Tuesday, May 5

समाज

२०८३को हज यात्रा व्यवस्थित, मर्यादित र हाजीहरुका निम्ति  सुविधा युत्त बनाउने  :अध्यक्ष अहमद
समाचार, समाज

२०८३को हज यात्रा व्यवस्थित, मर्यादित र हाजीहरुका निम्ति सुविधा युत्त बनाउने :अध्यक्ष अहमद

नेपालअखबार , काठमाडौं । नेपाल हज समिति (गठन तथा संचालन) आदेश २०८२ अनुसार गृह मन्त्रालयद्वारा गठन गरिएका हज समितिको पहिलो बैठक समितिका अध्यक्ष मोख्तार अहमदको अध्यक्षतामा २०८२ ।०५।०५ गते बसेको थियो। बैठकले गत वर्षको हज यात्रालाई सफलता पुर्वक सम्पन्न गराउन अहम भुमिका खेल्नु भएको नि वर्तमान हज समितिका अध्यक्ष लगायत सम्पुर्ण सदस्य तथा सचिवालयका कर्मचारीहरु एवं सहयोग पुर्याउनु हुने अर्थ मंत्रालय, परराष्ट्र मन्त्रालय, कानुन मंत्रालय, गृह मंत्रालय र सउदी अरब स्थित नेपाली राजदुतावास समेतलाई धन्यवाद ज्ञापन गरेको छ । आउंदो वर्ष हजमा जाने इच्छुक नेपाली हज यात्रीहरूको लागि २०८२। ०५।०६ गते देखि २०८२।०६। २० गते सम्म फारम भर्ने सुचना निकाल्ने निर्णय गरेको छ। बैठकमा सबै सदस्यहरु आ(आफ्नो धारणा राखेका थिए। अगामी २०८३को हज यात्रा अझै व्यवस्थित, मर्यादित र हाजीहरुका निम्ति सक्दो सुविधा सहित बनाउन प्रयास...
आज मनसुन गतिविधि बढ्ने, यी प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार, समाज

आज मनसुन गतिविधि बढ्ने, यी प्रदेशमा भारी वर्षाको सम्भावना

नेपालअखबार , काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । साथै, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेकाले मनसुन गतिविधि केही बढ्ने देखिन्छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणतया बदली रहनेछ । देशका पहाडी भू–भागका केही स्थानहरूमा र तराईको थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशको तराइको भू-भाग साथै बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति मधेश, कोशी, बागमती र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भू–भागमा साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । गण्डकी प्रदेशको पहाडी र ...
त्रिभुवन राजपथ अझै अवरुद्ध
समाचार, समाज

त्रिभुवन राजपथ अझै अवरुद्ध

नेपालअखबार,मकवानपुर । हेटौँडा–काठमाडौँ जोड्ने त्रिभुवन राजपथ अझै अवरुद्ध छ । शुक्रबार दिउँसो परेको वर्षाका कारण गिटी बालुवा सहितको भल र पहिरोले अवरुद्ध सडक अझै खोल्न नसकेको हो। भीमफेदी गाउँपालिका–१ स्थित बागझोरामा गिटी बालुवा सहितको भल र सुपारे टार ब्यारेक नजिक खसेको पहिरोले अवरुद्ध भएको सडक अझै खुल्न नसकेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बागझोराको गिटी बल्वा सहितको भल नियन्त्रण भए पनि पहिरो भने हटाउन कठिन भएको छ । राति सुपारेटार ब्यारेक नजिकै खसेको पहिरो हटाउन शनिबार बिहानैबाट दुईवटा मेसिन परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक स्यामु अर्यालले जानकारी दिए । उनका अनुसार पहिरो निकै ठुलो रहेकाले हटाउन केही समय लाग्ने छ । उक्त सडक अवरुद्ध हुँदा हेटौँडा काठमाडौँ जोड्ने छोटादुरीका मार्गसमेत बन्द भएका छन्। सो सडक भएर हेटौडा आउने सवारील...
४.४ म्याग्निच्युडको भूकम्प संखुवासभामा
समाचार, समाज

४.४ म्याग्निच्युडको भूकम्प संखुवासभामा

नेपालअखबार, काठमाडौं । संखुवासभामा भूकम्प गएको छ । आज राति ११ बजेर १५ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको थियो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार संखुवासभाको मगहाङ केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प मापन भएको छ। भूकम्पको धक्का महसुस भएपछि स्थानीय आत्तिँदै घर बाहिर निस्किएका थिए । भूकम्पले क्षति पुर्याए/नपुर्याएको थाहा हुन सकेको छैन । जिल्ला प्रशासन कार्यालयले क्षतिको विवरण एकिन गरेर पठाउन प्रहरी युनिटलाई भनिएको जनाएको छ ।...
शिक्षक महासंघले सार्वजनिक गर्‍यो आन्दोलनका कार्यक्रम
शिक्षा, समाचार, समाज

शिक्षक महासंघले सार्वजनिक गर्‍यो आन्दोलनका कार्यक्रम

नेपालअखबार,काठमाडौं । शिक्षा विधेयकमा आफूहरुमा माग सम्बोधन नभएको भन्दै नेपाल शिक्षक महासंघले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । महासंघले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको पहिलो चरणको आन्दोलनको कार्यक्रम अनुसार यही भदौ ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाइने छ । भदौ ११ गतेदेखि २० गतेसम्म केन्द्रमा सबै राजनीतिक पार्टीका कार्यालयहरुमा ध्यानाकर्षण पत्र बुझाउने र त्यहीँ २ घण्टा प्रतिनिधिमूलक धर्ना दिने कार्यक्रम छ । । भदौ १३ गते सबै पालिकामा र भदौ १५ गते सबै जिल्लाका समन्वय एकाइमा प्रतिनिधिमूलक उपस्थितिमा ध्यानाकर्षण पत्र बुझाउने र २ घण्टा धर्ना दिइने महासंघले जनाएको छ ।भदौ २१ गते दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने छ । यो चरणमा अवरोधात्मक, विरोध प्रदर्शन लगायतका कडा कार्यकम ल्याउने महासंघका नेताहरुले बताएक...
बेनी–जोमसोम र बेनी–दरबाङ सडक अवरुद्ध
समाचार, समाज

बेनी–जोमसोम र बेनी–दरबाङ सडक अवरुद्ध

नेपालअखबार, म्याग्दी । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम र म्याग्दीको तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरबाङ सडक आज बिहानैदेखि अवरुद्ध भएको छ । रघुगङ्गा गाउँपालिका–२ माझखर्क, अन्नपूर्ण गाउँपालिका–३ सुकेबगर र ७ महभिरमा पहिरो खसेर ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकको म्याग्दी खण्ड पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतमा खसेको पहिरोले मङ्गला, मालिका र धवलागिरि गाउँपालिका जोड्ने बेनी–दरबाङ सडक अवरुद्ध बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख विशाल दर्जीले बताए। सडक अवरुद्ध हुँदा सदरमुकाम बेनीदेखि ग्रामीण क्षेत्रको यातायात सम्पर्क टुटेको छ भने यहाँको जनजीवन प्रभावित भएको छ । सडक विभागको डोजर प्रयोग गरेर बेनी–जोमसोम र पूर्वाधार विकास कार्यालयमार्फत बेनी–दरबाङ सडक खुल...
गण्डकी र सुदूरपश्चिमका पहाडी भेगमा भारी वर्षा हुने पूर्वानुमान
समाचार, समाज

गण्डकी र सुदूरपश्चिमका पहाडी भेगमा भारी वर्षा हुने पूर्वानुमान

नेपालअखबार,काठमाडौँ ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर साधारणतया बदली हुनेछ । कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भेगका केही स्थानमा र तराईका केही भागमा मध्यम वर्षाको सम्भावना छ । कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भेग तथा लुम्बिनी प्रदेशका तराई एवं पहाडी क्षेत्रका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । महाशाखाका अनुसार आज राति देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली हुनेछ । साथै पहाडी भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका एकदुई स्थानमा भारी वर्षा हुनसक्ने छ । महाशाखाले वर्षाका कारण देशका पहाडी भागमा पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो)को जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने त...
११६ वर्षकी भइन् संसारकै सबैभन्दा वृद्ध महिला
विश्व, समाचार, समाज

११६ वर्षकी भइन् संसारकै सबैभन्दा वृद्ध महिला

नेपालअखबार,काठमाडाैँ । एथेल क्याटरह्याम संसारकै सबैभन्दा वृद्ध जीवित महिला बनेकी छिन्। इङ्गल्याण्डको सरेमा बस्ने क्याटरह्याम अहिले ११६ वर्षकी छिन्।यसअघि यो रेकर्ड ब्राजिलियन नन सिस्टर इना क्यानबेरा लुकासको नाममा थियो। उनको निधनपछि अब क्याटरह्यामलाई संसारकै सबैभन्दा वृद्ध जीवित व्यक्तिका रूपमा मान्यता दिइएको हो। क्याटरह्यामको जन्म २१ अगस्ट १९०९ मा भएको थियो। उनको जन्म टाइटानिक दुर्घटनाभन्दा तीन वर्ष अगाडि र रुसी क्रान्तिभन्दा आठ वर्ष अगाडि भएको हो। जीवनयात्रामा उनले दुवै विश्वयुद्धका कठिन क्षणहरू प्रत्यक्ष देखेकी छिन्। ११६ वर्ष पार गरेकी क्याटरह्याम अहिले स्वस्थ्य अवस्थामै जीवन बिताइरहेकी छिन्। उनको लामो आयु र जीवनअनुभवलाई सम्मान गर्न विभिन्न अन्तर्राष्ट्रिय संचारमाध्यमहरूले रिपोर्ट प्रकाशित गरेका छन्।...
रोपाइँ प्रभावित भएपछि सिरहाको गोलबजारमा खनियो ६ वटा डिप बोरिङ
समाचार, समाज

रोपाइँ प्रभावित भएपछि सिरहाको गोलबजारमा खनियो ६ वटा डिप बोरिङ

नेपालअखबार,काठमाडौँ ।  खडेरीले रोपाइँ गर्न नपाएका किसानको सहायतार्थ गोलबजार नगरपालिका वडा नम्बर २ निपनियामा डिप बोरिङ गरिएको छ। ७० लाखको लागतमा डिप बोरिङ गरिएको हो। साथै १० हजार लिटर क्षमताको ट्याङ्की पनि निर्माण गरिएको छ। कमला सिँचाइ कार्यालययका अनुसार यो बोरिङबाट ७० बिघामा सिँचाइ सेवा उपलब्ध हुनेछ। बुधबारदेखि प्रारम्भ भएको बोरिङ सेवाको पूर्वमन्त्री लीलानाथ श्रेष्ठले उद्घाटन गरेका छन्। त्यस अवसरमा गोलबजार नगरका प्रमुख श्यामकुमार श्रेष्ठले हालसम्म ६ वटा डिप बोरिङ खनिएको बताए।...
आफ्नै छोराले मारेका थिए भालुले मारेको भनिएका जापानी वृद्धलाई
विदेश, समाचार, समाज

आफ्नै छोराले मारेका थिए भालुले मारेको भनिएका जापानी वृद्धलाई

नेपालअखबार, टोकियो । जापान प्रहरीले उत्तरी अकिता प्रिफेक्चरबाट आफ्नै पिताको हत्या गरेको आरोपमा मंगलबार ५१ वर्षका फुजियुकी शिन्दोलाई पक्राउ गरेका छन् । ९३ वर्षका फुजियोशी शिन्दो भालुको आक्रमण परेर मरेको ठानिएको थियो । वृद्ध पतिलाई पत्नीले भुँइमा रगतमा लतपतिए बेहोस अवस्थामा भेटेकी थिइन् । सो आक्रमणलाई भालुले गरेको हुन सक्ने मानेर प्रहरीले पनि मेलमा स्थानीय बासिन्दालाई अलर्ट पठाएको थियो । तर अनुसन्धानका क्रममा वृद्धको शरीरमा भएका चोट चक्कु प्रहारसँग मेल खाने खालको पाइयो । उत्तरी जापानमा भालुको आक्रमण पछिल्लो समय बढेको छ । वृद्ध जनसंख्या धेरै भएको अनि खेतियोग्य जमिन खुम्चिँदै गएकोले पनि जंगली जनावरहरूले आफ्नो बासस्थान विस्तार गरेर मानव बस्ती नजिकसम्म ल्याइ पुर्‍याएका छन् । शिन्दो आफ्नो मातापिताको साथमा बस्थे । आक्रमणको समयमा आफूले घरमा खासै असामान्य केही नदेखेको उनले प्रहरीलाई शुरु...