Saturday, July 11

स्वास्थ्य

गण्डकी प्रदेशमा मंगलबार  दिउसो थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकी प्रदेशमा मंगलबार दिउसो थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

नेपाल अखबार, पाेखरा। गण्डकी प्रदेशमा मंगलबार  दिउसो थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले गण्डकीले मंगलबार दिउसो तेस्रो विज्ञप्ति मार्फत प्रदेशको पर्वत र तनहुँमा एक एक जना संक्रमित थपिएको  जनाएको हो  । तनहुँमा संक्रमण पुष्टि हुनेमा आबुखैरेनी ३ का २९ वर्षीय जिप चालक रहेको र पर्वतमा  संक्रमित हुनेमा  कुश्मा नगरपालिकाको क्वारेन्टिनमा रहेका जलजला ७ का ३७ वर्षीय पुरुष रहेको  निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार २ सय १० पुगेको छ ।  ...
बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

नेपाल अखबार,काठमाडौं । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा काठमाडौंमा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना रहेको मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । पछिल्लो २४ घण्टामा देशभर १०६९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । महिला ३४४ र पुरुष ७२५ गरी १०६९ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४० हजार नाघेको छ । यस्तै देशभर कोरोनाबाट मृत्यु हुनेकाे संख्या२३९ पुगेकाे छ ।...
कोरोनाबाट थप ११ जनाको मृत्यु
समाचार, स्वास्थ्य

कोरोनाबाट थप ११ जनाको मृत्यु

नेपाल अखबार, पाेखरा । कोरोनाभाइरसबाट देशभर थप ११ जनाको मृत्यु भएको छ।  योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २२९ पुगेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले एक ४ वर्षीया बालिकासहित ११ जनाको मृत्यु भएको बताए ।  महोत्तरीमा ४ वर्षीया बालिकासहित २ जनाको मृत्यु भएको छ । यस्तै पर्साका ३ जना र काठमाडौंका २ जनाको पनि मृत्यु भएको छ । यसैगरी सिरहा, बारा, चितवन र मकवानपुरका १–१ जनाको समेत मृत्यु भएको गौतमले बताए । यसैगरी पछिल्लो २४ घण्टामा देशभर थप १०६९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता गौतमले महिला ३४४ र पुरुष ७२५ गरी १०६९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४० हजार नाघेको छ । उनका अनुसार संक्रमितको कुल संख्या जम्मा ४० हजार ५२९ पुगेको हो । यस्तै बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४८१ जनामा कोर...
देशभर १०६९ जनामा कोरोना संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

देशभर १०६९ जनामा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, पाेखरा । पछिल्लो २४ घण्टामा देशभर थप १०६९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले महिला ३४४ र पुरुष ७२५ गरी १०६९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४० हजार नाघेको छ । उनका अनुसार संक्रमितको कुल संख्या जम्मा ४० हजार ५२९ पुगेको हो । यस्तै बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा काठमाडौंमा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना रहेको गौतमले जानकारी दिए । हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ११२ रहेको छ।  यस्तै संस्थागत आइसोलेशनमा १० हजार ८३२ र होम आइसोलेशनमा ७ हजार २८० जना रहेका छन् । १२ हजार ८८ जनाको पीसीआर परीक्षण भएको गौतमले बताए । यस्तै पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या ७६८ रहे...
गण्डकी प्रदेशमा संक्रमितको संख्या २२ सय नाघ्यो
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकी प्रदेशमा संक्रमितको संख्या २२ सय नाघ्यो

नेपाल अखबार, पाेखरा। गण्डकी प्रदेशमा १४ दिनका नाबालकसहित थप ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबार बिहान क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप ३९ जनामा संक्रमण पुष्टि भएको हो। मंगलबार थपिएका संक्रमितका १४ दिनका नाबालकसहित २६ जना लमजुङका रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए। त्यस्तै नवलपरासी (सुस्तापूर्व)का १० जना, कास्कीका २ र बागलुङका १ जनामा पनि कोरोना पुष्टि भएको शर्माले जनाकारी दिए। लमजुङका संक्रमितका जिल्ला सामुदायिक अस्पतालमा उपचाररत १४ दिनका नाबालक सहित ५ जना, अस्पतालमै कार्यरत एक कर्मचारी, ग्लोबल आईएमई बैंकमा कार्यरत पाँच जना, नेपाल प्रहरीमा कार्यरत चार जना र बेसीसहर–७ का २८ वर्षीया एक महिला पत्रकार रहेको निर्देशक डा. शर्माले जनाकारी दिए। अन्य सबै संक्रमितह...
विश्वमा सङ्क्रमितको संख्या २ करोड ५६ लाख नाघ्यो
विश्व, समाचार, स्वास्थ्य

विश्वमा सङ्क्रमितको संख्या २ करोड ५६ लाख नाघ्यो

नेपाल अखबार, एजेन्सी । विश्वमा दुई करोड ५६ लाख ३८ हजार २३० जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मङ्गलबार जानकारी दिएको छ । सो संगठनकाअनुसार मङ्गलबारसम्म विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट आठ लाख ५४ हजार ७७५ जना कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ । मङ्गलबार अपराह्नसम्म प्राप्त समाचारअनुसार सङ्क्रमित मध्ये हालसम्म एक करोड ७९ लाख ४२ हजार ९११ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६८ लाख ४० हजार ५४४ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको छ ।  सङ्क्रमितहरु मध्ये ६१ हजार १५८ जनाको अवस्था गम्भीर रहेको जनाएको छ । कोरोना भाइरसबाट अन्त्यत प्रभावित दश ओटा देशहरुको डब्लुएचओद्वारा प्रकाशित तथ्याङ्क यी रहेका छन् । चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण संयुक्त राज्य अमेरिका सबैभन...
कोरोना संक्रमणबाट केन्द्रीय कारागारका कैदीको मृत्यु
समाचार, स्वास्थ्य

कोरोना संक्रमणबाट केन्द्रीय कारागारका कैदीको मृत्यु

नेपाल अखबार, काठमाडौं । केन्द्रीय कारागारका एकजना कैदीको कारोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । कञ्चनपुरबाट उपचारका लागि केन्द्रीय कारागारमा ल्याइएका ४० वर्षीय पुरुषको मृत्यु भएको हो । उनी गम्भीर रोगको बिरामी रहेका कारागार व्यवस्थापन विभागका महानिर्देशक द्रोण पोखरेलले बताए । उनमा क्षयरोग थियो भने मानसिक रुपमा पनि समस्या थियो, त्यसैले पाटन अस्पतालमा उपचार भइरहेको थियो’, पोखरेलले भने, ‘पछिल्लो समय मेगा अस्पतालमा उपचारका क्रममा सोमबार राति मृत्यु भएको हो ।’ पोखरेलका अनुसार १० भदौमा कोरोना भाइरस संक्रमण परीक्षणका लागि उनको स्वाब संकलन गरिएको थियो । चार दिनपछि उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । हाल केन्द्रीय कारागारमा ७ सय जना बिरामी कैदीबन्दी छन् । कारागारमा देशभरका कैदीबन्दीको उपचारका लागि अस्पताल छ । मंगलबार बिहान थप २ जना कैदीको पनि उपचारका क्रममा मृत्यु भएको छ । तर, कोरोना परीक्षण...
पछिल्लो २४ घण्टामा अमेरिकामा भन्दा भारतमा मृत्यु र संक्रमण दुई गुणा बढी
विश्व, स्वास्थ्य

पछिल्लो २४ घण्टामा अमेरिकामा भन्दा भारतमा मृत्यु र संक्रमण दुई गुणा बढी

नेपाल अखबार, एजेन्सि। कोरोना भाइरसको संक्रमण र त्यसबाट हुने मृत्युदरमा विश्वका सबै देशलाई भारतले उछिन्न थालेको छ। पछिल्लो २४ घण्टामा उच्च संक्रमण र मृत्युदर भएका अमेरिका र ब्राजिललाईसमेत भारतले उछिनेको छ। कोरोना सम्बन्धि विश्वव्यापी अपडेट गर्दै आएको वर्ल्डओमिटरका अनुसार गएको २४ घण्टामा भारतमा विश्वकै सबैभन्दा धेरै ६८ हजार सात सय ७० जनामा संक्रमण पुष्टि भएको छ। यस अवधिमा त्यहाँ आठसय १८ जनाले ज्यान गुमाएका छन्। पछिल्लो २४ घण्टामा ब्राजिलमा ६ सय १९ र अमेरिकामा चार सय ९७ जनाले ज्यान गुमाएका छन्। यस अवधिमा त्यहाँ क्रमशः ४८ हजार पाँच सय ९० र ३७ हजार आठ सय १५ जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा विश्वभर चार हजार ३२ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् भने दुई लाख ३८ हजार भन्दा धेरै नयाँ संक्रमित थपिएका छन्। भारतमा अहिलेसम्म मृतकको संख्या ६५ हजार चार सय ३५ पुगेको छ। त्यहाँ संक्रमित...
भारतको झारखण्डमा मात्रै काेराेनाबाट ४ हजार प्रहरी संक्रमित, ९ जनाको मृत्यु
विदेश, स्वास्थ्य, हाइलाइट-समाचार

भारतको झारखण्डमा मात्रै काेराेनाबाट ४ हजार प्रहरी संक्रमित, ९ जनाको मृत्यु

नेपाल अखबार, एजेन्सि। भारतको झारखण्ड राज्यमा कोरोना भाइरसले प्रहरीलाई निकै सताएको छ। त्यहाँ अहिलेसम्म ४ हजारभन्दा बढी प्रहरी संक्रमित भइसकेका छन्। बीबीसी हिन्दीका अनुसार झारखण्ड राज्यमा कोरोनाको संक्रमणमा परेका प्रहरीको संख्या ४ हजार ४५ पुगिसकेको छ। तिनमा २ एसएसपी, ३ एसपी र १४ डीएसपीसमेत छन्। संक्रमित प्रहरीमध्ये ९ जनाको मृत्युसमेत भइसकेको छ।...
हतारमा भ्याक्सिनलाई मञ्जुरी दिनेहरुलाई डब्ल्यूएचओको चेतावनी
विश्व, समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

हतारमा भ्याक्सिनलाई मञ्जुरी दिनेहरुलाई डब्ल्यूएचओको चेतावनी

नेपाल अखबार, एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोनाभाइरसको भ्याक्सिनलाई मञ्जुरी दिने प्रक्रियालाई गम्भीरता साथ अपनाउन आवश्यक भएको बताएको छ । संयुक्त राष्ट्रको स्वास्थ्य संगठनकी मुख्य वैज्ञानिक स्वामीनाथनले पत्रकारसँगको कुराकानीमा सबै देशलाई ट्रायल पूरा गरिएका औषधीलाई मञ्जुरी दिने अधिकार भएपनि यो हल्का रुपमा लिने काम नभएको चेतावनी दिएकी छिन् । डब्ल्यूएचओका अनुसार यतिबेला ३३ भ्याक्सिनको क्लिनिकल ट्रायल चलिरहेको जबकी १४३ खोप अहिले पनि प्रि–क्लिनिकल इभ्यालुएसनको चरणमा छन् । यसबाहेक विश्व स्वास्थ्य संगठनले पर्याप्त प्रबन्ध बिना लकडाउन हटाइरहेका देशलाई पनि चेतावनी दिएको छ । स्वास्थ्य संगठनले जुन देशमा अहिले पनि उल्लेख्य मात्रामा नयाँ संक्रमित फेला परिरहेका तर उनीहरुले मानिसलाई जम्मा हुने अनुमती दिन्छन् भने यो विध्वंसलाई निम्तो दिए सरह हुने बताएको छ ।...