Friday, July 10

स्वास्थ्य

कोरोना भाइरसका कारण विश्वभरी ५ लाख ८१ हजारको मृत्यु
विश्व, समाचार, स्वास्थ्य

कोरोना भाइरसका कारण विश्वभरी ५ लाख ८१ हजारको मृत्यु

नेपाल अखबार, एजेन्सि। विश्वभरी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण बुधबारसम्ममा मृत्यु भएकाहरुको संख्या पाँच लाख ८१ हजारभन्दा बढी पुगेको छ ।  त्यसैगरी कुल सङ्क्रमितको संख्या पनि दिनप्रतिदिन बढेर एक करोड ३४ लाख ७१ हजार ८६२ पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कुल सङ्क्रमितमध्ये ७८ लाख ६६ हजार २६५ जना भने सङ्क्रमणमुक्त भइसकेका छन् । विश्वभरी सङ्क्रमित भएकाहरुमध्ये सबैभन्दा धेरै अमेरिकामा रहेका छन् । कोरोनाका कारण मानवीय क्षति र सङ्क्रमितको संख्याका आधारमा अमेरिका सबैभन्दा अगाडि रहेको छ । अमेरिकामा बुधबारसम्ममा ३५ लाख ४५ हजारभन्दा बढी सङ्क्रमित भएका छन् भने मृत्यु भएकाहरुको  संख्या एक लाख ३९ हजार १४५ रहेको छ । त्यसैगरी कोरोनाबाट दोस्रो धेरै प्रभावित भएको मुलुक ब्राजिलमा १९ लाख ३१ हजार सङ्क्रमित हुँदा ७४ हजार २६२ जनाको मृत्यु भएको छ ।  भारत तेस्रो धेरै सङ्क्रमितको सूचीमा पर्दछ भने ...
कोरोनाविरुद्धको लडाइँमा कसरी असफल बन्दैछ अमेरिका ?
विश्व, स्वास्थ्य

कोरोनाविरुद्धको लडाइँमा कसरी असफल बन्दैछ अमेरिका ?

नेपाल अखबार, एजेन्सि । विश्वको शक्तिशाली मुलुक अमेरिकामा जसरी कोरोना भाइरस (कोभिड-१९) का संक्रमित बढिरहेका छन्, त्यसले समग्र विश्वलाई नै अचम्ममा पारेको छ । ३३ करोड हाराहारीमा रहेको अमेरिकामा अहिलेसम्म ३३ लाखभन्दा धेरै मानिसमा संक्रमण पुष्टि भइसकेको छ । जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार अहिलेसम्म अमेरिकामा कोरोना संक्रमणका कारण एक लाख ३५ हजार ६१५ जनाको मृत्यु भइसकेको छ । ७ जुलाईमा त अमेरिकामा एकैदिन ६० हजार नयाँ कोरोना संक्रमित भेटिए । वासिङ्टन पोस्टका अनुसार अमेरिकाका अस्पतालहरूमा अहिले बिरामीको चाप बढेको छ । आईसीयू पनि भरिभराउ हुने अवस्थामा पुगेका छन् । अमेरिकामा स्वास्थ्यकर्मीहरूलाई मास्क, ग्लोभ्स र पीपीईलगायतका व्यक्तिगत सुरक्षा सामग्रीको कमी हुन थालेको छ । यूएसए टुडेका अनुसार अहिले अमेरिकामा चीनको तुलनामा निकै धेरै कोरोना संक्रमित फेला परेका छन् । कोरोना भाइरस पहिलो पटक चीनमा भेटिएक...
थपिए गण्डकीमा थप २५ संक्रमित
प्रदेश ४, समाचार, स्वास्थ्य

थपिए गण्डकीमा थप २५ संक्रमित

नेपाल अखबार, पोखरा । गण्डकीमा थप २५ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै प्रदेशको कुल संक्रमित संख्या १२ सय २८ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार म्याग्दी, तनहूँ, नवलपुर, गोरखा र कास्कीमा गरि थप २५ जनामा कोरोना पुष्टि भएको हो । निर्देशनालयका अनुसार म्याग्दीको बेनीमा ३, मालिकमा ४, रघुगंगा र मंगलामा एक, एक जना गरि ९ संक्रमित थपिएका छन् । यसैगरि, तनहूँको भिमादमा २, आबूँखैरेनीमा १ गरि ३ जना र नवलपुरको कावासोतीमा २ बुलिङटारमा ८ पुरुष र एक महिलागरि ११ संक्रमित थपिएका छन् । गोरखा र कास्कीमा एक एक जना पुरुष संक्रमित थपिएका छन् ।...
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत ६ जनाले जिते कोरोना
समाचार, स्वास्थ्य

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत ६ जनाले जिते कोरोना

नेपाल अखबार, पोखरा । पोखरा स्वास्थ्य विज्ञानको आइसोलेसन कक्षमा उपचाररत ६ जनाले कोरोना जितेका छन् । कास्कीका ५ र स्याङ्जाका १ गरि ६ जना संक्रमित निको भएर घर फर्किएका हुन् । थप ६ जनाले कोरोना जितेर घर फकिएसँगै गण्डकीमा कोरोना जित्नेको संख्या ७ सय ८५ पुगेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर अर्जुन आचार्यकाअनुसार आइसोलेसन कक्षमा उपचाररत ६ जना संक्रमित मंगलबार निको भएर डिस्चार्ज भएका छन् । उनका अनुसार कोरोना जितेर घर फर्किनेमा माछापुछ्रे गाउँपालिका ९ का ३३ वर्षिय पुरुष, स्याङ्जा वालिङका २६ वर्षीय पुरुष, अन्नपूर्ण गाउँपालिका ११ कास्कीका २६ वर्षिय पुरुष, पोखरा ६ कास्कीका ३६ वर्षिय पुरुष । यसैगरि, पोखरा ६ कै १६ वर्षिय पुरुष र पोखरा पोखरा १७ कास्कीका ८९ वर्षीय पुरुषले कोरोना जितेर घर फर्किएको निर्देशक डाक्टर आचार्यले जानकारी दिए । गण्डकीमा कोरोना संक्रमितको कुल संख्या ११ सय ९...
भारतमा कोरोना भाइरस संक्रमित संख्या ९ लाख नाघ्यो
स्वास्थ्य

भारतमा कोरोना भाइरस संक्रमित संख्या ९ लाख नाघ्यो

नेपाल अखबार,एजेन्सी । भारत कोरोना भाइरसको संक्रमतिको संख्या ९ लाख नाघेको छ । गत २४ घण्टामा २८ हजार ४९८ नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ९ लाख ६ हजार ७५२ पुगेको केन्द्रिय स्वास्थ्य तथा  परिवार कल्याण मन्त्रालयले मङ्गलबार बिहान जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा भारतभरी कोरोनाभाइरसका कारण ५५३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । देशभरी कुल सक्रमितमध्ये तीन लाख ११  हजार ५६५ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् । त्यसैगरी पाँच लाख ७१ हजार ४५९ जना संक्रमणमुक्त भएका छन् भने २३ हजार ७२७ जनाको मृत्यु भएको छ । भारतमा सब भन्दा बढी प्रभावित महाराष्ट्र राज्य रहेको छ । महाराष्ट्रमा मात्रै दुई लाख ६० हजार ४६१ जना संक्रमित भएका छन् भने दश हजार ४८२ जनाको मृत्यु भएको छ । दोस्रो धेरै संक्रमित भएको तमिलनाडु राज्यमा एक लाख ४२ हजार ७९८ जना रहेका छन् भने २ हजार ३२ जनाको मृत्यु भएको छ । तेस...
कोरोना निको हुनेको संख्या १० हजार २९४ पुग्यो, ६ हजार ६१३ जना सक्रिय संक्रमित
समाचार, स्वास्थ्य

कोरोना निको हुनेको संख्या १० हजार २९४ पुग्यो, ६ हजार ६१३ जना सक्रिय संक्रमित

नेपाल अखबार, काठमाडौं । बितेको २४ घण्टामा थप १ हजार ७०५ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म कोरोनाभाइरस संक्रमणमुक्त हुनेको कुल संख्या १० हजार २९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सोमबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । यस्तै पछिल्लो २४ घण्टामा थप १४४ जनामा संक्रमण पुष्टि भएको छ भने हाल सक्रिय संक्रमितको संख्या ६ हजार ६१३ रहेको छ । यस्तै अहिलेसम्म निको भएकासहितको कूल संक्रमितको संख्या १६ हजार ९४५ रहेको पनि गौतमले बताए । उनका अनुसार आज काठमाडौं उपत्यकामा ९ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंका ३, भक्तपुरका १ र ललितपुरका ५ जना रहेका छन् ।...
भारतमा एकैदिन भेटिए २९ हजार बढी कोरोना संक्रमित
विश्व, स्वास्थ्य

भारतमा एकैदिन भेटिए २९ हजार बढी कोरोना संक्रमित

नेपाल अखबार, एजेन्सि। भारतमा कोरोनाभाइरस संक्रमितको संख्या ८ लाख ७९ हजार ४ सय ४७ रहेको छ । यो आँकडा कोभिड१९इन्डिया डट ओआरजीमा उल्लेख गरिएको छ । आइतबार २४ घण्टाभित्र यहाँ २९ हजार १ सय ५ जना कोरोना संक्रमित भेटिएका छन् । २४ घण्टाभित्र भेटिएको संक्रमितको संख्या यो अहिलेसम्मकै धेरै हो । यसअघि जुलाई ११ मा सबैभन्दा धेरै २७ हजार ७ सय ५४ संक्रमित भेटिएका थिए । भारतमा आइतबार १८ हजार १ सय ३९ बिरामी निको भएको भारतीय सञ्चार माध्यमले बताएको छ । अहिलेसम्म यहाँ ५ लाख ५४ हजार ३ सय ७० बिरामी ठिक भइसकेका छन् । पछिल्लो २४ घण्टामा पाँच सय व्यक्तिको ज्यान गएको छ । मृतकको संख्या यहाँ २३ हजार १ सय ८७ पुगेको छ । स्रोतः दैनिक भास्कर...
ऐश्वर्या र छोरी आराध्यालाई पनि कोरोना
विदेश, स्वास्थ्य

ऐश्वर्या र छोरी आराध्यालाई पनि कोरोना

नेपाल अखबार, मुम्बई । अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या बच्चनलाई पनि कोरोना पुष्टि भएको छ । अमिताभ बच्चन र अभिषेक बच्चनको कोरोना रिपोर्ट पोजेभिट आएपछि घरका सबै सदस्यको परीक्षण गरिएको थियो । पहिलो पटक गरिएको परीक्षणमा जया बच्चन, ऐश्वर्या र आराध्याको रिपोर्ट नेगेटिभ आएको थियो । दोस्रो परिक्षणमा भने ऐश्वर्या र आराध्याको रिपोर्ट पोजेटिभ आएको छ । कोरोना पुष्टि भएपछि ऐश्वर्या र आराध्या नानावती अस्पताल भर्ना हुने बताइएको छ ।  जय बच्चनको रिपोर्ट भने नेगेटिभ छ । उनी होम क्वारेन्टाइनमा रहने भारतीय मिडियाले जनाएका छन् ।...
थप ८२ जनामा कोरोना संक्रमण, उपत्यकामा ६ जना
समाचार, स्वास्थ्य

थप ८२ जनामा कोरोना संक्रमण, उपत्यकामा ६ जना

नेपाल अखबार, काठमाडौं । आइतबार नेपालमा ८२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । ३ हजार ९ सय १६ वटा पीसीआर परीक्षणमा ८२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयले  जनाएको छ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६ हजार ८०१ पुगेको छ । काठमाडौंमा ५ र ललितपुरमा एक जनामा संक्रमण देखिएको छ । हाल उपचाररत कोरोना संक्रमितको संख्या ८ हजार १७४ रहेको  छ । आइतबार १४७ जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोना भाइरस संक्रमण निको भएर ८  हजार ५ सय ८९ जना घर फर्किएका छन् ।...
थपिए १५ कोरोना संक्रमित गण्डकी प्रदेशमा
प्रदेश ४, समाचार, स्वास्थ्य

थपिए १५ कोरोना संक्रमित गण्डकी प्रदेशमा

नेपाल अखबार,  पोखरा । गण्डकी प्रदेशमा १५ जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन् । पोखरास्थित क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणबाट आइतबार  १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार तनहुँमा ६ जना, पर्वत, बागलुङ र लमजुङमा दुई/दुईजना, नवलपुर (बर्दघाट सुस्तापूर्व), स्याङ्जा र गोरखाका एक/एकजनामा संक्रमण पुष्टि भएको हो ।आइतबार थपिएका १५ जनासहित गण्डकीमा कोरोना संक्रमितको संख्या ११९२ जना पुगेको छ । जसमध्ये ७३६ जना भने डिस्चार्ज भइसकेका छन् ।...