Saturday, July 11

हाइलाइट-समाचार

नारायणगढ–मुग्लिन सडक सञ्चालनमा
समाचार, हाइलाइट-समाचार

नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

नेपाल अखबार, चितवन। नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा खसेको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको छ। इच्छाकामना गाउँपालिका–६ मा पर्ने सो स्थानमा आज बिहान ४:३० बजे पहिरो खसेको थियो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो पन्छाइएसँगै बिहान ८ :४० बजेदेखि सडक दुईतर्फी सञ्चालमा ल्याइएको हो। सडक सञ्चालनमा आएसँगै रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन्। सो सडकमा सोमबार रातिदेखि पटक/पटक पहिरो खस्दै आएको छ। रासस...
कोरोना भाइरस महामारीका कारण मानसिक समस्या बढ्दो
समाचार, समाज, हाइलाइट-समाचार

कोरोना भाइरस महामारीका कारण मानसिक समस्या बढ्दो

नेपाल अखबार, सुर्खेत ।  कोरोना सङ्क्रमणको महामारीका कारण घरभित्रै कुँजिनुपर्दा मानिसमा मानसिक समस्या बढेको छ । रोजगारी गुमाउँदा, आय आर्जनको बाटो बन्दा हुँदा, पठनपाठन स्थगितलगायतका कारणले मानिसमा छटपटी बढेको छ । छटपटीसँगैको एकान्तपनाका कारण कतिपयमा मानसिक समस्या देखापर्न गयो भने कतिपयले त सहनै नसकी आत्महत्याको बाटो अपनाएका छन् । छटपटी बढ्यो डोल्पा समाचारदाताका अनुसार बन्दाबन्दी सुरु भएदेखि डोल्पाका बासिन्दामा मानसिक समस्या बढेको देखिएको छ । जिल्ला अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. सिजन रावलले बन्दाबन्दीपछि दैनिक तीन जनासम्म मानसिक समस्या लिएर बिरामी आउने गरेको जानकारी दिए । निद्रा नलाग्ने, एकहोरिने, छटपटी लाग्ने, अत्यास लाग्ने, अल्छी हुने लगायतका लक्षण बिरामीले बताउने गरेको भन्दै उनले आफूहरूले बिरामीलाई सीधै मानसिक समस्या छ नभनी आवश्यक चेकजाँच गरी औषधि दिने गरेको बताए । डा. रावलले मान...
कालिकोट कोरोना सङ्क्रमणमुक्त
समाचार, समाज, हाइलाइट-समाचार

कालिकोट कोरोना सङ्क्रमणमुक्त

नेपाल अखबार, कालिकोट। कालिकोट कोरोना सङ्क्रमणमुक्त जिल्ला बनेको छ । बुधबार जिल्लाको तिलागुफा नगरपालिका–४ राँचुली आइसोलेसनबाट २० जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएपछि कोरोना सङ्क्रमणमुक्त जिल्ला बनेको हो । कालिकोट जिल्लाभर १०० जनामा कोरोना सङ्क्रमण देखिएकामा सबै जना निको भएर घर गएको जिल्ला स्वास्थ्य सेवा कार्यालय कालिकोटका निमित्त व्यवस्थापक कटकबहादुर महतले बताए । कालिकोटमा हालसम्म ५ हजार ६९० जनाको पिसिआर विधिबाट स्वाब परीक्षण गरिएको र दुई हजार ६६१ जनाको आरडिटी विधिबाट कोरोनाको परीक्षण गरिएकामा १०० जनामा कोरोना सङ्क्रमण देखिएको निमित्त व्यवस्थापक महतले जानकारी दिए । जिल्लाका नौ  स्थानीय तहमध्ये पचालझरना गाउँपालिकाबाहेकका सबै स्थानीय तहमा कोरोना सङ्क्रमणका बिरामी भेटिएको महतले बताए । कालिकोटमा कोभिड–१९ को उपचारका लागि १०० शय्याको अस्पताल निर्माण भएको छ ।  कोरोनाका बिरामी भेटिए अब त्यसैम...
आज पनि मुग्लिन– नारायणगढ सडक अवरुद्ध
समाचार, हाइलाइट-समाचार

आज पनि मुग्लिन– नारायणगढ सडक अवरुद्ध

नेपाल अखबार, चितवन। मुग्लिन– नारायणगढ सडक अवरुद्धखण्ड आज पुनः अवरुद्ध भएको छ ।चार किलोमा पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । इच्छाकामना गाउँपालिका–६ मा पर्ने सो स्थानमा बिहीबार बिहान ४ः३० बजे पहिरो खसेको र सो क्रम अहिलेपनि जारी रहेको बताइन्छ । पहिरोका कारण सो सडक खण्ड हुँदै चल्ने सवारी साधन बाटोमा रोकिएका छन् । बुधबार बिहान खसेको पहिरो पन्छाएर ११ बजेदेखि सडक एकतर्फी सञ्चालनमा ल्याइएको थियो ।...
भोलि देशभरका सबै अदालत बन्द
प्रशासन, समाचार, हाइलाइट-समाचार

भोलि देशभरका सबै अदालत बन्द

नेपाल अखबार, काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश अनिरुद्धप्रसाद सिंहको निधनमा बिहीबार एक दिन देशभरका अदालतमा बिदा दिने निर्णय गरेको छ । सर्वोच्च अदालतको बुधबार बसेको आकस्मिक पूर्ण बैठकले सिंहको निधनप्रति दुःख व्यक्त गर्दै सर्वोच्च अदालतसहित देशभरका अदालतमा बिहीबार शोक बिदा दिने निर्णय गरेको हो । सिंहको निधनबाट राष्ट्रले एउटा सच्चा राष्ट्रप्रेमी र न्यायिक व्यक्तित्व गुमाएको उल्लेख गर्दै उनको आत्माको चीर शान्तिको कामनासहित शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरिएको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।सप्तरी जिल्लामा १९७६ सालमा जन्मिएका सिंहले २०१३ साल जेठ ८ गते प्रधानन्यायाधीश नियुक्त भई २०१६ असार १५ गतेसम्म काम गरेका थिए । विसं २००३ देखि सरकारी सेवामा बडाहाकिम पदबाट सिंहले सेवा प्रारम्भ गरेका थिए । रासस...
कक्षा १२ मा ४० नम्बरका लागि अनलाइन परीक्षा हुने
शिक्षा, समाचार, हाइलाइट-समाचार

कक्षा १२ मा ४० नम्बरका लागि अनलाइन परीक्षा हुने

प्रकाश सिलवाल, काठमाडाैं । लामो समयको गृहकार्यपछि स्थगित कक्षा १२ को परीक्षा कूल पूर्णाङ्कको ४० नम्बरका लागि अनलाइन प्रणालीबाट हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीको जोखिम बढ्दो स्थितिमा प्रत्यक्षरुपमा देशभर परीक्षा लिनसक्ने स्थिति नभएको निष्कर्षसहित कूल १०० पूर्णाङ्कमध्ये ४० नम्बरको अनलाइन परीक्षा, २० नम्बरको प्रयोगात्मक र कक्षा ११ को कूल प्राप्ताङ्कलाई बाँकी ४० नम्बरमा गणना गरी परीक्षा सम्पन्न गर्न सरकारलाई सिफारिस गरेको छ । विषम स्थितिमा हुने यो मिश्रित ढाँचाको परीक्षाबारे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पठाइ स्वीकृत गराएपछि निर्णय कार्यान्वयन हुनेछ । मन्त्रालयका एक अधिकारीका अनुुसार बोर्डको सिफारिसअनुसार सरकारले चाँडै निर्णय गर्नेछ । अनलाइनमा पहुँच नहुनेले सूचना प्रविधिका अन्य माध्यमलाई पनि प्रयोग गर्न सक्ने गरी सरकारले विद्यार्थी सिका...
आगामी तीन दिन देशका अधिकांश स्थानमा वर्षाको सम्भावना
समाचार, हाइलाइट-समाचार

आगामी तीन दिन देशका अधिकांश स्थानमा वर्षाको सम्भावना

नेपाल अखबार, काठमाडौं । आगामी तीन दिन देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनी न्यूनचापीय प्रणालीको प्रभावले आगामी शुक्रबारसम्म देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले बताए । “उक्त अवधिमा राति तथा बिहानीपख बढी वर्षा हुने गर्दछ, यो मनसुन अन्त्य हुने पूर्वको क्रियाकलाप हो”, मौसमविद् पौडेलले भने । मनसुन अन्त्य हुने औसत समय सेप्टेम्बर २३ हो । यसलाई हेर्दा नेपालमा मनसुनको समय अब एक साता छ । हाल देशभर सामान्य बदली रही प्रदेश नं १, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्यतया बदली भई केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान ...
न्याय नपाएपछि बलात्कृत किशोरीले गरिन् आत्महत्या
समाचार, समाज, हाइलाइट-समाचार

न्याय नपाएपछि बलात्कृत किशोरीले गरिन् आत्महत्या

नेपाल अखबार,सप्तरी । सप्तरीमा न्याय नपाएपछि एक बलात्कृत किशोरीले आत्महत्या गरेकी छिन् । बलात्कारीहरूविरुद्ध प्रहरीकहाँ उजुरी गर्न गाउँलेहरूले नै रोक लगाउँदै चेतावनी दिएपछि डाकनेश्वरी नगरपालिका– ७ ललितपुरकी १७ वर्षीया किशोरीले मङ्गलबार आत्महत्या गरेको सप्तरी प्रहरीले जनाएको छ । सोमबार बिहान धानखेतमा पानीको अवस्था हेर्न गएकी किशोरीमाथि सामूहिक बलात्कार भएको पीडितकी आमाले बताइन् । उनका अनुसार आरोपित चार जनाविरुद्ध प्रहरी कार्यालय जान खोज्दा केही गाउँलेले भेला बसी उनीहरुलाई रोकेपछि छोरी निकै तनावमा परेकी थिइन् । घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक सन्तोष खडकाका अनुसार पञ्चहरूको निर्णयबाट चित्त नबुझेपछि किशोरीले पीडा सहन नसकी आत्महत्या गरेकी हुन् । मण्डल समुदायका ८/१० जनाको छलफलले पीडित र उनकी आमालाई प्रहरी कार्यालय जान रोक लगाउँदै आरोपितहरूबाट रु ५५ हजार क्षतिपूर...
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रसूति सेवा बन्द
प्रदेश ४, प्रशासन, समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रसूति सेवा बन्द

नेपाल अखबार, पाेखरा। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रसूति सेवा असोज १ गते बिहीबारसम्मका लागि बन्द गरिएको छ । अस्पतालको प्रसूति विभागमा भदौ २७ गते भर्ना भई सोही दिन आकस्मिक शल्यक्रिया गरिएकी तनहुँको शुक्लागण्डकी नगरपालिका-१० की २४ वर्षीया महिलामा मङ्गलबार कोरोना सङ्क्रमण पुष्टि भएपछि शल्यक्रिया विभाग तथा वार्डको निर्मलीकरणका लागि प्रसूति सेवा बन्द गरिएको अस्पतालका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले जानकारी दिनुभयो । महिलाको उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीलाई क्वारेन्टिनमा राखिएको र उनीहरुको नतिजा नेगेटिभ नआएसम्मका लागि अत्यावश्यक शल्यक्रिया गर्नुपर्ने बाहेकका अन्य सेवाहरु बिहीबारसम्म बन्द गरिएको उहाँको भनाइ छ । अस्पतालले प्रसूति बाहेकका अस्पतालले प्रदान गर्दै आएको अन्य सम्पूर्ण सेवाहरु भने सञ्चालनमा रहेको सेवाग...
असोज १ गतेबाटै आन्तरिक हवाई उडान र होटल रेष्टुरेन्ट खुला गर्ने सरकारको निर्णय
प्रशासन, समाचार, हाइलाइट-समाचार

असोज १ गतेबाटै आन्तरिक हवाई उडान र होटल रेष्टुरेन्ट खुला गर्ने सरकारको निर्णय

नेपाल अखबार, काठमाडौं । सरकारले होटल रेष्टुरेन्टहरु पनि असोज १ गतेबाटै खुला गर्ने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सो निर्णय गरेको हो ।  सरकारका प्रवक्ता प्रदीकुमार ज्ञवालीले बैठकका निर्णयहरु सुनाउँदै अन्तरिक हवाई उडान र होटल रेष्टुरेन्ट असोज १ गतेबाटै खुल्ला गर्ने निर्णय भएको बताए । बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै अन्तरिक हवाई उडान सुरु गर्ने निर्णय गरेको उनले बताए । विमानमा सिट क्षमताको आधा मात्र यात्रु राख्नुपर्ने र  मास्क, भाइजर अनिवार्य प्रयोग गनुपर्ने मापदण्ड बनाइएको छ । त्यस्तै लामो दुरीका सवारी साधन पनि असोज १ गतेबाटै चल्ने उनले बताए । व्यवसायीले भाडादर भने ५० प्रतिशत बढाएर लिन सक्ने उनले बताए ।...