Wednesday, July 15

स्वास्थ्य

थप ५३ जनामा कोरोना संक्रमण
समाचार, स्वास्थ्य

थप ५३ जनामा कोरोना संक्रमण

नेपालअखबार, काठमाडौं।  पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ६२४ जनाको पीसीआर परीक्षणमा ५३ जनामा कोरोना संक्रमण देखिएको हो । ८२५ जनाको पीसीआर परीक्षण गर्दा ३९ जना र १ हजार ७९९ जनाको एन्टीजेन परीक्षण गर्दा १४ जना गरी ५३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभर १ हजार १७८ जना सक्रिय संक्रमित रहेका छन् भने आइतबार ८४ जना निको भएका छन् । जसमध्‍ये १ हजार १३० जना होम आइसोलेसनमा रहेका छन् भने ४८ जना संस्थागत आइशोलेशन र १० जना आईसीयूमा छन् । सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ५१ हजार ५९५ पुगेको छ ।...
पछिल्लो २४ घन्टामा देशभर ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

पछिल्लो २४ घन्टामा देशभर ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

नेपालअखबार, काठमाडाैं । पछिल्लो २४ घन्टामा देशभर ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार ५१ जनामा संक्रमण पुष्टि भएको हो। ३ हजार २४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। एक हजार २०६ जनाको पिसिआर र १८१८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर १२२३ जना सक्रिय संक्रमित छन्। एक सय जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।...
देशभर फैलिएको डेंगुका कारण मृत्यु हुनेको संख्या २९
समाचार, स्वास्थ्य

देशभर फैलिएको डेंगुका कारण मृत्यु हुनेको संख्या २९

नेपालअखबार, काठमाडौं । देशभर फैलिएको डेंगुका कारण मृत्यु हुनेको संख्या २९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७६ जिल्लामा डेंगु फैलिएको र हालसम्म २२ हजार ९८८ जनालाई डेंगु भएको छ । नेपालमा पहिलो पटक २०६१ मा डेंगुका बिरामी भेटिएको थियो । त्यसयता हरेक वर्ष बढ्दो क्रममा रहेको डेंगुले यो वर्ष महामारीकै रुप लिएको छ । मन्त्रालयका अनुसार सबभन्दा धेरै बागमती प्रदेशमा १७ हजार ७३१ जनालाई डेंगु भएको छ । लुम्बिनी प्रदेशका २ हजार ८२१ जना, सुदूरपश्चिम प्रदेशका ७७७, प्रदेश १ का ५९१, गण्डकीका ५१५, मधेश प्रदेशका ३२३ र कर्णाली प्रदेशका २३० जनालाई डेंगु भएको छ । भक्तपुर, ललितपुर लगायतका सबभन्दा धेरै संक्रमण फैलिएको जिल्लामा खोज र नष्ट गर अभियान चलाइएको मन्त्रालयले जनाएको छ ।...
पछिल्लो २४ घन्टामा देशभर ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

पछिल्लो २४ घन्टामा देशभर ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

नेपालअखबार, काठमाडाैं । पछिल्लो २४ घन्टामा देशभर ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ७४ जनामा संक्रमण पुष्टि भएको हो। ३ हजार ५१२ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। एक हजार ५३५ जनाको पिसिआर र एक हजार ९७७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर १६१९ जना सक्रिय संक्रमित छन्। १६० जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।...
देशभर थप ९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

देशभर थप ९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

नेपालअखबार, काठमाडाैं । देशभर थप ९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा तीन हजार नौ सय २४ जनाको कोरोना परीक्षण गर्दा ९१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। ७५ जनाको पिसिआर र १६ जनाको एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको हो। एक सय ६५ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ। अहिले देशभर एक हजार सात सय ५० जना सक्रिय स‌ंक्रमित छन्।...
लकडाउन अन्त्यसँगै सुध्रियो युवाको मानसिक स्वास्थ्य
समाचार, स्वास्थ्य

लकडाउन अन्त्यसँगै सुध्रियो युवाको मानसिक स्वास्थ्य

नेपालअखबार ३१ भदौ, क्यानबेरा । कोभिड–१९ का कारण लागू गरिएको लकडाउन अन्त्य भएपछि अष्ट्रेलियाली युवाको मानसिक स्वास्थ्य र साधारण स्वास्थ्यमा सुधार आएको एक राष्ट्रिय सर्वेक्षणले देखाएको छ । अस्ट्रेलियाली विश्वविदालयका अनुसन्धाताहरूले बिहीबार तीन हजार ५०० भन्दा बढी अष्ट्रेलियालीमा गरिएको कोभिड–१९ प्रभाव अनुगमन सर्भेक्षणमा सन् २०२१ को तुलनामा मनोवैज्ञानिक त्रासको स्तर कम देखिएको बताएका छन् ।अध्ययनमा सहभागिता गराइएका १८ देखि २४ वर्ष उमेर समूहका दुई तिहाइभन्दा बढी उत्तरदाताले महामारीका कारण सबैभन्दा बढी सन्तुष्टि गुमाएका उनीहरूले १२ महिनाअघिको तुलनामा आफ्नो जीवन राम्रो भएको बताएका थिए ।अध्ययनका सहलेखक निकोलस बिडलले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘यसको अर्थ यो होइन कि अस्ट्रेलिया महामारीपूर्वको स्वास्थ्य र मानसिक स्वास्थ्यमा फर्किएको छ ।’अक्टोबर २०१९ को तुलनामा सन् २०२२ को अगष्टमा जीवन सन्त...
डेगुं रोग विरुद्ध नागरिक परोपकार समन्वय संस्था कास्कीको सचेतना अभियान सम्पन्न
समाचार, समाज, स्वास्थ्य

डेगुं रोग विरुद्ध नागरिक परोपकार समन्वय संस्था कास्कीको सचेतना अभियान सम्पन्न

शिबराज सुबेदि,पोखरा । कोभिड –१९ को संकट केही कम भइरहेको अबस्थामा नेपालमा फेरी डेंगु रोग फैलिदो क्रममा रहेको छ । नेपालका विभिन्न ठाउमा हाल डेंगु संक्रमण देखियको छ । गण्डकी प्रदेश र कास्किका विभिन्न अस्पताल हरुमा समेत यो रोगका बिरामी हरु देखापर्न थालेपछि मानबिय क्षेत्रमा उल्लेख्य परोपकारी कार्य गर्दै आएको नागरिक परोपकार समन्वय संस्था , कास्किले यो रोगका विरुद्ध अभियान सन्चालन गरेको छ । असोज १ गते साबिक लेखनाथ का वडाहरुमा पर्ने विभिन्न स्थानहरुमा जनसचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष चिरञ्जीवी तिवारी को अध्यक्षता र कार्यक्रम संयोजक शिबराज सुबेदिको संयोजकत्व मा कार्यक्रम सम्पन्न भयको हो । कार्यक्रममा पोखरा ३० मा रहेको सरुवा रोग तथा संक्रामक अस्पताल , अयुर्बेदिक चिकित्सालय शिशुवा र पोखरा २९ मा रहेको शहरी स्वास्थ केन्द्रका स्वास्थ्यकर्मीहरुले सहजिकरण गरेका थिए । कार्यक्...
पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या ६३ जनामा कोरोना संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या ६३ जनामा कोरोना संक्रमण पुष्टि

नेपालअखबार, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या ६३ जनामा झरेको छ । एक हजार ५७४ पीसीआर परीक्षणमा ३५ जना र दुई हजार १६६ एन्टिजेन परीक्षणमा २८ जना गरी ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १३१ रहेको छ भने कोरोना संक्रमणका कारण कसैको मृत्यु भएको छैन । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या एक हजार ९६६ रहेको छ ।...
अन्नपुर्ण अस्पतालमा स्वास्थ्य शिविर सम्पन्न
समाचार, समाज, स्वास्थ्य

अन्नपुर्ण अस्पतालमा स्वास्थ्य शिविर सम्पन्न

नेपाल अखबार,पोखरा । पोखरा महानगर पालीका वडा नं १० शिवचोकमा अवस्थित अन्नपुुर्ण बाल तथा महिला अस्पतालले रिलायन्स सेकेन्डेरि बिध्यालय बुढिबजारका बिध्यार्र्थी शिक्षक तथा बिध्यार्र्थीका अभिवावकहरुको निशुल्क स्वास्थ्य परिक्षण गरेको छ । अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्व स्वरुप यस्ता खालका सामाजिक कार्यहरु गर्दै आईरहेको अस्पतालका सन्चालक सन्तोष पान्डेले बताउनुुभयो । पोखरामानै पहिलो पटक महिला तथा बालबालिका अस्पतालको रुपमा सर्वशुलभ मुल्यमा छिटो, छरितो र स्तरिय सेवा प्रदान गर्दै आइरहेको बताउदै आगामि दिनमा थप स्तरिय,छरितो र सर्वसुलभ बनाउन लागिपर्ने वताउनुभयो । अस्पतालका अध्यक्ष विश्व घिमिरेले यस्ता सामाजिक उत्तरदायित्वका कामहरुलाइ निरन्तरता दिदै जाने जानकारी दिनुभयो । शिविरमा करिव ३०० जना बिध्यार्र्थी तथा तिनका अभिवावकहरुले स्वास्थ्य परिक्षण गराएका छन् । उक्त स्वास्थ्य शिविरमा जनरल परिक्षण, पिसाव प...
भारतमा कोरोना भाइरसबाट थप पाँच हजार सङ्क्रमित
समाचार, स्वास्थ्य

भारतमा कोरोना भाइरसबाट थप पाँच हजार सङ्क्रमित

नेपालअखबार, एजेन्सि। भारतमा कोरोना भाइरसबाट थप पाँच हजार सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा पाँच हजार एक सय ८ जना नयाँ सङ्क्रमित भएका हुन् । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या भने ४५ हजार सात सय ४९ रहेको सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा पाँच हजार ६७५ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या चार करोड ३९ लाख ३६ हजार ९२ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो एक दिनमा तीन लाख ५५ हजार २३१ जनाको कोरोना परीक्षण गरिएको थियो । भारतमा कोरोना भाइरस न्युनीकरणका लागि देशव्यापी निःशुल्क खोप अभियान चलाइ रहेपनि दैनिक रुपमा हजारौ मानिस सङ्क्रमित भइरहेका छन् । मृतकको सङ्ख्या भने पछिल्लो समय निकै घटेको पाइएको छ ।...