नेपाल नेत्रज्योति संघ र आईकेयर फाउन्डेशनबिच सम्झौता
नेपालअखबार, मुगु। नेपाल नेत्रज्योति संघ अन्तरगत कर्णाली प्रदेशको मुगु र हुम्ला जिल्लामा सञ्चालित आँखा उपचार केन्द्रहरुको स्तरोन्नतीका लागि नेत्रज्योति संघ र आईकेयर फान्डेशनका बिचमा सम्झौता भएको छ ।
बुधबार नेत्रज्योति भवनमा भएको सम्झौतापत्रमा नेपाल नेत्रज्योति संघका तर्फबाट महासचिब भरतबहादुर चन्द र कार्यकारी निर्देशक डा। शैलेशकुमार मिश्र तथा आईकेयर फाउन्डेशनको तर्फबाट फाउन्डेशनका सिईओ वियोन स्टेनभर्स र नेपालका कन्ट्री डाइरेक्टर अनिल गोर्खालीले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै नेत्रज्योति संघका उपाध्यक्ष एबं कर्णाली प्रदेशका सभापति तिलकबहादुर मल्लले भौगोलिक रुपमा पछाडि परेको कर्णाली प्रदेशका बिकट जिल्लाहरुमा आँखा उपचार सेवा विस्तारका लागि सहयोग गरेकोमा आईकेयर फाउन्डेशनलाई धन्यबाद दिए ।
नेपाल नेत्रज्योति संघ र आईकेयर फाउन्डेशनका बिचमा बिगत ३९ बर्षदेखि न...









