Wednesday, May 6

समाज

पानी नपरेपछि सांसदलाई बनाइयो हली
समाचार, समाज

पानी नपरेपछि सांसदलाई बनाइयो हली

नेपालअखबार,सर्लाही । सर्लाही क्षेत्र निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रामप्रकाश चौधरी र मधेस प्रदेश सभा सदस्य उर्मिला सिंहलाई मंगलबार प्रहरीको भेषमा आएका महिलाले पक्राउ गरे। त्यसपछि उनीहरूलाई गाउँलेले हलो जोत्न लगाए। अझ रोचक त महिलाहरू नै हल गोरू बनेर हलो तानेका थिए। लामो समयदेखि वर्षा हुन नसकेपछि ईश्वरपुर नगरपालिका–९ रामनगरका स्थानीयले जनप्रतिनिधिलाई पक्राउ गरेर हली बनाएका हुन्। त्यसो त यो स्थानीयले कुनै कारबाही गरेको वा जबर्जस्ती गरेका भने होइनन्। स्थानीय थारू समुदायमा लामो समयसम्म पानी परेन भने गाउँका महाजन, पटवारी र मुखियाजस्ता गन्यमान्यलाई त्यसरी पक्राउ गरी हलो जोत्न लगाउने प्राचीन परम्परा हो। सो समुदायमा पूजा गरेपछि इन्द्रदेवता खुसी हुने र पानी पर्ने विश्वास रहिआएको छ। खडेरी पर्दा स्थानीयले सांसद मात्रै होइन वडाअध्यक्ष लगायतका गन्यमान्यलाई समेत हली बनाएर रोपाइँको...
एक वर्षमा थाइल्याण्डबाट २ सय किलो गाँजा आयो
अपराध, समाचार, समाज

एक वर्षमा थाइल्याण्डबाट २ सय किलो गाँजा आयो

नेपालअखबार,काठमाडौं। पछिल्लो समय थाइल्याण्डबाट नेपाललाई ट्रान्जिट बनाउँदै लागु औषध गाँजा तस्करी हुने गरेको पाइएको छ । लागु औषध नियन्त्रण ब्यूरोको तथ्यांकअनुसार पछिल्लो एक आर्थिक वर्षमा थाइल्याण्डबाट आएको २०७ किलो गाँजा बरामद भएको छ । यसरी थाइल्याण्डबाट नेपाल भित्रिएर उक्त गाँजा भारत जाने गरेको ब्यूरोले बताएको छ । थाइल्याण्डको गाँजा उच्च गुणस्तरको भएकाले तस्करी हुने गरेको ब्यूरोका अधिकारीहरु बताउँछन् । त्यसैगरी पछिल्लो एक आर्थिक वर्षमा ब्यूरोले लागु औषध कोकिन १८ किलो ९१९ ग्राम बरामद भएको छ । हेराइन २५ किलो २३७ ग्राम, अफिम २८ किलो एम्फेटामाइन २७२ ग्राम बरामद गरेको छ ।ब्यूरोले आर्थिक वर्ष २०८१/८२ मा लागु औषधका १ हजार १३२ मुद्दा चलाएको छ । यो आर्थिक वर्षमा १ हजार ६७५ जना पक्राउ परेको ब्यूरोले बताएको छ ।...
बाढीपहिरोका कारण ८ स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध
समाचार, समाज

बाढीपहिरोका कारण ८ स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध

नेपालअखबार,काठमाडौँ । अविरल वर्षपछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न ८ स्थानमा सडक पूर्ण रूपमा अवरोध रहेको छ । त्यस्तै, केही स्थानमा सडक एकतर्फी सुचारु गरिएको नेपाल प्रहरीले बिहान १० बजे जारी गरेको अद्यावधिक सूचनामा जानकारी दिएको हो । प्रहरीका अनुसार सङ्खुवासभामा कोशी राजमार्ग पूर्णरुपमा अवरुद्ध रहेको छ । त्यस्तै, रसुवामा नेपाल र चीन नाका जोड्ने पुल तथा सिन्धुपाल्चोकमा अरनिको राजमार्ग पूर्ण रूपमा अवरोध रहेको छ । उता, लम्जुङमा बेसिसहर–मनाङ सडक खण्ड पहिरोका कारण अवरुद्ध छ । गुल्मीको रुद्रवेणी वामी सडक खण्ड र रिडी–वामी सडक खण्ड पूर्णरुपमा अवरुद्ध छ । यसैगरी, रुकुम पश्चिमको जाजरकोट डोल्पा भेरी करिडोर सडक खण्ड बाढीका कारण अवरुद्ध छ भने बैतडीको दशरथ चन्द राजमार्ग अवरुद्ध रहेको प्रहरीले जानकारी दिएको छ । हेर्नुहोस् सूची:...
५ रुपैयामा खाना दिने 4GR फुड प्रोजेक्टको तेस्रो वार्षिकोत्सव, समाजसेवामा चौथो वर्षमा प्रवेश
समाचार, समाज, हाइलाइट-समाचार

५ रुपैयामा खाना दिने 4GR फुड प्रोजेक्टको तेस्रो वार्षिकोत्सव, समाजसेवामा चौथो वर्षमा प्रवेश

नेपालअखबार,काठमाडौं । "घरको खाना सबैको चाहना" पूरा गर्ने उदेश्यका साथ विरञ्जका युवाहरुले स्वयमसेवकका रुपमा निस्वार्थ सेवालाई आत्म साथ गर्दै सामाजिक उत्तरदायित्व वहन गर्दै सक्रिय हुदै आएको युवा अभियानता शाह नजाव अहमद अन्सारीले जान्कारी दिएका छन् । विकेन्द्रित भएका युवाहलई एकृकित गर्न सके कति प्रय समाजमा रहेको सामाजिक समस्य सहज रुपमा हल गर्ने युवा अभियानता शाह नजाव बताएका छन्। आधिकारिक रूपमा २०७६ असोज ७ गते  4GR (For Good Reason)संस्था स्थापना भएको थियो । यस संस्थाले स्थापना काल देखि नै विभिद सामाजिक कार्य गर्दै आएको थियो । सामाजिक सेवाका रुपमा ५ रुपैयामा खाना दिने अभियान सुरु गरेको तेस्रो वर्ष पूरा गरि चौथो वर्षमा प्रवेश गर्दै गरेको अवसरमा अभियानता शाह नवाजले सबै स्वयम सेवा तथा सहगोगिहरुलाई धन्यवाद सहित अभियानमा सधै जुटन आग्रह गरेका छन् । यस संस्थाले साताको प्रत्येक आइतबार र सोमबा...
पहिरोमा परेर चीनमा चार जनाको मृत्यु, आठ जना बेपत्ता
विदेश, समाचार, समाज

पहिरोमा परेर चीनमा चार जनाको मृत्यु, आठ जना बेपत्ता

नेपालअखबार,बेइजिङ । चीनको राजधानी बेइजिङ र आसपासका प्रान्तहरूमा सोमबार भारी वर्षा भइरहेको छ । लगातारको वर्षाका कारण पहिरो जाँदा चीनको हेबेई प्रान्तमा चार जनाको मृत्यु भएको छ भने अरू आठ जना अझै बेपत्ता छन् । घटना चेङ्दे सहरको लुआनपिङ काउन्टीको एउटा गाउँमा भएको हो, यहाँ राहत र उद्धार कार्य तीव्र गतिमा जारी छ । नदीमा पानीको सतह बढ्दै जाँदा अवस्था गम्भीर हुने र अरू विपद् आउन सक्ने भन्दै सतर्कता जारी गरेर मानिसहरूलाई सुरक्षित स्थानमा सर्न अधिकारीहरूले निर्देशन दिएका छन् । बेइजिङको मियुन उपशहरी क्षेत्रमा बाढी र पहिरोका कारण अधिकारीहरूले ४ हजार ४०० भन्दा धेरै स्थानीयलाई सुरक्षित स्थलतिर सारेको भन्दै सरकारी टिभी च्यानलले समाचारमा भनेको छ । सडकमा कार र ट्रक पानीमा चुर्लुम्म डुबेका भिडियोहरू अनलाइनमा आइरहेका छन् । हालैका वर्षमा उत्तरी चीनमा कीर्तिमानी स्तरमा वर्षा भइरहेका छन् ।...
एकै परिवारका १६ जना सम्पर्कविहीन
समाचार, समाज

एकै परिवारका १६ जना सम्पर्कविहीन

नेपालअखबार,सिन्धुली।  सिन्धुलीमा एउटै घरबाट १६ जना हराएका छन्। सिन्धुलीको गोलाञ्जोर गाउँपालिका वडा नम्बर ६ बागेश्वरका १६ जना सदस्य भएको परिवार नै सम्पर्कविहीन भएका हुन्। वडाध्यक्ष रबिन श्रेष्ठले सामाजिक सञ्जालमा पोस्ट गरेर त्यसको जानकारी दिएका छन्। उनले घरमा चौपायामात्रै अलपत्र छाडेर परिवारका सबै सदस्य सम्पर्कविहीन भएको बताएका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीले यसबारेमा बुझ्ने काम भइरहेको जनाएको छ। 'हामी यसबारे बुझ्दैछौं, प्रहरीहरू पठाइएको छ,' डिएसपी अनिल खड्काले  भने। स्थानीयले आइतबारदेखि उनीहरू सम्पर्कविहीन भएको बताएका छन्। वडासचिव गायत्री भन्डारीका अनुसार धेरै ऋण भएकाले उनीहरू सम्पर्कविहिन भएको अनुमान गाउँलेहरूको छ। तर यकिन कारण खुलिसकेको छैन। 'ऋण धेरै रहेको र त्यसकै कारण परिवार नै बसाइँ सरेको हुन सक्छ भन्ने अनुमान गाउँलेहरूले गरेका छन्,' उनले भनिन्।...
मन्त्रालयले सातै प्रदेशमा पठायो रेविज विरुद्धको ५१ हजार भायल खोप, सर्पदंश विरुद्धको औषधि पनि आपूर्ति
प्रशासन, समाचार, समाज, स्वास्थ्य

मन्त्रालयले सातै प्रदेशमा पठायो रेविज विरुद्धको ५१ हजार भायल खोप, सर्पदंश विरुद्धको औषधि पनि आपूर्ति

नेपालअखबार,काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागले देशका सातै प्रदेशमा रेविज विरुद्धको भ्याक्सिन तथा सर्पदंश उपचारमा प्रयोग हुने औषधि आपूर्ति गरेको छ । विभाग अन्तर्गतको व्यवस्थापन महाशाखा प्रमुख डा पवनजङ्ग रायमाझीले यसअघि नै खरिद भएर आपूर्तिका क्रममा रहेको औषधि प्रदेश सरकारहरूका स्वास्थ्य संस्थामा वितरण गर्नेगरी आपूर्ति केन्द्रहरूमा पुगिसकेको जानकारी दिए । रेविज तथा सर्पदंश उपचारमा प्रयोग हुने खोप तथा औषधि अभाव भएको समाचार आए लगत्तै चासो लिँदै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मातहतका अधिकारीहरूलाई अभाव नहुनेगरी तत्काल आपूर्ति व्यवस्थापन गर्न निर्देशन दिए । उनले सम्बन्धित अधिकारीहरूलाई आपूर्ति अवस्था बढाएर तथा भावी दिनमा अभाव हुन नदिनेगरी आवश्यक सबै उपाय अपनाउन दिर्नेशन दिएका थिए । सोहीअनुसार स्वास्थ्य सेवा विभागले सबै प्रदेशहरूमा ...
एकै वर्षमा बेचे ४७ लाखको केरा, भन्छन्- स्वदेशमै आत्मनिर्भर बन्न सकिन्छ
अर्थ, कृषि, समाचार, समाज

एकै वर्षमा बेचे ४७ लाखको केरा, भन्छन्- स्वदेशमै आत्मनिर्भर बन्न सकिन्छ

नेपालअखबार,कैलाली । टीकापुर नगरपालिका–४ का किसान टेकेन्द्र धामीले गत वर्ष केराखेतीबाट रु १५ लाख मुनाफा कमाएका छन् । उनले गत वर्ष तीन बिघा सात कठ्ठामा गरिएको केराखेतीबाट रु ४७ लाखको केरा बिक्री गरेका थिए । जसमा १५ लाख रुपैयाँ मुनाफा कमाएको उनको भनाइ छ । ‘समयमै उत्पादन हुँदा रु ४७ लाखको केरा बिक्री गरेँ, फुटकर बिक्री गरेको हिसाब राखेको छैन’, उनले भने, ‘एक बिघामा रु १५ लाखसम्म कमाएको छु ।’ धामीले १९ बिघामा केराखेती गर्नुभएको छ । यसका साथै तीन बिघामा उखु, अन्य जमिनमा धान र केराको टिस्यु कल्चर बेर्ना उत्पादनको काम गरिरहेका छन् । चौध वर्षदेखि केराखेतीमा संलग्न उनले थोपा सिँचाइ प्रविधिबाट खेती गर्दै आएका छन् । यसरी केराखेतीमा लागेका धामीलाई रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइले साथ दिएको छ । ‘आयोजनाले थोपा सिँचाइ, पावर टिलर, अटो सहयोग गरेको छ, मैले उत्पादन ग...
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि, समाचार, समाज

देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ

नेपालअखबार,काठमाडौँ । देशभर आइतबारसम्म धान रोपाइँ हुने क्षेत्रफलको ७८.८४ प्रतिशत भूभागमा धान रोपिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । कोशी प्रदेशमा ८०.३९, मधेशमा ५१.८२, बागमतीमा ८७.१९ प्रतिशत र गण्डकी प्रदेशमा ८.५३ प्रतिशत भूभागमा रोपाइँ सकिएको छ । लुम्बिनी प्रदेशमा ९२.०४, कर्णाालीमा ९१.३८ र सुदूरपश्चिम प्रदेशमा ९८.९४ प्रतिशत भूभागमा धान रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ । गत वर्ष साउन १३ गतेसम्म ९२.६ प्रतिशत भूभागमा रोपाइँ भएको थियो । यो वर्ष मधेश प्रदेशलगायतका केही क्षेत्रमा पानी नपरेका कारण हालसम्म गत वर्षको तुलनामा कम क्षेत्रमा रोपाइँ भएको हो ।...
नेपाली सेनाद्वारा वीरगञ्जमा पानी वितरण
समाचार, समाज

नेपाली सेनाद्वारा वीरगञ्जमा पानी वितरण

नेपालअखबार,पर्सा । वीरगञ्ज महानगरसहित पर्सा जिल्लामा खानेपानीको हाहाकार भएसँगै नेपाली सेनाको श्रीजङ्ग गणले दैनिक औसतमा एक लाख लिटर खानेपानी ट्याङ्करमार्फत वितरण गर्दै आइरहेको छ । मधेस प्रदेश सरकारले पठाएको खानेपानीको ट्याङ्करबाट सेनाले खानेपानीको चर्को अभाव झेलेका बस्तीमा दिनको तीनपटक खानेपानी वितरण गर्दै आइरहेको हो । श्रीजङ्ग गणका गणपति तथा प्रमुख सेनानी लोकेन्द्र कार्कीले दैनिक छ ट्याङ्करमार्फत औसतमा एक लाख लिटर खानेपानी वितरण गर्दै आइरहेको जानकारी दिए । ‘‘पानीको चर्को अभाव भोगेका सर्वसाधारणलाई लक्षित गरेर दिनको तीनपटक ट्याङ्करबाट पानी वितरण गर्दै आइरहेका छौँ,’’ उनले भने,‘‘महानगरका विभिन्न वडा र पर्साका अन्य पालिकामा पनि पानी वितरणको काम भइरहेको छ ।’’ वीरगञ्ज महानगरसहित आसपासका पालिकामा देखिएको खानेपानीको अभाव र सङ्कटलाई न्यूनीकरण गर्न मधेस प्रदेश सरकार, जिल्ला विपद् व्यवस्थापन ...