Monday, April 20

साहित्य \कला

पोखरामा ‘दुई नाटक’ मञ्चन हुने, रिहर्सल सुरु
समाचार, साहित्य \कला

पोखरामा ‘दुई नाटक’ मञ्चन हुने, रिहर्सल सुरु

राजाराम पौडेल, पोखरा । पछिल्लो समयमा विद्यार्थीको रुचि नाट्य क्षेत्रमा बढ्न थालेको छ । नाटक मार्फत शैक्षिक तथा व्यवहारिक ज्ञान रमाइलो तरिकाले जान्न पाउँदा उनीहरुको रुचि यसतर्फ बढ्न थालेको हो । यही क्रममा विद्यार्थीलाई लक्षित गरेर पोखरामा नाटक मञ्चन हुने भएको छ । कक्षा ८ को नेपाली विषयमा समावेश ‘अमरपुत्र’ कथा र कक्षा १० को अनिवार्य नेपाली विषयमा समावेश ‘घरको माया’ एकांकीलाई नाट्य रुपान्तरण गरेर ‘दुई नाटक’ शिर्षकमा नाटक मञ्चन गर्न लागिएको हो । पोखरा थिएटरको प्रस्तुतीमा यहीं साउन १४ गते आइतबारबाट गन्र्धव नाटकघरमा यो नाटक मञ्चन हुनेछ । नाटक मञ्चनको लागि रिहर्सल सुरु भएको पोखरा थिएटरले जनाएको छ । भीमनिधि तिवारीले लेखेको कथा र एकांकीलाई परिवर्तनको परिकल्पना र निर्देशनमा यो नाटक तयार गरिदैछ । निर्देशक परिवर्तनले पछिल्लो समयमा विद्यार्थीको आर्कषण नाट्य क्षेत्रमा बढ्न थालेकोले उनीहरुलाई लक्षित ग...
नेपालका प्रज्ञा प्रतिष्ठानबिच पोखरामा अन्तरक्रिया कार्यक्रम हुने
समाचार, साहित्य \कला

नेपालका प्रज्ञा प्रतिष्ठानबिच पोखरामा अन्तरक्रिया कार्यक्रम हुने

राजाराम पौडेल, पोखरा  । नेपालका प्रज्ञा प्रतिष्ठानबिच पोखरामा अन्तरक्रिया कार्यक्रम आयोजना हुने भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानमा साउन १३ गते शनिबार आयोजना हुने अन्तरक्रिया कार्यक्रममा गण्डकी सहित नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल प्रज्ञा प्रतिष्ठान, मधेश प्रज्ञा प्रतिष्ठान र सुदुरपश्चिम प्रज्ञा प्रतिष्ठानको सहभागीता रहनेछ । गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुने यो कार्यक्रममा सबै प्रतिष्ठानले कार्यपत्र प्रस्तुत गर्ने आयोजक प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए । प्रतिष्ठानका बिचमा अनुभव आदानप्रदान तथा सम्बन्ध बिस्तार गर्ने उद्धेश्यले यो कार्यक्रमको आयोजना गर्न लागिएको उनले खुलाए । अन्तरक्रिया कार्यक्रम सहित अन्य विभिन्न छलफल तथा भेटघाट कार्यक्रम समेत हुने उनको भनाई छ । ‘यो साउन १२, १३ र १४ गते हुने तीन दिने कार्यक्र...
समाजवाद
विचार, साहित्य \कला

समाजवाद

समाजवाद धोका र कपटसँग साँठगाँठ गरेर अपराध र स्वार्थका विस्कुन सुकाएर न्यायलाई काखी च्यापेर वुट बजार्दैमा आउँदैन समाजवाद । श्रम र पसिनाको मूल्यसँगै स्वाभिमानमा बाँच्न पाउनु विश्व भाइचाराको नाता र सम्बन्ध गाँस्दै स्वतन्त्रताको श्वास फेर्दै हाँसीखुसी बाँच्नु र रमाउनु हो समाजवाद । रोग शोक र भोकमा कमिसनको व्यापर शिक्षामा नवउद्धार सबैखाले सामाजिक विभेदको अन्त्यसँगै समानतामा ढुकक हुनु हो समाजवाद ।...
नाटक ‘करेसा कन्सर्ट’ शनिबार मञ्चन हुने
समाचार, समाज, साहित्य \कला

नाटक ‘करेसा कन्सर्ट’ शनिबार मञ्चन हुने

राजाराम पौडेल, पोखरा । नाटक ‘करेसा कन्सर्ट’ साउन ६ गते शनिबार पोखरामा मञ्चन हुने भएको छ । यस अगाडि ‘बुकिङ सो’ मार्फत पोखराका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई देखाइएको यो नाटक आम नाटकप्रेमी दर्शकलाई लक्षित गरेर ‘पब्लिक सो’ मार्फत मञ्चन गर्न लागिएको हो । नाटक पोखरा थिएटरको गन्धर्व नाटकघरमा शनिबार दिउँसो १ बजे मञ्चन हुनेछ । पोखरा थिएटरको प्रस्तुतीमा तयार भएको यस नाटकमा हाम्रो करेसावारीमा हुने फर्सी, प्याज, गोलभेडा, लसुन, साग, करेला,अदुवा, लौका, धनियाँ, कार्को, मुला, खुर्सानी, बेसारको स्वभाव र विशेषताको बारेमा रमाइलो शैलीमा बुझाउन खोजिएको छ । जुन बालबालिकाका लागि बढी रुचिकर हुनसक्छ । नाटकमा फर्सीबहादुर बनेर रमेशबाबु तिमल्सिना, प्याजीमायाको बनेर अञ्जु दाहाल, गोलभेडाको बनेर रोशनी रामदाम, लसुन बनेर दिपसना विश्वकर्मा, साग बनेर अनुसा परियार, करेली बनेर रञ्जु दाहाल, अदुवा बनेर समीर पु...
आँसु लुकाउन सिकौं
साहित्य \कला

आँसु लुकाउन सिकौं

सुख र दु:ख दुवैमा आँखाबाट आँसु आउँछ नरोअौं भन्यो रून मन लाग्छ मर्दा पर्दा र पीडाबोध हुँदा खुसी हर्ष र उपहार पाउँदा हरबखतआँखाबाट आँसु झरेकै हुन्छ । अझ तिम्रो त उदारता कोमल मन सफा हृदय साना साना कुराले आँखा रसाई हाल्छ तर म भने हिम्मत आँट र साहसका साथ आँसु लुकाउन सक्छु आँसुका फाइदाभन्दा बेफाईदा बढी हुन्छन् । आँखा कम्जोर भई मोतीविन्दु हुँदै आँखा नै बन्द हुन्छन तिम्रो आँसुको फाइदा लिंदै परचक्रीले षडयन्त्रका तानाबान बुन्छन घरका र परका सबैलाई खुच्चिङ भन्न सजिलो हुन्छ दुनियाँलाई रमिता हुन्छ त्यसैले उन्नति र प्रगतिको वाधक आँसुलाई लुकाउँन सिकौं ।...
नेपाल मानब धर्म सेवा समितिको कविता प्रतियोगिता सम्पन्न
समाचार, समाज, साहित्य \कला

नेपाल मानब धर्म सेवा समितिको कविता प्रतियोगिता सम्पन्न

नेपालअखबार,,पोखरा। २१० औ भानु जयन्तीको अवसरमा नेपाल मानब धर्म सेवा समिति गण्डकीले शनिबार महानगर स्तरीय अन्तरबिधालय कविता प्रतियोगिता गरेको छ । उक्त प्रतियोगितामा पोखरा आदर्श मा.बि.का बिधार्थी संस्कृति सुबेदी प्रथम, बिन्दाबासिनी मा विकी नितिसा भट्टराई द्रितीय, श्री हिमान्चल बोर्डिंग स्कूलका शुभम लामिछाने तृतीय र श्री सत्य साइ विद्याश्रमका शुभम के।सीले सान्त्वना पुरस्कार जितेका छन् । पुरस्कृत बिद्यार्थीहरुलाइ मेडल र प्रमाणपत्र प्रदान गर्दै प्रतियोगिताका सभाध्यक्ष तथा संस्थाका गण्डकी प्रदेश प्रमुख महात्मा पीताम्बरा बाइजीले बिद्यार्थी जीबनलाइ सहि सदुपयोग गर्न सहभागीहरुलाई सुझाब दिनुभयो ्रउहाँले बिधार्थी जीवनको महत्व बारे प्रकाश पार्दै युवा अवस्थामा अनुशासनको पालनामा जोड दिनुभयो । १५ जना प्रतियोगी रहेको उक्त प्रतियोगितामा नेपाल प्रज्ञा प्रतिष्ठानका प्रज्ञा सभा सदस्य नारायण मरासिनी, छन्द क...
मेयर साहेब तपाँईलाई मेरो शुभकामना छ
विचार, साहित्य \कला

मेयर साहेब तपाँईलाई मेरो शुभकामना छ

देश संघीयतामा गएपश्चातदोश्रो कार्यकालकालागिगत वैशाख३०, २०७९ मा देशै भर हर्षउल्लहासका साथ शान्तिपूर्ण वातावरणमा संविधानको रक्षाका निम्तिप्रतिगमनकारी शक्तिहरु र प्रतिगमनकाविरुद्व एक जुट भएका विभिन्न राजनैतिकशक्तिहरुका बिचमा निर्वाचन सम्पन्नभयो । देश संघीय लोकतन्त्रिगणतन्त्रमा गएको पहिलो चार वर्षमैशिशुअवस्थामा रहेको संविधान माथिधावा बोल्ने, संविधानकुल्चने जस्ता कार्य भएको मात्यसका विरुद्व देशकाप्रमुख राजनैतिक दलहरु एक जुट भई बामलोकतान्त्रि मोर्चा निर्माण गरि प्रतिगमनलाई परास्तगरि संविधानजोगाउने कार्यमा सफलता हासिल गर्दै तिनै बामलोकतान्त्रि शक्तिहरु सगँसगै निर्वाचनमा होमिएको कुरा आम सर्वसाधारणमा जगजाएर छ ,त्यसैले यस बारेमा धेरै विश्लेषण गरेर समय वर्वाद गर्नुको कुनै औचित्य छैन । पाँचदलिय गठबन्धनबाट पोखरा महानगरपालिका प्रमुखको दाबेदारी सहितनिर्वाचन माहोमिएका अत्यन्तै सरल, प्रभावशाली एंवबहुआयमी...
साहित्यकार बाबा अमेरिका प्रस्थान
समाचार, समाज, साहित्य \कला

साहित्यकार बाबा अमेरिका प्रस्थान

नेपालअखबार, पोखरा । कवि तथा गीतकार दुर्गाबहादुर शाह बाबा अमेरिका प्रस्थान गरेका छन् । बाबा नेपाल अमेरिका मैत्री सम्बन्धको ७६ औं वार्षिकोत्सवको सन्दर्भमा नेपाली अमेरिकी समाजको आयोजनामा अमेरिकास्थित कनेक्टिकटको सुन्दर नगरी ब्रानफोर्डमा हुने नेपाल डे महोत्सवका लागि अमेरिका प्रस्थान गरेका हुन् । बाबाको अमेरिका बसाइँ तीन हप्ताको हुने भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल गण्डकी समितिका अध्यक्ष रहेका बाबा यस अघि २०१९ मा बेलायतमा सम्पन्न छैठौं अन्तर्राष्ट्रिय सम्मेलनमासमेत सहभागी थिए । २०५५ सालमै जापान पुगेर जापानी कृषि प्रविधिको अध्ययन तथा अवलोकन भ्रमण गरेर व्यवहारिक जीवनमा लागू गर्दै अगाडि बढेका बाबाले यस अघि दर्जन बढी युरोप तथा एशिया राष्ट्रको भ्रमण गरिसकेका छन् । दर्जनौं सम्मान पुरस्कारबाट विभूषित बाबा सार्क राष्ट्रको इतिहासमै पहिलो पटक गीतका माध्यमबाट पु¥याएको योगदानक...
पोखराका २१ वाङ्मयिक संस्थाले विश्व संगीत दिवसमा सांगीतिक कार्यक्रम गर्ने
समाचार, समाज, साहित्य \कला

पोखराका २१ वाङ्मयिक संस्थाले विश्व संगीत दिवसमा सांगीतिक कार्यक्रम गर्ने

नेपालअखबार, पोखरा । पोखराका २१ वाङ्मयिक संस्थाले विश्व संगीत दिवसका अवसरमा सांगीतिक कार्यक्रम गर्ने भएका छन् । सप्तरंगी सांस्कृतिक प्रतिष्ठान पोखराको मुख्य आयोजना र अन्य २० वाङ्मयिक संस्थाको सहआयोजनामा उक्त कार्यक्रम हुन लागेको हो । पोखरा उद्योग बाणिज्य संघको सभाहलमा असार ६ गते दिउँसो ३ बजे हुने कार्यक्रममा लोकदोहोरी, मौलिक गीत, शास्त्रीय संगीत, लोक नृत्य, लाइभ ब्याण्ड सहित १५ देखि १७ वटा प्रस्तुति रहने विश्व संगीत दिवस २०८० का कार्यक्रम संयोजक नवराज बरालले जानकारी गराए । उनका अनुसार एकल रुपमा संगीत दिवस मनाउँदा प्रभावकारिता नदेखिने भएकाले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा प्रवेश निशुल्क रहेको उनले उल्लेख गरेका छन् । गण्डकी प्रज्ञा प्रतिष्ठान र पोखरा प्रज्ञा प्रतिष्ठानको सहकार्यमा आयोजित कार्यक्रममा पोखरेली युवा सांस्कृतिक परिवार, हिमाली सांस्कृतिक परिवार, अलिमिया...
सुरज विश्वकर्माको “आशाहरु आकाशमा” सार्वजनिक
समाचार, साहित्य \कला

सुरज विश्वकर्माको “आशाहरु आकाशमा” सार्वजनिक

नेपालअखबार, पोखरा । वैदेशिक रोजगारीमा रहेर पनि नेपाली गीत संगीतको क्षेत्रमा निरन्तर लागिरहेका सुरज विश्वकर्माले हालै “आशाहरु आकाशमा” गीत आफ्नै युटुब च्यानल सुरज विश्वकर्मा मार्फत सार्वजनिक गरेका छन् । उक्त गीत २०७९ साल माघ १ गते पोखरा वजारको मध्यभाग सेती नदीको खोंचमा भएकाको सुन्दै आँङ सिरिङ् हुने यति एयरको जहाज दुरघटनामा परि ज्यान गुमाउने ७२ जनाहरुप्रति समर्पित गरेका छन् । “बिस्तारै बिस्तारै”, “तिम्रो मन”, “तिमिलाई नै हेरि रहुँ” र “दुइ तले फलामको खाटैमा” जस्ता मार्मिक गितका सर्जक सुरज विश्वकर्माले रचना गरेको उक्त गीतको निर्देशन र संगीत पनि आफ्नै रहेको छ । उदयीमान गायिका बबि दियालीको आवाज रहेको उक्त गीतको संगीत संयोजन विनोद रसाईलीले गरेका छन् । पोखरामा नै छायाङ्कन गरिएको भिडियोमा केहि दृश्यहरु जहाज दुर्घटना भएको ठाउँ मै छायाङ्कन गरिएको निर्देशक विश्वकर्माले वताए । वैदेशिक रोजगार...