महिलाहरुले सर्दीमा खानै पर्छ तिल
नेपालअखबार, काठमाडौँ । तिल स्वास्थ्यको लागि निकै फाइदाजनक मानिन्छ । कयौँ प्रकारका पोषक तत्त्व पाइने तिललाई सुपर फुड पनि मानिन्छ ।
नेपालमा तिललाई अचारमा छोपका रुपमा बढी प्रयोग गरिन्छ । जाडोयाममा विशेषगरी माघे संक्रान्तिमा यसको लड्डु बनाएर खाइन्छ । यसलाई सलाद वा स्मुदीमा छर्किएर पनि खान सकिन्छ । तिलमा क्याल्सियम, आइरन, पोटाशियम, प्रोटिन, भिटामिन ए, सी र सोडियम पाइन्छ । तिल विशेषगरी महिलाहरुले खानै पर्ने बताइन्छ । आजको यस लेखमा हामीहरु तिल खाँदाका फाइदाहरुबारे कुराकानी गर्नेछौं ।
हाडलाई मजबुत बनाउँछ
तिलमा भरपुर मात्रामा क्याल्सियम हुन्छ । अझ सेतो तिल त क्याल्सियमको भन्डार नै हो । यसको सेवन गर्दा हाडसम्बन्धी सबै समस्याहरु हटेर जान्छ । यसले हाडलाई बलियो पनि बनाउँछ । यसको सेवनले शरीरको थकावट र कमजोरी पनि भाग्छ ।
महिनावारिमा अनियमितता कम हुन्छ
धेरैजसो महिलाहरुमा महिनावारिमा अनियमि...










