Saturday, July 11

स्वास्थ्य

गण्डकी प्रदेशमा ११ जना संक्रमित थपिए
समाचार, स्वास्थ्य

गण्डकी प्रदेशमा ११ जना संक्रमित थपिए

नेपाल अखबार, पोखरा । पोखरामा ४ जनासहित आइतबार गण्डकी प्रदेशका ३ जिल्लामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखराको  कास्की सेवा अस्पतालमा२ जना,    पाेखरा महानगरपालिका- १६ मा २ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । पोखरा – १६ मा ३१ वर्षीया महिला र ४० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । आइतबार नै नवलपुरको विनय त्रिवेणी नगरपालिका- १ मा मात्र ३ जना महिला र ३ जना पुरुष गरी ६ जनालाई संक्रमण देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए । गोरखा नगरपालिका- १ मा २८ वर्षीय पुरुषमा पनि आइतबार दिउँसो संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १ हजार ८ सय ७० जना पुगेको छ । जसमध्ये १ हजार ६ सय ११ जना निको भएर घर फर्केका छन् ।...
डब्ल्यूएचओले जारी गर्‍याे मास्क लगाउनेबारे नयाँ नियम
विश्व, स्वास्थ्य, हाइलाइट-समाचार

डब्ल्यूएचओले जारी गर्‍याे मास्क लगाउनेबारे नयाँ नियम

नेपाल अखबार, एजेन्सि । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाबाट बच्न मास्क लगाउनेबारे नयाँ नियम जारी गरेकाे छ। १२ वर्षभन्दा माथिका बालबालिकाले वयस्क व्यक्तिले जत्तिकै भाइरस फैलाउने उल्लेख गर्दै डब्ल्यूएचओले उनीहरुले पनि अनिवार्य मास्क लगाउनुपर्ने सल्लाह दिएकाे हाे। वयस्कका लागि जुन जुन नियम लागू गरिएका छन्, १२ वर्षमाथिका बालबालिकाले पनि त्यो पालना गर्नुपर्ने सुझाव उसले दिएको छ। डब्ल्यूएचओका अनुसार ५ वर्ष र त्यसभन्दा मुनि उमेरका बालबालिकाले भने मास्क लगाउन हुँदैन। तर ६ देखि ११ वर्षसम्मका बालबालिकालाई मास्क लगाउन र फुकाल्न परिवारले मद्दत गर्न तथा उनीहरुको हेरविचार गर्न पर्छ। यस्तै डब्ल्यूएचओले ६० वर्षभन्दा कम उमेरका मानिसले कपडाको मास्क लगाउँदा पनि हुने र यसभन्दा माथि उमेरका र अन्य रोगबाट ग्रसित व्यक्तिले भने मेडिकल मास्क लगाउनुपर्ने जानकारी दिएको छ। स्राेत : बीबीसी...
हेटौँडाकी कोरोना संक्रमित महिलाको भरतपुरमा मृत्यु
समाचार, स्वास्थ्य

हेटौँडाकी कोरोना संक्रमित महिलाको भरतपुरमा मृत्यु

नेपाल अखबार, चितवन।  चितवनमा कोरोना भाइरसको सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ। भरतपुर-१० स्थित पुरानो मेडिकल कलेजमा उपचाररत मकवानपुरको हेटौँडा उपमहानगरपालिका-३ निवासी ६५ वर्षीया महिलाको शनिबार साँझ साँढे सातबजे मृत्यु भएको हो। मृत्युपछि मात्रै ती महिलाको कोरोना रिपोर्ट पोजिटिभ आएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए। पुरानो मेडिकल कलेजबाट भदौ १ गते नै उनको स्वाब सङ्कलन गरी परीक्षणका लागि भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशाला पठाइएको थियो। तर रिपोर्ट नआउँदै महिलाको साँझ मृत्यु भएको पौडेलको भनाई छ। कलेजोसम्बन्धी उपचारका लागि ती महिलालाई गत साउन ३२ गते पुरानो मेडिकल कलेजमा भर्ना गरिएको थियो। उनको शल्यक्रिया गर्नुअघि भदौ १ गते नै स्वाब सङ्कलन गरी परीक्षणका लागि प्रयोगशाला पठाइएको थियो। सोही अस्पतालमा बिहीबार राति निधन भएका हेटौँडाका ७५ वर्षीय पुरुषको पनि शनिबार बिहान ...
भारतमा एकैदिन भेटिए ७० हजार बढि संक्रमित
विश्व, स्वास्थ्य

भारतमा एकैदिन भेटिए ७० हजार बढि संक्रमित

नेपाल अखबार, एजेन्सि। भारतमा कोरोना संक्रमितको संख्या ३० लाख पार भएको छ । शनिबार एकैदिन सबैभन्दा धेरै ७० हजार ४ सय ८८ नयाँ संक्रमित फेला परेका छन् । एकैदिन ९ सय १८ को मृत्यु भएको छ । भारतमा कोरोनाका कारण हालसम्म ५६ हजार ८ सय ४६ को मृत्यु भइसकेको छ । यस्तै २२ लाख ७९ हजार ९ सय संक्रमित निकोसमेत भइसकेका छन् । पछिल्लो २४ घण्टामा ५९ हजार १ सय १ बिरामी अस्पतालबाट डिस्चार्ज भएका छन् । हालसम्म भारतमा ३० लाख ४३ हजार ४ सय ३६ कोभिड–१९ द्वारा संक्रमित छन् । यहाँ कोरोनाका एक्टिभ केस ७ लाख ६ हजार १ सय ३८ रहेका छन् । भारतमा कोरोनाले सबैभन्दा धेरै महाराष्ट्रलाई प्रभावित पारेको छ । यहाँ ६ लाख ७१ हजार ९ सय ४२ संक्रमित छन् भने २१ हजार ९ सय ९५ को मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा राज्यमा कोरोनाका १४ हजार ४ सय ९२ नयाँ संक्रमित थपिएका छन् भने २ सय ९७ को मृत्यु भएको छ ।...
सिरहामा प्रहरी र थुनुवा गरी ३० जनामा कोरोना संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

सिरहामा प्रहरी र थुनुवा गरी ३० जनामा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, सिरहा ।  सिरहामा प्रहरी र थुनुवा गरी ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरु २४ देखि ५३ वर्ष उमेरका सबै पुरुष हुन् । जिल्ला  स्वास्थ कार्यालय सिरहाकाअनुसार इलाका प्रहरी कार्यालय लहानका ३० जनामा कोरोना पुष्टि भएको हो । सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँणेलका अनुसार ईलाका प्रहरी कार्यालय लहानका २२ प्रहरीमा कोरोना पुष्टि भएको छ । यस्तै ८ जना थुनुवामा पनि संक्रमण पुष्टि भएको उनले बताए । यसअघि इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपीसहित ५  जना,  इलाका प्रहरी गेालबजारका १० प्रहरीमा कोरोना देखिएको थियो । संक्रमित सबै प्रहरी कार्यालयकै आइसोलेसनमा बसेको जिल्ला प्रहरी सिरहाका प्रहरी प्रवक्ता डीएसपी बिनोद घिमिरेले बताए ।...
स्वाब दिएपछि अनिवार्य क्वारेन्टिनमा बस्न स्वास्थ्य मन्त्रालयको आग्रह
प्रशासन, समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

स्वाब दिएपछि अनिवार्य क्वारेन्टिनमा बस्न स्वास्थ्य मन्त्रालयको आग्रह

नेपाल अखबार, काठमाडाैं। पिसीआरको लागि स्वाब  दिइसकेपछि सबैलाई क्वारेन्टिनमा बस्न आग्रह गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पिसीआर परीक्षण गरिसकेपछि पनि क्वारेन्टिनमा नबसेको भन्ने गुनासो आएकाले क्वारेन्टिनमा अनिवार्य बस्न अनुरोध गरेका हुन् । सरकारी अस्पतालका नर्सिङ, पारामेडिकहरुले व्यक्तिगत सुरक्षा कवच (पिपिइ) नपाएको भन्ने गुनासो आएकाले मन्त्रालयका दुईवटा कल सेन्टर १११५ र ११३३ मा खबर गरी पिपिइ लिन उनले अनुरोध गरे । यस्तै काठमाडौँमा सङ्क्रमणको दर बढिरहेकाले सङ्क्रमतिको नजिक आएकाहरुलाई ‘प्राइमरी कन्ट्याक्ट’ भनिएकाले ती प्राइमरी कन्ट्याक्टमा आएकालाई तुरुन्तै पिसीआरका लागि स्वाब दिन मन्त्रालयका प्रवक्ता डा गौतमले अनुरोध गरे । नेपालमा अहिलेसम्म पाँच लाख ९२ हजार ४१८ जनाको पिसीआर परीक्षण गारिएको छ । तीमध्ये ३१ हजार ११७ जनामा सङ्क्रमण, १८ हजार ३५० जनामा सङ्क्र...
काठमाडौँ उपत्यकामा अहिलेसम्मकै धेरै सङ्क्रमित,जोखिम कायमै
पत्रपत्रिका, समाज, स्वास्थ्य

काठमाडौँ उपत्यकामा अहिलेसम्मकै धेरै सङ्क्रमित,जोखिम कायमै

नेपाल अखबार, काठमाडौँ। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २१६ जना कोरोना भाइरस सङ्क्रमित देखिएका छन् । काठमाडौँमा १६०, ललितपुरमा छ र भक्तपुरमा ५० गरी २१६ जनामा सङ्क्रमण देखिएको हो । शुक्रबार १७२ जनामा कोरोना देखिएकोमा शनिबार यो सङ्ख्या ह्वात्तै बढेको हो । शनिबार देशभर १८२ महिला र ४५२ पुरुष गरी कुल ६३४ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए । घटेन जोखिम निषेधाज्ञा जारी गरे पनि काठमाडौंँमा कोरोना सङ्क्रमितको सङ्ख्या घट्न सकेको छैन । जनस्वास्थ्यविद्ले काठमाडौंँमा कोरोनाले जटिल रूप लिन सुरु गरिसकेको चेतावनी दिएका छन् । व्यवस्थापकीय कमजोरीका कारण काठमाडौंँ उपत्यका लगायतका स्थानमा कोरोना सङ्क्रमित बढिरहेको आरोप उनीहरूको छ । भियतनाम, थाइल्यान्ड, कम्बोडिया, लाओस जस्ता देशमा नयाँ सङ्क्रमित शून्य भई विद्यालय, कलेज सञ्चालन...
नेपालमा कोरोना भाइरसबाट थप ९ जनाको मृत्यु
समाचार, स्वास्थ्य

नेपालमा कोरोना भाइरसबाट थप ९ जनाको मृत्यु

नेपाल अखबार, पाेखरा। नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको बताए। प्रवक्ता गौतमका अनुसार कोरोना संक्रकमणबाट सुनसरीमा एक ६ वर्षीया बालिका र ६७ वर्षीय पुरुष, पर्सामा ६१, ५८, ४८ पुरुष, बारामा ५८ वर्षीय पुरुष, सिरहामा ६८ वर्षीय पुरुष, मकवानमुरमा ५६ वर्षीय पुरुष र भक्तपुरमा ७३ वर्षीय पुरुषको निधन भएको हो। योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १४६ पुगेको उनले जनाकारी दिए। नेपालमा कोरोना संक्रमितमध्ये ०.५ प्रतिशत मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए।...
देशभर थप ६३४ जना कोरोना संक्रमित थपिए
समाचार, स्वास्थ्य

देशभर थप ६३४ जना कोरोना संक्रमित थपिए

नेपाल अखबार, पाेखरा । पछिल्लो २४ घण्टामा देशभर ६३४ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३१ हजार ११७ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबारको प्रेस ब्रिफिङमा जानकारी दिए । उनका अनुसार जसमा काठमाडौंमा १६०, ललितपुरमा ६ र भक्तपुरमा ५० जना रहेका छन् । मन्त्रालयका अनुसार शनिबारसम्म सक्रिय संक्रमितको संख्या १२ हजार ६२१ जना रहेका छन् । जसमा संस्थागत आइसोलेसनमा ८ हजार ७०५ जना रहेका छन् । यस्तै होम आइसोलेशनमा ३ हजार ९१६ जना रहेका छन् । यसैगरी पछिल्लो २४ घण्टामा १३६ जना निको भएका छन् । यस्तै निको हुनेको कुल संख्या १८ हजार ३५० पुगेको छ । यसैबीच हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १४६ पुगेको छ । सुनसरीका २ जना, पर्साका ३ जना, बाराका ...
कोरोना संक्रमण बढ्न थालेपछि दक्षिण कोरियाद्धारा देशव्यापी निषेधाज्ञा जारी
विश्व, स्वास्थ्य, हाइलाइट-समाचार

कोरोना संक्रमण बढ्न थालेपछि दक्षिण कोरियाद्धारा देशव्यापी निषेधाज्ञा जारी

नेपाल अखबार, एजेन्सि। दक्षिण कोरियाले कोरोना भाइरसका कारण देशव्यापी निषेधाज्ञा घोषणा गरेको छ। कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नदिनका लागि केही गतिविधिहरुमा देशभरी निषेधाज्ञा जारी गरिएको अधिकारीहरुले जनाएका छन्। सरकारले भेला हुन, रात्रीकालिन गतिविधिहरु गर्न, चर्च, खेलकुद तथा अन्य भिडभाड हुने ठाउँहरुका गतिविधिहरुमा रोक लगाएको छ। स्वास्थ्यमन्त्री पार्क नेउङ हुले शनिबारदेखि यस्ता गतिविधिहरुमा देशभरी नै रोक लगाइएको जानकारी दिए। दक्षिण कोरियामा कोरोना भाइरसको सङ्क्रमण शनिबार थप ३३२ जनामा देखिएको पनि उनले बताए। नयाँ थपिएका सङ्क्रमितमध्ये अधिकांश राजधानी सोल महानगरपालिका भित्र नै देखिएको पाइएको छ। दक्षिण कोरियामा कोरोना भाइरसबाट सङ्क्रमितको संख्या पछिल्लो समय थप बढ्दै गएको पाइएको छ। सङ्क्रमण राजधानीबाहेक देशका अन्य ठूला सहरहरुमा पनि देखिएको स्वास्थ्य मन्त्री हुले जानकारी दिए। कतिपय प्रतिवन्धात्...