थिए।...
काठमाडौँ उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै
समाचार, समाज

काठमाडौँ उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै

नेपालअखबार,काठमाडौँ । काठमाडौँ उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ । नेपाली सेनासहितका सुरक्षा फौज देशमा शान्ति सुरक्षा कायम गर्न परिचालन भएपछि यहाँको जनजीवन क्रमशः सामान्य बन्दै गएको हो । साथै नेपाली सेनाले अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन सर्वसाधारणलाई अनुरोध गरेको छ ।  ऐतिहासिक, सामाजिक, सांस्कृतिक, धार्मिकस्थल तथा व्यक्तिगत सम्पत्तिको सुरक्षामा सबै सुरक्षा निकाय तैनाथ भएकाले अवाञ्छित गतिविधि हुन लागेको जानकारी पाएमा तत्काल  सुरक्षा फौजलाई खबर सेनाले पुनः आग्रह गरेको छ । हाल यहाँका सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ ।  यद्यपि मानिस र सवारीसाधनको उपस्थिति न्यून छ । प्रदर्शनकारीले सार्वजनिक र निजी सम्पत्तिमा झोसेको आगो निभाउने प्रयासमा सुरक्षाकर्मी छन् ।...
संसद भवनमा १८ घन्टादेखि लागिरहेछ आगो
समाचार, समाज

संसद भवनमा १८ घन्टादेखि लागिरहेछ आगो

नेपालअखबार, काठमाडौं । जेन–जीले लगाएको संसद भवनको आगो अझै नियन्त्रणमा आएको छैन। प्रदर्शनकारीले मंगलबार दिउँसो १२ बजे संसद भवन प्रवेश गरेर तोडफोड सुरू गरेका थिए। त्यसपछि उनीहरूले संसद भवन आगो लगाएका हुन्। आगलागी बुधबार बिहानसम्म नियन्त्रणमा आउन सकेको छैन। अहिले त्यहाँ धुवाँ देख्न सकिन्छ। त्यस्तै, सिंहदरबारभित्रका सबैजसो मन्त्रालय, बबरमहल आसपास रहेका सबैजसो सरकारी कार्यालयमा सल्काएको आगो पनि नियन्त्रणमा आएको छैन। काठमाडौंमा बिहान ६ बजेदेखि हल्का वर्षा सुरू भएको छ। वर्षाले केही राहत दिए पनि काठमाडौं भने अशान्त नै छ।...
सडकमा सेना, विना काम घरबाहिर ननिस्कन आग्रह
प्रशासन, समाचार, समाज

सडकमा सेना, विना काम घरबाहिर ननिस्कन आग्रह

नेपालअखबार, काठमाडौं । काठमाडौंका सडकहरूमा नेपाली सेनाले गस्ती गरिरहेको छ । मंगलबार भएको जेन-जीन आन्दोलनका क्रममा भौतिक संरचनामा भएको क्षतिसँगै राति १० बजेबाट सेनालगायत सुरक्षा निकाय परिचालित भएका हुन् । सेनाले घर र गल्लीबाहिर निस्किएका सर्वसाधारणहरूलाई विना काम बाहिर ननिस्किन आग्रह गर्दै घरमा फर्काइरहेको छ । आकस्मिक सेवामा संलग्नहरूलाई भने सोधपुछ र परिचयपत्रका आधारमा हिंडडुल गर्न छुट दिएको छ । प्रदर्शनकारीले आगो लगाएको संसद भवनमा सेनाले सर्वसाधारणलाई प्रवेशमा रोक लगाएको छ । अन्य सरकारी एवं संवैधानिक निकायहरूमा पनि सेना लगायत सुरक्षाकर्मीहरू परिचालित हुन थालेका छन् ।...
अख्तियारका आयुक्त जयबहादुर चन्दको घरमा आगजनी
समाचार, समाज

अख्तियारका आयुक्त जयबहादुर चन्दको घरमा आगजनी

नेपालअखबार, काठमाडौँ । जेनजी प्रदर्शनकारीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जय बहादुर चन्दको घरमा आगजनी गरेका छन् ।बुढानिलकण्ठ नगरपालिका–६ स्थित हात्तिगौंडामा रहेको घरमा प्रदर्शनकारीहरूले आगजनी गरेका हुन् । सोमबार काठमाडौँबाट शुरु भएका जेनजीको प्रदर्शन उग्र बनेको छ । प्रदर्शन नियन्त्रण बाहिर गएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् ।...