नेपाल अखबार, कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना सकृय संक्रमितको संख्या ८ सय १७ पुगेको छ । शुक्रबार विभिन्न अस्पतालमा गरिएको परिक्षणबाट थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएपछि प्रदेशमा सकृय संक्रमितको संख्या ८ सय १७ पुगेको हो ।
सकृय संक्रमितमा अछाम ६६, बैतडी ६५, बझाङ्ग ५९, बाजुरा ९, डडेल्धुरा ९, दार्चुला ९, डोटी ११९, कैलाली ४३०, र कंचनपुर ५१ जना रहेको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।
बितेको २४ घण्टामा गरिएको परिक्षणममा कैलालीका ६, अछाम १५, बैतडी २, बझाङ्ग १ र डोटीमा १ जनामा संक्रमण पुस्टी भएको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिह कार्कीले रातोपाटीलार्ई जानकारी दिए ।
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ । अछाम १, बझाङ्ग २, बाजुरा २ र कैलालीमा ७ जना कोरोना संक्रमितको मृत्यु भइसकेको उनले बताए ।
योसंगै प्रदेशमा निको हुने संक्रमित संख्या पनि ५ ...