Monday, July 13

स्वास्थ्य

कोरोनाबाट थप ८ को मृत्यु
समाचार, स्वास्थ्य

कोरोनाबाट थप ८ को मृत्यु

नेपालअखबार, पाेखरा । पछिल्लो २४ घण्टामा देशभर थप ८ जनाको कोरोनाबाट मृत्यु भएको छ । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । यससँगै मृतककाे कुल संख्या ५२८ पुगेको छ । उनका अनुसार पछिल्लो २४ घण्टामा देशभर २ हजार १२० जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । आज १२ हजार ९७८ जनामा पीसीआर परीक्षण हुँदा सो संख्यामा संक्रमण पुष्टि भएको हो। यस्तै आज काठमाडौंमा १००१, भक्तपुरमा ६७ र ललितपुरमा १०९ गरी उपत्यकामा ११७७ जनामा संक्रमण पुष्टि भएको गौतमले बताए । यस्तै देशभर सक्रिय संक्रमित २१ हजार ३०२ रहेका छन् भने संस्थागत आइसोलेशनमा ९ हजार ७७३ र होम आइसोलेशनमा ११ हजार ५२९ रहेका छन् । यस्तै २४ घण्टामा २०४४ जना निको भएसँगै हालसम्म निको हुनेको कुल संख्या ६२,७४० पुगेको गौतमले बताए ।...
२४ घण्टामा देशभर २१२० कोरोना संक्रमित थपिए
समाचार, स्वास्थ्य

२४ घण्टामा देशभर २१२० कोरोना संक्रमित थपिए

नेपाल अखबार, पाेखरा। पछिल्लो २४ घण्टामा देशभर २ हजार १२० जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । यससँगै देशभर संक्रमितको कु्ल संख्या ८४,५७० पुगेको गौतमले बताए । आज १२ हजार ९७८ जनामा पीसीआर परीक्षण हुँदा सो संख्यामा संक्रमण पुष्टि भएको हो। यस्तै आज काठमाडौंमा १००१, भक्तपुरमा ६७ र ललितपुरमा १०९ गरी उपत्यकामा ११७७ जनामा संक्रमण पुष्टि भएको गौतमले बताए । यस्तै देशभर सक्रिय संक्रमित २१ हजार ३०२ रहेका छन् भने संस्थागत आइसोलेशनमा ९ हजार ७७३ र होम आइसोलेशनमा ११ हजार ५२९ रहेका छन् ।...
कोरोनाका सक्रिय संक्रमितको संख्या २५ हजार पुगे पनि लकडाउन नहुने
समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

कोरोनाका सक्रिय संक्रमितको संख्या २५ हजार पुगे पनि लकडाउन नहुने

नेपाल अखबार, काठमाडौँ । देशैभर कोरोनाका सक्रिय संक्रमितको संख्या २५ हजार पुगे पनि लकडाउन नहुने सरकारले स्पष्ट पारेको छ। शुक्रबार आयोजित नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले तत्काल लकडाउन गर्ने योजना नभएको जनाएका हुन्। त्यसैगरी स्वास्थ्यमन्त्री भानुभक्त ढकालले पनि शुक्रबार उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा अब कुनै पनि हालतमा लकडाउन नहुने तर व्यक्तिले स्वास्थ्य मापदण्डको पालना गर्नुपर्ने बताएका थिए । ‘देशमा फेरि पनि लकडाउन गर्ने योजना रहेको छैन’, गौतमले भने, ‘अहिलेकै अवस्थामा सङ्क्रमित बढ्न थाले भने सरकारी संरचनाले थेग्न नसक्ने भनिएको हो। त्यस्तो अवस्थामा हामी निजी स्वास्थ्य संस्थासँगको सहकार्यमा सङ्क्रमितको उपचार गर्छौँ।’ ७ असोजमा स्वास्थ्य सचिव लक्ष्मण अर्यालको अध्यक्षतामा बसेको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले देशभर सक्...
गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, पाेखरा। गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की, तनहुँ र गोरखा गरि ३ जिल्लाका १७ जनामा संक्रमण पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ । कास्की जिल्लामा थप १० जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित सबै पोखरा महानगरपालिका रहेका छन् । महानगर वडा नम्बर १३ का ३ जना पुरुष , वडा नम्बर ८ का १ महिला र १ पुरुष , वडा नम्बर ६ का २ महिला , २४ का १ पुरुष , वडा नम्बर १४ का १ पुरुष र वडा नम्बर १३ का १ पुरुष गरि महानगरमा थप १० जनामा संक्रमण पुष्टि भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १७ का २४ र २३ वर्षिय २ जना पुरुष पोखरामा कार्यरत नेपाल प्रहरी हुन् । यता गोरखामा पनि ५ जनामा संक्रमण पुष्टि भएको छ । गोरखा वडा १२ का १ महिला र १ पुरुष त्यस्तै बारपाक सुलि वडा नम्बर ३ का १ पुरुष । वडा नम्बर ८ का १ महिला र आरुद्दाट वडा नम्बर ४ का १ पुरुषमा गरि थप ५ जनामा संक्र...
नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु
स्वास्थ्य

नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु

नेपाल अखबार, पाेखरा। नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभरमा थप ११ संक्रमितको मृत्यु भएको हो। मृत्यु हुनेमा ४ महिला र ७ जना पुरुष रहेका छन्। योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५२० पुगेको छ।...
काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ६३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ६३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

नेपाल अखबार, काठमाडौँ। काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ६३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा उपत्यकाका तीन जिल्लामा थप १ हजार ६३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए। प्रवक्ता गौतमका अनुसार उपत्यकाका काठमाडौँमा १२८० भक्तपुरमा १९६ र ललितपुरमा १६२ जना कोरोना संक्रमित थपिएका हुन्।...
नेपालमा एकै दिन २७ सय २२ कोरोना संक्रमित थपिए
समाचार, स्वास्थ्य

नेपालमा एकै दिन २७ सय २२ कोरोना संक्रमित थपिए

नेपाल अखबार, पाेखरा। नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा पछिल्लो २४ घण्टामा थप २ हजार ७२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए। प्रवक्ता गौतमका अनुसार आज देशभरमा सक्रिय संक्रमितको संख्या २१ हजार २३४ रहेको छ। त्यस्तै आज देशभर संस्थागत आइसोलेसनमा ९ हजार ४७४ जना रहेका छन्। आज थप १४ हजार ७३९ पीसीआर परीक्षण भएसँगै अहिलेसम्म भएको परीक्षणको १० लाख ४८, ६८६ संख्या पुगेको छ।...
पोखराका ७ सहित गण्डकी प्रदेशमा  थप ११ जनामा कोरोना संक्रमण पुष्टि
प्रदेश ४, समाचार, स्वास्थ्य

पोखराका ७ सहित गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, पाेखरा। पोखराका ७ सहित गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका ३ जिल्लाका ९ पुरुष र २ महिला गरी ११ जनामा कोरोना देखिएको हो । संक्रमण पुष्टि हुनेमा कास्कीको पोखरा महानगरपालिका ४ का ४८ वर्षीय पुरुष, पोखरा ५ का २९ वर्षीय पुरुष र २९ वर्षीया महिला, पोखरा ६ का ५९ वर्षीय पुरुष , पोखरा ७ का ४९ वर्षीय पुरुष, पोखरा १४ की २९ वर्षीया महिला, पोखरा ३२ का ४७ वर्षीय पुरुष रहेका छन । त्यसै गरी लमजुङ सुन्दरबजारका २५ र ४९ वर्षीय पुरुष तथा स्याङ्जा वालिङ ५ का ३० वर्षीय र १४ का ४५ वर्षीय पुरुषमा संक्रमण देखिएको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको सँख्या ३ हजार ९ सय ८६ पुगेको छ ।...
डोनाल्ड ट्रम्प र पत्नी मेलानियालाई कोरोना संक्रमण पुष्टि
समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

डोनाल्ड ट्रम्प र पत्नी मेलानियालाई कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, एजेन्सि। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फर्स्ट लेडी मेलानिया ट्रम्पलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राष्ट्रपति ट्रम्पले यसबारे ट्वीट गर्दै आफू र मेलानियालाई कोरोनासंक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । यसअघि, ट्रम्पका सहयोगी होप हिक्सलाई बिहीबार राति कोरोना संक्रमणको पुष्टि भएपछि ट्रम्प क्वारेन्टिनमा बसेका थिए । चुनावी प्रचार प्रसारमा व्यस्त ट्रम्प र संक्रमण देखिएका होप टेलिभिजन डिबेटका लागि सँगै एयर फोर्स वनबाट यात्रा गरेका थिए ।...
अक्सफोर्डको भ्याक्सिन समीक्षाका लागि तयार
विश्व, समाचार, स्वास्थ्य

अक्सफोर्डको भ्याक्सिन समीक्षाका लागि तयार

नेपाल अखबार, एजेन्सि। अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेका मिलेर विकसित गरिरहेका कोभिड–१९ को भ्याक्सिन कोविशिल्ड चाँडै नै समीक्षाका लागि तयार हुने बताइएको छ । युरोपेली समीक्षकले एक–दुई हप्तामा यो भ्याक्सिनको द्रूत समीक्षा सुरु गर्ने सम्भावना छ । – ब्लूमबर्गको एक रिपोर्टमा यो मामिलासँग जोडिएका एक व्यक्तिलाई उद्धृत गर्दै कोविशिल्ड यूरोपमा नियामक स्विकृति लिने पहिलो भ्याक्सिन हुनसक्ने बताइएको छ । युरोपेली मेडिसिन एजेन्सीले एक दुई हप्ताभित्र यसको ‘रोलिङ रिभ्यू’ सुरु गर्नसक्ने सम्भावना व्यक्त गरिएको छ । – अहिले कोविशिल्डमाथि जुन तरिका अपनाइएको छ, त्यो आपतकालीन अवस्थामा अपनाइने गरिन्छ । विशेषगरी, कोभिड–१९ महामारको प्रकोपलाई मध्यनजर गर्दै यो आवश्यकता भएको छ । समीक्षा भएलगत्तै चाँडोभन्दा चाँडो कोविशिल्डले नियामक स्विकृति पाउने सम्भावना रहेको छ । कोविशिल्डको तेस्रो चरणको ट्रायल सेप्टेम्बर ६ मा ...