संक्रमणकै कारण महोत्तरीमा १६ दिनमै ८ को मृत्यु, तेस्रोपटक निषेधाज्ञा
नेपाल अखबार, महोत्तरी । कोभिड–१९ सङ्क्रमण फैलदै जाँदा जिल्ला प्रशासन कार्यालय महोत्तरीले तेस्रोपटक निषेधाज्ञा जारी गरेको छ । भदौ १० गते दोस्रोपटक जारी गरिएको निषेधाज्ञाको अवधि सोमबार मध्यरातमा सकिएपछि जिल्ला प्रशासन कार्यालय महोत्तरीले थप एक साता अवधिका लागि यो आदेश जारी गरेको हो ।
सोमबार थपिएको निषेधाज्ञाको अवधि भदौ २२ गतेसम्म कायम रहने प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जारी गर्नुभएको आदेशमा उल्लेख छ । जिल्ला प्रशासन कार्यालयले जिल्लाभरि लागू हुनेगरी भदौ १ गते १० दिनका लागि निषेधाज्ञा घोषणा गरेको थियो । यद्यपि त्यसअघि पनि साउन २१ गते नै जिल्ला सदरमुकाम जलेश्वर नगरपालिकाको मुख्य बजारक्षेत्र र महोत्तरी गाउँपालिका–३ र ५ मा निषेधाज्ञा जारी थियो ।
भदौ लागिकन जिल्लाभरि जारी गरिएको निषेधाज्ञाबीच नै यहाँ सङ्क्रमण ह्वात्तै बढेको छ । जिल्लामा कोरोना भाइरसबाट मृत्यु भएका कूल १० मध्ये आठको म...
