अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस र हाम्रो सन्दर्भ
लेखनाथ सिकारु । आज ३२ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस । यो दिवस विश्वभर विभिन्न कार्यक्रम गरेर मनाईदै छ । ज्येष्ठ नागरिकको हक, हित तथा अधिकारको संरक्षण र संवर्द्धनका लागि विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाइदै छ ।संयुक्त राष्ट्रसङ्घले सन् १९९० को डिसेम्बर १४ मा अक्टोबर १ तारिखलाई ‘अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस ’को रूपमा मनाउने प्रस्ताव पारित गरेपश्चात् विश्वभरि नै आजको दिनलाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको रूपमा मनाउने गरिएको छ । संयुक्त राष्ट्रसङ्घले यस वर्ष अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका लागि ‘ज्येष्ठ नागरिक उत्थानशीलताः बदलिँदो विश्वको लागि अपरिहार्यता’ “Resilience of Older Persons in a Changing World" भन्ने मूल विषय निर्धारण गरेको छ ।
तथ्याङ्कले भन्छ विश्वमा प्रत्येक सेकेन्डमा दुई जना ६० वर्षे ज्येष्ठ नागरिकमा प्रवेश गर्छन् । अहिले विश्वमा ९० करोडक...







